साइपाल, न्यु भिजन र हिमालयलाई उपाधि

साइपाल, न्यु भिजन र हिमालयलाई उपाधि


साइपाल एकेडेमी, न्यु भिजन र आयोजक हिमालयले प्रथम हिमालय कप बास्केटबल प्रतियोगिताको उपाधि जितेका छन् । साइपाल प्लस टु सिनियर छात्र, न्यु भिजन सिनियर छात्रा र हिमालय जुनियर छात्रमा च्याम्पियन बनेका हुन् ।

कोटेश्वरस्थित आयोजक हिमालयको कोर्टमा भएको सिनियर छात्र फाइनलमा साइपालले सीसीआरसीलाई ६०–५४ ले पराजित गरेको थियो । साइपालको जितमा सुशान्त ओलीले १७ अंकको योगदान गरेका थिए ।

सिनियर छात्राको उपाधि भिडन्तमा न्यु भिजनले स्किब्सलाई ३०–२५ ले हरायो । न्यु भिजनकी प्रिया तिमल्सिनाले ९ अंक जोडिन् । जुनियर छात्र फाइनलमा हिमालयले नवज्योतिमाथि ४१–२१ को जित दर्ता ग¥यो । हिमालयका रुबन कार्कीले २३ अंक जोडे ।

सिनियर छात्रमा साइपालका सागर लामा, सिनियर छात्रामा न्यु भिजनकी प्रिया तिमल्सिना र जुनियर छात्रमा हिमालयका रुबन कार्की ‘मोस्ट भेलुएबल प्लेयर’ घोषित भए ।

विजेतालाई राष्ट्रिय खेलकुद परिषदका उपाध्यक्ष पीताम्बर तिम्सिना, हिमालयका प्रमुख कार्यकारी अधिकृत नरेन्द्रबहादुर अधिकारी, हिमालयका प्रिन्सिपल रामहरि सिलवाल, हिमालयकी निर्देशक संगीता सिलवाल, हिमालयका आर्थिक निर्देशक भुवनचक्र जोशीलगायतले पुरस्कृत गरेका थिए ।

मंसिर १६ गतेदेखि सुरु प्रतियोगिताको सिनियर छात्रमा १६ तथा सिनियर छात्रा र जुनियर छात्रमा समान ८–८ टिमले लिग कम नकआउट आधारमा प्रतिस्पर्धा गरेका थिए ।