हिमपातबाट चीनमा सात लाखभन्दा बढी प्रभावित

हिमपातबाट चीनमा सात लाखभन्दा बढी प्रभावित


चीनको मध्यक्षेत्रमा पर्ने हुनान प्रान्तमा आएको हिमपातका कारण सात लाख २० हजारभन्दा बढी मानिस प्रभावित भएका छन् ।

स्थानीय अधिकारीहरूले बुधबार दिएको जानकारीअनुसार हिमपातबाट प्रभावित भएकालाई विभिन्न शारीरिक समस्यासमेत देखापरेको छ ।

हिमपात भएको हुनान प्रान्तमा सात लाख २४ हजार एक सयजना बस्ने गरेकोमा झन्डै तीन हजार नौ सयजनालाई अन्यन्त्र स्थानान्तरण गराइएको छ ।

प्रान्तीय आपतकालीन व्यवस्थापन विभागका स्थानीय अधिकारीहरूले झन्डै ३८ हजार जनालाई अहिले पनि आधारभूत सेवा सुविधाको आवश्यकता रहेको जनाएका छन् ।

हिमपातले झन्डै ५४ हजार २८० हेक्टर क्षेत्रमा लगाइएको बालीलाई पनि नोक्सान गरेको छ । यसले त्यस क्षेत्रको आर्थिक पक्षलाई समेत नराम्रो असर पार्ने अधिकारीहरूको भनाइ छ ।