कमला प्रसाईंलाई नारी रत्न अवार्ड

कमला प्रसाईंलाई नारी रत्न अवार्ड


उर्वरा फाउन्डेसन (नेपाल)ले पहिलोपटक ‘अन्तर्राष्ट्रिय साहित्यिक विशिष्ट नारी रत्न अवार्ड’को घोषणा गरेको छ । अमेरिकाको न्युयोर्कमा रहेर नेपाली साहित्यमा विशेष योगदान पुऱ्याए बापत वरिष्ठ साहित्यकार कमला प्रसाईंलाई पहिलो पटक सो अवार्ड प्रदान गर्ने निर्णय गरिएको छ ।

प्रसाईंका दुईवटा कविता संग्रह, एक गीति संग्रह र एक नाटक संग्रह प्रकाशित छन् । साहित्यकार प्रसाईं विभिन्न साहित्यिक संस्थाहरुमा सल्लाहकार र मानार्थ समेत रहेकी छिन् ।

अमेरिकन सरकारले समेत प्रसाईंलाई विशेष सम्मान दिइसकेको छ । उनी अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजमा पनि आबद्ध छिन् ।

यस वर्षदेखि प्रारम्भ भएको पुरस्कार फाउन्डेसनले प्रत्येक वर्ष प्रदान गर्ने उर्वराकी अध्यक्ष देवकी अभिलाषीले बताइन् ।