(शिक्षा विशेष) : प्रायोजित

(शिक्षा विशेष) : प्रायोजित


bicharगुणस्तरीय शिक्षाका लागि साउथवेस्टर्न स्टेट कलेज– राजेन्द्रसिंह केसी (प्रिन्सिपल)साउथवेस्टर्न स्टेट कलेज
साउथवेस्टर्न स्टेट कलेज स्थापनाको चौथोे वर्षमै विशिष्ट पहिचान बनाउन सफल भएको छ । उचित शैक्षिक योगदानका लागि यो वर्ष नाम चलेका कलेजको पङ्क्तिमा साउथवेस्टर्न स्टेट कलेजले पनि आफ्नो विशिष्ट स्थान बनाएको छ । काठमाडाँैको बसुन्धरास्थित चक्रपथसँगै जोडिएको यो कलेजले प्रदान गरेको गुणस्तरीय शिक्षाकै कारण आईएसओ ९००१: २००८ प्रमाणपत्र प्राप्त गरिसकेको छ ।
बिहानी र दिवाकालीन कक्षाहरू सञ्चालन गरी कलेजले बढीभन्दा बढी विद्यार्थीलाई अत्यन्त सहज वातावरणमा अध्यापन गराउँदै आएको छ । उच्च माध्यमिक शिक्षा परिषद्बाट विज्ञान, व्यवस्थापन र मानविकीका दश जोड दुई एवम् त्रिविको सम्बन्धनबाट स्नातक र स्नातकोत्तर तहका साथै ए लेभलका कक्षा सञ्चालन गर्दै आएको यस कलेजका कक्षाकोठा अत्याधुनिक छन् । व्यवस्थापन, पत्रकारिता, होटल म्यानेजमेन्ट, कम्प्युटर तथा विज्ञानका प्रयोगशालाहरू विशेष किसिमले निर्माण गरिएका छन् भने एमआईएस सिस्टम, नोटिस–बोर्ड सर्भिस तथा म्यानेजमेन्ट सफ्टवेयरको व्यवस्था गरी आफ्नो शिक्षण व्यवस्थापनलाई कलेजले अन्तर्राष्ट्रिय मापदण्डमा पु-याएको छ ।
साउथवेस्टर्न स्टेट कलेजको मुख्य उद्देश्य विद्यार्थीलाई अनुसन्धानपरक शिक्षामा अगाडि बढाई व्यवहारोपयोगी र व्यवसायमुखी दक्ष एवम् योग्य नागरिक बनाउनेतर्फ प्रयत्नशील रहेकाले अन्य कलेजका तुलनामा साउथवेस्टर्न स्टेट कलेजलाई चिनाउने यसका पृथक् विशेषता छन् । यहाँ पाठ्यक्रमले निर्देशन गरेअनुसारका शैक्षिक योजना कार्यान्वयन त भएकै छन्, यसका अलावा शिक्षार्थीलाई सदैव उत्प्रेरित र सकारात्मक बनाइराख्न उच्च शिक्षा, जीवनको भविष्य र सम्भावित अवसरबारे परामर्श दिइन्छ । विभिन्न विषय र क्षेत्रका दक्ष व्यक्तिबाट करिअर काउन्सिलिङ कक्षासमेत प्रस्तुत गरिन्छ । साउथवेस्टर्न एकेडेमिक रिसर्च सेन्टरको स्थापना गरी शिक्षण, अनुसन्धान र सामाजिक क्रियाकलापलाई थप प्रभावकारी बनाइएको छ ।
सेवामुखी शिक्षामा विश्वास गर्ने यस कलेजले जेहेनदार, दलित, जनजाति, दुर्गम भेगीय तथा अतिरिक्त प्रतिभा भएका विद्यार्थीका लागि छात्रवृत्तिको व्यवस्था पनि गरेको छ । अध्ययन–अध्यापनलाई प्रभावकारी बनाउन वस्तुपरक र पाठपरक शिक्षण विधिको अवलम्बन गर्दै आएको छ । यसलाई विस्तार गर्न कक्षागत रूपमै व्यक्तिगत र सामूहिक परियोजना कार्यहरू गराउने, यसका लागि विभिन्न क्षेत्रको स्थलगत भ्रमण गराई प्रयोगात्मक ज्ञान दिने र त्यसको प्रतिवेदन बनाउन लगाई प्रेजेन्टेसन गराउनेजस्ता अभिमुखीकरण कार्यहरू गराउँदै आएको छ ।
विद्यार्थीका शैक्षिक उन्नतिका लागि मानसिक स्वस्थता प्रदान गर्न र सामूहिक भावनाको विकास गर्न समयसमयमा मनोरञ्जनात्मक क्रियाकलाप हाइकिङ लैजाने, विभिन्न खेलकुद, हाजिरीजवाफ, वक्तृत्वकला तथा भाषा साहित्य र कलासँग सम्बन्धित अन्य सिर्जनात्मक प्रतियोगिता र गोष्ठीहरू सम्पन्न गर्दै आएको छ । यसरी नै भाषा, साहित्य र पत्रकारिता प्रशिक्षण कार्यक्रमहरू पनि आयोजना गर्दै आएको छ । साउथवेस्टर्न न्युजलेटर (मासिक पत्रिका) र साउथवेस्टर्न एजुकेसन हब (त्रैमासिक पत्रिका) प्रकाशन गरी विद्यार्थी र शिक्षकका शैक्षिक सिर्जनशीलतालाई अतिरिक्त मूल्यका रूपमा एउटा मञ्च दिने महत्वपूर्ण कार्य पनि संयोजन गर्दै आएको छ । विद्यार्थीका रुचि र मागका साथै विकासका चौतर्फी आवश्यकतालाई विचार गरी एमबीबीएस र बीईसँग सम्बन्धित विभिन्न महत्वपूर्ण प्रवेशिका तयारी कक्षाहरूको व्यवस्था पनि गर्दै आएको छ ।

प्रिन्सटनले मा-यो एक वर्षमै छलाङ– मनोजकुमार झा (प्रिन्सिपल) प्रिन्सटन इन्टरनेसनल कलेज
नयाँ लक्ष्य, नयाँ सङ्कल्पसँगै नयाँ व्यवस्थापनबाट सञ्चालन हुन थालेको प्रिन्सटन इन्टरनेसनल कलेजले नयाँ व्यवस्थापनको पहिलो वर्ष नै अत्यधिक विद्यार्थी र अभिभावकको मन जित्न सफल भएको छ । स्थापनाको झन्डै १० वर्षपछि फेरिएको व्यवस्थापनसँगै कलेजका व्यवस्थापकहरूको अथक प्रयासले निर्माण गरिएको भौतिक पूर्वाधार र लामो समय उपत्यकाका विभिन्न क्याम्पसमा अध्यापन गराएर अनुभव बटुलेका शिक्षकको संलग्नताका कारण पनि गुणस्तरीय शिक्षाको लागि आकर्षक गन्तव्य बनेको हो प्रिन्सटन कलेज ।
त्यस्तैगरी राष्ट्रिय स्तरमै ख्यातिप्राप्त प्राध्यापकको अभिभावकत्वमा अघि बढेको कलेजले आफ्नो पहिलो वर्षमा नै उच्चमाध्यमिक शिक्षा परिषद्को परीक्षामा चामत्कारिक नतिजा हासिल गर्ने उद्देश्य लिएको छ र त्यसलाई पूरा गर्न पनि कलेज व्यवस्थापनले आफ्नोतर्फबाट सक्दो प्रयास गरेको छ ।
विद्यार्थीको अध्ययनका लागि सहयोगी विषयहरू हुन्– प्रयोगशाला र पुस्तकालय । यस सँगसँगै आउने अर्को विषय हो– खेलकुद । यी सबै पक्षलाई हेर्दा प्रिन्सटन कलेज समृद्धशाली कलेज हो भन्न सकिन्छ ।
आफ्नै सुविधासम्पन्न भवनमा शान्त वातावरणको साथमा प्रयोगात्मक ढङ्गबाट अध्यापन गराइने यस कलेजमा नेपालकै सर्वाेत्कृष्ट प्रयोगशालाको निर्माण गरिएको छ । त्यस्तै अर्को पक्ष हो– पुस्तकालय । पुस्तकालयको सन्दर्भमा कुरा गर्दा पाठ्यपुस्तक, सहयोगी पुस्तकहरूको साथै विभिन्न विषयसँग सम्बन्धित पुस्तकको व्यवस्थासँगै अत्याधुनिक इ–लाइब्रेरीको समेत प्रयोग गर्न सक्ने व्यवस्था गरिएको छ ।
+२ तहमा विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा बिहानी र दिवाकालीन कक्षा सञ्चालन हुने प्रिन्सटन कलेज मूलत: अङ्ग्रेजी माध्यमबाट पढाइ हुने कलेज हो । कम शुल्कमा गुणस्तरीय शिक्षा प्रदान गर्न प्रतिबद्ध प्रिन्सटन कलेजले जेहेनदार तथा गरिब विद्यार्थीलाई आकर्षक छात्रवृत्तिको समेत व्यवस्था गरेको छ ।
मूलत: व्यावहारिक शिक्षामा विद्यार्थीलाई प्रोत्साहित गराउने कलेजले कमजोर विद्यार्थीका लागि नि:शुल्क अतिरिक्त कक्षाको व्यवस्था गरी उनीहरूको कमजोरीलाई सँगसँगै समाधान गर्दै लैजाने योजना बनाएको छ । त्यसैले पनि कमजोर विद्यार्थीले पनि आफ्नो अगाडिका दिनहरू उज्ज्वल बनाउन प्रिन्सटन कलेजको विकल्प रहेको छैन ।
प्रिन्सटन कलेजको मुख्य उद्देश्य विद्यार्थीलाई व्यवहारोपयोगी शिक्षामा अगाडि बढाई प्रतिस्पर्धी बनाउने रहेको छ । यसका साथै विद्यार्थीलाई समयोपयोगी शिक्षामा काउन्सलिङको समेत व्यवस्था गरिएको छ ।
त्यस्तैगरी विद्यार्थीको सिर्जनशीलतालाई ध्यानमा राखेर समयसमयमा विभिन्न अतिरिक्त क्रियाकलापहरू सञ्चालन गर्नेसमेत योजना कलेजको छ । यसका साथै अन्य थुप्रै किसिमका विचारविषयक गोष्ठी र सेमिनारहरूको समेत सञ्चालन गर्ने गरेको छ । त्यसैले गुणस्तरीय शिक्षाको खोजीमा भौँतारिएर हिँडेका विद्यार्थीका लागि यो कलेज एउटा आकर्षक गन्तव्य हो ।

स्थापनादेखि नै सधैँ उत्कृष्ट नोबेल कलेज– उत्तम भौकाजी (निर्देशक)नोबेल एकेडेमी
नोबेल एकेडेमी एउटा विशुद्ध शैक्षिक संस्था हो । १७ वर्षअघि काठमाडौंको केन्द्र बानेश्वरमा स्थापना भएको नोबेल एकेडेमीले आफ्नै सुविधासम्पन्न भवनमा रहेर गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ । बानेश्वरमा नर्सरीदेखि +२ तहसम्मका शैक्षिक कार्यक्रम सञ्चालनमा रहेको छ । त्यस्तै सिनामंगलमा स्नातक तहका कार्यक्रम सञ्चालनमा रहेका छन् भने नोबेल हस्पिटल पनि पूर्वाञ्चल विश्वविद्यालयको सम्बन्धनमा सञ्चालनमा रहेको छ । त्यसैगरी कलेजले एसएलसी दिएर बसेका विद्यार्थीका लागि ‘डिप्लोमा इन फार्मेसी’ पनि सञ्चालन गरेको छ ।
+२ तहमा गुणस्तरीय शिक्षा प्रदान गर्दै स्थापनाकालदेखि नै विद्यार्थी तथा अभिभावकको मन जित्न सफल कलेजले स्थापनाकालदेखि नै विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायमा अध्यापन गराउँदै आए पनि विगत दुई वर्षदेखि विद्यार्थीको आकर्षणमा आएको कमी र विद्यार्थीको न्यून उपस्थितिले गर्दा हाल विज्ञान र व्यवस्थापन सङ्कायको मात्र अध्यापन गराउँदै आएको छ । स्थापनाकालदेखि नै +२ तहमा हासिल गरेको नतिजाको सफलताले पनि नोबेल कलेजलाई काठमाडौंका अन्य कलेजभन्दा भिन्न रूपमा पाइन्छ ।
विद्यार्थीको सिर्जनशीलता र बौद्धिकता वृद्धि गर्न नियमित रूपमा अतिरिक्त क्रियाकलापको आयोजना गर्दै आएको छ । आन्तरिक रूपमा हुने विभिन्न क्रियाकलापसँगै अन्तरकलेज खेलकुद र अन्य प्रतियोगिताको आयोजना र यसमा यस कलेजले निरन्तर सहभागितासमेत जनाउँदै आएको छ । त्यस्तै प्रतिभाशाली विद्यार्थीलाई यस्ता कार्यक्रममा सहभागी हुनका लागि कलेजले नै देशबाहिर समेत पठाउँदै आएको छ ।
जेहेनदार र आर्थिक रूपमा विपन्न रहेका विद्यार्थीका लागि आकर्षक छात्रवृत्तिको व्यवस्थासमेत गरिएको छ । त्यस्तै, कलेजले विभिन्न प्रतिभामा उत्कृष्ट हुने विद्यार्थीलाई विभिन्न वर्गमा विभाजन गरेर समेत छात्रवृत्ति दिँदै आएको छ । उपत्यकाबाहिरका विद्यार्थीका लागि सुविधायुक्त छात्रावासको व्यवस्था रहेको नोबेल एकेडेमी ७५ वटै जिल्लाका विद्यार्थीको रोजाइमा पर्न सफल भएको छ ।
सैद्धान्तिकसँगै व्यावहारिक शिक्षालाई पनि सँगसँगै लैजानुपर्छ भन्ने मान्यता बोकेको यस कलेजले किताबी ज्ञानलाई भन्दा व्यवहारोपयोगी शिक्षालाई बढी प्राथमिकता दिँदै आएको छ । प्रमाणपत्रमुखी शिक्षालाई हटाउँदै नोबेल कलेजले विद्यार्थीलाई आफैँमा क्षमतावान् बनाउनु नै कलेजको मुख्य उद्देश्य हो ।
नोबेल कलेज +२ तहमा प्राप्त गरेको नतिजाबापत नेपाल सरकारको तर्फबाट सम्मानितसमेत भएको थियो । नोबेल कलेजले हालसम्म उच्च माध्यमिक शिक्षा परिषद्को वार्षिक परीक्षामा पछिल्लो समयमा धेरै वर्षदेखि ९० प्रतिशतभन्दा बढी विद्यार्थी उत्तीर्ण गराउँदै आएको छ । यसमध्ये पनि अधिकांश विद्यार्थी विशिष्ट श्रेणीमा उत्तीर्ण भएको नतिजाले पनि नोबेल एकेडेमीको आवश्यकता विद्यार्थीले महसुस गर्नुपरेको हो ।
मेडिकल क्षेत्रमा पनि नोबेल एकेडेमीले हासिल गरेको उपलब्धिले झन् यस कलेजको प्रतिष्ठा र गौरव बढाएको छ । एमबीबीएस अध्ययन गर्नेहरूमध्ये एक दर्जनभन्दा बढी विद्याथी उत्तीर्ण गराउँदै आएको छ । त्यस्तै, इन्जिनियरिङतर्फ पनि एकदेखि दुई दर्जन विद्यार्थीले नि:शुल्क छात्रवृत्ति प्राप्त गर्न सफल हुँदै आएका छन् । त्यसैले गुणस्तरीय, व्यावहारिक र अन्तर्राष्ट्रिय स्तरको शिक्षाका लागि एउटा मुख्य गन्तव्य हो– नोबेल कलेज । त्यसैले आफ्ना छोराछोरीको भविष्य सुनिश्चितताका लागि अभिभावकले नोबेल कलेजलाई रोजाइमा पार्न सक्दछन् ।

‘दक्ष जनशक्ति उत्पादन नै मुख्य उद्देश्य’—सुरेन्द्र थापा (प्रिन्सिपल/निर्देशक)नेपालय उमावि/कलेज
काठमाडौंमा स्थापना भएका थुप्रै कलेजको भीडमा अन्य कलेजले भन्दा पृथक तरिकाले गुणस्तरीय शिक्षा र अन्य शैक्षिक सुविधा प्रदान गर्ने उद्देश्यले काठमाडौंको कलंकीमा स्थापित नेपालय कलेजले स्थापनाको पहिलो वर्षमै अत्यधिक बिद्यार्थी भर्ना गर्न सफल भएको छ । आफ्नो मूल उद्देश्य नै विद्यार्थीको सैद्धान्तिक तथा व्यावहारिक ज्ञानलाई प्राथमिकतामा राख्दै नतिजामुखी शिक्षालाई पनि मुख्य विषय ठान्ने नेपालय कलेजले समुदायले खोजेका दक्ष जनशक्ति निर्माण गर्नु पनि मुख्य उद्देश्य हो । विद्यार्थीको इच्छा र चाहना पूरा गराउन विभिन्न क्लबको स्थापना गरी सोही क्लबहरूसँग सम्बन्धित विभिन्न प्रतियोगिताको माध्यमबाट विद्यार्थीको बौद्धिकता वृद्धि गराउने उद्देश्य लिएको छ । विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा संलग्न गराउन नेपालय खेलकुद क्लब, नेपालय सांस्कृतिक क्लबलगायतका विभिन्न क्लबको गठन गरिएको छ । यस्ता क्लबले विभिन्न अतिरिक्त क्रियाकलापहरूको सञ्चालन गर्ने, विभिन्न अनुसन्धान गर्ने, सूचना सङ्कलन गर्ने र सूचना हस्तान्तरण गर्ने कार्य गराउने उद्देश्य कलेजको छ ।
+२ तहमा विज्ञान, व्यवस्थापन र मानविकी सङ्कायअन्तर्गत उच्च माध्यमिक शिक्षा परिषद्ले निर्धारण गरेको सबै विषयको अध्यापन गराउँदै आएको छ । +२ तहबाहेक विद्यालय तहसँगै बीबीएस र एमबीएस तह पनि सञ्चालन गर्ने उद्देश्य कलेजको छ । आफ्नै भवनमा सञ्चालित कलेज भौतिक पूर्वाधारसँगै सुविधासम्पन्न पुस्तकालय र प्रयोगशाला रहेको उक्त कलेजका गुणस्तरीय शिक्षाका निम्ति भाँैतारिँदै हिँडेका विद्यार्थीका लागि एउटा उपयुक्त गन्तव्य हो भन्न सकिन्छ । कुनै पनि विद्यार्थीलाई सधैँ सकारात्मक बाटोमा हिँडाउनका लागि उसलाई विशेष गरी +२ तहका विद्यार्थीका लागि त्यसैअनुसारको वातावरणको खाँचो पर्छ । त्यस्तो वातावरण प्राप्त गर्न नेपालय कलेजको कुनै विकल्प नै छैन । त्यसैले गुणस्तरीय, व्यावहारिक र व्यवहारोपयोगी शिक्षाका लागि नेपालय कलेज नै उत्तम कलेज हो ।