जापानमा दुई व्यक्तिलाई फाँसी

जापानमा दुई व्यक्तिलाई फाँसी


चोरी, लुटपाट र हत्यामा संलग्न दुई व्यक्तिलाई जापानले विहिबार झुण्ड्याएर मृत्युदण्ड दिएको जापानी समाचार एजेन्सीहरुले जनाएका छन् । ३० वर्षअघिको अपराधमा १६ वर्षको जाँच पडतालपछि १४ वर्षअघि अदालतले सुनाएको फैसला यातिबेला कार्यान्वयनमा ल्याइएको हो ।

मृत्युदण्ड पाउने दुवै जापानी नागरिक हुन् । ६० वर्षीय केइजो कावामुरा र ६७ वर्षीय हिरोया सुइमोरीलाई फाँसी दिइएको जापानका न्यायमन्त्री ताकासी यामासितालाई उद्धृत गर्दै एजेन्सीहरुले जनाएका छन् ।

मन्त्री यामासिताले सन् २००४ मा अन्तिम निर्णय भएको अदालती फैसलालाई कार्यान्वयन गर्दै दोषीलाई फाँसी दिइएको जनाएका छन् ।

फाँसीको सजाय पाएका दुवैले सन् १९८८ मा दुई व्यक्तिको हत्या गरी १० करोड जापानी येन लुटेका थिए । उक्त घटना जापानी समाजलाई नै हल्लाइदिने भयानक प्रकृतिको भनी चर्चा गर्ने गरिन्छ ।