पिआइएका पाइलटहरुकै प्रमाणपत्र नक्कली

पिआइएका पाइलटहरुकै प्रमाणपत्र नक्कली


शैक्षिक प्रमाणपत्र नक्कली भेटिएपछि पाकिस्तानको राष्ट्रिय ध्वजाबाहक विमानका चालकसहित ५० जना कर्मचारीलाई बर्खास्त गरिएको छ । बर्खास्त हुनेमध्ये तीन जना विमान चालक रहेको जनाइएको छ ।

पाकिस्तान अन्तर्राष्ट्रिय एयरलाईन्स (पिआइए)ले आफ्ना ५० कर्मचारीको विद्यालय तहको शैक्षिक प्रमणपत्र नै नक्कली भएको अहिले पत्ता लगाएको एएफपीले उल्लेख गरेको छ ।

पिआइएका प्रवक्ता मसुद ताजवारले यसअघि पनि कम्तीमा ६ जना विमान चालकलाई यही कारणले बर्खास्त गरिसकिएको जानकारी दिए । नक्कली प्रमणपत्र ठूलो चुनौतीका रुपमा देखिएको उनको भनाई छ ।

एयरलाईन्सले नक्कली प्रमाणपत्रधारी विमान चालकहरुको चालक अनुमतीपत्र पनि रद्ध गरिदिएको प्रवक्ता ताजवारले सोमबार बताएका छन् ।

पाकिस्तानमा प्रधानमन्त्री इमरान खानको नेतृत्वको सरकार शासनमा आएपछि विभिन्न क्षेत्रका विकृति उजागर हुनुका साथै सुधारका प्रयास देखिएका छन् ।