विस्फोटमा परी रुसमा चौधको मृत्यु, २७ बेपत्ता

विस्फोटमा परी रुसमा चौधको मृत्यु, २७ बेपत्ता


मध्यरुसमा नयाँ वर्षको पूर्वसन्ध्याका दिन भएको गगनचुम्बी एक विस्फोटमा परी कम्तीमा १४ जनाको मृत्यु भएको स्थानीय अधिकारीले बुधबार जानकारी दिएका छन् । भवन भग्नावशेषबाट शवहरू निकाल्ने कार्य उद्धारकर्ताहरूले जारी राखेका छन् ।

पूर्वीमस्कोबाट करिब १ हजार ७ सय किलोममिटर टाढा रहेको यस इलाकामा भएको विस्फोटबाट १४ व्यक्तिको शव निकालिएको र अन्य २७ अझै बेपत्ता रहेका स्थानीय सरकारी कार्यालयले जानकारी दिएको छ ।

सो विस्फोटपछि भवन भग्नावशेषबाट पाँच व्यक्तिलाई भने सकुशल उद्धार गरिएको छ । उद्धार गरिएका ती व्यक्तिमा एक बालकसमेत रहेका छन् । सो विस्फोटबाट यस इकालामा रहेका ८६ आवासीय भवनमा क्षति भएको पनि जानकारी सरकारी स्रोतले दिएको छ ।

करिब ११ सय व्यक्तिको बसोवास रहेको यस आवासीय क्षेत्रका भीषण विस्फोट भएको बताइएको छ । यस विस्फोटबाट करिब ३५ वटा अपार्टमेन्ट ध्वस्त भएका र १० वटा क्षतिग्रस्त भएका बताइएको छ । यस विस्फोटबाट नयाँ वर्षका दिनमा दर्जनौँको संख्यामा व्यक्तिहरू घरवारविहीन भएका छन् ।