आठ वर्षपछि नेविसङ्घको महाधिवेशन

आठ वर्षपछि नेविसङ्घको महाधिवेशन


othernewsविद्यार्थी नेतामा बेग्लै उत्साह
नेपाल विद्यार्थी सङ्घको ११औँ महाधिवेशन हुने निश्चित भएपछि नेतृत्वका निम्ति विद्यार्थी नेताहरू मैदानमा उत्रिएका छन् । कात्तिक ३० गतेदेखि मङ्सिर २ गतेसम्म हुने भनिएको ११औँ महाधिवेशन १०औँ महाधिवेशन भएको आठ वर्षपछि हुन लागेको हो । यसअघि गत भदौ २९, ३० र ३१ गतेको लागि मिति निर्धारण भएर पनि अन्तिम अवस्थामा अचानक महाधिवेशन स्थगित गरिएको थियो । तर, यसपटक भने महाधिवेशन हुने निश्चित मानिएको छ ।
महाधिवेशनमा अध्यक्ष पदका लागि केदार कार्की, मनोजमणि आचार्य, नीलकण्ठ रिजाल, सरोज थापा, जितजंग बस्नेत, नैनसिंह महर, कुन्दन काफ्ले र बाबुराम कोइरालालगायतले उम्मेदवारी दिने तयारी गरिरहेका छन् । निर्वाचित दुईसमेत चारजना महामन्त्री रहने वैधानिक प्रावधान रहेको नेविसङ्घमा दुई महामन्त्रीका लागि विगत २४ वर्षदेखि नेविसङ्घको राजनीतिमा सक्रिय रहेका आनन्द त्रिपाठीसमेतले उम्मेदवारी दिने भएका छन् । त्रिपाठीबाहेक रामप्रसाद अधिकारी, पुष्पकुमार शाही र रत्न कार्कीलगायतले पनि महामन्त्रीमा उम्मेदवारी दिने तयारी गरेका छन् । त्यसैगरी उपाध्याक्षमा प्रकाश स्नेही, खड्क डाँगी, गोपी उपाध्याय, मंगल म्यान्याङ्बो, ललित श्रेष्ठ, अनुज खड्का, धु्रव गौतम, विष्णु कार्की, तीर्थ गौतम, विकास केसी, दीपक भण्डारी, राजन कुँवर र पूर्ण कुँवर तथा सहमहामन्त्रीमा भरत खड्का, एलबी कार्की, सागर परियार, ज्ञानेन्द्र खड्का, कृष्णमुरारी बस्नेत, बलदेव थापा, इन्दु शर्मा, कृष्ण कट्टेल, दिनेश थपलिया र सोपानसिंह बोहराले उम्मेदवारी दिने इच्छा दर्शाएका छन् । कोषाध्यक्षमा भने ओजी अरशद अन्सारीको नाम विशेष चर्चामा रहेको छ । ११ उपाध्यक्ष र चार महामन्त्री रहने नेविसङ्घमा मनोनीतसहित कुल एक सय ५१ जनाको कार्यसमिति हुने वैधानिक प्रावधान छ । सदस्यमा बाजेन्द्र विष्ट, लीला भट्टराई, ज्ञानुबाबा खड्का, दीपक कोइराला, दीपेन्द्र खड्का, विष्णु सुवेदी, चित्रध्वज जीसी, प्रशान्त कोइराला र सेतेमान तामाङलगायतको नाम विशेष चर्चामा रहेको छ । महाधिवेशनको उद्घाटन कार्यक्रम कीर्तिपुरमा हुने भएको छ ।

अर्थपूर्ण भ्रमणमा पूर्वराजा
पूर्व श्री ५ महाराजाधिराज ज्ञानेन्द्र अचानक मित्रराष्ट्र भारतको भ्रमणमा जानुभएपछि राजनीतिक वृत्तमा भ्रमणलाई लिएर तीव्र चासो र चर्चा भएको छ । करिब एक साताको लागि भन्दै गत शुक्रबार (२१ गते) पूर्वराजा भारतको नयाँदिल्ली प्रस्थान गर्नुभएको थियो । दिल्लीस्थित एक सूत्रका अनुसार एक साताको भनिए पनि यो भ्रमण केही लम्बिन सक्ने र दुई सातासम्म पुग्न सक्ने छ । उच्च राजनीतिक भेटघाटमा व्यस्त पूर्वराजा यो भ्रमणपछि नेपालको भावी राजनीतिक कार्यदिशाबारे स्पष्ट हुनुहुने बताइएको छ । तर, नेपालमा भने अहिले कुनै न कुनै रूपको राजसंस्था पुनस्र्थापित हुने चर्चा चल्न थालेको छ । पूर्वराजाको यसअघिका भारत भ्रमणहरू अपेक्षाकृत पारदर्शी हुने गरेका, तर यसपटकको भ्रमण अप्रत्यासित र अपारदर्शी भएकोले पनि यसलाई बढी अर्थपूर्ण मानिएको छ ।

अख्तियारविरुद्ध भ्रष्टाचारका मतियार
भ्रष्टाचार र विकृतिविरुद्ध सशक्त कदम चालेर सर्वसाधारण नागरिकको विश्वास जित्न थालेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई असफल बनाउन भ्रष्टाचारी क्रियाकलापसँग कुनै न कुनै ढङ्गले जोडिएका व्यक्तिहरूको समूह सक्रिय भएको अनुभूति गरिएको छ । विभिन्न निकाय वा तहमा देखिएका भ्रष्टाचार, घुसखोरी र अनियमितता रोक्न सक्रिय भइरहेका बेला राजनीतिक तहकै एक तप्का आयोगको कामलाई निस्तेज पार्न लागेबाट सर्वसाधारण आश्चर्यमा परेका छन् । खासगरी राजनीतिक पूर्वाग्रहका आधारमा अख्तियार प्रमुख लोकमानसिंह कार्कीका विरुद्ध एमालेको माधव नेपाल समूह लागेपछि भ्रष्टाचार रोक्ने काम प्रभावित हुने सम्भावना बढेको हो ।
आयोगले नियमपूर्वक काम नगर्ने काबेली आयोजनासहित १३ विद्युत् आयोजनाको दर्ता खारेजी गर्न सरकारको सम्बन्धित निकायलाई निर्देशन दिएपछि एमालेको एक समूह अख्तियारविरुद्ध खनिएको हो । व्यवस्थापिका–संसद्को अर्थसमितिको नेतृत्व गरेको एमालेले अख्तियारको कार्यशैलीको आलोचना गर्ने नाममा कामै गर्न नदिने षड्यन्त्रमा उत्रेपछि एमालेभित्र र बाहिर सर्वत्र आलोचना भएको छ । गत साता (शुक्रबार) अर्थसमितिले छलफलका नाममा आयोगप्रमुख कार्कीलाई समितिमै बोलाएर तर्साउने प्रयत्न गरेको थियो । विशेषगरी एमालेका सुरेन्द्र पाण्डेले अख्तियार टोलीलाई विषयवस्तुभन्दा बाहिर गएर -याख-याख्ती पार्न खोजेको समितिकै एक सदस्यको भनाइ छ । अख्तियारले मुद्दा दायर गर्नै नपाउने, कारबाहीको सिफारिस गर्न नहुने, केवल अनुसन्धान गर्ने अधिकार भएको भन्दै पाण्डेले आयोगको कामको कडा आलोचना गरेका थिए । अख्तियारले पछिल्लोपटक सरकारका उच्च निकायदेखि तल्लो तहका कर्मचारीले भ्रष्टाचार, घुसखोरी र अनियमितता गरे–नगरेकोमा ‘हस्तक्षेप’ सुरु गरेपछि एमालेको नेपाल समूह अत्तालिएको जानिफकारहरूको बुझाइ छ । आयोगले घुस खानेलाई रङ्गेहात पक्राउ गर्नेदेखि पहुँचवाला तथा उच्च तहका व्यक्तिसँग जोडिएका जलविद्युत्को कानुनविपरीतका क्रियाकलाप रोक्ने प्रयत्न गरेपछि जनस्तरबाटै प्रशंसा हुन थालेको छ ।
अख्तियारले खोला ओगटेर राख्ने तर काम नगर्ने विद्युत् आयोजनाका लाइसेन्स खारेजीको प्रक्रियामा सरकारलाई आह्वान गरेपछि ‘झोलामा खोला’ बोक्नेहरूले ठूला दल तथा तिनका नेताका सहारा लिएका हुन् । यसमा मुख्यगरी माधव नेपाल समूह खुलेरै लागेपछि लाइसेन्स लिने तर विद्युत् आयोजना अघि नबढाउनेलाई प्रोत्साहन मिल्ने देखिएको छ । अख्तियारले खोला ओगटेर बस्नेहरूको लाइसेन्स खारेज गर्न र आयोजना स्वीकृतमा संलग्न कर्मचारीलाई विभागीय कारबाहीका लागि ऊर्जा मन्त्रालयलाई सिफारिससमेत गरेको थियो । तर, मन्त्रालयले खोला ओगट्नेको दबाबमा अर्थसमितिले गलत ढङ्गले गरेको अख्तियारको खेदोमा पनि चुपचाप बस्नु अनौठो मानिएको छ । अर्थसमितिको अनावश्यक दबाब र अख्तियारको कारबाही सिफारिसले मन्त्रालय मौन बस्दा यसले खोला ओगट्ने जलमाफियालाई झनै प्रोत्साहन मिल्ने मन्त्रालयका एक अधिकारीले बताए ।
विद्युत् आयोजना निर्माणको लाइसेन्स लिएको एक वर्षभित्र निर्माणकार्य सुरु गर्नुपर्ने विद्युत् नियमावली २०५० को नियम २१ मा व्यवस्था भए पनि अधिकांश लाइसेन्सधारीले राजनीतिक दलको आडमा झोलामा खोला थन्क्याई आयोजना निर्माणको काम सुरु नै गरेका छैनन् । लोडसेडिङको गम्भीर मार खेपेका नागरिक तहबाट काम गर्नेलँई मात्र लाइसेन्स दिनुपर्ने, निर्माण सुरु नगरी खोला ओगटेर बस्नेहरूको लाइसेन्स खारेज गर्नुपर्ने माग सर्वत्र उठेपछि अख्तियार सक्रिय भएको थियो । अख्तियारले पछिल्लोपटक तराईमा झोले विद्यालयका नाममा रकम खानेहरूलाई धमाधम कारबाही सुरु गरेपछि जलमाफियालाई समेत कारबाही हुनुपर्छ भन्ने आवाज उठेको थियो । यससम्बन्धी दर्जनौँ उजुरी परेपछि समयमै निर्माणकार्य सुरु नगर्ने जलमाफियाको लाइसेन्स खारेज गर्न तीन महिनाअघि नै सरकारलाई अख्तियारले पत्राचार गरिसकेको छ ।
अख्तियारमा प्राज्ञिक क्षेत्रमा समेत भ्रष्टाचार भएको उजुरी परेपछि अनुसन्धान थालेको आयोगले छानबिनका क्रममा पूर्वाञ्चल र पोखरा विश्वविद्यालयमा भएको अनियमितता बाहिर ल्याएको छ । विभिन्न सरकारी कार्यालयमा अनुसन्धान थालेको आयोगले घुसमा संलग्न सयौँलाई मुद्दा चलाएको छ । पछिल्लोपटक जलविद्युत्को नाममा खोला ओगट्नेलाई अनुसन्धान थालेको आयोगसँग सरकारलाई ‘कारबाही गर, लाइसेन्स खारेज गर’ भन्न पाउने अधिकार सुरक्षित छ । अख्तियार आफैँले कारबाही पो गर्न मिल्दैन, तर कारबाही गर्नका लागि सरकारी निकायमा सिफारिस गर्न पाउँछ भन्ने तथ्यबारे अर्थमन्त्री भइसकेका सुरेन्द्र पाण्डेले अर्थसमितिको बैठकमा अतिरञ्जित तरिकाले बोल्दा धेरैलाई चकित बनाएको थियो ।
अख्तियारको निर्देशन नमान्न अर्थ समितिले दिएको आदेश मान्नुपर्ने जरुरी नभएको बैठकमा मन्त्रालयका एक अधिकारीले राखेपछि एमालेपक्षीय सभासद् कड्किए । जलमाफियाले संसदीय समितिलाई नै उपयोग गर्न थालेपछि अख्तियारले आफ्नो अनुसन्धानको गति कसरी अघि बढाउने हो त्यो चिन्ता र चासोको विषय बनेको छ ।

सार्कभन्दा मोदीप्रति ज्यादा चासो
आगामी मङ्सिरको दोस्रो साता (१० र ११ गते) सार्क राष्ट्रहरूको शिखर सम्मेलन काठमाडौंमा गर्नका लागि भव्य तयारी भइरहँदा नेपालमा सार्क सम्मेलनभन्दा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको आगमनप्रति ज्यादा चासो रहेको पाइएको छ । सार्क सम्मेलनको पूर्वसन्ध्यामा काठमाडौंको सडकलाई सफा र व्यवस्थित गर्ने काम द्रूतगतिमा भइरहेको छ । करिब पाँच अर्बभन्दा बढी रकम खर्च गरेर काठमाडौंलाई सुन्दर देखाउन प्रयास भइरहेको छ भने अति विशिष्ट पाहुनाहरूको सुरक्षाका लागि पनि विशेष प्रबन्ध गरिएको छ । तर, नेपालमा सार्क सम्मेलन र सम्मेलनमा उठ्ने–उठाइने र उठ्नुपर्ने मुद्दाहरूको बारेमा जनस्तरमा खासै चासो देखिएको छैन ।
मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदी पुनः नेपाल आउँदै हुनुहुन्छ भन्ने खबर हरेक नेपालीको घर–घरमा चासो र चर्चाको विषय बनिरहेको छ । कुनै देशका प्रधानमन्त्री या नेताप्रति यसस्तरको चासो नेपालमा यसअघि कहिल्यै प्रकट भएको मानिँदैन जति प्रधानमन्त्री नरेन्द्र मोदीप्रति देखिएको छ । यसले सार्क सम्मेलनकै क्रममा पनि मोदीको व्यवहार, बोली र क्रियाकलापहरूको तुलनामा सार्कका निर्णयहरूले कमै चर्चा पाउन सक्ने सङ्केत गरेको छ । सरकारले पनि सार्क सम्मेलनमा के–कस्ता मुद्दा उठाउनेभन्दा पनि भारत सरकारसँग के–कस्ता विषयमा सम्झौता गर्ने भनेर आन्तरिक तयारीलाई तीव्र पारेको छ । सरकारले सार्क सम्मेलनका बेला नेपाल र भारतबीच दुईवटा सम्झौतापत्रमा हस्ताक्षर गर्नेछ । सम्मेलनकै बीच राजधानीमा हुने नेपाल–भारत द्विपक्षीय बैठकमा सवारीसाधन आवतजावत सम्झौता (मोटर भेहिकल एग्रिमेन्ट) र दुई देशका विभिन्न सहरबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौतापत्रमा हस्ताक्षर हुनेछ ।
सवारीसाधन सम्झौता भएलगत्तै नेपाल र भारतबीच नियमित सवारीसाधन चल्नेछन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता खगनाथ अधिकारीका अनुसार सार्क सम्मेलनकै बेला प्रधानमन्त्री सुशील कोइराला र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको उपस्थितिमा जनकपुर र अयोध्या, काठमाडौं र भारतको बनारसबीच भगिनी सम्बन्ध स्थापित गर्ने सम्झौता पनि हुनेछ । साथै मोदीले भारतीय सहयोगमा निर्माण भएको ट्रमा सेन्टर उद्घाटन गरी नेपाल सरकारलाई हस्तान्तरण पनि गर्नेछन् । साथै ऊर्जा व्यापार सम्झौता पनि गरिने तयारी छ । ऊर्जा व्यापार सम्झौता भए मोदीको अग्रसरतामा हुनेछ । तर, नेपालका केही राजनीतिक दलहरू यसको विरुद्धमा छन् ।
सार्क सम्मेलनकै बेला भारतीय प्रधानमन्त्री मोदीले जनकपुर, लुम्बिनी र मुस्ताङको भ्रमण गर्ने र महत्वपूर्ण सहयोगको कार्याक्रम घोषणा गर्ने पनि बताइएको छ । साथै मुस्ताङमा भारतीय सहयोगमा निर्माण गरिएको एक खानेपानी योजना उद्घाटन गर्ने कार्यक्रम पनि रहेको छ । यसअघि गत साउनमा नेपाल भ्रमणका क्रममा दिएको अभिव्यक्तिबाट निकै प्रभावित भएका नेपाली जनतामा मोदी सार्क सम्मेलनका क्रममा पुनः नेपाल भ्रमणमा आउँदा के भन्छन्, कस्ता सहयोग गरेर फर्कन्छन् भन्नेमा बडो चासोका साथ लिएकोले पनि अन्य मुलुकको प्रधानमन्त्रीको तुलनामा मोदीको विशेष चर्चा भएको देखिन्छ । मोदी सम्मेलनमा सहभागी हुन जनकपुर हँुदै काठमाडौं आउने कार्यक्रम रहे पनि भारतको पटनाबाट गाडी वा हेलिकोप्टरमध्ये केमा जनकपुर आउने भन्ने टुङ्गो लागिसकेको छैन ।

भव्य समारोहबीच महाअभियानको घोषणा
सार्कपछि सशक्त कार्यक्रम
हिन्दूराष्ट्र नेपाल स्थापना महाअभियानको गत साता (कात्तिक २० गते) सम्पन्न भेलाले धर्मनिरपेक्षतामा जाने निर्णय सच्याउन काङ्गे्रस नेतृत्वलाई आग्रह गर्दै कुनै हालतमा हिन्दूराष्ट्र स्थापना गरिछाड्ने प्रतिबद्धता जाहेर गरेको छ । भेलामा लक्ष्मणप्रसाद घिमिरेको संयोजकत्वमा रहेको समितिले तयार गरेको घोषणापत्र जारी गरिएको थियो । काङ्गे्रसका युवा नेता लोकेश ढकालद्वारा वाचन गरिएको घोषणापत्रमा भनिएको छ, ‘नेपाली काङ्गे्रसजस्तो व्यापक जनआधारमूलक पार्टीले ९४.२ प्रतिशतभन्दा बढी जनताको आस्था, विश्वास र भावनालाई उपेक्षा गरी राष्ट्रिय एकताका आधारहरू, आपसी सद्भाव, सहिष्णुता र सहअस्तित्वको अभ्यासमा खलल पुग्ने गरी आकस्मिक र अपारदर्शी ढङ्गले धर्मनिरपेक्षताको मतियार बन्ने काम नैतिकता एवम् राजनीतिक दृष्टिले पनि अनुचित र त्रुटिपूर्ण भएको देखिएकोले गणतन्त्र नेपाललाई हिन्दू गणतन्त्र नेपाल कायम राख्ने संवैधानिक व्यवस्था गर्न नेपाली काङ्गे्रस केन्द्रीय समिति र नेपाली काङ्गे्रस संसदीय दलहरूले अविलम्ब पहल गर्नु आवश्यक छ ।’ काङ्गे्रसका केन्द्रीय सदस्यहरू, पूर्वपदाधिकारी तथा केन्द्रीय सदस्यहरू, सभासद्हरू, पूर्वसांसद तथा सभासद्हरू, महासमितिका सदस्यहरू, महाधिवेशन प्रतिनिधिहरू, पार्टीका जिल्ला सभापति र भ्रातृ संस्थाका प्रतिनिधिहरूको ठूलो उपस्थिति रहेको कार्यक्रममा नेता लक्ष्मणप्रसाद घिमिरेले भेलाको औचित्य र हिन्दूराष्ट्र स्थापना गर्नुपर्ने कारणबारे प्रकाश पार्नुभएको थियो । काङ्गे्रस नेता खुमबहादुर खड्काको सभापतित्वमा सम्पन्न भेलामा नेताहरू दुर्योधनसिंह चौधरी, हर्षजित लामा, डा. मीठाराम विश्वकर्मा, तारानाथ रानाभाट, हरिबोल भट्टराई, चिरञ्जीवी वाग्ले, शंकर पाण्डे, विदुर पौडेल, पुष्पा भुसाल, शंकर भण्डारी, वर्मा लामा, मोहमम्द नक्की खाँ, कृष्णा अमात्य, देवेन्द्रराज कँडेल र देवेन्द्र पौडेललगायतले किन नेपाललाई हिन्दूराष्ट्र बनाइनुपर्छ भन्ने विषयमा आ–आफ्ना धारणा प्रकट गरेका थिए । सभालाई सम्बोधन गर्दै नेता खुमबहादुर खड्काले नेपाललाई हिन्दूराष्ट्र कायम गरिएको संविधान जारी नभए अमान्य हुने बताउँदै हिन्दूराष्ट्र स्थापनाको महाअभियानमा सरिक हुन सम्पूर्ण देशवासी र काङ्गे्रसका नेता तथा कर्याकर्तालाई आह्वान गर्नुभएको थियो । खड्काको भनाइ छ, ‘नेपालको अन्तर्राष्ट्रिय पहिचान चिरकालसम्म स्थापित गर्न सम्पूर्ण नेपालीको एकतालाई मजबुत पार्दै संसारभरिका झन्डै एक अर्ब पचास करोड हिन्दूहरूको गन्तव्यस्थल र आस्थाको केन्द्र बन्न सक्ने विश्वको एक मात्र हिन्दूराष्ट्र नेपाल स्थापनाको महाअभियानमा ऐक्यबद्धता व्यक्त गर्न म सबै नेपाली दिदीबहिनी र दाजुभाइहरूमा सविनय आह्वान गर्दछु र यो महाअभियानको सफलताको लागि जस्तोसुकै दुःख/कष्ट र सङ्घर्षका लागि तयार रहन हार्दिक अपिलसमेत गर्दछु ।’
सभाले महाअभियानको केन्द्रीय समन्वय समिति एकाउन्न सदस्यीय बनाउने प्रस्तावको अनुमोदन गरेपछि पहिले चयन गरिएको पच्चीस सदस्यीय समितिलाई तत्काल एघार सदस्य थप गरी छत्तीस सदस्यीय बनाइएको छ । समितिमा अरू पन्ध्र सदस्य पछि थप गर्ने बताइएको छ । खुमबहादुर खड्का संयोजक र लक्ष्मणप्रसाद घिमिरे सहसंयोजक रहनुभएको महाअभियानको सदस्यहरूमा तारानाथ रानाभाट, चिरञ्जीवी वाग्ले, पुष्पा भुसाल, हरिबोल भट्टराई, शङ्कर भण्डारी, अजय चौरसिया, सुरेन्द्र हमाल, लोकेश ढकाल, हर्षजित लामा, देवप्रकाश त्रिपाठी, धर्मबहादुर क्षेत्री, सर्वधन राई, झकबहादुर पुन, मोहम्मद नक्की खाँ, दिलबहादुर बुढाथोकी, सुशीला चौधरी, शिवराज जोशी ‘दैलेख’, दुर्योधनसिंह चौधरी, सियाराम राय यादव, देवेन्द्रराज कँडेल, कृष्ण लामा, रामजीवन सिंह, चन्द्र केसी, खेमराज सेढाईं, डा. मीठाराम विश्वकर्मा, रवीन्द्रलाल श्रेष्ठ, देवीप्रसाद न्यौपाने, रमेशजंग रायमाझी, मानबहादुर रावत, भोला थापामगर, नारायण कोइराला, देवेन्द्र पौडेल र कुमार रेग्मी चयन हुनुभएको छ । कुमार रेग्मीलाई महाअभियानको सदस्यसचिव तथा प्रवक्ता तोकिएको छ भने आर्थिक संयोजकमा खेमराज सेढाईं र प्रचार संयोजकमा देवप्रकाश त्रिपाठी रहनुभएको छ ।
महाअभियानको केन्द्रीय समन्वय समितिले यसै साता बैठक बसी भावी कार्यक्रमहरू तर्जुमा गर्ने र घोषणासभाले आदेश दिएबमोजिम पाँच सय एक सदस्यीय समितिलाई पूर्णता दिने भएको छ ।

कान्तिपुरको भूमिकाप्रति सत्तापक्ष सशङ्कित
सबैभन्दा बलियो मानिने मिडिया हाउस कान्तिपुरमा एमाओवादी र चिनियाँ चलखेलप्रति सत्तारुढ दल काङ्ग्रेस र एमाले झस्किएका छन् । कान्तिपुरले एकपक्षीय ढङ्गले एमाओवादीका एजेण्डालाई प्राथमिकता दिँदै आएको विषय प्रधानमन्त्री सुशील कोइरालाको समेत चासोको विषय बनेको बालुवाटार स्रोतले जानकारी दियो । कान्तिपुरले केही समयदेखि छापेका सामग्री र त्यसमा एमाओवादीको साँठगाँठसमेतबारे कोइरालाले निकटस्थ मन्त्रीहरूसँग कुरा बुझेका थिए ।
स्रोतका अनुसार कानुनमन्त्री नरहरि आचार्य र सञ्चारमन्त्री मीनेन्द्र रिजालसँग अघिल्लो सोमबार यसबारे प्रधानमन्त्री कोइरालाले खुलेरै छलफल गरेका थिए ।
‘कान्तिपुरले एमाओवादीको एजेण्डा मात्र बोकिरह्यो, कहिलेकाहीँ तटस्थजस्तो देखिने अनि मौका मिल्नासाथ प्रचण्डजीलाई बोकिहाल्ने,’ कोइरालाले भनेका थिए ।
मन्त्रीहरूसँग भएको छलफल उद्धृत गर्दै स्रोतले भन्यो, ‘ठूलो मिडियाबाट एकपक्षीय समाचार आउँदा समस्या हुन्छ ।’ मन्त्री आचार्यले कान्तिपुरको संदिग्ध भूमिकाबारे आफू पनि आश्चर्यमा परेको सुनाएका थिए ।
एमाओवादी सबैतिरबाट खस्किँदा पनि ठूलो मिडिया हाउसमा उसकै निर्देशनमा काम भएको पाएपछि खासगरी काङ्ग्रेस र एमालेका नेताहरू गम्भीर भएका हुन् । कोइरालानिकट केही मन्त्रीहरूले एमालेका वरिष्ठ नेताहरूसँग समेत यसबारे कुरा पु-याएका छन् । ‘कोइरालाले त एक भेटमा कान्तिपुरका सम्पादकलाई लोकतान्त्रिक व्यवस्थाका लागि कान्तिपुरको योगदान अमूल्य छ । तपाईंहरू आफ्नो भूमिका आफैँ नभुल्नुहोस् । हामीलाई पनि उचित स्पेस दिनुहोस् । धेरै कुरा सुनिन्छ,’ सम्म भनेको प्रधानमन्त्रीका एक सहयोगीले बताए ।
कान्तिपुरमा एमाओवादीका एजेण्डा निरन्तर आइरहने मात्र नभई अन्य पक्षधर पत्रकारमाथि अनेक जालझेल गर्दै बिदा गर्ने प्रवृत्तिले समेत शङ्का बढाएको हो । अहिले कान्तिपुरको समाचारकक्ष पूर्णतः एमाओवादी समर्थक पत्रकारहरूको नियन्त्रणमा छ । लोकतान्त्रिक विचारधारा बोक्ने सेकेन्ड म्यान हरिबहादुर थापा, बलराम बानियाँलगायतलाई पनि सम्पादक शर्माले भूमरीमा पारेको, व्यवस्थापनसामु गलत सूचना पु-याउने गरेको त्यहाँबाट अवकाश पाएका एक वरिष्ठ कर्मचारीले जानकारी दिए । यही क्रममा समाचार संयोजक पदमा लामो समयदेखि काम गरेका गोपाल खनाललाई गाडी खरिदमा अनियमितता गरेको भन्दै जागिर छाड्न बाध्य पारिएको थियो ।
खनाललाई नयाँदिल्ली हँुदा कार्यालयका लागि सेकेन्डह्यान्ड गाडी खरिदमा अनियमितता गरेको कागजात पेस गर्न सम्पादक शर्माले हाल दिल्लीमा कार्यरत देवेन्द्र भट्टराईलाई निर्देशन दिएका थिए । भट्टराई र खनालबीच काठमाडौं हँुदै त्यस्तै अर्को प्रकरणमा खटपट बढेको थियो । शैक्षिक उद्यमी उमेश श्रेष्ठबाट पैसा लिएर पत्रकार भट्टराई चीन भ्रमण गएको, विभिन्न एनजीओ, आईएनजीओको सल्लाहकार बनी रकम असुलेकोजस्ता आरोप लगाई भट्टराईलाई कतार पठाएर खनाल समाचार संयोजक बनेका थिए ।
अहिले खाली रहेको संयोजक पदमा कसलाई नियुक्त गर्ने भन्नेमा सम्पादक शर्माकै कारण ढिलाइ भइरहेको एक पत्रकारले जानकारी दिए । समाचारकक्षमा रहेका वरिष्ठ नौजनामध्ये सरोजराज अधिकारीलाई बनाउन सम्पादकले भित्री इच्छा प्रकट गरे पनि थापासहितले कुनै हालतमा त्यसो गर्न नहुने, सिस्टम बिग्रने भन्दै वरिष्ठलाई बनाउन दबाब दिएका छन् । शर्मा कुनै हालतमा युनियन समर्थकलाई बनाउने पक्षमा देखिँदैनन् ।

उच्चस्तरीय बैठकमा ६ इञ्च छोट्याउने कुरा
गत साता सम्पन्न त्रिपार्टीको उच्चस्तरीय बैठकमा बेप्रसङ्ग प्रचण्डले सबैका अघिल्तिर भन्नुभयो, ‘काङ्गे्रसमा हिन्दूराष्ट्रको अभियान त रामचन्द्र पौडेलजीलाई पार्टी सभापति बनाउन पो सुरु भएको रहेछ त †’ पौडेलले प्रचण्डका कुरामा असहमति जनाउनुभयो । त्यसपछि कुरा बढ्दै जाँदा प्रचण्डले ‘कुरा मिल्न नदिने नै तपाईं हो, तपाईंका कारणले सहमति बन्न सकिरहेको छैन’ भनी रामचन्द्र पौडेलप्रति अलिक कठोर भाव प्रकट गर्नुभयो । प्रचण्डका कुरा सुनेपछि नेता रामचन्द्रले पनि सहन सक्नुभएन र भन्नुभयो, ‘मलाई किन दागा धर्छौ ? मैले आफ्नो पार्टीको धारणा राख्ने हो, पार्टीको धारणा राख्दा यसरी व्यक्तिगत रूपमा लिन मिल्छ ? कसैलाई दागा धर्न मिल्छ ? द्वन्द्वकालमा भएको भए त मलाई तपार्इंहरूले ६ इञ्च छोटो बनाइदिनुहुने पो रहेछ त ।’ पौडेलको जवाफपछि बैठकमा एकैछिन सन्नाटा छायो र त्यसपछि छलफलको विषय अन्यत्रै मोडियो ।

रामचन्द्रविरुद्ध अनेकथरी †
नेपाली काङ्गे्रसभित्र ‘नेटवर्कविहीन नेता’ का रूपमा परिचित उपसभापति रामचन्द्र पौडेल पछिल्लो समयमा प्रहारको केन्द्रबिन्दु बन्नुभएको छ । एमाले र एमाओवादीको निसाना बन्दै आउनुभएको उहाँलाई काङ्गे्रसभित्रैबाट पनि प्रहार सुरु भएको छ । संस्थापन पक्षको प्रमुख रक्षक भूमिकामा देखिँदै आउनुभएका पौडेललाई संस्थापन पक्षले समेत ‘छेउ पाए घचेट्ने र कुना पाए अँचेट्ने’ व्यवहार गर्दै आएको छ । उच्चस्तरीय बैठकहरू जुन काङ्गे्रस एक्लैको होस्, दुईपक्षीय होस् या बहुपक्षीय, त्यहाँ रामचन्द्र पौडेलको उपस्थिति अनिवार्य मानिन्छ, तर उहाँको उपस्थितिमा उहाँलाई नै होच्याउन सबैथरी नेताहरू लागिपर्छन् । काम बनेको जस (यस) प्रचण्ड, सुशील कोइराला र केपी शर्मा ओलीले पाउँछन्, तर बिग्रिएको अवस्थाको लागि रामचन्द्र पौडेललाई दोषी करार दिइन्छ ।
रामचन्द्र पौडेललाई पार्टीभित्र काङ्गे्रसका निष्ठावान नेताका रूपमा लिइन्छ । प्रजातन्त्र र राष्ट्रप्रति धोखाधडी हुने काम पौडेलबाट नहुने विश्वास गरिन्छ, उहाँले संयुक्त बैठकहरूमा पनि राष्ट्र, प्रजातन्त्र र पार्टीलाई क्षति पुग्ने कुरामा कुनै सम्झौता नगर्ने दृढता प्रकट गर्दै आउनुभएको छ । पौडेलको यही स्वभाव र शैलीका कारण संयुक्त बैठकमा सम्मिलित अन्य दलका प्रतिनिधि नेताहरू पौडेललाई ‘अवरोध’ ठान्छन् । सभापति सुशील कोइरालासमेत आफ्ना निकटका व्यक्तिहरूसँग बसेर पौडेलबारे बारम्बार नकारात्मक टिप्पणी गर्ने गर्नुहुन्छ । पछिल्लो समयमा एमाओवादी अध्यक्ष प्रचण्डप्रति नतमस्तक रहँदै आउनुभएका कोइरालालाई प्रचण्डले गत साता ‘रामचन्द्रकै कारण सहमति बन्न नसकेको’ भनी कुरा लगाउनुभयो । त्यसपछि कोइरालाले रामचन्द्र पौडेललाई बैठकमा नबोलाउने वचन प्रचण्डलाई दिनुभएको र सो कुरा आनन्द ढुङ्गानासँग पनि सेयर गर्नुभएको बताइन्छ । गत २० गते (कात्तिक) एमाओवादीको व्यवहारबाट हैरान हुनुभएका पौडेलले ‘यस्तै हो भने म अबदेखि राजनीतिक समितिको बैठकमा आउँदिनँ’ भनी प्रचण्डसँग भन्नुभयो । प्रचण्डले तत्काल प्रतिक्रिया दिँदै ‘तपाईं नआउने हो भने म पत्रकार सम्मेलन गरेरै रामचन्द्र पौडेलले सहमति नचाहेको भनी सार्वजनिक गरिदिन्छु’ भनी जवाफ दिनुभयो । त्यसपछि प्रचण्डलाई तत्काल जवाफ फर्काउँदै रामचन्द्र पौडेलले भन्नुभएको थियो, ‘पत्रकार सम्मेलन त तपाईंभन्दा पहिलेमै गर्छु र एमाओवादी कसरी भाँजो हाल्दै छ भनेर सबलाई बताइदिन्छु ।’ यस्तै–यस्तै वादविवादका बीच कात्तिक २१ गते अपराह्न चार बजे उच्चस्तरीय राजनीतिक समितिको बैठक राखिएको थियो, जुन बैठकमा पौडेलले आफू नआउने जानकारी अघिल्लो दिन दिनुभएको थियो । तर, शुक्रबार (कात्तिक २१) बिहानै टेलिफोन गरी प्रधानमन्त्री कोइरालाले रामचन्द्र पौडेललाई सो बैठकमा उपस्थित हुन आमन्त्रण गर्नुभएको थियो । मध्याह्नमा अचानक उक्त बैठक स्थगित गरिएको जानकारी सम्बद्ध सबैलाई गराइएको थियो ।
गत साता सम्पन्न संवैधानिक एवम् राजनीतिक संवाद एवम् सहमति समितिको बैठकमा काङ्गे्रसका युवा नेता तथा सभासद् डा. अमरेशकुमार सिंहले पनि नेता रामचन्द्र पौडेलको निकै आलोचना गर्नुभयो । सिंहले सात प्रदेशमा जाने काङ्गे्रसको निर्णयलाई काङ्गे्रस पार्टीको नभई रामचन्द्र पौडेलको वैयक्तिक निर्णय भएको बताउँदै आफू उक्त निर्णयमा सहमत नहुने स्पष्ट गर्नुभएको थियो । सिंहका अभिव्यक्ति सुनेपछि बैठकमा सहभागी राप्रपा नेता सूर्यबहादुर थापाले अमरेशसिंह कुनै पार्टीको प्रतिनिधित्व गर्नुहुन्छ कि स्वतन्त्र सभासद् हो भनी प्रश्न गर्नुभएको थियो । जे होस्, विपक्षीको तारो बन्दै आउनुभएका नेता पौडेल पार्टीभित्र पनि संस्थापन पक्षको समेत आलोचना र आक्रोशको पात्र बन्नुभएको छ । नेकपा एमालेले त झन् धेरै लामो समयदेखि नै रामचन्द्रप्रति एकप्रकारको आग्रह राख्दै आएको छ । राम्रो गर्न खोज्दाखोज्दै पनि पौडेल यसरी सर्वत्र आलोचना र टिप्पणीको पात्र किन बनिरहनुभएको हो, यो आश्चर्यको विषय बनेको छ ।

‘संविधान नबने ‘ऊ’ हुन्छ’
गत बिहीबार प्रधानमन्त्रीनिवास बालुवाटारमा सम्पन्न तीन प्रमुख दल ( काङ्गे्रस, एमाले र एमाओवादी) का शीर्षस्थ नेताहरूको बैठकमा आपसी घोचपेच र भनाभन ज्यादा चल्यो । सोही बैठकपश्चात् सहमतिको सम्भावना घटेर गएको महसुस गरिएको छ । बैठकमा एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रचण्डको नियतमाथि प्रश्न उठाउँदै भन्नुभयो, ‘तपाईं राजनीतिक समितिको संयोजक भएर भाँडभैलो मच्चाउँदै हिँड्ने ? बाहिरबाट सरकार चलाउँछु भन्ने ? यस्तो कुरा गरेर देश चल्छ ?’
ओलीको कुरा सुनेपछि प्रचण्ड जङ्गिए, ‘तपाईंहरूले जे–जे भन्नुहुन्छ त्यही मँन्ने भन्ने हुँदैन । तपार्इंहरू जनविरोधी निर्णय गर्दै जाने, हामीले त्यसलाई अनुमोदन गर्नुपर्ने भन्न खोजिएको हो भने त्यस्तो कहिल्यै हुन सक्दैन ।’ एक सन्दर्भमा आक्रोशित हुँदै प्रचण्डले भन्नुभयो, ‘सबै षड्यन्त्र गर्ने सिटौला (कृष्ण प्रसाद) नै हो ।’ प्रचण्ड कुरा मिलाउनेभन्दा भड्काउनेतर्फ अग्रसर देखिएपछि उपसभापति रामचन्द्र पौडेलले निष्कर्ष निकाल्नुभएको थियो, ‘यस्तै हो भने म राजनीतिक समितिको बैठक (कात्तिक २१) मा आउँदिनँ । तपाईं संविधान बनाउने, सहमति गर्ने पक्षमा हुँदै हुनुहुन्न भने म बैठकमा किन आउने ?’ पौडेलको कुराको जवाफ फर्काउँदै प्रचण्डले पत्रकार सम्मेलन गरिदिने बताउँदा पौडेलले तपाईंले भन्दा पहिले मै पत्रकार सम्मेलन गर्छु भन्नुभएको थियो ।
नेताहरूबीच त्यसरी चर्काचर्की परिरहँदा सुशील कोइराला टुलुटुलु हेरिरहनुभयो । विवाद साम्य तुल्याउन उहाँले कुनै प्रकारको हस्तक्षेप गर्नुभएन । कोइरालाले यत्ति भन्नुभयो, ‘तपाईंहरू ‘ऊ’ नगर्नुस्, संविधान बनेन भने ‘ऊ’ हुन्छ ।

सरकारी सञ्चारमाध्यम कर्पोरेट पत्रकारिताको दुश्मन †
सरकारी कार्यालयमा केही झिँगा मात्रै भन्किए भने पनि व्यावसायिक मिडिया (जसलाई कर्पोरेट पत्रकारिता भनिन्छ)ले समाचार बनाउँछन् । जनताले तिरेको राजस्वको भरपूर सदुपयोग भए–नभएको हेर्नु जुनसुकै पत्रकारिताको कर्तव्य मानिन्छ । तर, सरकारको र जनताको खर्बौं रुपैयाँ लगानी भएका सरकारी सञ्चारगृहहरूमा मौलाउँदो अनियमितता, बेथिति र भ्रष्टाचारबारे मूलधारको मिडिया भनिने कर्पोरेट पत्रकारिता बेखबर छ ।
सरकारको केन्द्रीय सचिवालयमै रहेका सञ्चारमाध्यममा सरकारी हस्तÔेपमा भइरहेको पत्रकारिताको बेइज्जतीप्रति करदाता जनता र सरकारलाई ऐना देखाउने काम कर्पोरेट पत्रकारिताले गर्दैन । ‘पत्रकारका बारेमा के लेख्नु ?’ कर्पोरेट पत्रकारिताले यसै भन्ने गरेको सुन्न पाइन्छ । सरकारले जनतालाई कुसूचित गरे पनि, अनि गलत नीति नै अख्तियार गरेको खण्डमा पनि मौन बस्नु कर्पोरेट पत्रकारिताको आधारभूत धर्म बनिरहेको तथ्य घटना र विचारले फेलापारेको छ ।
व्यावसायिक पत्रकारिताका नाउँमा साहू मात्रै पोसिने कर्पोरेट पत्रकारिताको जतिसुकै विकास भएको मानिए पनि सरकारी सञ्चारको पहुँचलाई जित्ने पुँजी लगानी भइसकेको छैन । साँच्चै भन्ने हो भने अद्यापि नेपाली राष्ट्रिय रक्तसञ्चार सम्मिलनको मूल नली सरकारी सञ्चार नै हो भन्नु अत्युक्ति हुँदैन । अधिकृत पुँजी र चुक्ता पुँजी तथा त्यसको अचल सम्पत्ति केलाउने हो भने गोरखापत्रको तुलनामा कुनै पनि अरू निजी माध्यम धनी प्रतीत पनि हुँदैनन् । शैÔिक, व्यावसायिक, अनुभवात्मक, प्रशिÔण, पहुँच र परिपक्वताका हिसाबमा धर्मपथका पत्रकारलाई जित्ने पत्रकार थोरै मात्र छन् ।
सोही कारणले गोरखापत्रकै बहालवाला र पूर्वपत्रकारलाई लोभ्याएर भित्याउँदै नेपालमा कर्पोरेट पत्रकारिताको विकास थालिएको थियो । आज ती धेरै पत्रकारको अवस्था आर्थिक रूपमा उस्तो सन्तोÈजनक पाइँदैन, साहुले गरेको गुणात्मक मुनाफाको तुलनामा ।
सुरुमा राम्रा पत्रकार तानियो । पछि विज्ञापन व्यवस्थापक तानियो । त्यसपछि मन्त्रिपरिÈद्बाट निर्णय गराएर गोरखापत्रमा छाप्नुपर्ने सरकारी विज्ञापन कर्पोरेटमा तानियो । अनि, बोनस खाने संस्थानलाई सरकारी जग्गा किन ? भनी अदालतमा मुद्दा हाल्न लगाएर बसुन्धराको जग्गाबाट गोरखापत्रलाई बेहक गरियो । यसैबीचमा ०४६ यताको राजनीतिको कस बनेको युनियनबाजीमा फस्यो यो संस्थान पनि । अनेक घोटाला भए । सम्पादकीय र व्यवस्थापकीय नीतिहीनता व्यापक भयो । बेथिति भयो । सञ्चार मन्त्रालय फगत चुसाहा मात्रै बन्यो । तर, यी कुनै पनि विÈय ‘व्यावसायिक पत्रकारिता’का लागि समाचारका विÈय बनेनन्, किनभने ती कुरा उजागर भएमा सुधार सम्भव हुन्छ जसले कर्पोरेट मिडियाको नाफाको केक काटिन पुग्छ । त्यसैले कर्पोरेट पत्रकारिताको नीति भन्छ– पत्रकारबारे लेख्ने नीति छैन ।
अब रेडियोको कुरा गरौँ । रेडियो नेपालका १८ वटा त एफएम स्टेसन नै छन् । एएम (मेडियम वेब) का पाँचवटा स्टेसन छन् । सयौँ रोपनी जेथा छ । करदाता र उपभोक्ताको खर्बौं रुपैयाँ रेडियोमा लगानी भइसकेको हो । तर, सञ्चार मन्त्रालयका अधिकारीहरू नीतिहीन त देखिए नै बरु दोहनकर्ता झन् बढी सावित भए । नीति निर्माण र कार्यान्वयन तिनको कार्यÔेत्रमा पर्दैन । देशका लागि सञ्चार संवाहक बन्नुपर्ने राज्यको पत्रकार अनेकौँ सङ्घ–सङ्गठन र दलको वा गुटको वा परिवारको चाकर बन्नुमा गौरव गर्छन् । त्यहाँ भ्रष्टाचार, पÔपात र दुरुपयोग सामान्य छन् । यी कुरा पनि स्वतन्त्र पत्रिकाहरूले बेलाबखत उठाएर शङ्खघोÈक (ह्विसल ब्लोअर)को काम गर्दै आएका छन् । तर पनि सुशासन पुरस्कार पाएका कर्पोरेट पत्रकारितागृहले त्यस्तो समाचारलाई ठाउँ दिँदैनन् ।
यस वर्È नेपाल टेलिभिजनमा तेस्रो च्यानलका नाउँमा टेलिभिजन पत्रकारिता र पत्रकारको धज्जी उडाइएको मात्रै छैन । करोडौँ रुपैयाँ बालुवामा खन्याउने काम भइरहेको समाचार प्रकाशमा आएको छ, त्यो पनि स्वतन्त्र पत्रिकाहरूमा । कर्पोरेट पत्रकारिताले यी कुनै विसङ्गति पनि देख्दैन । किन त ? किनभने सरकारी सञ्चारगृहहरू कर्पोरेट सञ्चारगृहको मुनाफाका सबभन्दा ठूला बाधक हुन् भन्ने ऐतिहासिक घटनाक्रमले पुष्टि गर्न आएको छ ।
कैलाश सिरोहियाको नेतृत्वमा गएको प्रतिनिधिमण्डलले वर्तमान सञ्चारमन्त्रीको पदभारलगत्तै बुझाएको मागपत्रबाट सरकारी सञ्चारमा भर्सेलो परेको देख्नु तिनको पहिलो चाहना रहेको प्रस्टिन्छ । सरकारी मिडियाले पाएसरह सुविधा निजी व्यापारिक मुनाफामुखी मिडिया सिन्डिकेटले राखेको त्यो माग सम्बन्धमा सञ्चार मन्त्रालयले केही प्रतिक्रिया जनाएको देखिएको छैन । तर, सरकारी च्यानलका नाउँमा कर्पोरेट मिडियालाई जसरी उचालिँदै छ त्यसले भने मौन तरिकाबाटै कर्पोरेट पत्रकारिता ‘महान्’ भन्ने भावना जनतामा सिर्जना गर्न खोजेको देखिन्छ । सकेसम्म सरकारी मिडियामार्फत आफूलाई प्रवद्र्धन गर्ने, तर सरकारी मिडियाको जवाफदेहिताको सवाल नउठाउने नीति कर्पोरेट मिडियाले अवलम्बन गरेको छ ।
सरकारी मिडियाको विश्वसनीयता र स्तर बढेमा आफ्नो प्रभाव घट्ने भएकोले सरकारी मिडिया भड्खालोमा परेको हेर्न पनि उनीहरूले राजस्व दुरुपयोगको कुरा नउठाइरहेको लुक्न अब असम्भव छ । यस्तो घडीमा जनताको ढुकुटीबाट चलेका सञ्चारको बेथिति र अस्तव्यस्तता ल्याएर सुधारको बाटो देखाउनुपर्ने जिम्मेवारी स्वतन्त्र पत्रकारिताको काँधमा आएको स्वीकार्नैपर्ने भएको छ । सरकार राज्यको वैधानिक सङ्गठन हो । सरकारी सञ्चार जनताको आधिकारिक माध्यम बन्नुपर्छ । तिनको अस्तव्यस्तता र बद्मासी रोक्ने सञ्चार मन्त्रालयको मेमोरी (स्मरण) स्खलित भइरहेको आजको घडीमा स्वतन्त्र मिडियाले थप चनाखो बन्नु कम्तीमा नागरिक दायित्व पनि हो ।

नमुना बन्दै मेघा अस्पताल
निजी क्षेत्रबाट उपत्यकामा सञ्चालित करिब एक सय अस्पतालमध्ये एक सय शøयाको मेघा अस्पतालले स्थापनाको एक वर्षमै आफ्नो सफलता सिद्ध गरेको छ । वर्ष दिनभित्र विभिन्न दुर्घटनामा परी उक्त अस्पतालमा भर्ना गरिएका चार सय अठार (४१८) घाइतेमध्ये सबैको उपचार भएको, कसैले आफ्नो शरीरको कुनै अङ्ग गुमाउनु नपरेको र कुनै घाइतेको पनि मृत्यु नभएकोले उक्त अस्पतालले छोटो समयमै सफलता आर्जन गर्न सकेको हो । हड्डीहरू टुक्रिएका, थिचिएर धुजाधुजा भएका र अङ्ग काट्नुपर्ने भनी अन्य अस्पतालबाट पठाइएका बिरामीहरूको सो अस्पतालमा अङ्गहरू (खासगरी हात–गोडा) नकाटीकन उपचार भएकोले पनि मेघाको विश्वसनीयता बढेको बताइन्छ । सबै प्रकारका बिरामी तथा घाइतेहरूको उपचार हुने सामान्य अस्पताल भए पनि मेघाले विशेष गरी न्युरो र अर्थोपेडिकलाई फोकस गर्दै आएको छ र यसमा अनुकरणीय सफलता पनि पाएको छ । गोल्ड मेडलिस्ट डक्टर सुरज बज्राचार्य, डा. श्याम मिश्र, डा. पीके सुन्तनिया, डा. समीर आचार्य र डा. संयुक्त आचार्यको कार्यक्षमता र मिहिनेतका कारण छोटो अवधिमै अस्पतालले प्रगति गर्न सकेको मानिन्छ । अर्थोपेडिकतर्फ डा. सुरज बज्राचार्य र न्युरोतर्फका डा. पीके सुन्तनियाको क्षमतालाई विशेष मानिएको छ । बज्राचार्यकै कारण त्यहाँ भर्ना हुन पुगेका कुनै पनि घाइतेले आफ्नो अङ्ग गुमाउनुपरेको छैन । त्यस्तै ४५ वर्ष लामो अनुभव भएका डा. श्याम मिश्रले मेडिकल डाइरेक्टरका रूपमा जसरी काम गर्नुभएको छ त्यसले पनि अस्पतालको विश्वसनीयता र प्रगतिमा उल्लेख्य योगदान पु-याएको विश्वास गरिन्छ ।
आईसीयूको बेडको रु. ५,००० र सामान्य बेडको रु. ७०० शुल्क लिने मेघा अस्पतालले हालसम्म असहाय गरिब ६ जना बिरामीको निःशुल्क उपचार गरिसकेको छ भने महिनामा दुईवटा निःशुल्क स्वास्थ्य शिविरको आयोजना पनि गर्दै आएको छ । त्यस्तै सरकारी सिफारिसमा वर्षको पचास बिरामीलाई निःशुल्क उपचार सेवा दिन पनि अस्पताल प्रतिबद्ध रहेको छ । कुल सय दश कर्मचारीमध्ये ३२ जना चिकित्सक मात्र आबद्ध रहेको मेघा अस्पतालले वर्ष दिनभित्रै पाएको सफलताबारे उक्त अस्पताल सञ्चालक समितिका अध्यक्ष किशोरजंग राणाको भनाइ छ, ‘हामी मुनाफा कमाउने उद्देश्यले मात्र यो व्यवसायमा आएका होइनौँ । समाजसेवाको भावनाले अस्पतालमा लगानी गर्न पे्ररित गरेको हो । अन्य व्यवसायजस्तो नाफाकै दृष्टिले मात्र हेर्ने हो भने अस्पताल नचलाउनु राम्रो हुन्छ । एउटा बिरामी या घाइते पूर्णरूपमा निको हुँदा उसको अनुहारमा छचल्किने खुसीले मलाई यति सन्तुष्ट र खुसी तुल्याउँछ कि त्यति सन्तुष्टि मैले अन्य कुनै कुराबाट पाउन सकिरहेको छैन । समर्पित भइएको छ, त्यसअनुसारको सफलता पनि मिलेको छ । तर, यो अस्पतालमा मेरोभन्दा कैयन गुण बढी हात चिकित्सक र अन्य स्टाफहरूको छ ।’
० किशोरजी, अस्पताल र चिकित्सकहरूले राम्रो सेवा दिइरहेको देखिन्छ, तैपनि तपाईंमाथि केटाहरू परिचालन गरेर बिरामी कब्जा गर्ने गरेको आरोप छ नि ?
– म जुन काम गर्छु त्यसमा पूरै समर्पित भएर लाग्छु । अहिलेसम्म जे–जस्ता व्यवसायमा लागियो सबैमा म सफल छु । अस्पतालको मार्केटिङमा पनि म आफैँ लागिरहेको छु । गाउँ–गाउँसम्म म आफैँ दौडिरहेको छु । त्यसले गर्दा छोटै समयमा अस्पताल चल्यो र चिकित्सकका कारण विश्वसनीयनता पनि बढ्यो । बिरामी तथा घाइतेजनको भीड मेघामा निकै देखिन थाल्यो, त्यसपछि हाम्राविरुद्ध कतिपय अस्पतालसम्बद्ध व्यक्तिहरू पछि लाग्न थाले र हाम्रो बद्नाम गराउने कोसिस भयो । हाम्रो प्रगतिलाई सहन नसक्नेहरूले हामीविरुद्ध षड्यन्त्र रचेका र नकारात्मक कुरा गरेका हुन् ।
० च्याउसरी अस्पतालहरू भएकोले पनि विकृति पैदा भएजस्तो लाग्दैन तपार्इंलाई ?
– अस्पताल खोल्न जो–कसैले सक्छन् र मचाहिँ सेवाको भावनाले मात्र अस्पतालमा लगानी गर्न आइपुगेको हुँ । कतिपयले विशुद्ध नाफा कमाउन र मेडिकल कलेज चलाएर थप नाफा कमाउनका लागि पनि अस्पतालमा लगानी गरेका होलान् । तर, मैले होइन, यस क्षेत्रमा विकृतिहरू अवश्य छन्, हामी त्यसबाट जोगिएका छौँ र सचेत पनि छौँ ।
० अस्पताल र अन्य व्यवसायीबीचको अन्तर के रहेछ ?
– अस्पताल समाजसेवाको भावनाले हेरिन्छ, अन्य व्यवसायमा नाफा मत्रै हेरिन्छ । अस्पताल चलाएर मैले समाजलाई योगदान पु-याइरहेको ठानेको छु, अरू काममा मैले पैसा कमाए पनि यति सन्तुष्टिचाहिँ पाउन सकेको छैन । म नमुना अस्पताल बनाएर यस क्षेत्रबाट देशमा विशेष योगदान पु-याउन चाहन्छु ।

ललितपुरका ऐतिहासिक सम्पदा जोगाउन मित्रराष्ट्रको सहयोग
ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थल संरक्षण/सम्वद्र्धन गरिने कार्यक्रमअन्तर्गत ललितपुरको गंगापोखरी, कुलदेवता आँगन घर, लुक्षुसी पाटी, श्रीबच्छा महावीर आजु निवास, भिन्चय्या बहाल डिगी, भिन्ड्या लची चपा र नगबहाल टोल सुधार छें गरी सात ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थलका लागि छिमेकी मित्रराष्ट्र भारतले आर्थिक अनुदान सहयोग उपलब्ध गराउने भएको छ । चार करोड ७३ लाख दश हजारको सहयोग राशिबाट ललितपुरका नौवटा ऐतिहासिक तथा सांस्कृतिक महत्वका स्थल संरक्षण/सम्वद्र्धन गरिने कार्यक्रमअन्तर्गत सहरी विकास तथा भवन निर्माण विभाग र ललितपुर उपमहानगरपालिकाद्वारा स्थानीय उपभोक्ता समिति र ललितपुर विकास समाजको सुझाव तथा समन्वयमा कार्यान्वयन गरिने उक्त परियोजनाहरूको भारतका राजदूत रणजित रायले गत साता ललितपुर जिल्ला भ्रमणको क्रममा शिलान्यास गर्नुभयो । नेपालका प्रचुर सांस्कृतिक तथा ऐतिहासिक धरोहरको संरक्षणको उपादेयताअन्तर्गत सहयोग गरिने उल्लेखित परियोजनाहरूलाई नेपाल र भारतबीचको घनिष्ठ सम्बन्धका साथै सोका लागि मित्रराष्ट्र भारतले दर्शाएको महत्वको द्योतकका रूपमा लिन सकिन्छ ।
उल्लेखित परियोजनाबाहेक ललितपुर जिल्लामा एक करोड ७८ लाख लागतमा हालै अर्को एक परियोजना सम्पन्न भएको छ भने यसका अतिरिक्त ललितपुरमा भारतको १३ करोड ७६ लाख लागतमा अन्य चार परियोजना सुचारु छन् । यस्तै, भारतले जिल्लाका विभिन्न सङ्घ–संस्थालाई ११ वटा एम्बुलेन्स तथा ६ वटा स्कुल बससमेत प्रदान गरिसकेको छ ।
स्मरणीय छ, भारत–नेपाल आर्थिक सहयोग कार्यक्रमअन्तर्गत सञ्चालन हुने शिक्षा, स्वास्थ्य तथा पूर्वाधार विकासका लागि हाल कार्यान्वयनमा रहेका तथा पूरा भएका ठूला–साना गरी ४९० भन्दा धेरै परियोजनाका लागि ६६ अर्बभन्दा बढी भारतीय सहयोग उपलब्ध भइसकेको छ ।

दक्षिण एसियाली क्षेत्रको साहित्यिक संस्कृतिबारे ‘भ्वाइसेस’मा चर्चा
सार्क सम्मेलन नजिकिँदै गर्दा काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै प्रख्यात भारतीय लेखक नमिता गोख्लेले दक्षिण एसियाली राष्ट्रका नागरिकबीच साहित्यिक संस्कृति आदानप्रदान हुनुपर्ने धारणा प्रस्तुत गरेकी छिन् । लेखक गोख्ले गत सोमबार भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानद्वारा आयोजित ‘भ्वाइसेस’को २०औँ शृङ्खलामा अतिथिका रूपमा उपस्थित थिइन् ।
कार्यक्रममा खचाखच उपस्थित स्रोतामाझ उनले दक्षिण एसियामा साहित्यिक संस्कृतिले सीमा तोड्दै गरेको सन्दर्भमा अभिव्यक्ति दिइन् । आफ्नो भनाइ सुरु गर्दै उनले दक्षिण एसियामा मानिसहरूबीच भाषा–संस्कृतिको प्रसार र जीवनशैलीमा यसको प्रभाव कसरी परिरहेछ भन्ने प्रस्ट्याउन खोजिन् ।
दक्षिण एसियाली नागरिकका जीवनशैली, यहाँका भाषा–साहित्य र संस्कृतिबारे गोख्लेले आफ्ना धारणा राख्दै यस क्षेत्रका मानिस धन कमाएर महल ठड्याउन मात्र नभई साहित्य सिर्जना र साहित्य पढ्नमा पनि लागिपरेको पाउँदा आफूलाई निकै खुसी लागेको बताइन् ।
भारत पनि सामन्ती समाजबाट बिस्तारै स्वतन्त्र तथा बौद्धिक समाजमा परिणत भएको उल्लेख गर्दै उनले जयपुर लिटरेचर फेस्टिभलमा दुई लाख पचास हजार साहित्यकार र पाठकको उपस्थितिले यसको पुष्टि गरेको बताइन् । उनको विचारमा यो ठूलो उपलब्धि हो । सोही सन्दर्भमा गोख्लेले भारतमा मात्रै बाइस आधिकारिक भाषा र सत्र सय छब्बीस मातृभाषा प्रचलनमा रहेको जानकारी दिँदै हरेक २५ किलोमिटरको दूरीमा भाषामा फरकपन पाइने बताइन् । यसैगरी दक्षिण एसियाली मुलुकका जनताबीच साहित्य र संस्कृतिमा एक–अर्काको प्रभाव पर्दै गएको उनको कथन थियो । गोख्लेले दक्षिण एसियाली महिलाको अवस्थाबारे पनि बोलेकी थिइन् ।
कार्यक्रममा बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव अभय कुमारले भारतीय साहित्यमा नमिता गोख्लेको ठूलो योगदान रहेको र ‘भ्वाइसेस’मा निम्त्याएर उहाँका विचार तथा अभिव्यक्ति सुन्न–सुनाउन पाउँदा खुसी लागेको बताए ।
‘भ्वाइसेस’मा डा. रुइत
भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानले आफ्नो नियमित कार्यक्रम ‘भ्वाइसेस’को १९औँ शृङ्खला सम्पन्न गरेको छ । नेपाल–भारत पुस्तकालयमा आयोजित सो कार्यक्रममा यसपटकका अतिथि थिए सुविख्यात नेत्ररोग चिकित्सक डा. सन्दुक रुइत । प्रतिष्ठित म्यागासेसे पुरस्कार (सन् २००६) बाट सम्मानित डा. रुइतले कार्यक्रममा आफ्ना अनुभूतिहरू बाँडे ।
डा. रुइतले आफ्नो टिमले नब्बेको दशकमा ‘इन्ट्रकुलर लेन्स’ र मोतियाबिन्दुको अपरेसन सम्बन्धमा रातदिन नभनेर काम गरेको सन्दर्भ सम्झाउँदै आफ्नो टिमले त्यसबेला निकै व्यवधानको सामना गर्नुपरे पनि निराश नभई काम गरेको अनुभूति सेयर गरे । मोतियाबिन्दु रोगबारे जनचेतना जगाउन गरिएको प्रयत्नले सर्वसाधारणमा यसबारे सकारात्मक धारणा जगाउन सफल भएको, तर मोतियाबिन्दु उपचारका लागि विदेशबाट आधुनिक प्रविधि भित्याएर स्थानीय तहमै आवश्यक लेन्स उत्पादन गर्ने कुरा गर्दा आफ्ना कतिपय सहकर्मी, मेडिकल डक्टर्स र मुलुकका नीतिनिर्माण तहमा रहेकाहरूले यो सम्भव हुनै नसक्ने भन्दै आफ्नो यो सोचलाई ‘पागल सोच’ नै ठानिदिएको डा. रुइतले बताउँदा स्रोताहरू मन्त्रमुग्ध बनेर सुनिरहेका थिए ।
दुर्गम क्षेत्रका जनतालाई मोतियाबिन्दुको एउटै सरल अपरेसन गरेर दृष्टि फर्काउन सकिन्छ भनेर विश्वास त्यतिबेला दिलाउन ठूलै चुनौती सावित भए पनि अहिले यस कार्यमा मिलेको सफलताले सन्तुष्टि र गौरवानुभूति दिलाएको पनि डा. रुइतले बताए । आज नेपालले विश्वका असीभन्दा बढी अग्रणी मुलुकमा चार लाखको सङ्ख्यामा ‘इन्ट्रकुलर लेन्स’ निर्यात गरिसकेको जानकारी दिँदै डा. सन्दुकले लगभग एक दशककै अवधिमा यो सफलता हासिल हुने कल्पना कसैले नगरेको बताए । उनी र उनको टिम मोतियाबिन्दुको सफल अपरेसन गरी दृष्टिविहीनलाई संसार देखाउने काममा दक्षिण एसियामै अग्रणी स्थानमा रहेको कुरा पनि ‘भ्वाइसेस’का स्रोताहरूले जानकारी पाए ।

मणिराज सिंहको ‘ओ चन्द्रमा’
साहित्यकार–कवि मणिराज सिंहको कवितासङ्ग्रह ‘ओ चन्द्रमा’ लोकार्पण गरिएको छ । ज्योति साहित्य प्रतिष्ठानका उपाध्यक्ष सूर्य बस्नेतको सभापतित्वमा आयोजित कार्यक्रमबीच ‘ओ चन्द्रमा’को लोकार्पण गर्दै प्रमुख अतिथि नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति डा. विष्णुविभु घिमिरेले स्रष्टा मणिराज सिंहका कविता दरिला र निकै खारिएका रहेको टिप्पणी गरे । कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै साहित्यकार जनार्दन अधिकारी ‘धड्कन’ले कलमको सर्वशक्ति सर्वव्यापकता रहने बताए भने विशिष्ट अतिथि प्रा.डा. गार्गी शर्मा र प्रा. गोपीकृष्ण शर्माले मणिराज सिंहको कृति ‘ओ चन्द्रमा’ले पारिजात फूलझैँ सुवास फैलाओस् भनी शुभकामना दिए ।
समीक्षकद्वय ज्ञाननिष्ठ ज्ञवाली र कमला रिसाल ‘ज्योति’ले कृतिको विविध विषयमा लेखिएको ५७ वटा कविता सरल, सरस तथा सुक्ति–माधुर्यले युक्त रहेको र नवरसयुक्त बिम्ब, प्रतीक, अलङ्कारले कला र भाव दुवैपक्ष सबल रहेको बताए । नरेन्द्रकुमार नगरकोटी, संगीता पनेरू, डा. रेनुका थापा सोलुले कृतिभित्रबाट छानेर तीनवटा कविता वाचन गरेका थिए ।
कृतिका स्रष्टा मणिराज सिंहले यो आफ्नो सातौँ कृति समसामयिक विषयवस्तुलाई आधार बनाई आफूले भोगेका कुरालाई सामाजिक बिम्बहरूद्वारा प्रस्तुत गरेको जनाउँदै पाठकहरूले कविता रुचाउने कुरामा आफू ढुक्क रहेको बताए । उक्त कार्यक्रममा अतिथि अग्रज साहित्यकारहरू प्रा.डा. विष्णुहरि नेपाल, उषा शेरचन, गीता केशरी, प्रा.डा. सुस्मा आचार्य, प्राज्ञ मात्रिका पोखरेल, किशोर पहाडी, विनयकुमार शर्मा नेपाल, सरस्वती श्रेष्ठ, अर्जुन केसीले शुभकामना मन्तव्य दिएका थिए ।

नइ बाल पुरस्कार प्रदान
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त लोकमानसिंह कार्की, शताब्दीपुरुष डा. सत्यमोहन जोशी र नेपाली साहित्यका विश्व नारीरत्न डा. बानिरा गिरीले आ–आफ्नो ठाउँबाट प्रतिष्ठा आर्जन गर्ने नौजना बालबालिकालाई ०७१ को नइ–देरुनीखपु पुरस्कार प्रदान गर्नुभयो । नइ प्रकाशनले देशदेशान्तरका प्रतिभालाई हरेक वर्ष ११ लाख रुपैयाँ राशिका २६ वटा पुरस्कार प्रदान गर्दै आएको छ ।
नइ प्रकाशनद्वारा आयोजित सो समारोहमा साहित्यतर्फ दीपशिखा घिमिरे, चित्रकलातर्फ असलराज तिम्सिना (सुनसरी), गायनतर्फ निर्मित विष्ट (सुनसरी), नृत्यतर्फ जिया जोशी (चितवन) खेलकुदतर्फ शर्मिला गाहामगर र बहुआयामिकतर्फ सृष्टि महर्जनलाई नइ देरुनीखपु पुरस्कार प्रदान गरियो । ताम्रपत्रसहित यी पुरस्कारका राशि जनही दश हजार रुपैयाँ रहेका छन् ।
यसैगरी नइ देरुनीखपु कोपिला पुरस्कार सङ्गीतमा प्रकृति मानन्धर र नृत्यमा कशिष शाक्यलाई प्रदान गरिएको छ । ताम्रपत्रसहित यी पुरस्कारको राशि जनही सात हजार रुपैयाँ रहेका छन् । यस्तै, ताम्रपत्रसहित पाँच हजार रुपैयाँ राशिको नइ देरुनीखपु चिचिला पुरस्कार नृत्यका लागि तीन वर्षीया प्रयत्ना सिलवाललाई प्रदान गरिएको छ ।
समारोहमा प्रमुख अतिथि अख्तियार प्रमुख लोकमानसिंह कार्कीले नेपाल सरकार र प्रज्ञा–प्रतिष्ठानले गर्नुपर्ने काम नइ प्रकाशनले गरिरहेको उल्लेख गर्दै अन्तर्राष्ट्रिय जगत्मा नेपालको प्रतिष्ठा बढाउने साहित्यिक र सांस्कृतिक कार्यमा समेत नइ प्रकाशनले महत्वपूर्ण भूमिका खेलेको भन्दै प्रशंसा गर्नुभयो ।
समारोहमा शताब्दीपुरुष डा. सत्यमोहन जोशीले नेपाली वाङ्मयको पटभूमिमा अरू संस्था वा व्यक्तिले गर्न नसकेका र गरिमायुक्त काम नइ प्रकाशनले गर्दै आएको बताउनुभयो । नइ प्रकाशनका अध्यक्ष श्रीमती इन्दिरा प्रसाईको अध्यक्षतामा सम्पन्न समारोहमा सदस्यसचिव नरेन्द्रराज प्रसाईंले पनि मन्तव्य प्रकट गर्नुभएको थियो । समारोहमा पुरस्कृत बालबालिकाले आ–आफ्नो प्रतिभा प्रस्तुत गरेका थिए ।

मुस्ताङको गुम्बालाई साढे चार करोड सहयोग
मुस्ताङको मोन्चो द्रगकर थेग्चेन लिङ (गुम्बा)को कर्मचारी आवास तथा भोजनगृहको नयाँ भवन निर्माणका लागि नेपाल–भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारले ४ करोड ४४ लाख २० हजार अनुदान सहयोग प्रदान गर्ने भएको छ । यससम्बन्धी सम्झौतापत्रमा भारतीय दूतावास, मुस्ताङ जिविस र श्री मोन्चो द्रगकर थेग्चेन लिङ (गुम्बा)बीच मंगलबार हस्ताक्षर भएको छ ।
मुस्ताङवासीको जीवनमा महान् सामाजिक तथा सांस्कृतिक महत्व रहेको उक्त गुम्बालाई ऐतिहासिक सम्पदा मानिन्छ । गुम्बावासीले आवास तथा धार्मिक शिक्षाको निम्ति विभिन्न कष्टको सामना गर्दै आएकोमा भारत सरकारको सहयोगमा निर्माण हुने आवास तथा भोजन गृहले माथिल्लो मुस्ताङ भ्रमणमा जाने तिर्थालुलाई समेत राम्रो सुविधा पुग्ने बताइएको छ ।
उक्त परियोजना मुस्ताङ जिविसद्वारा नेपाल सरकारको नीति–नियमअनुसार कार्यान्वयन गरिने र उल्लिखत निकायहरू परियोजनाको गुणस्तरीयता र समयमै समापनको लागि समेत जिम्मेवार रहने सम्झौतापत्रमा उल्लेख छ । यस्तै, प्रभावकारी ढङ्गले परियोजनाको समयमै समापन सुनिश्चित गर्नको लागि जिविस/जिशिकाका प्रतिनिधिहरू तथा अन्य सरोकारवालासम्मिलित एक अनुगमन समिति समेत गठन गर्ने सम्झौता गरिएको छ ।
यस परियोजनाका अलावा १२ करोड २८ लाख भारतीय सहयोगमा मुस्ताङमा अन्य पाँच परियोजनाहरू सम्पन्न भइसकेका छन् भने १६ करोड २२ लाखको लागतमा विद्यालय भवन, नदी नियन्त्रण कार्य, कालीगण्डकी नदीमा पक्की पुल निर्माण, मुक्तिनाथमा धर्मशाला, माथिल्लो मुस्ताङमा पाल एवम गुम्बा गरी पाँच परियोजनाहरूको काम जारी रहेको दूतावासले जनाएको छ । यस जिल्लाको लागि भारतले तीनओटा एम्बुलेन्ससमेत प्रदान गरेको छ ।

सार्कको सुरक्षा व्यवस्था तयारी
सार्क सम्मेलनको तयारीका क्रममा सरकारले उपप्रधान तथा गृहमन्त्री वामदेव गौतमको संयोजकत्वमा ‘सुरक्षा परिवहन तथा यातायात व्यवस्था समिति’ गठन गरेको छ । यस्तै, नेपाली सेनाका बलाधिकृत रथी पवनबहादुर पाण्डेको संयोजकत्वमा ‘सुरक्षा परिवहन तथा यातायात नियन्त्रण समन्वय समिति’ गठन भई सोअन्तर्गत सुरक्षा परिवहन तथा यातायात व्यवस्था अनुगमन तथा समन्वय उपसमिति, अति विशिष्ट व्यक्ति सुरक्षा उपसमिति, विमानस्थल, वायुयान, भीभीआईपी लाउन्ज आगमन तथा प्रस्थान कार्यक्रम तथा ब्यागेज सुरक्षा उपसमिति, ट्राफिक व्यवस्था उपसमिति, खतरा मूल्याङ्कन उपसमिति, सम्पर्क तथा बन्दोबस्ती व्यवस्थापन उपसमिति, सुरक्षा पास तथा मिडिया व्यवस्थापन उपसमिति, मेडिकल कभर समन्वय तथा सुरक्षा उपसमिति, प्रथम महिलाको कार्यक्रम उपसमिति तथा यातायात व्यवस्था उपसमितिहरू गठन भएका छन् ।
उल्लेखित उपसमितिहरूमा नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, राष्ट्रिय अनुसन्धान विभागलगायत गृह, परराष्ट्र, सञ्चार, स्वास्थ्य मन्त्रालयका प्रतिनिधिहरूको समेत उपस्थितिमा संयुक्त सुरक्षा तथा बन्दोबस्ती कार्ययोजना तयारीको क्रममा रहेको र उक्त उपसमितिहरूले आ–आप्mनो जिम्मेवारीअनुसारका स्थानविशेषको सुरक्षा सुदृढीकरणका लागि स्थानविशेषमा रेकीसमेत गर्नुका साथै समिति–उपसमितिहरूबीच समन्वय गर्ने कार्य गरिरहेको नेपाली सेनाले जनाएको छ ।
जानकारी गराइएअनुसार हालसम्म विभिन्न उपसमितिबाट विमानस्थल, आवासस्थल, रिट्रिटस्थल, सवारीमार्ग र अतिरिक्त कार्यक्रम स्थलहरूको रेकी तथा समन्वय गर्ने कार्य भइसकेको छ । त्यसैगरी आवासस्थल, रिट्रिटस्थल र समारोहस्थलको कार्य योजना तयार भइसकेको छ भने आवासस्थल र रिट्रिटस्थलको ‘स्विट एलोकेसन’को कार्य सम्पन्न भई १८औँ सार्क शिखर सम्मेलनको सुरक्षा योजना तयारी अवस्थामा रहेको दाबी सेनाले गरेको छ ।
स्मरण रहोस्, छिमेकी भारत र पाकिस्तानले सुरक्षा व्यवस्थाप्रति दर्शाएको विशेष चासो र चिन्ताप्रति गम्भीर हुँदै सरकारले सार्क शिखर सम्मेलन अवधिभर सुरक्षाको संयोजन गर्ने जिम्मेवारी नेपाली सेनाको काँधमा दिएको छ ।

लेखनाथ महोत्सवमा कविता प्रतियोगिता
लेखनाथ महोत्सव– २०७१ मा खुला कविता प्रतियोगिताको कार्यक्रम समावेश गरिएको छ । प्रतियोगिता सम्पन्न गर्न लेखनाथ उद्योग वाणिज्य सङ्घका कार्यसमिति सदस्य ई. वसन्तमोहन भट्टराईको संयोजकत्वमा साहित्यिक उपसमिति गठन गरिएको छ । समितिको सहसंयोजकमा लेखनाथ साहित्य प्रतिष्ठानका अध्यÔ पद्मराज ढकाल र सचिवमा अम्बिकाप्रसाद भट्टराई रहेका छन् । यसैगरी सदस्यमा शिव लामिछाने, भीम रानाभाट, प्रतिभा शर्मा र देवी त्रिपाठी रहेका छन् भने सल्लाहकारहरूमा प्रा.डा. रविलाल अधिकारी, कृष्णप्रसाद बास्तोला, हरिदेवी कोइराला र माधवशरण उपध्याय रहेका छन् ।
आगामी मङ्सिर १३ गतेसम्म सङ्कलित कवितामध्येबाट २० वटा कविता छनोट गरी प्रतियोगितामा समावेश गराइने सहसंयोजक ढकालले जानकारी दिए । पुरस्कृत १० वटा कवितालाई लेखनाथ महोत्वसवको स्टेजबाट वाचन गर्न दिइने संयोजक भट्टराईले बताए । प्रतियोगितामा प्रथम हुनेलाई रु. १० हजार, दोस्रो हुनेलाई रु. सात हजार, तेस्रो हुनेलाई रु. पाँच हजार र सान्त्वना पुरस्कारका रूपमा दुईजनालाई तीन–तीन हजार प्रदान गरिनुका साथै छैटौँदेखि दशौँ स्थान हासिल गरेकाहरूलाई एक–एक हजारका साथमा प्रमाणपत्र प्रदान गरिने जनाइएको छ ।

इतिहास रच्न सफल खिल्जी गाविस
जिल्ला जनस्वास्थ्य कार्यालयको उल्लेखनीय प्रगतिका कारण यतिबेला अर्घाखाँचीले राष्ट्रियस्तरमै चर्चा कमाएको छ । जम्मा १४ वटा बर्थिङ सेन्टर सञ्चालन गरिएको अर्घाखाँचीमा सिमलपानी, वाँगी, धारापानी र अर्घा गाविसमा थप चार बर्थिङ सेन्टर सञ्चालनमा ल्याउने प्रक्रियामा लागेको बुझिएको छ । सुरुवातको सात प्रतिशत प्रसूति सेवालाई बढाएर २७ प्रतिशत पु-याइएको र कार्यरत नर्सिङ स्टापहरू सुरक्षित प्रसूति सेवामा दक्ष भएको जनस्वास्थ्य अधिकृत लीलाराम गौतमको भनाइ रहेको छ । गौतमका अनुसार परिवार नियोजनका साधनहरूको प्रयोग दर ३० प्रतिशत रहनुको अलावा बल्कोट, सुवर्णखाल, खन गाविस, सन्धिखर्क नगरपालिका १, २ र ३ वडालाई चाँडोभन्दा चाँडो ‘घरमा प्रसूतिमुक्त’ घोषणा गर्ने अन्तिम तयारी रहेको बुझिएको छ ।
पश्चिमाञ्चल विकास क्षेत्रको इतिहासमा पहिलोपटक खिल्जी गाविसलाई ‘घरमा प्रसूतिमुक्त’ गाविस घोषणा गर्दै गर्दा सम्भवतः नेपालकै सन्दर्भमा पहिलो गाविस हुन सक्ने अनुमानका भलाकुसारी स्वास्थ्यविद्हरूमा रहेको पाइयो । गएको बिहीबार स्थानीय बाजागाजा, नृत्य र सङ्गीतमय वातावरणमा घोषणासभा सम्पन्न भएको थियो । घरमा प्रसूतिमुक्त गाविस घोषणासभाका प्रमुख अतिथि पश्चिमाञ्चल स्वास्थ्य सेवा निर्देशनालयका क्षेत्रीय निर्देशक डा. कालु शर्मा सुवेदीका अनुसार खिल्जीका स्थानीयको एकता र यति राम्रो कार्यक्रम आफूले पहिलोपटक अनुभव गरेको बताएका थिए । निर्देशक सुवेदीको यो भनाइले समग्र खिल्जीवासीहरूको चेहरामा बेग्लै खुसियाली थपिएको आभास गराउँथ्यो । स्वास्थ्य सेवा विभाग, परिवार स्वास्थ्य महाशाखाका डा. झलक शर्मा गौतमको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा जिल्ला स्वास्थ्य प्रमुख डा. जगन्नाथ तिवारी जिल्लामा रहेका दलका नेता तथा प्रतिनिधिलगायत कार्यालयका कर्मचारीहरूको बाक्लो उपस्थिति रहेको थियो ।
जिल्लाको सन्धिखर्क नगरपालिकासहित कैयौँ गाविस पूर्ण खोपयुक्त गाविस घोषणा भइसकेका र बाँकी रहेका गाविस पनि मङ्सिर पहिलो साताभित्र घोषणा गर्ने लक्ष्यका साथ लागिपरेको खोप अधिकृत रामप्रसाद गौतमको कथन रहेको छ । आफूहरूसँग भएको जनशक्तिलाई एकताका साथ प्रयोग गर्न सक्ने हो भने असम्भवलाई पनि सम्भव बनाउन सकिन्छ भन्ने दरिलो उदाहरणका रूपमा जिल्ला जनस्वास्थ्य कार्यालय अर्घाखाँची परिवारले आफ्नो पहिचान बनाएको छ । आफ्नो डिपार्टमेन्टलाई प्रगतिपथतर्फ लम्काउनका लागि सफलताको शिखरमा चढाउन लागिपरेका जनस्वास्थ्य अधिकृत लीलाराम गौतम हालका दिनमा जिल्लावासीकोे आँखाका नानी बन्न सफल बनेको चर्चा गाउँटोलमा सुन्न सकिन्छ ।

गुरुङबस्तीले धानेको लमजुङको पर्यटन
– छविलाल बगाले
लमजुङ/पहाडी जिल्ला लमजुङलाई गुरुङ जातिको उद्गमस्थलको रूपमा लिने गरिन्छ । अग्रजहरूदेखि हिमाली काखमा जीवनयापन गर्दै अहिले यो अवस्थामा आइपुगेका स्थानीय बासिन्दाको आफ्नै मौलिक कला, संस्कार र संस्कृति छन् । हिमाली काख र स्वच्छ हावापानी रुचाउने गुरुङ समुदायको लमजुङमा बाक्लो बसोबास पनि छ । एकै ठाउँमा गुचुमुच्च भएर बस्न रुचाउने गुरुङ समुदायभित्र एकता पनि त्यत्तिकै देखिन्छ । पहिले रोधी हुँदै सामूहिक एकतामा होमिएका गाउँले पछिल्लो समय आमा समूह, युवा क्लब, बाबा समूह भएर गाउँको विकास निर्माणमा जुटेका छन् । यस्तै, उनीहरू पछिल्लो समय ग्रामीण पर्यटनतर्फ समेत आकर्षित हुन थालेका छन् ।
सार्क राष्ट्रकै नमुना मानिएको घलेगाउँदेखि एउटै गाउँ र एउटै गाउँ विकास समितिले परिचित भुजुङ गाउँ लमजुङमै पर्छ । यस्तै, गुरुङ जातिको उद्गमथलो घनपोखरा पनि लमजुङमा नै हो । ती गाउँठाउँबाट सुरु भएको सामूहिक एकता अहिले अन्य गुरुङ गाउँहरूमा पनि फैलिएको छ । समूह/समूह हुँदै पछिल्लो समय स्थानीय बासिन्दाले गाउँमा पर्यटन प्रवद्र्धन गर्न/गराउन छुट्टै समितिसमेत स्थापना गरेका छन् । अहिले लमजुङका प्रायः गुरुङ गाउँमा पर्यटन समिति भनेर छुट्टै गठन गरिएको छ ।
मुलुकको विषम परिस्थितिका बाबजुद लमजुङमा पर्यटकीय घलेगाउँबाट ग्रामीण पर्यटनको सुरुवात भएको मानिन्छ । ०५७ मा पहिलोपटक महोत्सव आयोजना गर्न सफल घलेगाउँबाट सुरु भएको लमजुङको ग्रामीण पर्यटनको अवधारणा पछिल्लो समय अन्य समुदायका गाउँसम्म पुगेको छ । घलेगाउँ, भुजुङ, पसगाउँ, सिउरुङ, खासुर, घनपोखरा, हिलेटक्सार, राईनास मोहोरियाकोट हुँदै पछिल्लो समय तार्कु, पुरानकोट, गाउँसहर, इलमपोखरी, नाल्मालगायतका गाउँ तथा गाविसमा पुगेको हो । ती ठाउँका बासिन्दा पर्यटन समिति गठन गरेर आफ्नो गाउँमा पर्यटक डाक्न जुर्मुराएका छन् । विशेषगरी लमजुङ, अन्नपूर्ण र मनास्लु हिमाललाई छर्लङ्ग नियाल्न सकिने ठाउँ भएकाले गाउँहरूबाट मस्र्याङ्दी, खुदी, मिदिमलगायतका नदीनाला देखिन्छ । कला, संस्कार, संस्कृति र रहनसहनसँगै लमजुङका विभिन्न ठाउँका अलावा अन्य जिल्लाका भिन्दाभिन्दै ठाउँहरू देख्न सकिन्छ, लमजुङका ग्रामीण क्षेत्रबाट । त्यसैले त पर्यटक पनि ती ठाउँप्रति निकै आकर्षित छन् । विश्वविख्यात चक्रीय अन्नपूर्ण पदमार्गको प्रवेशद्वारमा पर्ने लमजुङका सबै गुरुङ गाउँ पर्यटकीय गाउँ हुन्, तर सबै पर्यटकीय गाउँहरू गुरुङगाउँ भने होइनन् । ग्रामीण पर्यटनको अवधारणाको सुरुवात गुरुङगाउँबाट नै भएको हो ।
गुरुङ जातिको आदिमथलो क्होलः सोथरबाट बसाइँ सर्ने क्रममा गुरुङहरू लमजुङको घनपोखरा र भुजुङको सिमाना बिजो आएर बसेको बताइन्छ । त्यसपछि घनपोखराको फुल्बु च्होमा आएका गुरुङ जाति सुरक्षा, आर्थिक, व्यावहारिकलगायतका आवश्यकताका कारण ठाउँठाउँमा गएर बस्न बाध्य भएको गुरुङ इतिहासविद्हरू बताउँछन् । अहिले गुरुङ समुदाय पूर्व मेचीदेखि पश्चिम महाकालीसम्म मात्रै नभई विश्वका औद्योगिक मुलुकहरूमा समेत छन् । घनपोखराको नाल, दशथरमा पर्ने घलेगाउँ अहिले विश्वमै चर्चित छ, सार्क राष्ट्रकै नमुना गाउँको रूपमा प्रख्यात घलेगाउँ । जुन, समुद्री सतहदेखि करिब दुई हजार एक सय मिटरको उचाइमा रहेको छ । घलेगाउँमा एक सय १५ घर छन् । उनीहरूले पहिलोपटक ०५६ देखि ग्रामीण पर्यटनको अवधारणा भित्याएर ०५७ देखि महोत्सव मनाउन थालेका हुन् । अहिले घलेगाउँमा आन्तरिक तथा बाह्य पर्यटकको चाप छ । ग्रामीण पर्यटनबाट नै स्थानीय बासिन्दाले अहिले वार्षिक लाखौँ रुपैयाँ कमाउने गरेको घलेगाउँ ग्रामीण पर्यटन व्यवस्थापन समितिका अध्यक्ष प्रेम घले बताउँछन् । घलेगाउँमा अहिले ३२ घरमा होमस्टे रहेको छ । पर्यटन व्यवसाय बिस्तारै सफल बन्दै गएपछि केही विदेश गएका युवाहरू पनि गाउँमै फर्केर बस्न पर्यटन व्यवसायमा लागेका छन् ।
विगत १२ वर्षदेखि हरेक वर्ष घलेगाउँ महोत्सवको आयोजना हुँदै आएको छ । प्रचारप्रसारसँगै घलेगाउँ गुरुङ चलचित्रको छायाङ्कनस्थलसमेत बनेको छ । त्यसैगरी घनपोखराका बासिन्दा पनि पर्यटन प्रवद्र्धनमा जुटेका छन् । यस्तै, सदरमुकामनजिकै रहेको खासुरमा पनि ०५८ देखि ग्रामीण पर्यटन प्रवद्र्धनको अवधारणा भित्रिएको हो । त्यसयता केही सेलाएको खासुर पछिल्लो समय पुनः पर्यटन प्रवद्र्धनमा जुटेको छ ।
एउटै गाउँ र एउटै गाउँले परिचित भुजुङ, जहाँ चार सयभन्दा बढी त घरधुरी नै छन् । समुद्री सतहदेखि १६ सय ५० मिटरको उचाईमा रहेको भुजुङ पर्यटकीय हिसाबले निकै अगाडि छ । अहिले २५ घरमा होमस्टे राखिएका छन् भने आधा दर्जन त होटल नै छन् । पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले दुई वर्षअघि महोत्सवको आयोजना गरिएको थियो । तर, समय–समयमा लाग्ने मेला र पर्वले भुजुङको पर्यटन प्रवद्र्धनमा थप टेवा पुगेको छ । वर्षेनी आन्तरिक तथा बाह्य गरी हजारौँ पर्यटक भुजुङ पुग्ने गरेका छन् । भुजुङमा पछिल्लो समय चियाखेती विस्तार भएपछि पर्यटकहरू झन् भुजुङ जान रुचाउँछन् । भुजुङमा ०५६ देखि चौबीसै घन्टा बिजुलीको झिलिमिली छ । त्यसो त, भुजुङबाट कास्कीका गुरुङ गाउँहरू ताङतिङ र सिक्लेससमेत जान सक्ने भएकाले पर्यटकहरू कास्कीबाट आउने र लमजुङबाट जाने गर्दछन् ।
लमजुङको सिउरुङ गाउँ, मनास्लु हिमालको काखमा छ, जहाँबाट मस्र्याङ्दी नदीको नागवेली मनमोहक तरिकाले देख्न सकिन्छ । समुद्री सतहदेखि १६ सय ८० मिटरको उचाइमा रहेको सिउरुङमा आमा समूह, युवा समूह तथा स्थानीय बासिन्दा निकै सक्रिय छन् । पर्यटन प्रवद्र्धनका लागि सिउरुङका बासिन्दाले ०६२ देखि महोत्सव मनाउँदै आएका छन् । यसले गर्दा पर्यटन प्रवद्र्धनमा ठूलो टेवा पुगेको पर्यटन व्यवस्थापन समिति सिउरुङका सचिव उमरबहादुर गुरुङ बताउनुहुन्छ । सिउरुङमा १५ घर होमस्टे रहेकाछन् । त्यस्तै, धेरै समूहमा आउने पर्यटकलाई स्थानीय आमा समूहले सामुदायिक भवनमा नै राख्ने गर्छन् । सिउरुङनजिकैको हर्सिङडाँडा पछिल्लो समय पर्यटकका लागि गन्तव्य बनेको छ ।
ग्रामीण पर्यटकीय गाउँले प्रख्यात पसगाउँ, खासुर, तार्कु, गाउँसहर काउलेपानी, बाग्लुङपानी, राईनास मोहोरियाकोट, तातोपानी कुण्ड, पुरानकोट, नाल्मा, गिलुङ, करापु, भाचोकलगायतका ठाउँहरू पर्यटकले रुचाउने ठाउँहरू हुन् । यी ठाउँहरूमा पर्यटकीय पूर्वाधारको विकास सुरु भइरहेको छ । जहाँ खानेपानी, तातो र चिसोपानीले नुहाउने व्यवस्था, भ्यू प्वाइन्टलगायतका सुविधा छन् भने होमस्टेको पनि राम्रो व्यवस्था छ । विशेषगरी प्राकृतिक छटा र स्थानीय बासिन्दाको कला–संस्कृति हेर्न पर्यटकहरू ती ठाउँ पुग्ने गर्छन् । विश्वविख्यात अन्नपूर्ण पदमार्गमा जाने विदेशी तथा स्वदेशी पर्यटकहरू यी ठाउँहरूमा जाने गरेकाछन् भने यसै ठाउँलाई गन्तव्य बनाएर पर्यटकहरू आउने क्रम पनि बढेको छ । यसले गर्दा ग्रामीण पर्यटन प्रवद्र्धन हुनुका साथै स्थानीय बासिन्दाको जनजीवनमा समेत सकारात्मक परिवर्तन आएको छ ।

‘करेसाबारी’को अवधारणामा काङ्ग्रेसजन
प्रधानमन्त्री एवम् नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले चेतनामूलक गीति क्यासेट ‘करेसाबारी’को बालुवाटारमा एक समारोहबीच विमोचन गरेका छन् । नेपाली काङ्ग्रेस गुल्मी क्षेत्र नं. ३ का क्षेत्रीय सभापति तथा करेसाबारी निर्माण अभियन्ता दामोदर भुसालको परिकल्पनामा तयार पारिएको एल्बम विमोचन गर्दै प्रधानमन्त्री कोइरालाले बीपीको समाजवादी कार्यक्रमसँग मेल खाने चिन्तन भएकाले आफूले सक्दो सहयोग गर्ने वचनसमेत दिए । प्रधानमन्त्री कोइरालाले हरेक नेपालीका घरमा करेसाबारीको अवधारणालाई विकास गर्न सकिए यसले मानिसको स्वास्थ्य मात्र नभएर आर्थिक रूपमा समेत जनतालाई बलियो बनाउने धारणा व्यक्त गरे । एल्बमले समाजलाई चेतना दिने कुरामा आफू विश्वस्त भएको उल्लेख गर्दै प्रधानमन्त्री कोइरालाले आफू पनि यसको प्रचारका लागि लाग्ने प्रण गर्न चुकेनन् ।
परिकल्पनाकार युवानेता भुसालले काङ्ग्रेसका क्रियाशील सदस्यका घरमा अनिवार्य रूपमा करेसाबारीको नीति ल्याउन सभापति कोइरालालाई प्रस्ताव गरेपछि कोइरालाले सकारात्मक जवाफ दिएका थिए । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारी, युवानेता तथा पूर्व जिल्ला सभापति त्रैलोक्यप्रताप सेन, सभासद् सुवर्ण ज्वारचन, पूर्वअर्थसचिव युवराज भुसाललगायत विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

जन्मियो अर्को हिन्दूमोर्चा
मुलुकलाई हिन्दूराष्ट्र घोषणा गराउने अभियानले तीव्रता लिएसँगै सोही अभियानलाई उद्देश्य बनाएर नयाँ मोर्चा गठन भएको छ । प्रा.डा. माधव भट्टराईको अध्यक्षतामा गठित उक्त मोर्चाको नाम ‘सनातन हिन्दू मोर्चा’ रहेको मोर्चाप्रवक्ता पुष्पराज पुरुषले बताए । मोर्चाको सहअध्यक्षमा नीलप्रसाद भण्डारी, महासचिवमा पंं. रामकृष्ण उपाध्याय, सचिवद्वयमा रामवरेश यादव र देवीप्रसाद लम्साल, कोषाध्यक्षमा लिलाप्रसाद आचार्य रहेका छन् भने तीन विभागीय प्रमुखहरूमा डा. लोकराज पौडेल (संगठन), नवराज केसी (अनुगमन) र सन्तोष वशिष्ठ (युवा परिचालन) रहेका छन् ।

नेता देउवाद्वारा जीसीको कृति सार्वजनिक
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाले संविधानसभाको माग अघिसार्दै दशौँ हजार निहत्था जनताको हत्या गरी शान्तिप्रक्रियामा आएको एकीकृत माओवादीले पहिलो संविधानसभाबाट संविधान दिन नसकी उल्टै असामयिक अवसान गराएपछि बनेको वर्तमान संविधानसभालाई उनीहरूले औँला उठाउनु अक्षमताको नग्न प्रदर्शन भएको बताएका छन् । नेता देउवाले ९३ वर्षीय पुराना कार्यकर्ता एवम् राष्ट्रसेवक होमबहादुर जीसीको ‘मैले देखे–सम्झेका कुरा’ नामक पुस्तकको राजधानीमा विमोचन गर्दै उक्त अभिव्यक्ति दिएका हुन् ।
नेपाली काङ्ग्रेस गुल्मीका पूर्वसभापति युवानेता त्रैलोक्यप्रताप सेनकी धर्मपत्नी एवम् गुल्मी काङ्ग्रेसकी पूर्वकोषाध्यक्ष श्रीमती गोमा सेनद्वारा प्रकाशित आफ्ना बुबाको जीवन–कृति समावेश गरिएको पुस्तक ‘मैले देखे–सम्झेका कुरा प्रकाशन गरेका विमोचन समारोहमा सरिक वरिष्ठ नेता देउवाले एकीकृत माओवादीका अध्यक्ष प्रचण्डले सडकबाट संविधान बनाउने घुर्की हाँक्नु चरम गैरजिम्मेवारी भएको बताउनुभयो । पहिलो संविधानसभा पहिलो र अन्तिम प्रधानमन्त्री भएका प्रचण्ड र बाबुरामले संविधान बनाउन नसकेको कुराप्रति इङ्गित गर्दै नेता देउवाले संवाद समितिले समयमै कार्य नगरी अवरोध गरेका कारण संविधान निर्माण प्रक्रियालाई अवरोध पु-याएको बताउनुभयो । पुस्तकका नायक होमबहादुरकी धर्मपत्नी दिलकुमारी जीसीले नेता देउवालाई संविधान कहिले बन्छ ? र कस्तो बन्छ ? जसरी पनि काङ्ग्रेसले बनाउनुपर्छ भन्ने कुराको उत्तरमा देउवाले कुनै व्यक्तिविशेषको महत्वाकाङ्क्षाका कारणले सिङ्गो देशलाई अनिवार्यको बन्दी बनाउन नसकिने बताउनुभएको थियो । नेपाली काङ्ग्रेस गुल्मी–काठमाडौं सम्पर्क अधिवेशन तयारी समितिको आयोजनामा सञ्चालित कार्यक्रममा बोल्दै नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य चन्द्र भण्डारीले जनताले गाउँबस्तीमा एकले अर्कोलाई नाक, कान, भाषा, भेष हेरेर होइन नेपाली भनेर सहयोग आदान–प्रदान गर्छन्, तर दुर्भाग्यका साथ भन्नुपर्दा संविधानसभाभित्र माओवादीका नेता नाक, कान र छालालाई मुद्दा बनाएर पौंठेजोरी खेल्ने गरेको प्रस्टयाउनुभयो । नेता भण्डारीले छोराले मात्र बाबुआमाको स्याहारसुसार गर्छन् भन्ने कुरालाई चुनौती दिँदै गुल्मी महिला सङ्घकी पूर्वअध्यक्ष गोमा सेनले आफ्ना बाबुको कृति प्रकाशित गरिदिएर एउटा इतिहास कायम गराइदिनु प्रशंसनीय कार्य भएको बताउनुभयो । नेकपा एमालेका सचिवद्वय प्रदीप ज्ञवाली र गोकर्ण विष्टले ९३ वर्षीय जीसीको दीर्घजीवनको कामना गर्नुभएको थियो । ०४६ को परिवर्तनपछि गुल्मीको सदरमुकाम तम्घासमा दश वर्ष निरन्तर निःशुल्क काङ्ग्रेसको कार्यालयलाई भवन दिनुभएका जीसीदम्पतीको सम्मान पनि उक्त कार्यक्रममा गरिएको थियो । वरिष्ठ नेता देउवाले दोसल्ला ओढाएर सम्मान गरिएको उक्त विमोचन तथा सम्मान कार्यक्रममा नेपाली काङ्ग्रेस गुल्मीका सभापति चन्द्र केसीले शुभकामना दिनुभएको थियो । प्रकाशक गोमा सेन नेपालमा नभएका कारण उहाँका जीवनसाथी नेपाली काङ्ग्रेसका नेता त्रैलोक्यप्रताप सेनले प्रकाशकको तर्फबाट स्वागत मन्तव्य राख्नुभएको थियो । सम्पर्क समितिको अधिवेशन तयारी समितिका अध्यक्ष नरहरि घिमिरेको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा डा. कृष्णबहादुर कुँवरले पुस्तकका विषयमा चर्चा गर्नुभएको थियो । पत्रकार महेन्द्र पाण्डेयले सम्पादन गरेको उक्त पुस्तक विमोचन समारोहमा सम्पादक महेन्द्र पाण्डेयले पुस्तकमा जीसीका अनुभव सबै अटाउन नसकी सारांशमा ल्याइएको बताएका थिए ।

अन्तर्राष्ट्रिय बौद्ध सम्मेलन हुँदै
रूपन्देही/बुद्ध जन्मस्थल लुम्बिनीमा यही कात्तिक २९ देखि मङ्सिर २ गतेसम्म हुन लागेको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको तयारी अन्तिम चरणमा पुगेको छ । बौद्ध संस्कृति र सम्पदाको सम्वद्र्धन, सुरक्षा र संरक्षणका लागि गरिन लागेको अन्तर्राष्ट्रिय सम्मेलनमा थेरवाद, महायान र बज्रयान तीनै सम्प्रदायसँग सम्बन्धित ९४ वटा अनुसन्धानमूलक कार्यपत्रहरू प्रस्तुत हुँदै छन्, जसमध्ये नेपालका ४६ र विदेशका ४८ जनाको कार्यपत्र रहने बताइएको छ । काठमाडौंस्थित युनेस्को, एसियाली विकास बैंक र नेपाल सरकारमातहतका लुम्बिनी विकास कोष, लुम्बिनी बौद्ध विश्वविद्यालयलगायतका स्वदेशी तथा विदेशी बौद्धभिक्षुहरूबाट ती कार्यपत्र प्रस्तुत हुने कार्यक्रमका सदस्यसचिव भिक्षु निग्रोधले बताए । कार्यपत्रमा लुम्बिनीका बौद्ध सम्पदाको सुरक्षा, सम्वद्र्धन, संरक्षणका साथै विश्व बौद्ध सम्पदाको सुरक्षा सम्वद्र्धन, संरक्षण बौद्ध संस्कृतिको प्रवद्र्धन र बौद्ध शिक्षा प्रणालीलाई आधार बनाएर कार्यपत्र लेखिने सम्मेलनका मिडियासंयोजक नवीन चित्रकारले बताए ।
लुम्बिनी बौद्ध विश्व विद्यालयअन्तर्गतको थेरवाद बुद्धिष्ट एकेडेमी र म्यानमारको सागाइगमा रहेको सितगु इन्टरनेसनल बुद्धिष्ट एकेडेमीको संयुक्त आयोजनामा हुने अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनमा विभिन्न ३० राष्ट्रका चार सयजना बौद्ध भिक्षु तथा बौद्ध विद्वान्हरूको सहभागिता रहने जानकारी दिइएको छ ।
लुम्बिनीका बौद्ध सम्पदाहरू, लुम्बिनीमा वातावरण संरक्षण, विश्वका बौद्ध सम्पदाहरू, बौद्ध संस्कृति र बौद्ध शिक्षाका अलग–अलग समूह बनाएर विषयगत रूपमा छलफल गरिने बताइएको छ । सम्मेलन सम्पन्न गर्न नेपालका उपसङ्घ नायक तथा थेरवाद बुद्धिष्ट एकेडेमीका अध्यक्ष भिक्षु डा. ज्ञान पूर्णिक महास्थवीर र अन्तर्राष्ट्रिय बौद्ध विश्वविद्यालय सङ्घका अध्यक्ष भिक्षु डा. अशिन ज्ञानस्सिरको सहनेतृत्वमा ४० सदस्यीय मूल आयोजक समिति गठन गरिएको छ । अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको राष्ट्रपति डा. रामवरण यादवले उद्घाटन गर्ने निश्चित भएको छ ।
– चन्द्रकान्त खनाल