मोदी नरोकिने

मोदी नरोकिने


Modi, prime ministerial candidate for the BJP, gestures upon his arrival to meet party leaders and workers at Gandhinagarभारतका प्रधानमन्त्री नरेन्द्र मोदी आगामी साउन १९ गते सोमबार पशुपतिनाथ दर्शनका लागि नेपाल आउनुहुने भएपछि उक्त भ्रमणलाई रोक्न सूक्ष्म प्रयासहरू भएका छन् । प्रधानमन्त्री सुशील कोइराला स्वदेश फर्किनु अगावै मोदीको भ्रमण नहोस् भन्ने चाहना केहीमा देखिएको छ भने भ्रमणको तयारी गर्न समय अपुग हुने ठान्दै ‘ब्युरोक्रेटिक’ तहमा पनि भ्रमण रोक्ने उपायको खोजी भइरहेको बताइन्छ । विशुद्ध धार्मिक प्रयोजनको भ्रमण हुने भएकोले भारतीय प्रधानमन्त्री मोदीले भ्रमणका क्रममा तामझामको कुनै अपेक्षा नराख्नुभएको बुझिन्छ । तथापि नेपालमा केही राजनीतिकर्मी तथा कर्मचारीहरू मोदी भ्रमणको विषयलाई लिएर त्यसै त्यसै ‘आतङ्कित’झैं हुन पुगेका छन् । स्मरणीय छ, साउनको सोमबार पशुपतिनाथको दर्शन या पूजा गर्दा विशेष फल प्राप्त हुने विश्वास गरिन्छ र मोदीले पनि साउनको सोमबार नै पारेर पशुपति दर्शन गर्ने इच्छा राख्नुभएको छ । बुझिएअनुसार कुनै अति संवेदनशील अवस्था पैदा नभएमा प्रधानमन्त्री मोदीले साउन १९ गते नै पशुपति दर्शन गर्नुहुनेछ । उहाँ एक रात नेपालमा बस्नुहुने र उहाँको बसाइ ह्यात या द्वारिका होटलमा हुनसक्ने बुझिएको छ ।

सात जिल्लामा माधव नील
प्रधानमन्त्रीसमेत भइसक्नुभएका एमालेको अध्यक्ष पदका प्रत्याशी माधवकुमार नेपालले देशका सात जिल्लाबाट एकजना पनि आफ्ना समर्थक प्रतिनिधि पाउन सक्नुभएन । नेपाल समर्थक एकजना पनि प्रतिनिधि नभएका जिल्लामा अर्घाखाँची, डोल्पा, कपिलवस्तु, प्यूठान, बझाङ, मुस्ताङ र मनाङ रहेका छन् । जहाँबाट छानिएका सबै प्रतिनिधि केपी ओली पक्षका छन् । ओली भने कुनै पनि जिल्लामा आफ्नो उपस्थिति जनाउन सफल हुनुभएको छ । ओलीको सबैभन्दा कम मत माधव नेपालको गृहजिल्ला रौतहटमा देखिएको छ । रौतहटका २७ मतमध्ये ओलीले बढीमा दुई मत मात्र प्राप्त गर्नुहुने बुझिएको छ ।

ओरालो लाग्दै एमाओवादी
सविधानसभाको उपनिर्वाचन एकीकृत माओवादीका लागि थप निराशाजनक बन्न पुगेको छ । कुनै बेला आफूलाई सबैभन्दा शक्तिशाली ठान्दै जनता आफ्नो पक्षमा रहेको र आफूहरूले जे भन्यो जनताले खुरुखुरु मान्छन् भन्ने भ्रममा रहेको एकीकृत माओवादीलाई असार ८ गते आइतबार भएको उपनिर्वाचनको नजिताले अर्को दरिलो झापड हानेको छ । आइतबार काठमाडौं क्षेत्र नम्बर २, चितवन ४, बर्दिया १ र कैलाली ६ मा सम्पन्न उपनिर्वाचनमा एमाओवादीले चारवटै निर्वाचन क्षेत्रबाट गरी जम्मा अठार हजार एक सय ८६ मत मात्र पायो । जब कि यी निर्वाचन क्षेत्रमा दुई लाख ५४ हजार आठ सय ४५ मदतादाता छन् ।
०६४ को संविधानसभा निर्वाचनमा उल्लिखित चारवटै क्षेत्रबाट एमाओवादीले विजय प्राप्त गरेको थियो । तर, उसले आफ्नो विजयलाई लामो समय टिकाइराख्न सकेन र दोस्रो संविधानसभा चुनाव हुँदै उपनिर्वाचनसम्म आइपुग्दा अत्यन्तै नाजुक बनेको छ । दुई निर्वाचन क्षेत्रमा त माओवादी उम्मेवादरको जमानत नै जफत भएको छ ।
गत मङ्सिरमा सम्पन्न संविधानसभाको दोस्रो निर्वाचनमा एकीकृत माओवादी बर्दिया १ र चितवन ४ मा दोस्रो तथा कैलाली ४ र काठमाडौं २ मा तेस्रो भएको थियो । आइतबारको उपनिर्वाचनमा भने कैलाली र चितवनमा जमानत जफत भयो । चितवन माओवादी अध्यक्ष प्रचण्डको गृहजिल्ला हो । ०६४ को निर्वाचनमा एमालेका तत्कालीन महासचिव माधवकुमार नेपाललाई हराउन सफल भएको काठमाडौं २ मा माओवादीले यसपालि मुस्किकले जमानत बचाएको छ । बर्दियामा भने दोस्रो निर्वाचनमा दोस्रो भएको पार्टी उपनिर्वाचनमा तेस्रो स्थानमा चित्त बुझाउन बाध्य भएको छ ।
०६४ को निर्वाचनमा काठमाडौं २ बाट १३ हजार आठ सय ५८ मत ल्याएर विजय भएको पार्टी ०७० को दोस्रो निर्वाचनमा सात हजार एक सय ५४ मत ल्याएर दोस्रो भएको थियो भने उपनिर्वाचनमा चार हजार ६ सय चार मत ल्याएर तेस्रो बनेको छ । त्यस्तै चितवन ४ मा २३ हजार नौ सय ४२ मत ल्याई ०६४ सालमा विजय बनेको एमाओवादी ०७० मा ११ हजार छ सय २८ मत ल्याएर दोस्रो बनेको थियो । तर, उपनिर्वाचनमा जम्मा सात सय ८७ मत ल्याएर जमानत नै जफत हुन पुगेको छ । त्यस्तै बर्दिया १ बाट १७ हजार नौ सय ५५ मत ल्याएर ०६४ मा विजय भएको पार्टी ०७० मा ११ हजार ६ सय २८ मत ल्याई दोस्रो बनेको थियो भने उपनिर्वाचनमा ११ हजार ३१ मत ल्याएर तेस्रो बनेको छ । कैलाली ६ मा १४ हजार आठ सय २६ मत ल्याएर ०६४ मा विजय बनेको एमाओवादी ०७० मा चार हजार सात सय ६४ मत ल्याउँदै तेस्रो बनेको थियो भने उपनिर्वाचनमा जम्मा १७ सय ६६ मत ल्याएर पाँचौँ स्थानमा पुग्नुका साथै जमानत जफत भएको छ ।
निर्वाचनबाट नराम्रो पराजय व्यहोरेलगत्तै एमाओवादीका नेता बाबुराम भट्टराईले आफ्नो फेसबुक पेजमा हालै सम्पन्न ४ वटा उपनिर्वाचनको नकारात्मक परिणामलाई एमाओवादीले गम्भीरतापूर्वक लिनैपर्छ भनेका छन् । उनले संविधानसभा, गणतन्त्र, धर्मनिरपेक्षता, समावेशी/समानुपातिक लोकतन्त्रजस्ता युगान्तकारी राष्ट्रिय एजेण्डाहरूको अगुवाइ गर्ने शक्तिले संसदीय निर्वाचनमा एकपछि अर्को हार व्यहोर्नु सामान्य कुरा होइन । बेलैमा वस्तुनिष्ठ आत्मसमीक्षा गरौँ । नत्र भोलि धेरै ढिलो भइसकेको हुनेछ’ भनेका छन् ।

राष्ट्र बैंकमा रामहरि लीला एमालेइतर कर्मचारीको दोहोलो †
आफूलाई प्रजातन्त्रवादीको रूपमा प्रस्तुत गरेर केही वर्षअघिसम्म राष्ट्रपति कार्यालयमा ‘तर’ मारेर बसेका पूर्वसचिव रामहरि अर्यालले गभर्नर युवराज खतिवडासँग अनावश्यक र अप्राकृतिक तवरले निकटता जोडेर राष्ट्र बैंकका प्रजातन्त्रवादी कर्मचारीलाई अप्ठ्यारोमा पार्ने योजना बुनेको बुझिएको छ । एमाओवादी सरकारको पालामा बाग्लुङका केही टाठाबाठा माओवादी नेतालाई नजराना चढाएर केन्द्रीय बैंकको सञ्चालक बनेका अर्याल एउटै तीरले दुई सिकार गर्नेगरी अर्थसचिव र बैंकका केही प्रजातन्त्रवादी कर्मचारीका विरुद्ध लाग्दै आएका हुन् । उनले एक तीर दुई सिकार गर्न बैंकका कर्मचारीको नियुक्ति, सरुवा र बढुवासँग सम्बन्धित कर्मचारी विनियमावलीलाई हतियार बनाएका छन् । यो हतियारको प्रपञ्च गभर्नर खतिवडा र केही एमालेनिकट उपनिर्देशक तथा सहायक निर्देशकको गोप्य मन्त्रणाबाट अर्यालले प्राप्त गरेको स्रोतको दाबी छ ।
एक वर्षअघि नै कर्मचारी विनियमावलीमा संशोधन गर्न खतिवडाले अर्यालको संयोजकत्वमा एउटा कमिटी गठन गरिदिएका थिए । तर, एक वर्षसम्म माखो नमारेर हालै मात्र ‘अन्टसन्ट’ भाषा प्रयोग गरिएका केही नियम थपिएको नाटकरूपी विनियमावली मस्यौदा सञ्चालक समितिमा अर्यालले पेस गरे । तर, प्रजातन्त्रवादीलगायत अधिकांश कर्मचारीले नेपाल सरकारमा झैँ कर्मचारीको अवकाश हुने अवधि ३० वर्षे सेवाको आधारमा नभई उमेरको हदबन्दीस्वरूप ५८ वर्ष कायम गर्न दबाब दिएपछि अर्याल एकाएक खतिवडा समूहको प्रवक्ताको रूपमा देखापरे । मस्यौदा कमिटीमा रहेका प्रजातन्त्रवादी समूहका निर्देशकको मानमर्दन हुने गरी अर्याल र उच्च व्यवस्थापनले पुन: गठन गरेको कमिटीमा कानुन विभागको प्रतिनिधित्व नगराउन गत महिनाको सञ्चालक समितिको बैठकमा अर्यालले कडा धारणा राखेका बुझिएको छ । वामपन्थीहरूको तुलनामा आफूलाई बैंकका विभिन्न बैठकमा सहभागी हुन प्रजातन्त्रवादी कर्मचारीले अवरोध पु-याइरहेका अर्यालको दाबी छ । यो अभियानमा अर्थसचिव युवराज भुसालले पनि बैंकका प्रजातन्त्रवादी समूहलाई उचालेको आरोप उनले लगाउँदै हिँडेका कारण भुसालले कर्मचारीको सेवा अवधि ५८ वर्ष हुनुपर्ने बताइरहँदा पनि पूर्वसचिव अर्याल भने टसकोमस देखिएका छैनन् ।
यसैबीच सरकारले आर्थिक वर्ष ०७१/७२ को बजेट सार्वजनिक गरेलगत्तै अर्थ मन्त्रालयले नेपाल राष्ट्र बैंकका गभर्नर र सञ्चालक रामहरि अर्यालसँग सो सम्बन्धमा स्पष्टीकरण लिने बुझिएको छ । अर्थ मन्त्रालय स्रोतका अनुसार बैंकले गर्दै आएको बैंक तथा वित्तीय संस्थाहरूको अनुगमन, निरीक्षण एवम् विदेशी मुद्राको कारोबारसँग सम्बन्धित संस्थाहरूमा छानी–छानी एमालेइतरका कर्मचारी तथा व्यवसायीहरूलाई तारो बनाउने गरिएको छ । त्यसमा सबैभन्दा बढी सञ्चालक रामहरि अर्यालले नै बैंकका उच्च अधिकारीहरूलाई सघाएको बैंक तथा वित्तीय संस्था नियमन विभाग तथा सुपरीवेक्षण विभागका कर्मचारीहरूले जानकारी दिएका छन् ।

नेपाल टेलिभिजनमा ‘आइडिया’ अभाव
नेपाल टेलिभिजनमा कयोदेवी यमी नेतृत्वमा रहेको लोकसेवा आयोगले ‘उत्कृष्ट आइडिया प्रस्तुत गरेको’ लाहाछाप लगाएका मानिसको कुनै कमी छैन । तथापि एक वर्Èदेखि एनटीभीमा आइडियाको खोजी भने जारी नै छ ।
एनटीभीको नेतृत्वबाट बारम्बार ‘आइडिया’ मागिए पनि कुनै जुक्ति ननिस्किएपछि तल्ला तहका अधिकृतसँग पनि माग्ने काम भयो । आइडियाकै लागि समिति, उपसमिति तथा कार्यदल बनाइयो र बैठकहरूमा वा भेटेरै पनि टेलिभिजन चलाउने आइडिया आह्वान गरिँदै आएको छ । त्यही शृङ्खलामा मनोहरि थापालाई ‘आइडिया’ फुराउने कार्यदलको संयोजक बनाइएको छ ।
थापालाई जतिसक्दो चाँडो तेस्रो च्यानल (एनटीभी थ्री) सञ्चालनमा ल्याउने ‘आइडिया’ पेस गर्ने जिम्मेवारी तोकिएको छ । उनले पनि कार्यदलका सदस्यहरूसँग यही आर्थिक वर्È (असार)भित्र तेस्रो च्यानल सुरु गर्ने जुक्ति मागे । प्राविधिकले ‘आइडिया’ त फुराए तर सर्तसहित । त्यो सर्त हो– सुविधायुक्त स्टुडियो तयार पार्नु, उपकरण खरिद गर्नु र नयाँ च्यानलका लागि नयाँ कर्मचारी भर्ना गर्नु ।
खुला प्रतिस्पर्धाबाट भर्ना भएका महाप्रबन्धक लक्ष्मण हुमागाईंलाई भने हालकै साधनबाट तेस्रो च्यानल सुरु गर्नु छ । किनभने, सरकारले तेस्रो च्यानलका लागि बजेट छुट्याएको छ । हालको संसाधन भने पहिलो र दोस्रो च्यानलकै लागि पनि नयाँ कार्यक्रम र सोच फुराउन असमर्थ छ । छैटौँ तहसम्मका सबैसँग माग्दा पनि आइडिया नआएपछि तल्ला तहलाई पनि आह्वान गर्ने तयारी भइरहेको बताइन्छ । ‘आइडिया’ फुराउन नसकेपछि सञ्चालक समितिका अध्यक्ष सीताराम अग्रवाल राजीनामा बुझाएर बाहिरिएका छन् ।
मिडियामा ‘आइडिया’ (सोच) सबभन्दा मूल्यवान मानिन्छ । अब सीतारामको ठाउँमा आउने नयाँ ‘सीताराम’ले आइडिया ल्याउँछन् कि भन्ने एनटीभीकर्मीको एक पङ्क्तिको आशा छ भने अर्को पङ्क्तिचाहिँ अरूले पनि सीतारामको नियति भोग्नुपर्ने हो कि भनी चिन्तामा परेका छन् ।

एक्लिँदै विप्लव
सशस्त्र द्वन्द्वका क्रममा पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको विकल्पको रूपमा समेत हेरिएका नेकपा–माओवादीका सचिव नेत्रविक्रम चन्द ‘विप्लव’ अहिले एक्लिँदै गएका छन् । एकीकृत माओवादी पार्टी विभाजन गरी नेकपा–माओवादीको रूपमा नयाँ पार्टी गठनमा सक्रिय देखिएका विप्लव विस्तारै सो पार्टीमा पनि एक्ल्याउने प्रयास भएको छ । पार्टी सङ्गठनको काममा विशेष रुचि राख्ने तथा युवाहरूको रोजाइमा परेकै कारण विप्लवले युवा पुस्ताका भएर पनि नेतृत्वलाई चुनौती दिने हैसियत बनाएका थिए । तर, पछिल्लोपटक उनको विचार तथा कार्यशैलीप्रति पार्टीका नेता–कार्यकर्ताले प्रश्न उठाएर उनलाई एक्ल्याउने प्रयास गरेका छन् ।
नेकपा माओवादीको एक नेताका अनुसार विप्लव पार्टी पदाधिकारीमा एक्लो छन्् । आठ सदस्यीय पोलिटब्युरोमा खड्गबहादुर विश्वकर्माले साथ दिएका छन् । उनलाई केही समयअघिसम्म कुलबहादुर केसीले पनि साथ दिएका थिए । तर, उनले पनि अहिले छाडेको बताइन्छ । ४३ जना पूर्ण केन्द्रीय समितिमा चन्दलाई ईश्वरी दाहाल, सन्तोष बुढामगर, जयपुरी घर्ती, मायाप्रसाद शर्मा, अनिल शर्मा विरहीलगायत आठजनाले साथ दिएका छन् भने वैकल्पिक केन्द्रीय सदस्यहरू मोहन कार्की, ऋषिराज बराल, गुणराज लोहनी, रामदीप आचार्य, माइला लामा, तेजबहादुर मिजारलगायत २० जनाले साथ दिएका छन् ।
स्रोतका अनुसार कुनै बेला नङ र मासुको जस्तै सम्बन्ध रहेको महासचिव रामबहादुर थापा र विप्लवको सम्बन्ध विस्तारै चिसिँदै गएको छ । अध्यक्ष मोहन वैद्य पनि विप्लवसँग असन्तुष्ट छन्् । स्रोतका अनुसार सीपी गजुरेल र देव गुरुङसँग पनि उनको सम्बन्ध बिग्रिएको छ । पदाधिकारीमै एक–अर्काबीचको सम्बन्ध बिग्रिएकै कारण माओवादीको राष्ट्रिय सम्मेलन अनिश्चित बन्दै गएको बताइन्छ । यसअघि पार्टीले असार दोस्र्रो साताभित्र राजधानीमा सम्मेलन गर्ने तय गरिएको थियो ।
पार्टीको आगामी कार्यनीति, कार्यदिशा र कार्यशैलीलाई लिएर विप्लव र पार्टी नेतृत्वबीच कुरा मिल्न सकेको छैन । त्यसैले विप्लवले आफ्नो विचार समानान्तर रूपमा पार्टीको स्थानीय तहमा पु-याउँदै आएका छन् । सूत्रका अनुसार उनले पार्टी नेतृत्वबाट प्रतिक्रान्तिकै बाटोमा पु-याउने गरी पार्टी सञ्चालन गरिएको आरोप लगाउँदै आएका छन् । विप्लवको फरक विचारकै कारण उनलाई संस्थापन पक्षले पार्टी एकीकरण अभियानबाट समेत अलग राख्ने प्रयास गर्दै आएको छ ।

प्रधानमन्त्रीको भने– मेरो चिन्ता नगर्नू
प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यस्थितिप्रति चिन्ता गरी टेलिफोन गर्नेहरूलाई उहाँले आफ्नो स्वास्थ्यका बारेमा चिन्ता नलिन सुझाव दिने गर्नुभएको छ । कोइरालाको जवाफ हुने गरेको छ, ‘तपाईंहरू किन मेरो स्वास्थ्यको चिन्ता लिनुहुन्छ ? देशको चिन्ता गर्नुहोस् न ।’ यसरी कोइरालाले जवाफ दिने गर्नुभएपछि उहाँका आफन्त, पार्टीका सहयात्री तथा अन्य निकटवर्तीहरूले कोइरालसँगै रहनुभएकी मृदुला कोइरालामार्फत स्वास्थ्यस्थितिबारे जानकारी लिने गरेका छन् । न्युयोर्कबाट प्राप्त जानकारीअनुसार कोइरालाको फोक्सोमा क्यान्सर भए–नभएको जानकारी जाँचको रिपोर्ट आएपछि हुनेछ र रिपोर्ट बुधबार (असार ११) प्राप्त हुनेछ । स्वास्थ्य रिपोर्टले उहाँमा क्यान्सर भएको पुष्टि गरेमा थप केही समय अमेरिकामै बसी उहाँले उपचार गराउनुहुनेछ । क्यान्सरबाहेक टीबी या अरू जेसुकै भए पनि कोइराला चाँडै नेपाल फर्किएर यहीँ उपचार गराउने सोचमा रहनुभएको बताइएको छ । यस कुराको टुङ्गो बुधबारे लाग्ने प्रधानमन्त्रीका निकटवर्तीहरूले बताएका छन् । कोइरालाले क्यान्सर भएको आफ्नो जिब्रोको परीक्षण गराइसक्नुभएको छ र उहाँको जिब्रोको स्थिति सामान्य रहेको बुझिएको छ ।

जम्मै सभासद् माधवतिर, प्रतिनिधि बढी केपीतिर
तीन पूर्वमन्त्रीसहित पाँच सभासद्हरू एकजुट भई माधव नेपालका पक्षमा सक्रिय रहँदा पनि धादिङमा केपी ओली समर्थक प्रतिनिधिहरू बहुमत हुन पुगेका छन् । पूर्वमन्त्रीसमेत रहेका सभासद्हरू सुरेन्द्र पाण्डे, राजेन्द्र पाण्डे र गंगालाल तुलाधर तथा अन्य सभासद्हरू गुरुप्रसाद बुर्लाकोटी र धनबहादुर मगर माधव नेपालका निम्ति सक्रिय भएपछि छब्बीस प्रतिनिधिमध्ये कम्तीमा दुईतिहाइ बहुमत पु-याउने हुन् कि भन्ने ठानिएको थियो । तर, धादिङबाट प्राप्त जानकारीअनुसार त्यस जिल्लाबाट प्रतिनिधि चयन भएका छब्बीस सदस्यमध्ये माधव नेपालको पक्षमा बढीमा बाह्र (१२) र केपी ओलीका पक्षमा कम्तीमा चौध (१४) रहेका छन् । सिङ्गै प्यानललाई मतदान नगरी अध्यक्ष पदमा ओलीलाई मतदान गर्नेहरूको सङ्ख्या अठार (१८) सम्म पुग्नसक्ने बताइएको छ ।
सुरेन्द्र पाण्डे चितवनको एक नं. निर्वाचन क्षेत्रबाट सभासद् विजयी बनेका भए पनि उनको गृहजिल्ला धादिङमा आफ्नै प्रकारको प्रभाव छ । सुरेन्द्र, राजेन्द्र र गंगालाल माधवको पक्षमा वातावरण बनाउन एकजुट भएका र जिल्लाका चार सभासद् एकैतिर उभिएकाले ओली समर्थक प्रतिनिधिहरू कमै मात्र चयन हुनसक्ने अनुमान गरिएको थियो । चुनावी परिणाम अनुमानभन्दा भिन्न आएको छ । माधव नेपालका पक्षमा मतदान गर्ने प्रतिनिधिका रूपमा मीनराज कँडेल, टापबहादुर श्रेष्ठ, बालकृष्ण आचार्य, भगवान थापा, रामकुमार अधिकारी, इन्दिरा ढुंगाना, गुरुप्रसाद बुर्लाकोटी, कृष्ण अर्याल, अर्जुन श्रेष्ठ, धर्मजित लामा, धु्रव विक र कुलमान विकलाई लिइएको छ भने केपी शर्मा ओलीका पक्षमा गिरिराज कँडेल, कृष्णहरि श्रेष्ठ, धु्रव रूपाखेती, अम्बिका रूपाखेती, भरत खत्री, उमेश थापा, कृष्ण लामा, खेम लोहनी, लक्ष्मण शर्मा, केदार खतिवडा, रमेश आचार्य, जानुका सिंखडा, गंगा श्रेष्ठ र विमल थापा स्पष्ट रूपमा देखिएका छन् । स्मरणीय छ, संसदीय दलका नेताका लागि भएको निर्वाचनमा जिल्लाका सबै सभासद्ले माधव नेपाललाई मतदान गरेका थिए । नेता रिझाउन माहिर मानिएका गंगालाल तुलाधर धादिङ र सिङ्गै देशभरिमा माधवको स्थिति कमजोर देखिएपछि छटपटिन थालेको चर्चा धादिङमा भएको छ । सधैँ जित्ने पक्षको नजिक बन्दै आएका तुलाधर कसरी केपी ओलीसँग निकटता बढाउन सकिन्छ भन्ने उपायको खोजीमा लागेको बुझिएको छ ।

कहाँ को कति बलियो ?
नेकपा एमालेको नवौँ महाधिवेशनका लागि चयन प्रतिनिधिहरूको स्थिति विश्लेषण गर्दा केपी ओली भारी मतले अध्यक्ष पदमा विजयी बन्नुहुने देखिएको छ । प्राप्त जानकारीअनुसार माधव नेपालले सबैभन्दा ठूलो समर्थन रौतहट र कञ्चनपुरबाट पाउनुहुने भएको छ । केपी ओलीले भने लुम्बिनी अञ्चलबाट भारी मत प्राप्त गर्नुहुने सम्भावना छ । रौतहटका २७ प्रतिनिधिमध्ये माधव नेपालको पक्षमा २५ रहेका छन् । त्यस्तै कञ्चनपुरका २१ मध्ये १८ प्रतिनिधिको समर्थन नेपाललाई हुने देखिन्छ । लुम्बिनी अञ्चलका १९१ मध्ये ओलीको समर्थनमा १३४ प्रतिनिधि रहेका छन् । गण्डकी अञ्चलको १२७ प्रतिनिधिमा ९८ जनाले ओलीको समर्थन गर्ने विश्वास गरिएको छ । महाकाली अञ्चलको ६१ मा ३० जना केपीतिर, धवलागिरीका ४७ मध्ये २९, कोसीमा १४५ मध्ये ६८, सगरमाथामा ३० मध्ये २७, कर्णालीका ४४ मध्ये २८, नारायणीमा ९३ मध्ये ३८, बागमतीमा (काठमाडौं उपत्यकाबाहेक) ७३ मध्ये ४४, राप्तीमा ३२ मध्ये २६, भेरीमा ७२ मध्ये ५३ प्रतिनिधि केपी ओलीको समर्थनमा देखिएका छन् ।
एमाले समर्थकहरू एकथरीको विश्लेषण भने केही भिन्न पाइएको छ । करिब एघार सय प्रतिनिधि चयन भइसकेपछि उनीहरूले गरेको विश्लेषणअनुसार पूर्वाञ्चल विकास क्षेत्रमा ओलीले १२६ र माधवको १५८, मध्यमाञ्चलमा ओलीले ९९ र माधवले १०८, पश्चिमाञ्चलमा ओलीले २३५ र मधवले १३१, मध्यपश्चिमाञ्चलमा ओलीले ९९ र मधवले ५० तथा सुदूरपश्चिमाञ्चलमा ओलीले ३० र माधवले ३३ मत प्राप्त गर्नेछन् । तर, ओली समर्थकहरूको विश्लेषण केही भिन्न छ । गत सोमबार (असार ९) सम्म छानिएका ११९८ प्रतिनिधिमध्ये ओलीको पक्षमा कम्तीमा ७७३ प्रतिनिधि रहेकोे ठहर उनीहरूले गरेका छन् ।
केपी ओलीका पक्षमा सोलुमा ३ मा ३, सप्तरीमा ९ मा नौ, सिरहामा २० मा १२, जाजरकोटमा १९ मा १५, दैलेखमा ३८ मा २७, सुर्खेतमा २२ मा १६, प्यूठानमा ११ मा ११, रोल्पामा ९ मा ७, सल्यानमा १२ मा ८, मुगुमा ११ मा ६, कालिकोटमा १४ मा ७, हुम्लामा ११ मा ७, डोल्पामा ८ मा ८, बारामा २२ मा १७, मकवानपुरमा २८ मा २०, पर्सामा १९ मा १३, रसुवामा ७ मा ६, धादिङमा २६ मा १४, नुवाकोटमा १५ मा ७, काभे्रमा २५ मा १७, बैतडीमा २१ मा १६, डडेल्धुरामा ७ मा ३, दार्चुलामा १२ मा ९, गोरखामा १० मा १०, तनहुँमा २४ मा १४, लमजुङमा १७ मा १३, कास्कीमा ४० मा ३०, स्याङ्जामा ३३ मा २८, मनाङमा ३ मा ३, मुस्ताङमा ४ मा ४, पर्वतमा १७ मा १०, बाग्लुङमा १६ मा ८, म्याग्दीमा ९ मा ७, तेह्रथुममा ११ मा ५, भोजपुरमा १५ मा ११, संखुवासभामा १२ मा ४, धनकुटामा १३ मा ११, सुनसरीमा ४२ मा १५, मोरङमा ५४ मा २४, ताप्लेजुङमा ७ मा ४, झापामा ५५ मा ४५, इलाममा ३५ मा १८, उदयपुरमा १२ मा ७ र खोटाङमा १८ मा १५ प्रतिनिधिहरू रहेको विश्वास सम्बद्ध पक्षले गरेका छन् । सेती अञ्चलमा विगतमा माधव नेपाल समर्थक रहेका नेता भानुभक्त जोशीले केपी ओलीलाई समर्थन गरेका कारण सेती अञ्चलबाट पनि ओलीलाई अत्यधिक मत प्राप्त हुने विश्वास गरिएको छ ।

काङ्गे्रस नेताहरू ‘चिन्ता बैठक’मा
प्रधानमन्त्री सुशील कोइरालाको स्वास्थ्यस्थिति र सरकारको कामकारबाहीलाई लिएर नेपाली काङ्गे्रसका नेताहरू चिन्तित भएका छन् । सरकारको नेतृत्व काङ्गे्रसको भए पनि कार्यवाहक प्रधानमन्त्री एमाले नेता वामदेव गौतम बन्नुभएको र पार्टीको कार्यवाहक सभापतिसमेत नतोकिएकोले सरकार र पार्टी दुवैको काममा प्रतिकूल प्रभाव परेको काङ्गे्रस नेताहरूले ठहर गरेका छन् । प्रधानमन्त्री कोइरालाको उपचारमा लामो समय लाग्ने भयो भने के गर्ने भन्ने विषयमा उत्पन्न चिन्ताबीच नेपाली काङ्गे्रसका उच्च नेताहरूको बैठक गत सोमबार (असार ९ गते) साँझ प्रधानमन्त्रीनिवास बालुवाटारमा बस्यो । बैठकमा वरिष्ठ नेता शेरबहादुर देउवा र उपसभापति रामचन्द्र पौडेलसहित पदाधिकारीहरूको उपस्थिति थियो । बैठकमा नेताहरूबीच केहीबेर कोइरालाको स्वास्थ्यस्थितिलाई लिएर चिन्ता प्रकट भएपछि उहाँको स्वास्थ्य उपचारमा लामो समय लागेमा सरकारले गर्नुपर्ने कामहरू कसरी अघि बढाउने भन्ने विषयमा छलफल भएको थियो ।
बैठकमा सत्य निरुपण तथा मेलमिलाप आयोगमा पदाधिकारी तथा सदस्यहरूको चयन, संसद्का समितिहरूमा सभापति चयन र बजेटलगायतका विषयमा छलफल भएको थियो । तत्काल संसदीय दलको बैठक बोलाई छलफल गरिनुपर्ने कुरा उठे पनि अर्थमन्त्री डा. रामशरण महतले भने पार्टी केन्द्रीय कार्यसमितिको बैठक बोलाएर छलफल गर्नु उपयुक्त हुने सुझाव पेस गर्नुभएको थियो ।
छब्बीस सभासद्को मनोनयन र राजदूतहरूको नियुक्तिलगायत दर्जनौँ महŒवपूर्ण निर्णय सरकारले गर्नुपर्नेछ यस्तो अवस्थामा पार्टी र सरकारको कामको व्यवस्थापन कसरी गर्ने भन्ने विषयमा नेताहरूको छलफल केन्द्रित भएको थियो । करिब डेढ घन्टाको छलफलपश्चात् प्रधानमन्त्री कोइरालाको स्वास्थ्य परीक्षण रिपोर्ट आएपछि मात्र ठोस निर्णय लिन काङ्गे्रस नेताहरू सहमत भएका छन् । उहाँको रिपोर्ट बुधबार (असार ११) प्राप्त हुने बुझिएको छ । रिपोर्ट खराब भई लामो समय उहाँ उतै बसेर उपचार गर्नुपर्ने अवस्था आएमा सरकारको नेतृत्व तथा कार्य सञ्चालन र पार्टी कामका बारेमा समेत विशेष निर्णय लिन काङ्गे्रस नेताहरू तयार भएका छन् ।
न्युयोर्कबाट प्राप्त जानकारीअनुसार कोइरालाको स्वास्थ्य परीक्षण विस्तृत रूपमा गरिएको छ । यस क्रममा करोडौँ रुपैयाँ खर्च भएको बुझिएको छ । कोइरालालाई क्यान्सर भएको अनुमान चिकित्सकहरूले गरेको भए पनि रिपोर्टमा क्यान्सर नदेखिएमा उहाँ आगामी साता स्वदेश फर्कनुहुने बताइएको छ ।

काठमाडौं–२ मा काङ्ग्रेसको ऐतिहासिक जीत
संविधानसभा रिक्त चार सिटका लागि आइतबार भएको उपनिर्वाचनमा नेपाली काङ्ग्रेसलाई ठूलो सफलता मिलेको छ । चारमध्ये तीनवटा सिट काङ्ग्रेसको झोलामा परेको छ । यसअघि एमालेको वर्चश्व रहेको र कम्युनिस्ट किल्ला भनेर चिनिने काठमाडौंको क्षेत्र नम्बर दुई समेत उपनिर्वाचनपछि काङ्ग्रेसको हात परेपछि संविधानसभामा काङ्ग्रेसको पोजिसन थप उकासिएको हो । अब काङ्ग्रेस सभासद्को सङ्ख्या १ सय ९७ पुगेको छ ।
काठमाडौं–२ मा इञ्जिनयर, प्राध्यापक एवम् काङ्ग्रेसका नेता दीपक कुईंकेल निकटम् प्रतिद्वन्द्वी एमालेका कृष्ण्ँगोपाल श्रेष्ठलाइ झण्डै पाँच हजार भोटको अन्तरले विजयी बनेका छन् । दीपकलाई १८ हजार २ सय मत प्राप्त भयो भने श्रेष्ठले १३ हजार ४ सय २१ मतमै चित्त बुझाउनु प-यो । यस्तै, एमाओवादीको पोजिसन पनि पहिलेभन्दा निकै खस्किएको पाइयो भने राप्रपा नेपालले चाहिँ आङ्खनो वर्चश्व केही मात्रामा भए पनि देखाएको अनुभूति गरिएको छ । यस क्षेत्रमा काङ्ग्रेसका दीपक कुईंकेल जनमानसमा भिजेका लोकप्रिय नेताका रुपमा परिचित थिए । चुनावी परिण्ाँमले उनको लोकप्रियतालाई पुष्टि गरिदिएको छ ।
यसैगरी, चितवन क्षेत्र नम्बर ४ बाट नेपाली काङ्ग्रेसका रामकृष्ण्ँ घिमिरे विजयी भएका छन् । निकटतम् प्रतिद्वन्द्वी एमालेकी पार्वती रावललाई ३ हजार ४६ मतले पछि पार्दै घिमिरेले बाजी मारेका हुन् । चितवन काङ्ग्रेसका पुराना नेता घिमिरेलाई २० हजार ३ सय १८ मत हासिल भएको निर्वाचन आयोगले जनाएको छ । सो क्षेत्रमा एमाओवादी तेस्रो स्थानमा झरेको छ । एमाओवादीले त्यहाँ पुराना गायक खुशीराम पाख्रीनलाई उम्मेदवार बनाएको थियो । उनलाई ७ हजार ८ सय ५५ मत मात्र प्राप्त भएको छ ।
यस्तै, कैलाली क्षेत्र नम्बर ६ मा पनि काङ्ग्रेसकै उम्मेदवार पुष्करनाथ ओझा संविधानसभा सदस्यमा छानिएका छन् । एमालेका महेश्वर पाठकलाई दोस्रो स्थानमा खुम्च्याउँदै १४ हजार ७ सय ८४ मत ल्याएर उनी विजयी भएका हुन् । यसअघिको निर्वाचनमा पनि दोस्रा भएका पाठकलाई ११ हजार ९ सय ५९ मत हासिल भयो भने यहाँ राप्रपा नेपालका राजेश भण्डारी ४ हजार ३ सय ६४ मत ल्याएर तेस्रो बनेका छन् ।
उता उपप्रधान तथा गृहमन्त्री बामदेव गौतमले छोडेको बर्दिया क्षेत्र नम्बर १ मा चाहिँ एमाले उम्मदेवार श्याम ढकाल १६ हजार ६ सय ९६ मत ल्याएर विजयी भएका छन् । दोस्रो स्थानमा रहेका नेपाली काङ्ग्रेसका सोदे विष्टलाई यहाँ ११ हजार ३ सय ३५ मत प्राप्त भयो तेस्रो बनेका एमाओवादीका उम्मेदवार भवन थारुले ११ हजार ३१ मत पाएका छन् ।
गत वर्È मङ्सिर ४ मा भएको संविधानसभा निर्वाचनमा काठमाडौं–२ बाट माधवकुमार नेपाल, चितवन–४ बाट सुशील कोइराला, बर्दिया–१ बाट बामदेव गौतम र कैलाली–६ बाट शेरबहादुर देउवाले निर्वाचन जितेका थिए ।

तटबन्ध व्यवस्थापनका लागि भारतीय सहयोग
नेपालका लालबकैया, बागमती र कमला नदीमा तटबन्ध निर्माणको लागि मित्रराष्ट्र भारतले ३६ करोड ६७ लाख २० हजार सहयोग उपलब्ध गराएको छ । सो आर्थिक सहयोगको चेक नेपालका लागि भारतीय राजदूत रणजीत रायले सिँचाइमन्त्री नारायणप्रकाश सावद (एनपी सावद)लाई हस्तान्तरण गर्नुभयो । उक्त कार्य डुबान र बाढी व्यवस्थापनसम्बन्धी भारत–नेपाल संयुक्त समितिको आठौँ बैठकको निर्णयबमोजिम हुँदै छ ।
लालबकैया, बागमती र कमला नदीमा तटबन्ध मजबुत तथा विस्तार गर्न भारत सरकारले नेपाललाई सहयोग प्रदान गर्दै आएको छ । पछिल्लो सहयोगसहित हालसम्म उल्लेखित नदीहरूको व्यवस्थापन तथा तटबन्ध निर्माण कार्यका लागि मित्रराष्ट्र भारतले ७३ करोड २८ लाख ४४ हजार रुपैयाँ सहयोग प्रदान गरिसकेको छ । डिसेम्बर २०१३ मा ३७ लाख ४६ हजार आठ सय, जनवरी २०१३ मा २५ लाख ६९ हजार चर सय सत्तरी, जुलाई २०१२ मा नौ लाख ७७ हजार एक सय, अक्टोबर २०११ मा ३४ लाख ५७ हजार तीन सय, मार्च २०११ मा ५४ लाख ५३ हजार पाँच सय, सन् २०१० मा ५९ लाख ९७ हजार आठ सय, सन् २००९ मा ५३ लाख १५ हजार र सन् २००८ मा १६ लाख ५५ हजार गरी हालसम्म ७३ करोड २८ लाखभन्दा बढी सहयोग उपलब्ध भएको हो ।
नेपाललाई अत्यन्त निकट छिमेकी मित्रदेश भन्दै भारतले विकास र समृद्धिमा योगदान पु-याउनका लागि नेपालको जलस्रोत क्षेत्रको विकासमा थप सहयोग आफू प्रतिबद्ध रहेको जनाएको छ ।

कन्भर्सेसन्समा प्रशान्त, सिनेमाण्डुमा ‘जर्नी टु यार्सा’
भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल फाउन्डेसनले नेपाल–भारत पुस्तकालयमा आयोजना गर्दै आएको ‘कन्भर्सेसन्स’ कार्यक्रमको १८औँ शृङ्खलामा गत शुक्रबार आमन्त्रित थिए– चर्चित लेखक तथा स्तम्भकार प्रशान्त झा, जो प्रसिद्ध भारतीय दैनिक ‘हिन्दुस्तान टाइम्स’मा एसोसिएट एडिटरका रूपमा समेत जोडिएका छन् । कन्भर्सेसन्समा लेखक झा आफ्नो हालै प्रकाशित पुस्तक ‘ब्याटल्स अफ द न्यु रिपब्लिक : अ कन्टेम्पोरोरी हिस्ट्री अफ नेपाल’बारे संवाद गर्न तयार भई प्रस्तुत भएका थिए ।
पत्रकार झासँग अनुभूति साटासाट तथा संवाद गर्न कार्यक्रममा सहभागी थिए नाम चलेका स्तम्भकार, लेखक तथा मार्टिन चौतारीसम्बद्ध दीपक थापा र सेइरा तामाङ पनि । उल्लेखित तीनै पात्र मिलेर झाको नयाँ पुस्तकको सबल र कमजोर पाटामाथि चर्चा गरे ।
लेखक झाले भने, ‘यो पुस्तक कुनै विचार, व्यक्ति वा समूहमाथि धक्का पु-याउन लेखिएको होइन, यहाँ (नेपालमा) रिपोर्टिङका क्रममा मैले जे देखेँ त्यसैको एक व्यहोरा हो यो । राजतन्त्रदेखि गणतन्त्रसम्मको नेपालको राजनीतिक परिवर्तनको सन्दर्भमा देखेको र आफूलाई लागेको कुराहरू यसमा समेटिएका छन् ।’
पुस्तकबारे बोल्नुअघि सेइरा तामाङले लेखकलाई बधाई दिँदै मधेस र मधेसी जनताका दैनन्दिनीलाई यस पुस्तकले रोचक ढङ्गले प्रस्तुत गरेको बताइन् भने दीपक थापाले आलोचनात्मक धारणा प्रकट गर्दै पुस्तकको नामअनुसार यसले समकालीन इतिहासको व्यापकता अँगाल्नुपर्नेमा मधेस तथा मधेसी मुद्दामा विशेष तवरले केन्द्रीत हुन पुगेको टिप्पणी गरे ।
प्रशान्त झाको सो पुस्तकमा नेपाल र भारतबीचको द्विपक्षीय सम्बन्ध, दुई देशबीचको भू–राजनीतिक अवस्थाले पैदा गरेका समस्या, मधेस तथा मधेसीका पहिचानको मुद्दा, माओवादी समस्याको उदय र राजतन्त्रको अन्त्य, नयाँ संविधान निर्माणको सवाल आदि मामलामा सिलसिलेवार चर्चा गरिएको छ ।
यसैगरी गत बुधबार भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानकै आयोजनामा ‘सिनेमाण्डु’को १५औँ शृङ्खला सम्पन्न भयो । कार्यक्रममा सर्जक दीपेन्द्र भण्डारीको बहुचर्चित डकुमेन्ट्री ‘जर्नी टु यार्सा’ प्रदर्शन गरिएको थियो ।
हिमाली क्षेत्रका मानिसको जनजीविकासँग जोडिन पुगेको बहुमूल्य जडीबुटी यार्सागुम्बाको खोजी तथा सङ्कलन कार्यको अन्तरपाटो खोतल्ने कथा समेटिएको सो डकुमेन्ट्री निर्माण गर्न प्रेरित भएकोदेखि सो निर्माण गर्दासम्मका अनुभूतिहरू निर्देशक भण्डारीले उपस्थित दर्शकसमक्ष सेयर गरे भने कार्यक्रममा उपस्थित चर्चित सिनेकर्मी रवि गिरीले भण्डारीको कामको तारिफ गरे ।
यस्तै, बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानका सचिव एवम् भारतीय दूतावासका प्रेस, सूचना तथा संस्कृति विभागका प्रमुख अभय कुमारले दिनदिनै सुनिँदै आएको यार्सागुम्बा तथा यसका सङ्कलनकर्ताहरूको कथालाई डकुमेन्ट्रीमार्फत छर्लङ्ग हुनेगरी बुझ्न पाएको भन्दै लेखक तथा निर्देशक भण्डारीलाई बधाई दिए । उपस्थित दर्शकहरूले पनि डकुमेन्ट्री–निर्देशकसँग संवाद गरेका थिए ।

बहानावाजी गर्दै एटीएममा ठगी
नेपाल राष्ट्र बैंक ऐन र बैंकिङ ऐनविपरीत नेपालका राष्ट्रिय बैंक, राष्ट्रिय वाणिज्य बैंक, विकास बैंक, कृषि विकास बैंक तथा नेपाल बैंक लिमिटेड र निजी क्षेत्रका बैंकको मिलेमतोमा एटीएमको माध्यमबाट ब्यापक ठगी भएको बुझिएको छ । राष्ट्रिय तथा निजी क्षेत्रका सबै बैंकले ग्राहकसेवालाई सरल र सुविधासम्पन्न बनाउन एटीएमको व्यवस्था गरे पनि पछिल्लो समयमा एटीएम नै ठगीको हतियारमा परिणत भएको हो ।
राष्ट्रिय तथा निजी क्षेत्रका बैंकका एटीएममा तत्कालका लागि सेवा नभएको भन्ने सुचना दिँदै रकम सकिएको, बत्ती नभएको भन्ने बहानामा एटीएम बन्द भएपछि सर्वसाधारण रकम झिक्न दोस्रो बैंकको एटीएम प्रयोग गर्न वाध्य हुन छन् । यसरी एउटा बैंकको एटीएमलाई अर्को बैंकको एटीएम प्रयोग गरी रकम निकाल्दा एक पटकमा निश्चित रकम सेवा शुल्कवापत न्युनतम २५ देखि १ सय २५ रुपैयाँसम्म काट्ने गर्दछ । यसरी काटिएको रकम बैंकका कर्मचारीले प्रतिशतका हिसाबले बाँडेर खाने गरेको स्रोतले जानकारी दिएको छ ।
नयाँ बानेश्वरस्थित रहेको राष्ट्रिय वाणिज्य बैंकको एटीएम दैनिक २–४ घण्टा या पूरै दिन सटर लगाएर राख्ने गरिएको छ । यो सामान्य उदाहरण मात्रै हो । उपत्यकाभित्रका अन्य राष्ट्रिय तथा निजी बैंकका एटीएमहरूले आफ्ना एटीएम तत्कालका लागि सेवा बन्द गरिएको भन्दै सेवा प्रदान नगर्ने गरिएको छ । उपत्यकामा रहेका सबै बैंकले एउटै नीतिअनुरुप एटीएममा रकम नहाल्ने, बिग्रेको, बत्ती नभएको या केही समयका लागि सेवा बन्द गरिएको सुचना दिने गरिएको छ । बैंकहरुलाई अनुगमन र नियमन गर्ने नेपालको केन्द्रिय बैंकको ध्यान जान नसक्दा राष्ट्रिय तथा निजी क्षेत्रका बैंकले यसरी सर्वसाधारणलाई ठग्न थालेका हुन् ।

तेलचोरी प्रकरणमा कसलाई के कारबाही ?
रूपन्देही/ रूपन्देहीको मधौलिया–३ र पडसरी–१ मा भएको पेट्रोलियम पदार्थ चोरी प्रकरणअन्तर्गत कालोबजारी ऐनमा दायर भएको मुद्दामा जिल्ला प्रशासन कार्यालय रूपन्देहीले आयल निगमका कर्मचारीलाई धरौटी, ट्याङ्करचालक र धनीलाई पुर्पक्षका लागि थुना र सहचालकलाई साधारण तारेखको आदेश गरेको छ । अदालतबाट आयल निगम क्षेत्रीय कार्यालय भलवारीका प्रमुख नागेन्द्रकुमार कुर्मी र अधिकृतद्वय रवीन्द्रकुमार राउत र दीपेन्द्र बस्नेतलाई जनही ६/६ लाखका दरले धरौटी माग भएको छ ।
अभियुक्तहरूलाई पडसरी र मधौलीया दुवैतर्फको मुद्दामा उक्त धरौटी माग गरिएको प्रमुख जिल्ला अधिकारी बालकृष्ण पन्थीले जानकारी दिए । यसअघि जिल्ला अदालत रूपन्देहीले चोरी मुद्दामा यी कर्मचारीरूसँग जनही १२/१२ लाखका दरले धरौटी माग गरेको थियो । तर, उनीहरूले अदालतमा धरौटी बुझाएका छैनन् । उनीहरूलाई भन्सार छली र सम्पत्ति शुद्धीकरणमा पनि मुद्दा भएकाले धरौटी बुझाए पनि प्रहरीले थुनामै राख्ने बुझिएको छ ।
जिल्ला प्रशासनले कालोबजारीमा मधौलियाबाट पक्राउ परेका ट्याङ्करचालकहरू शिवकुमार चौधरी, रामचन्द्र चौधरी, सुदीप कार्की, नेत्रबहादुर खड्का, ट्याङ्करधनी हरिबहादुर कुँवरलाई मुद्दा किनारा नलागेसम्म पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको छ । सहचालकहरू मोहन कँडेल, प्रकाश महत, राजन रायमाझी, पदमबहादुर थापा र राजन चौधरीलाई साधारण तारेख दिइएको छ । मधौलियामा २० जनाविरुद्ध अभियोग दायर भएको थियो ।
त्यस्तै, पडसरी–१ को कालोबजारी मुद्दामा चालकहरू पीताम्बर गहतराज, विजयकुमार हरिजन, प्रेम बर्तौला, कुलानन्द पोखरेल, रामसमुच अरविन्द, ध्रुवकुमार चौधरी, तुफान मल्लाह, व्यवसायी बबिता उप्रेतीलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको प्रजिअ पन्थीले बताए । सहचालकहरू वाशुदेव भण्डारी, गोविन्द मल्लाह, भरत विक, सुदीप थापा, अशोक थापा र राजन उप्रेतीलाई साधारण तारेख दिइएको छ । पडसरीको मुद्दामा प्रहरीले ३८ जनाविरुद्ध अभियोग दायर गरेको थियो । जसमध्ये निगमका तीनजना कर्मचारीसहित १९ जना पक्राउ परेका थिए । प्रतिवादीमाथि सम्पत्ति शुद्धीकरण, अख्तियार दुरुपयोग, भन्सार छलीअन्तर्गत मुद्दासमेत चलाइँदै छ । कालोबजारीपछि अब भन्सार छलीको मुद्दामा चलान हुने प्रहरी उपरीक्षक विक्रमसिंह थापाले बताए ।
भारतको बैतालपुरबाट नेपाल आयल निगमको भलवारीस्थित पश्चिमाञ्चल डिपोमा ल्याइने पेट्रोलियम पदार्थ निगममा नपु-याई बीचमै रूपन्देहीको पडसरी र मदौलियामा निर्मित भूमिगत पम्पमा खन्याइन्थ्यो । यसरी पेटोलियम पदार्थ चोरी गर्ने क्रममा गत वैशाख १६ गते रूपन्देही प्रहरी र राष्ट्रिय सतर्कता केन्द्रले छापा मारी १९ वटा ट्याङ्कर पक्राउ गरेको थियो । मुख्य नाइके भनिएका चोपनारायण श्रेष्ठलगायत अझै नियन्त्रणमा नआएको रूपन्देही प्रहरी प्रमुख एसपी थापाले बताए ।
– चन्द्रकान्त खनाल

साइकलयात्री शाहको अर्को अभियान
विश्व साइकलयात्री पुष्कर शाह अस्ट्रेलियाको साइकलयात्रामा निस्केका छन् । गत शनिबार सिड्नीबाट सुरु भएको साइकलयात्रा क्यानबेरा, मेलबर्न, एडिलेडलगायत अस्ट्रेलियाका विभिन्न ठाउँका यात्रासँगै सिड्नीमै पुगेर सकिने बताइएको छ । ग्रेट हिमालय ट्रेलमा पर्ने स्कुलहरूमा पुस्तकालय स्थापना गर्न फन्ड जुटाउनका लागि शाहले साइकलबाट अस्ट्रेलियाको यात्रा गर्न लागेका हुन् ।
विश्वका एक सय ५० देशको भ्रमण गरी दुई लाख २० हजारभन्दा बढी किलोमिटर दूरी पार गरिसकेका साइकलयात्री शाहले अस्ट्रेलियामा रहेका नेपालीभाÈी र स्थानीय साइकलयात्रीहरूसँग अन्तरक्रिया तथा भेटघाट गर्दै करिब १२ हजार किलोमिटरको यात्रा छिचोल्दै छन् । अस्ट्रेलियामा नेपाली बस्ने स्थानहरूमा विभिन्न कार्यक्रम गर्दै आफ्नो अभियानको जानकारी दिएर फन्ड सङ्कलन गर्ने शाहले बताए । अभियानमा गैरआवासीय नेपालीले साथ दिने विश्वास उनले लिएका छन् ।
नेपालको उच्च पहाडी तथा हिमाली क्षेत्रमा पर्ने ग्रेट हिमालय ट्रेलमा भएका स्कुलहरूमा भौतिक पूर्वाधार र पाठ्यपुस्तकको अभाव रहेको हुँदा पुस्तकालय स्थापना गरिदिएर कम्तीमा पाठ्यपुस्तकबाट विद्यार्थीलाई वञ्चित हुनु नपर्ने अवस्था सिर्जना गर्ने शाहको लक्ष्य छ । गरिब विद्यार्थीका लागि थालेको अभियानमा साथ दिन पुष्करले सबैलाई आग्रह गरेका विश्व साइकलयात्री प्रतिष्ठानकी सञ्चार संयोजक शारदा मल्ल ठकुरीले जनाएकी छिन् ।

विभाजनको खतरामा इराक
सातौँ शताव्दि (इ.सं. ६८०)मा इराकको प्राचीन शहर कर्वलामा शिया मुस्लिमहरूको कत्लेआम गरियो । उक्त दु:खद् घटनाको सम्झनामा आजसम्म इराकी शियाहरूले प्रत्येक वर्ष ‘हाशुरा’को नाम स्मरण गर्दै दु:खमनाउ गर्ने गर्छन् । सताब्दियौँदेखि यसरी सम्झना गरिँदैआएको सन्दर्भले नै प्रस्ट्याउँछ कि त्यो घटना शिया मुस्लिमका लागि कति दु:खदायी थियो भन्ने । तर इराकको दुर्भाग्य † कर्वलाको त्यतिबेलाको जस्तो काण्ड त यतिबेला हरेक दिन भइरहेको छ । इराकमा अराजकताको दौर सुरु भएको छ । मेसोपोटामिया जस्तो प्राचीन सभ्यताको उद्गम स्थल इराक आज मारकाट, आतंक र हिंसाको उर्वरभूमिमा बदलिएको प्रतीत हुन्छ ।
वास्तवमै इराक यतिबेला विध्वंश र टुटफुटको संघारमै उभिन पुगेको छ । चरमपन्थी सुन्नीहरूले शियाहरूको अधिपत्य रहेको इराकी सरकारको शासन रहेको कैयन शहरमा कब्जा जमाएका छन् भने सैकडौँ सैनिकहरूको हत्या गरेको दाबी गरेका छन् ।
इराकमा आन्तरिक लडाइँ जारी छ, दिनहुँ मारकाट चलिरहेको छ, तर अमेरिका यतिबेलासम्म यो सोचमा डुबिरहेको छ कि इराकी सरकारलाई कसरी मद्दत गर्न सकिन्छ ? यसरी महाशक्ति अमेरिकाले सोचिरहेको भए पनि उसको लागि विडम्बनाको कुरा के छ भने आज यदि कुनै देश इराकलाई टुट्नुबाट बचाउन सक्छ भने त्यो हो– इराककै छिमेकी देश इरान, जसविरुद्ध सद्दाम हुसेनको देश इराकले १० वर्ष भीषण युद्ध लडेको थियो ।
अर्को विडम्बना यो पनि छ कि जुन इरानमाथि अमेरिकाले हरदम शिया चरमपन्थीहरुलाई सहयोग गरेको आरोप लगाउँदै आएको थियो र जसलाई एउटा दुष्ट देशका रूपमा चित्रित गर्दैआएको थियो, आज इराकलाई बचाउने मामलामा इरान मध्यस्थ बनेको हेर्न अमेरिका विवश भएको छ ।
एजेन्सीहरूका अनुसार इराकमा सुन्नी विद्रोहीहरूद्वारा शिया बहुमतवाला सरकारलाई कुल्चनुबाट बचाउने जिम्मा इरानले लिएको छ । अमेरिकालाई यो मन नपरे पनि यसको विकल्प पनि छैन भन्ने उसले राम्रैसँग बुझेको छ । यसैले उसले आफ्नो मुख मोडेको छ । अर्थात्, बगदादप्रतिको इरानी भूमिकालाई देखेकोनदेख्यै गर्न बाध्य छ अमेरिका ।
बगदादको रक्षा तथा मोसूल र तिरकित शहरलाई सुन्नी विद्रोहीहरूको कब्जाबाट फिर्ता गराउनका लागि इरानले इराकी सरकारलाई मद्दत गर्न सुरु गरिसकेको छ । यस जोखिमयुक्त कामका लागि इरानले आफ्नो रिभोल्युनसरी गार्डको विशेष शैन्यबल ‘अल–कुद्ज युनिट’लाई बगदाद पठाइसकेको छ । यस युनिटको नेतृत्व ब्रिगेडियर जनरल कासिम सुलेमानीले गरिरहेका छन् । सुलेमानी तिनै फौजी जनरल हुन् जसको बारेमा भनिँदैआएको छ िक उनले सिरियाका राष्ट्रपति बसर अल असदलाई सुन्नी चरमपन्थीविरुद्धको लडाईंमा सहयोग पु-याउँदै आएका छन्, जसको फलस्वरुप सिरियाको शिया बहुमतवाला सरकारमातहतको सेनाले कैयन शहरमा छापा मारेर पुन: आफ्नो पकड कायम गर्न सकेको हो ।
बताइएअनुसार यसपछि नै सुलेमानीको महत्व अत्यन्त बढ्यो र इराकको शिया प्रधानमन्त्री नूरी अल मलिकीले पनि उनलाई गैरसरकारी सल्लाहकारकै रूपमा स्वीकार गरेका छन् ।
अब यो चाहिँ तीव्र प्रतीक्षाको विषय बनेको छ कि इराकमा उनले के–कस्तो भूमिका निर्वाह गर्न सक्ने हुन् वा होइनन् । किनकि, इराकको वर्तमान हालतप्रति इरान अत्यन्त चिन्तित बन्न पुगेको प्रतीत हुन्छ । सुन्नी विद्रोहीहरूले त्यहाँका शहरहरूमा कब्जा जमाएका मात्र नभई सयकडौँ शिया नागरिकहरू र सेनाकै समेत क्रुरताका साथ हत्या गरिरहेका छन् । इराकमाथिको आफ्नो प्रभाव गुमाउन नचाहने इरानको मकसद प्रस्टै बुझिन्छ । यसबाहेक कर्बलालगायत शियाहरूले अति सम्मान गर्ने धार्मिक क्षेत्रहरू पनि इराकमै पर्दछन् । यसले गर्दा त्यसको रक्षा गर्नु आफ्नो कर्तव्य नै ठान्छ इरान । इरानले पहिलेदेखि नै सुन्नी कट्टरपन्थीहरूलाई धर्मस्थलहरूमाथि कुनै नोक्सानी पु-याएमा असैह्य हुने चेतावनी दिँदै आएको थियो ।
अब प्रतीक्षाको विषय बनेको छ कि इरानको मद्दतबाट इराकी सरकारले सुन्नी विद्रोहीहरूलाई कुल्चन सक्छ या सक्दैन । नतिजा जे आए पनि यतिबेला इराकभित्रै चर्चा चल्न थालिसकेको छ कि यदि आन्तरिक लडाईं थामिएछ भने पनि इराकको विभाजनलाई रोक्न सक्ने तागत भने सम्भवत: कोही छैन ।
– (बीबीसीको सहयोगमा)