नबुझेर आफैँलाई…– रामेश्वर राउत मातृदास

नबुझेर आफैँलाई…– रामेश्वर राउत मातृदास


indreniसत्य न्याय विवेकले बोल्न छाडे बोली
आफ्नै घरको आँगनमा घाम रुन्छन् भोलि

युगको आशा भरोसाका युवा आँगन पिँढी
जन्मभूमि परपारी रोज्छन् पराइ छिँडी
फर्किएर भविष्यको दिव्यभाव भूमि
माहुरीलेझैं रस बोकी आउनुपर्छ घुमी
सत्य न्याय विवेकले…

स्वदेशको पे्रम त्यागी परदेश पस्ने सिको
कसले लाइद्यो निधारमा कलङ्कको टीको ?
हुतिहारा लुन्ती चलन काँतरको आली
खोजीखोजी लाउन बेर भो देश जगाउने बाली
सत्य न्याय विवेकले…

सृष्टि शिर सगरमाथा बुद्ध जन्मे यहीँ
यस्तो उन्नत तपोभूमि अन्त छैन कहीँ
नबुझेर आफैँलाई आफ्नो शिरको ताज
सौभाग्यको आसन कठै † अन्धकारको राज
सत्य न्याय विवेकले…

बिर्सिएर आफैँलाई आफू हिँड्ने बाटो
बिल्लीबाठ छिन् नेपालआमा जीवनदायी माटो
कहाँ गयो वीरताको शिखर अट्ने आँट
आफैं ब्युँझी जागे मात्र बाँच्छ दिव्य पाठ
सत्य न्याय विवेकले..
– रारामा
वशिष्ठधाम, निर्झर दिलचेत, सिन्धुबस्ती