रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailo-ghamailo2दश हजार पुरुषसँग सेक्स सम्बन्ध
माइन्ड कन्सल्टेन्सी सञ्चालन गर्दै आएकी एक अष्ट्रेलियन विजनेश वुमेनले आफ्नो एक पुस्तकमार्फत् १० हजारभन्दा बढी पुरुषसँग शारीरिक सम्बन्ध गाँसेको खुलासा गरेर आफन्त तथा परिचित जनहरूलाई आश्चर्यमा पारिदिएकी छिन् । ग्वेनथ मोन्टेनेग्रो नामक ती अविवाहिताले २२ वर्षको उमेरदेखि लगातार ११ वर्ष वेश्यावृत्तिमा बिताएर ३३ वर्षको उमेरमा रिटायरमेन्ट लिई त्यसपछि पेशा परिवर्तन गरेको पुस्तकमार्फत् खुलासा गर्दा उनका साथीसँगी तथा परिवारजन आश्चर्यमा परे । किनकि, उनी त्यस्ती थिइन् भन्ने कल्पनासम्म पनि कसैले गरेका थिएनन् । मोन्टेनेग्रोका अनुसार १८ वर्षको उमेरमा उनी बलात्कारको शिकार भएकी थिइन् । उक्त मानसिक यातनाबाट बच्नका लागि १९ वर्षमा उनी टेबल टप डान्सर बनिन् र २१ वर्षको उमेरमा उनी यौनकर्मीका रूपमा क्रियाशील बनिन् । तर, मानिसहरू उनलाई एक ‘टप मोडल’ मात्र ठान्दथे । उनले आफ्नो आकर्षक शरिर तथा मनमोहक भावभङ्गिमा प्रदर्शन गर्दै सुरुमा मेलवर्न शहर र त्यसपछि दुनियाँभर आफ्नो व्यवसाय विस्तार गरेकी थिइन् । उनका ग्राहकको सङ्ख्या दिन दुई गुणा रात चौगुणाका दरले बढ्यो भने धेरैकी चहेता यौनकर्मीको रूपमा उनले संसार घुमिन् । एक रातको एक हजारदेखि दुई हजार डलरसम्म शुल्क असुल गर्ने मोन्टेनेग्रो प्रायःजसो अरबपति ग्राहकसँग सुत्ने गर्दथिन् । यस क्रममा उनी ड्रग्सको लतमा समेत परिन् । जमेर कमाउने र मोजमस्ती तथा सुविधाजनक जिन्दगीका लागि त्यत्तिकै खुलेर खर्च गर्ने उनको आदत रह्यो । तर, जति नै पैसा कमाए पनि ३३ वर्ष उमेर पुग्दा उनलाई आफ्नो पेसाप्रति दिक्क लाग्न थाल्यो र सदाका लागि वेश्यावृत्तिबाट सन्यास लिइन् । त्यसपछि माइन्ड साइन्ससम्बन्धी कन्सल्ट्यान्सी सुरु गरेकी मोन्टेनेग्रो यतिबेला सफल व्यवसायी महिलाको रूपमा स्थापित छिन् । हालै एक भयानक दुर्घटनाबाट बचेकी उनले लेखेको आफ्नो जीवनीसम्बन्धी पुस्तकमा सङ्ख्या नै तोकेर दश हजार एकानब्बे जना पुरुषसँग यौन सम्बन्ध राखेको खुलासा गर्दा उनलाई चिन्नेजान्नेहरूको आँखा आश्चर्यले खुलेकोखुल्यै भए ।

सुकुल जस्तै बटारिने टिभी स्क्रीन
इलेक्ट्रिोनिक सामान निर्माण गर्ने कम्पनी एलजीले कागज जस्तो पातलो टिभी स्क्रीन लन्च गरेको छ । उक्त स्क्रीन यति लचिलो छ कि यसलाई सुकुल दोबारेजस्तै गरी तीन से.मी.को गोलाईमा मोड्न सकिन्छ । यस स्क्रीनको सहारामा अब टिभीलाई नयाँ किसिमबाट प्रयोग गर्न सकिने कम्पनीले जनाएको छ । यस नयाँ टिभी स्क्रीनको रेजोल्युशन १२०० गुणा ८१० छ, जसले गर्दा यसलाई मोड्दा पनि तस्बिर बिग्रँदैन । आगामी सन् २०१७ सम्ममा ६० इञ्चको मोडिने टिभी बनाउन सकिने कम्पनीले विश्वास लिएको छ । परम्परागत टिभी स्क्रीनको तुलनामा दोबार्न मिल्ने यो स्क्रीन बढ्ता टिकाउ हुने दाबी गरिएको छ । एलजीले यस वर्षको सुरुमै ‘लचिलो टिभी’ उत्पादन गरी बजारमा ल्याउने घोषणा गरेको थियो ।

मानिसको मुड हेरे रङ बदल्ने कम्बल
आफ्ना यात्रुका लागि ब्रिटिस एयरवेजले एक विशेष क्षमतायुक्त कम्बल उपलब्ध गराउने भएको छ । उडानका बेला यात्रुले प्रयोग गर्ने उक्त कम्बलको विशेषता यस्तो छ कि यात्रुको मूडअनुसार त्यसले आफ्नो रङ बदल्छ । ह्याप्पीनेस ब्ल्याङ्केट नाम दिइएको उक्त कम्बल ओढ्ने व्यक्तिको मूड फ्रेस छ या उ खुशी महसुस गरिरहेको छ भने ब्ल्याङ्केटको कलर निलो बन्न पुग्छ । यदि यात्रु तनावमा छ भने त्यसले आफ्नो रङ बदलेर रातो हुन पुग्छ । कम्बलमा प्रयुक्त अत्याधुनिक न्यूरो सेन्सरका कारण मानिसको मनस्थितिअनुसार कपडाले रङ बदलिने भएको हो । बेलायती सोधकर्ताहरूले हालै तयार गरेका सो कम्बलको कलर हेरेर विमान कर्मचारीले यात्रुको मूड थाहा पाउन सक्नेछन् ।

महिला कि मेसिन ?
आमाको उमेर ३८ वर्ष, सन्तान सङ्ख्या एक्काइस † सुन्दा अपत्यारिलो लाग्छ, तर यो यथार्थ हो र घटना धेरै टाढाको पनि होइन, हाम्रै छिमेकी देश भारतको हो । राजस्थानस्थित सिकर जिल्लाको गौरियाँ भन्ने गाउँमा मंगलराम र सावरीको जोडीले ठ्याम्मै २१ वटा सन्तान जन्माइसकेका छन् भने जन्माउने क्रम अझै जारी रहेको बताइन्छ । यतिबेला मंगलरामको उमेर ४० र सावरीको ३८ वर्ष छ । विवाह हुँदा सावरी १३ र मंगलराम १५ का थिए । बिहे भएको २५ वर्ष अवधिमा जन्मिएका एक्काइसै सन्तान जीवित छन् । एघार छोरा र दस छोरीमध्ये ६ छोरी र तीन छोराको त विवाह समेत भइसकेको छ भने उनीहरूबाट नातिनातिना पनि जन्मिसकेका छन् । प्रत्येक वर्षजस्तो एक सन्तानका बाबु बन्दै आएका मंगलराम आफ्नी पत्नीलाई प्रसवपछि पाँच किलो सुद्ध घ्यु, चराचुरुङ्गी, खरायो र कुखुराको मासु खुवाएर स्वस्थ तुल्याउने गरेको गर्वसाथ बताउँछन् ।