रहेनन् लोकगायक बुद्धिकृष्ण लामिछाने

रहेनन् लोकगायक बुद्धिकृष्ण लामिछाने


चर्चित लोकगायक बुद्धिकृष्ण लामिछानको पुस १३ गते शुक्रबार दिउँसो निधन भएको छ । ६६ वर्षीय लामिछानेको चाँगुनारायणस्थित आफ्नै निवासमा निधन भएको हो ।

लामो समयदेखि अस्वस्थ लामिछानेलाई पछिल्लो समय निमोनियाले गाँजेको थियो । निमोनियाले गाँजेपछि गम्भीर अवस्थामा पुगेका लामिछानेको शुक्रबार दिउँसो निधन भएको उनका भतिजा नवराज लामिछानेले जानकारी गराएका छन् ।

थुप्रै लोकगीतमा स्वर दिएका लामिछानेका चर्चित गीतहरूमा घाँस काट्ने खुर्केर, पिँढीमा बसेर मेरै बाटो हेरेर र बाखरी बाखरी रहेका छन् । उनले गीतसँगै विभिन्न हाउभाउका साथ गर्ने नृत्य अहिले पनि लोकगीतप्रेमीहरूको मानसपटलमा ताजै छ ।