मेक्सिकोकी सुन्दरी भेनेसाले पहिरिइन् विश्वसुन्दरीको ताज

मेक्सिकोकी सुन्दरी भेनेसाले पहिरिइन् विश्वसुन्दरीको ताज


२०१८ को मिस वर्ल्डको ताज मेक्सिकोकी सुन्दरी भेनेसा पोन्स डी लिअनले हासिल गरेकी छन् । विश्वभरका १ सय १८ देशका प्रतिस्पर्धी सुन्दरीहरुलाई पछि पार्दै ११८ २६ वर्षीया भेनेसा विश्व सुन्दरीको उपाधि चुम्न सफल भएकी हुन्।

चीनको सान्यामा शनिबार सम्पन्न विश्वसुन्दरी प्रतियोगिताको औपचारिक घोषणा कार्यक्रममा भेनिसाले मिस वर्ल्डको उपाधि जितिन् भने उनलाई गत वर्षकी विश्व सुन्दरी भारतकी मानुषी छिल्लरले ताज पहिर्‍याइदिइन् । फस्र्ट रनरअपको उपाधि चाहिँ मिस थाइल्याण्ड निकोलिन लिम्स्नुकान जितेकी छन्। मेक्सिको, बेलारुस, युगान्डा, थाइल्याण्ड र जमैकाका सुन्दरी उत्कृष्ट ५ मा पुगेका थिए।

मिस नेपाल शृङ्खला खतिवडा यो वर्षको मिस वर्ल्ड २०१८ को टप १२ मा पुग्न सफल भइन् । २३ वर्षीया खतिवडाले १२औं स्थान हासिल गर्न सक्नुलाई पनि उपलब्धिमूलक मानिएको छ ।