ससुराले अपमान गरेको झोँकमा गोली प्रहार, ६ जनाको मृत्यु

ससुराले अपमान गरेको झोँकमा गोली प्रहार, ६ जनाको मृत्यु


नयाँ वर्षको अवसरमा भइरहेको रमाइलो कार्यक्रममा थाइल्याण्डमा एक व्यक्तिले आफ्नै परिवारका सदस्यहरुलाई गोली प्रहार गरेर हत्या गरेका छन् । उनले हानेको गोलीबाट दुई बालबालिकासहित एकै परिवारका ६ जनाको मृत्यु भएको हो ।

ससुराले आफुलाई अपमान गरेको महसुस गरी ती व्यक्तिले गोली प्रहार गरेको प्रहरी अधिकारीहरुलाई उद्धृत गर्दै एएफपीले जनाएको छ ।

चुम्फोङ प्रान्तमा मध्यरातमा झण्डै दश मिनेट जति ती व्यक्तिले आफ्नै परिवारका सदस्यहरुमाथि निरन्तर रुपमा गोली वर्षाएका थिए । अत्यधिक मदिरा सेवन गरेका सुचीप सोर्नसुङ नाम गरेका ती व्यक्तिले रमाइलो कार्यक्रम सुरु भएपछि गोली प्रहार गरेको प्रहरीले जनाएको छ ।

पीडित सबै उनकै पारिवारिक सदस्य रहेका र ती मध्ये एकजना उनैका नौ वर्षको छोरा र ६ वर्षकी छोरी पनि रहेका बताइएको छ । श्रीमतीको माइतीले उनलाई स्वागत नगरेको रिसमा उनले आफ्नै परिवारमाथि गोली प्रहार गरेको प्रहरीको भनाई छ ।

मारिनेमा अरु दुई जना महिला र दुई जना पुरुष ४७ देखि ७१ वर्ष सम्मका रहेका छन् । ती दुई जनाको नाता भने खुलाइएको छैन ।

थाइल्याण्डमा पछिल्लो समयमा गोली प्रहार गरी हत्या गर्ने गरेका घटनामा बृद्धि भएको छ ।