‘मितज्यूले गर्नुभो, म पनि गरौँला’

‘मितज्यूले गर्नुभो, म पनि गरौँला’


funtimeयुवा पुस्ताका चर्चित गायक हुन् राजेशपायल राई । आधुनिक गीत हुन् वा चलचित्रका, हरेक गीत गायनमा उत्तिकै निपुण मानिने गायक राई अहिले नेपाली चलचित्रहरूमा सबैभन्दा बढी गीत गाउने गायकका रूपमा स्थापित छन् । पहिलो चलचित्र ‘गरिब’देखि हालको चलचित्र ‘नाइँ नभन्नु ल–२’सम्म आइपुग्दा उनले गाएका कुनै पनि गीत असफल भएनन् । विभिन्न मञ्चमा गीत गाउनकै लागि अन्य गायक–गायिकाको तुलनामा बढी विदेशको यात्रा गर्ने राई हालै मात्र अस्ट्रेलियाबाट फर्केका हुन् भने चाँडै अमेरिका र क्यानडा जाँदै छन् उनी ।
० तपाई:लाई विदेश गएर गाउन रुचाउने गायक भन्न मिल्छ ?
– रुचाएरै म गाउनका लागि विदेशिने गरेको होइन । सुरु–सुरुमा रहर थियो होला तर अहिलेचाहिँ भन्नुपर्दा एकप्रकारले बाध्यता नै हो । जहाँसम्म तुलनात्मक रूपमा बढी विदेश जाने गायक भन्ने सवाल छ, म आफैँले बखान गर्न त नमिल्ला, तर यात्रा गरेका मुलुकको सङ्ख्या गन्ने हो भने धेरै नै भए ।
० बढीचाहिँ कुन मुलुक पुग्नुभयो ?
– हङकङ र कोरिया पुगियो होला ।
० यी दुई देशमा कति–कति पटक पुग्नुभयो ?
– दुई दर्जन पटक गइयो होला ।
० यत्रो मुलुक घुम्नुभयो, कतै जीवनसाथी भेट्टाउनुभएन ?
– अँ ! त्यतातिरचाहिँ सोचिएन ।
० अबचाहिँ सोच्ने हो कि ? तपाई:को मीतज्यू राजेश हमालले पनि गर्नुभयो नि ?
– अबचाहिँ सोच्ने कि भन्ने विचार आएको छ । मीतज्यू राजेश हमालले पनि यस्तै सल्लाह दिनुभएको छ ।
० राजेश हमाल र तपाई: साँच्चिकै मीतज्यू हो कि क्या हो ?
– साँच्चिकै भन्नाले हामीले औपचारिक मीत लगाएका छैनौँ, तर एक–अर्कालाई बोलाउँदा हामी मीतज्यू भनेर सम्बोधन गर्ने गर्दछौँ । यो सम्बन्ध वर्षौ: लामो भइसक्यो । त्यसकारण औपचारिकभन्दा पनि बलियो भइसक्यो यो सम्बन्ध ।
० कुनै समय मदिरापे्रमी हुनुहुन्थ्यो, अहिले के छ नि ?
– त्यस्तो छैन, त्यसबखत पनि हल्ला नै बढी थियो । अहिले छैन । म मदिरा होइन, गीत/सङ्गीतपे्रमी हुँ ।
० राजेशपायल राईले पनि पे्रमिका गोप्य रूपमा राखेको चर्चा के हो नि ?
– त्यस्तो छैन, म सार्वजनिक मान्छे हुँ, किन लुकाउनु ?
० अरूको देखेर विवाह गर्न मन लाग्दैन भन्या ?
– लाग्छ नि ! तर, रहर र इच्छा गरेर हुँदैन नि । साइत वा लगन पनि आउनुप-यो । मानौँ त्यो आइसकेको छैन मेरो लागि ।
० गीत गाएर पनि पैसा कमाउन सकिन्छ भन्ने गतिलो उदाहरण गायक तपाई: नै होइन त ?
– पैसाभन्दा पनि निरन्तरताको फल हो भन्छु म ।
० तपाई:लाई ढाल्छु, पछार्छु भनेर आएकाहरू पनि अहिले हराए नि, होइन र ?
– त्यो त क्षमता र श्रोताहरूको माया र साथमा भर पर्छ । कसैको क्षमता, दक्षता अनि क्रेजलाई कसैले रोक्न सक्दैन ।

जाँदा मरिहत्ते, फर्कने बेला धारेहात !
‘ताक परे तिवारी नत्र गोतमे’ ! नेपाली समाजमा निकै प्रचलित भनाइ हो यो । प्रसङ्ग अमेरिकामा पलायन भएका केही कलाकर्मीको हो । उता बसुन्जेल अमेरिकालाई मन र मुटुले मान्ने, माया गर्ने अनि दिमाग उतै लगाउनेहरू नेपाल फर्किएपछि वा फर्कन लाग्दा अमेरिकालाई मुखमा आएजति सराप्छन् । उमेर छउञ्जेलसम्म काम गरेर डलर कमाउने अनि जिन्दगीभर गैरकानुनी रूपमा बस्न मनले नमानेपछि वा कागज नबनेपछि अमेरिका यस्तो र उस्तो भनेर गाली गर्दै फर्कने कलाकारहरूको पङ्क्तिमा नायिका रञ्जना शर्मा र युना उपे्रती पनि थपिने भएका छन् ।
युना विवाह नै गरेर उता लागेकी हुन् । करिब चार वर्ष भइसक्यो उनी अमेरिका गएको । अझैसम्म कानुनी रूपमा बस्न कागज नबनेपछि उनी नेपाल फर्कन लागेकी हुन् । धेरै प्रयास गरिन् युनाले कागज बनाउन, तर सकिनन् । अनि आजभोलि उनी फेसबुकमार्फत अमेरिकालाई गाली गर्दै आफ्नो मुलुकको माया देखाउन थालेकी छिन् । उतै बस्ने कागज मिलेको भए उनले न त नेपाल सम्झिन्थिन् न त अमेरिकालाई नै गाली गर्थिन् ।
यस्तै अवस्थामा रहेकी छिन् अर्की अभिनेत्री रञ्जना शर्मा पनि । उनी पनि पाँच वर्ष भयो अमेरिका छिरेकी । कानुनी रूपमा उता बस्न रञ्जनाले कमाएको पैसा कागज बनाउन पनि धेरै खर्च गरिन् तर जति गर्दा पनि उनको हातमा लाग्यो शून्य । नेपाल फर्कौ: भने जिन्दगीभर अमेरिका छिर्न नसक्ने थाहा पाएपछि जति बस्छु गैरकानुनी रूपमा बसेर भए पनि डलर कमाउने उद्देश्य लिएपछि रञ्जनालाई अब भने डलर कमाउन पुगेजस्तो छ । त्यसकारण नेपाल आउन जति मिति नजिकिँदै छ त्यति नै उनी अमेरिकाप्रति क्रोधित देखिन्छिन् । मानवअधिकारको शोषण भएको कुरा गर्न थालेकी छिन् भने अर्काको देशमा बसेर प्रगति नहुने भाषण गर्न थालेकी छिन् । सुन्दा पनि अचम्म । पहिला जसरी पनि अमेरिका छिर्न मरिहत्ते हाल्ने रञ्जनालाई अहिले आएर मुलुक र मानवअधिकारको कुरा आउन थालेको छ । सबै भन्छन्… पछि दैलो देख्ने भनेको यही हो ।