१० कार्तिक २०७७, सोमबार

फिलिपिन्समा आँधीबाट २२ जनाको मृत्यु

  प्रकाशित मिति
१५ पुष २०७५, आईतवार १२:१४


फिलिपिन्सको मध्य क्षेत्रमा यसै साता आएको वर्षाद् सहितको शक्तिशाली आँधीमा परेर कम्तीमा २२ जनाको मृत्यु भएको फिलिपिनी अधिकारीहरुले बताएका छन् । बाढीले डुबेका क्षेत्रहरुमा उद्धार कार्य जारी रहेको छ ।

आँधीले मुख्यतः फिलिपिन्सको बिकोल र पूर्वी भिसायासमा सबैभन्दा बढी क्षति पुगेको छ । सरकारी अधिकारीहरुले आँधीपछि ठाउँठाउँमा बाढी र भूस्खलन गएको बताएका छन् ।

नागरिक रक्षा कार्यालयका अनुसार अधिकांश मानिसको मृत्यु भूस्खलन र डुबेर भएको छ । स्थानीयवासीको शब्दमा ‘उस्मान’ भनिने यस आँधीको बेग कमजोर हुन थालेको छ ।

‘अधिकांश प्रभावित क्षेत्र जलमग्न भएको छ । हामी मानिसको उद्धारका लागि सेना र रबर डुङ्गा पठाउँदैछौं । केही ठाउँमा त बाढी मानिसका घरको छानासम्म पुगेको छ,’ बिकोलमा नागरिक रक्षा कार्यालयका प्रमुख क्लाउडियो यूकोटले बताए ।

उनका अनुसार बिकोलमा १६ जना र पूर्वी भिसायासमा ६ जनाको मृत्यु भएको पुष्टी भइसकेको छ ।

आँधी आउनुअघि नै २२ हजारभन्दा बढी मानिस घर छाडेर अन्यत्र सुरक्षित स्थानमा गएका थिए । आँधीले धान र मकैबालीमा व्यापक क्षति गरेको छ भने केही सडक र पुल भत्किएका छन् ।

सरकारी मौसम पूर्वानुमान शाखाले उत्तरी फिलिपिन्समा २४ घण्टाभित्र ठूलो वर्षा हुने बताएको छ ।

फिलिपिन्समा हरेक वर्ष औसतमा २० वटा सामुद्रिक आँधी आउने गर्दछन् । यी आँधीका कारण हरेक वर्ष सयौं व्यक्तिको मृत्यु हुनुका साथै लाखौं मानिसलाई गरिबीको दुस्चक्रमा पु¥याउँछ ।

सन् २०१३ मा आएको शक्तिशाली हाइयान आँधी अहिलेसम्म सबैभन्दा ठूलो भएको अनुमान गरिएको छ । यो आँधीबाट सात हजारभन्दा बढी मानिसको मृत्यु भएको थियो ।

afp



प्रतिक्रिया दिनुहोस !
सम्बन्धित खबरहरु

फ्रान्समा कोभिड १९ का संक्रमितहरुको संख्या झन् बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जनाएका छन् । उनीहरुले पछिल्लो समयमा कोभिडका संक्रमितहरु झनै

■ प्रमिला पान्डे दशैँले छपक्कै छोप्योको थियो गाउँलाई । जमरा राखिसकियो । केही दिनमै फूलपाती, अष्टमी, नवमी, दशमी गन्दागन्दै पूर्णिमा

■ तिलक पौडेल शरद ऋतु जब आयो, वृष्टिले छुट्टि पायोस गगन झलमलायो, मेघ माला बिलायो ।।जल बिमल गरायो, गैर हिलो

कोरोनाका कारण अमेरिकामा मृत्यु हुनेको संख्या २ लाख ३० हजार विश्वमा कोरोना भाइरस सङ्क्रमितको संख्या चार करोड २९ लाख नाघेको