‘मैले युद्ध हारेर घुँडा टेकेको होइन’ : पूर्वप्रधानन्यायाधीश पराजुली

‘मैले युद्ध हारेर घुँडा टेकेको होइन’ : पूर्वप्रधानन्यायाधीश पराजुली


राष्ट्रपतिसमक्ष घुँडा मारेर दशैँको टीका थापेका पूर्वप्रधानन्यायाधीश गोपाल पराजुलीले सो विषयमा नकारात्मक टीकाटिप्पणी गर्नेहरुले फजुलको चर्चामा मगज खर्च गरेको अभिव्यक्ति दिएका छन् । ‘युद्धको नियम नै नजानीकन युद्ध गरेकाहरुले अर्कालाई घुँडा टेकाएको मात्र देख्छन्’ भनी ब्यंग्योक्तिका साथ पूर्वप्रधानन्यायाधीश पराजुलीले यो विषयसँग जोडेर राष्ट्रपतिको बदनाम नगर्न आग्रहसमेत गरेका छन् । आफूले आफ्ना आमा-बुबासँग यसरी नै टीका-आशिर्वाद थाप्ने गरेको प्रसंग उल्लेख गर्दै उनले यो आफ्नो संस्कारको कुरा भएको प्रष्ट्याएका छन् । पराजुलीले घटना र विचारसँग भनेका छन्, ‘आफ्नो अघिल्तिर कुर्सी रहेको भए कुर्सीमै बस्थेँ, नभएपछि आफूलाई सजिलो हुने आसनमा टीका थापेको हुँ, यो सामान्य आदत या संस्कारको सन्दर्भलाई उछालेर राष्ट्रपतिको बदख्वाइँ गर्न खोज्नु गणतन्त्रमाथिकै प्रहार त होइन ?’

हेर्नुहोस् भिडियो-