नेपाल आइडल सिजन–२ को उपाधि रविको पोल्टामा

नेपाल आइडल सिजन–२ को उपाधि रविको पोल्टामा


कञ्चनपुरका रवि ओड नेपाल आइडल सिजन–२ को विजेता बनेका छन् । पोखराका विक्रम बराललाई पछि पार्दै रवि उपाधि जित्न सफल भएका हुन् । भोटिङको आधारमा गरिएको विजेता घोषणामा सुमित पाठक र अस्मिता अधिकारीले क्रमशः तेस्रो र चौथो स्थान हासिल गरेका छन् ।

नेपाल आइडल सिजन–२ को उपाधि जित्न सफल भएका रविले २२ लाख नगद र कारलगायत उपहार हात पारेका छन् । अन्य विजेतालाई पनि आकर्षक पुरस्कार रहेको छ ।