म जागिर खान आएको होइन-राजन घिमिरे

म जागिर खान आएको होइन-राजन घिमिरे


चलचित्र विकास बोर्डका अध्यक्षहरूमध्ये दोस्रोपटक अध्यक्ष पदमा नियुक्ति पाउने गणेश भण्डारी पहिलो अध्यक्ष हुन् । आफ्नो पहिलो कार्यकाल गफ होइन नेपाली सिनेमा उद्योगको विकास र विस्तारका लागि कामै गरेर देखाएका भण्डारीले यसैकारण पनि समग्र चलचित्र क्षेत्रबाट वाहवाही कमाए । त्यसकारण पनि चलचित्र क्षेत्रमा लागिपर्नेहरूको एकै स्वर मिलेपछि फेरि भण्डारी चलचित्र विकास बोर्डमा अध्यक्षको पदमा नियुक्त भएका छन् । भण्डारीले अध्यक्षको पदमा पदवहाली गरेपछि भने, मलाई विश्वास गर्ने चलचित्रकर्मीहरूको विश्वासलाई म डगमगाउन दिन्नँ । चलचित्र उद्योगको विकासका निमित्त लागिपर्नेछु ।

० चलचित्र क्षेत्रको मुख्य समस्या केलाई देख्नुभएको छ ?
– पहिलो समस्या भनेको ऐन कार्यान्वयन हो । त्यसपछि बजार विस्तार र चलचित्र पर््रदर्शनको व्यवस्थापन ।
० यीमध्ये ठूला समस्या कहाँनेर छ ?
– ठूलो समस्या भनेको चलचित्रको वर्गीकरण नै हो । पाँच लाख र डेढ करोडमा बनेका सिनेमालाई एउटै सूचीमा राखेर नेपाली सिनेमाको व्याख्या गरिएको छ । यो नै गलत छ ।
० कामको सुरुवात कसरी गर्नुहुन्छ ?
– यो विषय पहिले नै सोचिएको हो । समयको पावन्दीको कारणले सम्भव हुन सकेन । यसपटक विज्ञहरूसँग छलफल गरी पहिलो प्राथमिकता दिएर कार्यान्वयनमा लगिनेछ ।
० नयाँ योजनाचाहिँ के छन् नि ?
– पहिलो योजना भनेको त अघिल्लो कार्यकालमा सुरु गरेको तर पूरा नभएका कामलाई पूरा गर्ने हो । यसपटक गन्तव्य नेपाल अभियान सुरु गरिनेछ ।
० गन्तव्य नेपाल भनेको के हो नि ?
– नेपाली सिनेमाको बजार विस्तारका लागि ल्याइने बृहत् योजना हो- गन्तव्य नेपाल । विदेशी सिनेमाकर्मीहरूलाई नेपालमा निम्त्याएर यहाँ चलचित्र खिच्ने वातावरण सिर्जना गर्ने, उनीहरूको प्राविधिक पक्ष र चलचित्रको कन्सेप्ट बुझने काम गरिनेछ भने नेपाली सिनेमालाई विदेशी भूमिमा परिचित गराउने अवसर गन्तव्य नेपालले दिलाउनेछ ।
० सरकार नै अन्योलको अवस्थामा रहेको बेला विकास बोर्डले कसरी काम गर्न सक्ला ?
– सबैभन्दा ठूला कुरा इच्छाशक्ति हो । इच्छाशक्ति भयो भने काम गर्न सरकार बाधक हुँदैन । अर्को कुरा म विकास बोर्डमा जागिर खान आएको होइन । चलचित्र क्षेत्रको विकासका लागि काम गर्न आएको हुँ । म चलचित्रको शासक होइन, सेवक हुँ । म चलचित्रको सिपाही हुँ । चलचित्रको विकासका लागि लडिरहन्छु ।

निर्देशक रुवाउने निर्माता चिनौं
दर्शक रुवाउन सके चलचित्र सफल हुने दाबी गर्दै आएका एकजना असफल नायक यतिबेला आफैं रुन थालेका छन् ।
निखिल उप्रेती, विजय भट्ट अनि आर्यन सिग्देलजस्ता अहिले चलेका नायकहरूभन्दा सिनियर नायक हुन्- कल्याण घिमिरे । तर, विडम्बना ! उनको फिल्मी करिअरमा कहिले पनि कल्याण हुन सकेन । चलचित्र क्षेत्रमा लाखौँ डुबाउँदा पनि चेत नखाएका कल्याण यसपटक पनि चलचित्र श्रीमान्बाट लाखौँ डुब्ने निश्चित छ । देशको राजनीतिक अवस्था प्रतिकूल रहँदा जेठ १३ गते पर््रदर्शनमा आएको श्रीमान्ले शुक्रबार, शनिबार र आइतबार त पानी पनि भन्न पाएन । जब कि शुक्रबार र सार्वजनिक बिदाको दिनलाई नेपाली सिनेमाको स्वरि्णम दिन मान्ने गरिन्छ । यस्तै दिनमा बन्द परेकोले हल नै सुनसान भएको थियो । अहिले यो चलचित्रको युनिट काठमाडौंको असफल व्यवसायबाट दिक्क मानेर काठमाडौंबाहिर पुगेको छ । काठमाडौंबाहिरबाट यसको निर्माण पक्षले काठमाडौंमा रहेका मिडियाहरूको मोबाइलमा खबर आउँछ- ‘श्रीमान् हेरेपछि सबै दर्शक रोए ।’
चलचित्र निर्माण अरूहरूलाई रुवाउनका लागि होइन, मनोरञ्जनका लागि निर्माण गर्नुपर्छ भन्ने सानो मान्यताको बारेमा समेत ख्याल नभएका यसका नायक अनि निर्माता कल्याणले दर्शकहरू मात्र रुवाएका छैनन् कि उनकै कारण यतिबेला यसका सोझा निर्देशक नवल नेपाल पनि रुने अवस्थामा पुगेका छन् । नवल साँच्चै प्रतिभाशाली निर्देशक हुन् । नेपाली सिनेमामा केही गरौँ भन्ने उद्देश्य बोकेर आएका नवलको उद्देश्य र जाँगर अब ‘बे्रक’ लाग्ने निश्चित छ । नवलकै आग्रह अनि उनकै प्रशंसा गर्दै मिडियाहरूमा श्रीमान्को खुवै चर्चा चल्यो । नवलले भनेअनुरूप नै चलचित्रको प्रचार-प्रसार पनि मिडियाले गरे । तर रकम तिर्ने बेलामा निर्माता कल्याण घिमिरे सर्म्पर्कमा आउन छाडेपछि निर्देशक नवललाई यतिबेला ‘श्रीमान्’ निल्नु न ओकल्नु हुन थालेको छ । कल्याणकै व्यवहारका कारण अहिले नवल स्वयम् पनि मिडियाबाट भाग्नुपर्ने अवस्थामा छन् । हुन त पहिले नै नवलले कल्याणलाई भनेका थिए कि विज्ञापन छपाएको रकमको कारोबारमा मलाई बीचमा नपार्नु । किनकि भएको सम्बन्ध पनि बिग्रन्छ । निर्देशकको यो कुरा सुनेपछि कल्याणले आश्वस्त पार्दै मबाट त्यस्तो हुँदैन, तपाईं अगाडि बढे हुन्छ भनेपछि मिडियातिर बढेका नवल अहिले पनि पछाडि र्फकन थालेका छन् । तर, के गरेपछि दैलो देख्यो भनेजस्तै आफ्नो विश्वास मिडियाले नगर्ने चाल पाएपछि बिचरा सोझा निर्देशकलाई अगाडि सारेका कल्याणको यो व्यवहारलाई यतिबेला समग्र चलचित्र उद्योगले ‘झुर’ भन्न थालेका छन् । फाइदा हुने काममा आफू अगाडि र्सर्ने तर बेफाइदा हुनेमा अरूलाई अगाडि सार्ने कल्याणका लागि यो फलदायी नै होला तर दीर्घकालीन रूपमा त उनलाई बेफाइदा नै हुन्छ नि होइन र ?

यताबाट नाम उताबाट दाम
कुनै समय दामका लागि नेपाली चलचित्र खेल्थे नायक विराज भट्ट । तर, अहिले उनको उद्देश्य फेरिएको छ चलचित्र खेल्ने । उनी अहिले नामका लागि नेपाली चलचित्र खेल्छन् भने दामका लागि भोजपुरी चलचित्र ।
विशेष गरेर एक्सन मन पराउने भोजपुरी सिनेमाका दर्शकहरूको निम्ति विराज भट्ट लायकका हिरो हुन् । नेपाली चलचित्रमा आफ्नो बजार, क्रेज र उचाइ नघट्दै भोजपुरी चलचित्रहरूमा पनि आफ्नो वर्चश्व कायम गर्न सफल विराज भट्ट एउटा भोजपुरी चलचित्र खेलेबापत १० देखि १५ लाखसम्म भारतीय रकम पारिश्रमिक लिने गर्छन् । जब कि उनले एउटा नेपाली चलचित्र खेलेबापत अहिलेसम्म पाँच लाखभन्दा बढी पारिश्रमिक पाएका छैनन् । यो हिसाबले नेपाली चलचित्रभन्दा भोजपुरी चलचित्रमा तेब्बर पारिश्रमिक लिने विराज तीन महिना नेपालमा हुन्छन् भने नौ महिना भारतमा हुने गरेका छन् आजभोलि । ‘नेपाली फिल्मलाई बिर्सर्ेेे अवश्य होइन । अवसर पाएको समयमा त्यस्तो अवसर किन छाड्नु भनेर मात्र उताको चलचित्रमा बढी देखापरेको हुँ,’ नेपाल आएको समयमा विराजले भने । आफू जहाँ भए पनि नेपाली दर्शक र नेपाली चलचित्रले नै बनाएको स्वीकार्ने विराज समयले भ्याएसम्म नेपाली चलचित्रमा अभिनय गर्न नछाड्ने कुरा बताउँछन् । ‘नेपाली चलचित्रको सङ्ख्या कम होला तर अभिनय गर्न भने छाड्दिनँ,’ विराजले भने ।

कहाँ हराए कलाकर्मी ?
आ-आफ्ना पेसाप्रति लगन, इमान र दक्षता पर््रदर्शन गर्दै आएका मुलुकका विभिन्न क्षेत्रका तीस व्यक्तित्वलाई प्रतिनिधि-पात्रका रूपमा चयन गरी हिमाल खबर पत्रिकाले दुई वर्षअघि एक सचित्र आवरण-कथा प्रकाशित गरेको थियो । र्सर्भेक्षणको प्रभावकारी उपाय हरसम्भव अवलम्बन गरेर तयार पारिएको दाबी गरिएको सो रिपोर्टमा समाविष्ट व्यक्ति-व्यक्तित्वहरूलाई ‘राष्ट्रका उदाहरणीय सपुत’का रूपमा प्रस्तुत गर्दै उनीहरूले जस्तै आ-आफ्नो क्षेत्रबाट निःस्वार्थ भावले देश-सेवा गर्न सबै नागरिक लागिपर्ने हो भने लामो द्वन्द्व र अशान्तिका कारण थिल्थिलिएको नेपाल राष्ट्रले स्वाभिमान र समृद्धिको गति हासिल गर्न धेरै समय पर्खनु नपर्ने जिकिर गरिएको थियो । हिमालको उक्त रिपोर्टमा समाविष्ट हुने सौभाग्य पाएका एक युवा प्रतिभा थिए- मिथिला लोककलामा कुची चलाउने होनहार प्रतिभा प्रतीक रायमाझी । तर, यसरी मुलुककै नजरमा परेका युवा प्रतिभा विगत ६ महिनादेखि परिवारकै सर्म्पर्कमा नरही बेपत्ता छन् ।
सिराहाको बरहरामाल गाविस वडा नम्बर-५ भुल्केनिवासी जितबहादुर रायमाझीका छोरा ३६ वषर्ीय प्रतीक चित्रकला आरि्टस्टका रूपमा आफ्नो पहिचान फैलाउँदै गरेका एक होनहार युवा हुन् भन्नेमा कुनै द्विविधा छैन । विशेषगरी मिथिला लोककलामा उनका कुची पछिल्लो समयमा अत्यन्त सुन्दर तथा प्रखर ढङ्गले चल्ने गरेको थियो । देश तथा विदेशमा समेत आफ्ना चित्रकलाको पर््रदर्शनी गरिसकेका प्रतीक आखिर अचानक कहाँ हराए त ? उनको पारिवारिक स्रोतका अनुसार स्वाभिमानी, हक्की र इमानदार स्वभावका प्रतीकलाई निकै समयअघिदेखि विभिन्न भूमिगत समूहबाट चन्दा माग्दै अनेक धम्कीहरू आउने गरेको थियो । यही कारणले उनी आफ्नो घरगाउँ छोडेर राजधानी काठमाडौं बस्दै आएका थिए । बताइएअनुसार उनलाई धम्क्याउने क्रम काठमाडौंमा पनि कायम रह्यो । सम्भवतः यही त्रासबाट छट्पटिएर उनले घर-परिवारलाई समेत जानकारी नदिई कतै पलायनको बाटो रोजेका हुन् ।
लामो द्वन्द्वपछि मुलुक शान्तिप्रक्रियामा आएको मानिन्छ, तर, नागरिकले आफूलाई असुरक्षित महसुस गर्नुपर्ने अवस्था अहिले पनि यथावत् नै छ । अराजकता, असुरक्षालगायतका दुर्दशाबाट नागरिकले अझै मुक्ति नपाएको र हतपति मुक्ति नपाउने लक्षणको कलाकार प्रतीक रायमाझी त एउटा प्रतीक मात्र हुन् । यसरी ज्यानकै जोखिम परेर आफूलाई सुरक्षित तुल्याउन आश्रय खोज्दै भौँतारिनुपरेका नेपालीको यहाँ ताँती नै छ । आखिर यो अभिशापबाट देशले मुक्ति पाउने कहिले ? सर्वत्र यही सवाल यतिबेला व्याप्त छ ।