विकृति र विसङ्गतिका विरुद्ध -श्रीविक्रम भण्डारी

विकृति र विसङ्गतिका विरुद्ध -श्रीविक्रम भण्डारी


(खेलकुदमा गणतान्त्रिक महासङ्घको गर्जन)
जनआन्दोलन दुईको सफलतापछि आफ्नो छुट्टै अस्तित्व देखाएर खेलकुदमा झुल्किएको नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ पुनः एकपटक गर्जिएको छ । राष्ट्रिय खेलकुद परिषद्लाई चुनौती दिन स्थापना भएको महासङ्घले सुरुका दिनमा उल्लेखनीय कार्य गरे पनि त्यसपछि कछुवाको चालमा हिँडेको थियो । खेलकुद परिषद्लाई चुनौती दिनुको साटो उल्टै तुम शरणम्को बाटोलाई रोजेको थियो । सबै निकायलाई समानान्तर बनाउने उद्देश्य लिएको गणतान्त्रिकले आफ्नो सरकारका पालामा खेलकुदमा आंशिक सफलता प्राप्त गरे पनि माओवादी सरकारबाट हटेपछि सुस्ताउन पुगेको थियो । महासङ्घको उद्देश्य खेलकुदमा आमूल परिवर्तन रहे पनि देश, काल र परिस्थितिले उनीहरूको साथ छोड्दा सम्पूर्ण योजना बीचैमा तुहिन पुगेका थिए । अहिले आफ्नो अस्तित्व नै सङ्कटमा परेपछि महासङ्घ पुनः खेलकुदमा बाघ बनेर देखाउने प्रणका साथ उत्रिएको छ ।
हालै नेपाल गणतान्त्रिक महासङ्घलेे राष्ट्रिय खेलकुद परिषद् र खेलकुद मन्त्रालयसँग विगतमा भएका सहमति कार्यान्वयन नभएको भन्दै प्रदर्शन गरेको थियो । दुई सयजनाभन्दा बढी मोटरसाइकलमा आएका महासङ्घका पदाधिकारी र खेलाडीहरूले विगतमा भएका सहमति तत्कालै कार्यान्वयन नभए आन्दोलनमा उत्रिने चेतावनी दिएका थिए । विरोधको नारा घन्काउँदै खेलकुद परिषद्मा पुगेको र्‍यालीलाई सम्बोधन गर्दै महासङ्घका पूर्वअध्यक्ष ध्रुवविक्रम मल्लले महासङ्घ बीचमा केही सुस्ताएको स्वीकार्दै अबको आन्दोलन निर्णायक हुने बताएका थिए । खेलकुदमा दिन प्रतिदिन मौलाएको नातावाद, कृपावाद, चाकरी र चाप्लुसीले खेलकुद नराम्रोसँग गनाइसकेको स्मरण गराउँदै हामी खेलकुदलाई रचनात्मक तरिकाले अगाडि बढाउन चाहन्छौँ भनेका थिए । खेलकुदको स्वच्छ विकास अहिलेको आवश्यकता भएको ठोकुवा गर्दै जबसम्म कुहिएका आलुहरूलाई खेलकुदबाट निकालेर फ्याँकिँदैन तबसम्म खेलकुदको सोचेअनुरूप विकास नहुने दाबीसमेत गरेका थिए ।
नयाँ नेपालमा खेलकुदको आवरण परिवर्तन गरेर मात्रै खेलकुदले निकासा नपाउने भन्दै खेलकुदभित्रका सम्पूर्ण फोहोरहरूलाई पनि मिल्काउनुपर्ने बेला भइसकेको पूर्वअध्यक्ष मल्लले बताए । मल्लले युवा तथा खेलकुद मन्त्रालय आफ्नै राजनीतिक स्वार्थमा लिप्त रहेको आरोप लगाउँदै मन्त्रालयको यस्तो रणनीतिले खेलकुद प्रत्येक दिन दलदलमा भासिँदै गएको स्पष्ट पारेका थिए । मल्लले खेलकुद मन्त्रालयले आफ्नो मातहतमा रहेका राष्ट्रिय खेलकुद परिषद् र नेपाल ओलम्पिक कमिटीबीचको तालमेलसमेत मिलाउन नसकेको बताउँदै यस्तो निरीह तालले खेलकुदको हरिविजोग भइरहेको खुलासा गरेका थिए । मन्त्रालयको निरीहताले गर्दा नै परिषद् र ओलम्पिक कमिटी साँढेजस्तैै भएको र दुवैले छाडा र अटेरीपनलाई आत्मसात् गरेको बताएका थिए । खेलकुदको विकासमा होमिएका दुवै निकायले आपसमा लडेर खेलकुद क्षेत्रलाई विवादमा तान्दा पनि अनदेखी र अनसुनी गर्ने मन्त्रालयले आफ्नो जिम्मेवारीलाई कसरी निभाएको छ सो कुरा घामजस्तै र्छलङ्ग भएको बताएका थिए ।
खेलकुदलाई शुद्ध पार्ने प्रतिबद्धता जाहेर गरेको महासङ्घले अब आफू वास्तविक रूपमा गणतान्त्रिक हुने दाबी गरेको छ । सो क्रममा विदेशी डलरमा खेल्न पल्केको नेपाल ओलम्पिक कमिटीको र्सवप्रथम शुद्धीकरण गरिने बताएको छ । आफ्नो औकातभन्दा बढी चलखेल गरेको र नेपाली खेलकुदलाई राष्ट्रिय र अन्तर्राष्ट्रिय क्षेत्रमा समेत बद्नाम गराएको ओलम्पिक कमिटीका पदाधिकारीहरूको वास्तविक हैसियत के
हो – त्यो गणतान्त्रिक महासङ्घले देखाइदिने खुलासा गरेका छन् । अहिले ओलम्पिक कमिटीले आफू खेलकुदको अन्तर्राष्ट्रिय समन्वयकर्ता भएको बिर्सिएको छ । एनओसीले आफ्नो भूमिका के हो – त्यसलाई आत्मसात् गर्नुको साटो सम्पूर्ण खेलकुदका नीति-नियमहरूको उल्लङ्घन गरेको छ । एनओसीलाई विदेश सयर गर्ने अखडाको रूपमा परिणत गरेको छ । अर्को कुरा एनओसी म्यानपावरको रूपमा विकास भइरहेको खुलासा गर्दै त्यसको महासङ्घले व्यापक रूपमा खोज गर्ने बताएको छ । खेलाडी, पदाधिकारी र कर्मचारीको रूपमा एनओसीबाट गएका र उतै हराएकाहरूको बारेमा पनि छानबिन गरिने बताएको छ । केही समययतादेखि एनओसीले खेलकुदलाई गुमराहमा राख्ने र परिषद्लाई बाइपास गर्दै आएकोले त्यसको बारेमा पनि महासङ्घले खोजी र खबरदारी गर्ने बताएको छ ।
त्यस्तै महासङ्घले वर्षौंदेखि तदर्थवादमा चलेका राष्ट्रिय सङ्घको विरुद्ध पनि आफ्नो कार्ड सार्वजनिक गरेको छ । आफ्नो स्पष्ट धारणा राख्ने क्रममा महासङ्घले यस्ता सङ्घहरूविरुद्ध सशक्त रूपमा आवाज उठाउनुको साथै कारबाही र विघटनका लागि खेलकुद परिषद्लाई दबाब दिइने उल्लेख गरेको छ । राष्ट्रिय सङ्घहरूको तदर्थवादले गर्दा खेलकुदको अस्तित्व सङ्कटमा परेको र विकासमा ह्रास आएको महासङ्घको ठम्याइ रहेको छ । वैधानिक सङ्घबिना खेलकुदका कुनै पनि निर्णायक कार्य गर्न असम्भव हुने बताउँदै राजनीतिक चलखेलबिना सङ्घहरूलाई वैधानिकको मार्गमा ल्याउन महासङ्घले प्रयास गर्ने महासङ्घका उपाध्यक्ष तथा प्रवक्ता रणसङ्ग्राम विष्टले बताएका थिए । विष्टले खेलकुदलाई पूर्ण वैज्ञानिक रूपमा अगाडि बढाउने अभियान थालिएको स्पष्ट पार्दै यसको स्पष्ट छवि केही समयमै देखापर्ने बताएका थिए । विष्टले महासङ्घ जे गर्छ त्यो खेलकुदको विकासका लागि गर्ने स्पष्ट पार्दै त्यसले नेपाली खेलकुदमा दूरगामी प्रभाव पार्ने बताएका थिए । त्यस्तै महासङ्घका केन्द्रीय सदस्य पृथ्वी थापाले देश, काल र परिस्थितिका कारणले गर्दा केही समय महासङ्घ ओझेलमा परेको सुनाउँदै अब महासङ्घले आफ्नो काम, कर्तव्य बोध गरिसकेको बताएका थिए । थापाले महासङ्घ क्षणिक समयका लागि भ्रमित र काला बादलका डल्लाहरूको बीचमा फसेको बताउँदै अहिले सबै फाटेर गइसकेको बताएका थिए । थापाले नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ जुन उद्देश्यअनुरूप गठन भएको थियो त्यसमा भविष्यमा खरो उत्रिने प्रणसमेत गरेेका थिए ।
जे होस्, केही समयका लागि विभिन्न कारणले सुस्ताएको महासङ्घ अहिले बाघको गर्जन गर्दै खेलकुदको मैदानमा उत्रिएको छ । आफ्ना प्रतिबद्धता र उद्देश्यलाई आत्मसात् गरेर खेलकुदको काँचुली फर्ेर्ने प्रण गरेको छ । खेलकुदमा रचनात्मक कार्य गरेर अर्थात् खेलकुदका विकृति-विसङ्गतिलाई सदाका लागि समाप्त पारेर नेपाली खेलकुदलाई नयाँ खेलकुद बनाउने प्रतिज्ञा गरेको छ । सम्बन्धित निकाय राखेप, एनओसी र खेलकुद मन्त्रालयसँग गरेको सहमति पूरा नभए कडा आन्दोलनमा उत्रिने चेतावनी पनि दिएको छ । सुन्दा ज्यादै प्रिय लाग्ने यी प्रतिबद्धताहरू पूरा गर्न अब महासङ्घले कसरी कम्मर कसेको छ त्यो हेर्न लायक भएको छ । बोल्न सजिलो हुन्छ, आश्वासन बाँड्न रमाइलो हुन्छ, तर त्यो कुरालाई व्यवहारमा उतार्न निकै गाह्रो हुन्छ । हेरौं, बोलेर सबैको मन जितेका महासङ्घका पदाधिकारीहरूले भविष्यमा आफूले गरेका प्रतिबद्धतामा कत्तिको खरो उत्रिन्छ – यदि महासङ्घका पदाधिकारीहरूले अहिले बोलेको कुरालाई भविष्यमा वास्तविकताको साँचोमा ढाल्न सफल भए भने नेपाली खेलकुदका लागि सौभाग्यको कुरा हुनेछ । त्यसपछि नेपाली खेलकुदमा नयाँ बिहानीसँगै नौलो र्सर्ूयको पनि उदय हुनेछ । नेपाल गणतान्त्रिक खेलकुद महासङ्घ सम्पूर्ण खेलाडी र खेलप्रेमीहरूको आफ्नो खेलकुद सङ्घ बन्न सफल बन्नेछ ।

आईपीएलमा चेर्न्नईको चमत्कार
इन्डियन प्रिमियर लिग -आईपीएल) को तेस्रो संस्करण हालै सम्पन्न भएको छ । लिग चरणको घमासानपछि मुर्म्बई इन्डियन, रोयल च्यालेन्ज बेङ्ग्लोर, चेर्न्नई सुपरकिङ र डेकन चार्जर सेमिफाइनलमा पुग्न सफल भएका थिए । सेमिफाइनलमा मुर्म्बईले रोयल च्यालेन्ज र चेर्न्नईले डेकनलाई पराजित गरेर फाइनलमा प्रवेश गरेका थिए । मुर्म्बई र चेर्न्नई फाइनलमा प्रवेश गरेपछि यी दुईबीच कडा प्रतिस्पर्धा हुने पहिल्यै अनुमान गरिएको थियो । आईपीएल तीन संस्करण ६ पल्ट भिडेका यी दुवै टिमले तीन-तीन खेल जितेका थिए । फाइनलमा कसले जित्छ त्यो भन्न नसकिने अवस्था भए पनि आईपीएलको तेस्रो संस्करणमा मुर्म्बईले उत्कृष्ट प्रदर्शन गरेको कारण यसपटक मुर्म्बई च्याम्पियन बन्ने अड्कल काटिएको थियो ।
भव्य समापन समारोहसँगै मुर्म्बईको डीडीवाई पाटिल रंगशालामा सञ्चालन भएको फाइनल खेलमा चेर्न्नईले टस जितेर पहिले ब्याटिङ रोजेको थियो । कमजोर सुरुवात गरेको चेर्न्नईले अन्तिम आठ ओभरमा सय रन बनाएर चुनौतीपूर्ण स्कोर खडा गरेको थियो । आफ्ना पाँच विकेट गुमाएर एक सय ६८ रन बनाएको चेर्न्नईको तर्फबाट सर्वाधिक ५७ रन सुरेश रैनाले बनाएका थिए । रैनाले दुईपटक जीवनदान पाए पनि विस्फोटक ब्याटिङ गरेका थिए । २५ बलमा ५० रन बनाएका रैना अन्त्यमा म्यान अफ दि म्याचसमेत घोषित भएका थिए । चेर्न्नईलाई उकास्ने क्रममा कप्तान महेन्द्रसिंह धोनी र सुरेश रैनाले उकृष्ट पार्टनरसिपसमेत गरेका थिए ।
यो प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गरेर फाइनलमा प्रवेश गरेको मुर्म्बई इन्डियनको सुरुवात निकै खराब रह्यो । पहिलो ओभरमा कुनै रन बनाउन नसकेको मुर्म्बईले दोस्रो ओभरमै आफ्नो विकेट गुमाएको थियो । त्यसपछि कप्तान सचिन तेन्दुलकरले मुर्म्बईको पारी सम्हाल्दै उत्कृष्ट ४८ रन बनाए पनि उनी पेभेलियन फर्केपछि मुर्म्बईको आशा निराशामा बदलिएको थियो । मुर्म्बईका खेलाडीहरू एकपछि अर्को गर्दै पेभेलियन र्फकने क्रम जारी रहेको बेलामा किइरोन पोलार्डले विस्फोटक ब्याटिङ गर्दै मुर्म्बईलाई विजय दिलाउने कोसिस गरेका थिए । पोलार्ड छक्का हान्ने क्रममा समातिएपछि मुर्म्बईको आईपीएल च्याम्पियन बन्ने सपना चकनाचुर भएको थियो । त्यसपछि मुर्म्बईले २० ओभरमा १ सय ४६ रन मात्र बनाउन सफल भएको थियो ।
यसरी पहिलो संस्करण फाइनलमा पुगेर पनि पराजित भएको चेर्न्नईले यसपटक फाइनलमा मुर्म्बईलाई पराजित गरेर पहिलोपटक आईपीएल च्याम्पियन बनेको छ । प्रतियोगितामा सबैभन्दा बढी ६ सय २८ रन बनाएर सचिनले सेन मार्सले राखेको ६ सय १८ रनको कर्ीर्तिमानलाई तोडेका छन् । त्यस्तै आईपीएलको तेस्रो संस्करण सकिएकै भोलिपल्ट आईपीएलका कमिस्नर ललित मोदीले राजीनामा दिएका छन् । मोदी आईपीएल र यसको पेन्चाइसीमा आर्थिक अनियमितताको विवादमा मुछिएका थिए ।

अन्तर्राष्ट्रिय बुद्धिचाल ललितपुरमा
हेराकाजी श्रेष्ठको अध्यक्षतामा केही समय पहिले मात्रै गठन भएको ललितपुर स्पोर्टस् क्लबले यसै महिनाको तेस्रो सातादेखि प्रथम ललितपुर कप अन्तर्राष्ट्रिय खुला रेटिङ बुद्धिचाल प्रतियोगिताको आयोजना गर्ने जानकारी दिएको छ । वैशाख २३ देखि २८ गतेसम्म ललितपुरस्थित सुटिङ कम्प्लेक्समा आयोजना हुने उक्त प्रतियोगितामा नेपालसहित अन्य ६ मुलुकका खेलाडीहरूको सहभागिता रहने क्लबले जानकारी गराएको छ । क्लबका अध्यक्ष हेराकाजी श्रेष्ठले भारत, श्रीलङ्का, बंगलादेश, सिङ्गापुर, नाइजेरिया र थाइल्यान्डले सहभागिता जनाउने पक्का भइसकेको बताएका थिए । अध्यक्ष श्रेष्ठले सहभागिताका लागि भुटान, मलेसिया, जर्मनी, माल्दिभ्स र संयुक्त अरब इमिरेट्सलाई पनि आमन्त्रण गरिए पनि अहिलेसम्म टुङ्गो नलागेको बताए ।
कुल एक लाख पुरस्कार राशि रहेको यो प्रतियोगितामा विजयी खेलाडीले २५ हजार नगद प्राप्त गर्नेछ । त्यस्तै द्वितीय र तृतीय स्थान हासिल गर्नेलाई क्रमशः १५ र १० हजार प्रदान गरिनेछ । स्वीस लिग प्रणालीको आधारमा सञ्चालन हुने यो प्रतियोगिता खेलकुदको माध्यमबाट पर्यटन वर्ष २०११ लाई सफल बनाउन आयोजित गरिएको अध्यक्ष श्रेष्ठले बताएका छन् ।

किमलाई रोनाल्डोको ‘किस’
केटी खेलाउनमा माहिर मानिएका विश्वचर्चित फुटबल खेलाडी क्रिस्टियानो रोनाल्डोले पुनः आफ्नो मायाजालमा नयाँ युवतीलाई फसाएका छन् । थुप्रै मोडललाई आफ्नो रातकी रानी बनाइसकेका रोनाल्डोले यसपटक पनि मोडललाई नै आफ्नो प्रेमिका बनाएका छन् । युवती भनेपछि पछि हुरुक्कै हुने रोनाल्डोले यसपटक भने ठूलो माछा हात पारेका छन् । एक फुटबल खेलको दौरान भएको भेटघाटलाई प्रेममा बदल्न रोनाल्डोलाई कुनै समय लागेन । ‘चट मगनी फट विवाह’ भनेजस्तै रोनाल्डोले पनि आफ्नो प्रेमलाई मर्ूतरूप दिन कुनै कसरत गर्नुपरेन । कुनै युवतीसँग परिचय हुनासाथ डेडिङको प्रस्ताव राखिहाल्ने रोनाल्डोले यसपटक पनि पुरानै फर्मुलालाई प्रयोग गर्दै सफलता हात पार्न सफल भएका छन् ।
यसपटक रोनाल्डो सिकार अमेरिकाकी चर्चित मोडल किम कार्डर्ाायन बनेकी छिन् । पहिलो भेटमै वर्षौंदेखिका प्रेमी-प्रेमिकाका रूपमा प्रस्तुत भएका रोनाल्डो र किमले आफूहरूलाई असल मित्रको रूपमा पहिचान गराए पनि उनीहरूको हर्कत हेर्दा कुनै टिनएजका केटाकेटीको भन्दा कम थिएन । किमसँगको पहिलो भेटमै निकै प्रभावित भएका रोनाल्डोले केही समयपश्चात् नै किमलाई डिनरका लागि प्रस्ताव राखेका थिए । किमले पनि रोनाल्डोको प्रस्तावलाई सहर्ष स्वीकार्दै समयभन्दा पहिले नै स्पेनका लागि टिकट काटेकी थिइन् । स्पेनमा यो जोडीले निकै रमाइलो गर्दै एकसाथ केही समयसमेत बिताएका थिए ।
आफ्नो प्रेम साँचो भएको प्रमाण्ाित गर्न दुवै एक-आपसमा चुम्बन साटासाटसमेत गरेका थिए । चुम्बनपश्चात् निकै रोमान्टिक मुद्रामा देखिएका दुवैले निकैबेरसम्म ख्यालठट्टासमेत गरेका थिए । पहिले थुप्रै समय एकसाथ देखिँदा पनि यो जोडीप्रति कसैले शङ्का गरेको थिएन । हालै स्पेनमा यो जोडीले सँगै डिनर खाएर रोनाल्डोको घरमा गएपछि चर्चाले शिखर छोएको थियो । किम र रोनाल्डो भेटघाटको सम्बन्धले विश्वभरि सनसनी फैलाएपछि किमले स्पष्टीकरण दिँदै आफ्नो रोनाल्डोसँग कुनै किसिमको सम्बन्ध नरहेको दाबी गरेकी छिन् । उनले रोनाल्डोसँगको आफ्नो सम्बन्ध मित्रतासम्म मात्र कायम रहेको बताएकी छिन् । किमले मिडयाप्रति आक्रोश पोख्दै आफ्नोबारेमा यसरी किन लगत प्रचार गरिएको हो त्यो बुझ्न नसकेको बताएकी छिन् । किमले आफू जहाँ जाँदा र जोकोहीलाई भेट्दा पनि अमेरिकी मिडियाहरूले डेटिङमा गएको भनेर प्रचार गरेको पनि आरोप लगाएकी छिन् । आफ्नो पछाडि मिडिया हात धोएर लागेको बताउँदै रोनाल्डोसँगको सम्बन्धलाई पनि यसरी नै प्रचार गरेको स्पष्ट पारेकी छिन् । आफू एकान्तप्रेमी मान्छे भएकोले किमले आफ्नो सम्बन्ध पनि सीमित मान्छेहरूसँग मात्र हुने बताएकी छिन् ।
रोनाल्डो र आफ्नो सम्बन्धको बारेमा किमले जुनसुकै रूपले चर्चा गरे पनि रोनाल्डो भने यो सम्बन्धबाट निकै खुसी देखिएका छन् । साथी भने पनि प्रेमिका भने पनि अहिले रोनाल्डोको जीवनमा किम आएकी छिन् । अहिले उनीहरूको सम्बन्धको बारेमा सत्यतथ्य जानकारी नआए पनि मिडियाहरूले भने किम र रोनाल्डो प्रेमी-प्रेमिका भएको ठोकुवा गरिसकेका छन् । यस्तो अवस्थामा वास्तविकता के हो – त्यो दुवैजनामा सीमित रहेको छ । हावा नचलीकन पात हल्लिँदैन भनेझैं रोनाल्डो र किमबीचको सम्बन्धमा पनि ‘दालमा कुछ काला’ देखिएको छ । हेरौँ, अहिले आफ्नो सम्बन्धलाई गोप्य राख्ने प्रयासमा जुटेका यी दुवैले भविष्यमा कस्तो कदम उठाउँछन् त्यो प्रतीक्षाको विषय भएको छ ।

धादिङ खेलकुद विकास समितिमा शरद
हालै राष्ट्रिय खेलकुद परिषद्ले धादिङ जिल्ला खेलकुद विकास समिति गठन गरेको छ । शरद अधिकारीको अध्यक्षतामा गठन भएको उक्त समितिको उपाध्यक्षमा शिव रानामगर र कोषाध्यक्षमा ऋषिनाथ त्रिपाठी रहेका छन् । दस सदस्यीय कार्यसमितिको सदस्यमा अकल भट्टराई, भीषण श्रेष्ठ, रमेश अधिकारी, प्रदीप श्रेष्ठ, नारायण सिलवाल, रामकाजी भण्डारी र भीमप्रसाद श्रेष्ठ रहेका छन् ।
धादिङ जिल्ला खेलकुद विकास समितिको अध्यक्ष बनेपछि अधिकारीले जिल्लामा खेलकुदको समग्र विकासका लागि कम्मर कसेर लाग्ने प्रतिबद्धता जनाएका छन् । अध्यक्ष अधिकारीले धादिङ जिल्लाले विभिन्न खेलमा राष्ट्रियस्तरका थुपै्र खेलाडी जन्माएको स्मरण गराउँदै आफ्नो कार्यकालमा यसमा थप मलजल गर्ने र खेलकुदलाई कुनै राजनीतिक पूर्वाग्रह नराखी अगाडि बढाउने सोच रहेको बताए । नवगठित समितिको नाम सार्वजनिक भएपछि निकै समयदेखि सुस्ताएको धादिङको खेलकुद क्षेत्रमा नयाँ आशा सञ्चार भएको खेलप्रेमी तथा खेलाडीहरूमा नौलो आशा जागेको
बताइएको छ ।