इन्डोनेसियामा पहिरोमा परी ४१ जना बेपत्ता

इन्डोनेसियामा पहिरोमा परी ४१ जना बेपत्ता


इन्डोनेसियाको जाभा प्रान्तको पश्चिमी भेगमा पर्ने सुका बुमी जिल्लामा आएको बाढी पहिरोमा परी ४१ जना बेपत्ता भएका छन् । सिनारेस्मी गाउँका ३४ वटा घर पूर्ण रूपमा पुरिएको प्रकोप व्यवस्थापन निकायका अधिकारीहरुले मंगलबार बताएका छन् ।

उद्धारकर्ताले बेपत्ता भएकाको खोजीकार्य जारी राखेको समाचारमा जनाइएको छ । ‘बाढी र पहिरो गएको क्षेत्रमा उद्धारकर्ताले लगातार खोजी बेपत्ताको गरिरहेका छन्,’ एक अधिकारीले भने ।

उद्धारका क्रममा पहिरो हटाउने र पुरिएकाहरूलाई खोज्ने कार्य भइरहेको उनीहरूको भनाइ छ ।