राखेपको नाम गिनिज बुकमा-श्रीविक्रम भण्डारी

राखेपको नाम गिनिज बुकमा-श्रीविक्रम भण्डारी


खेलकुदमा खलनायकको बिगबिगीर
वर्तमान अवस्थामा राष्ट्रिय खेलकुद परिषद्ले एक सय तीन खेल सङ्घहरू दर्ता गरेर कीर्तिमान कायम गरेको छ । अब राखेपको नाम छिट्टै गिनिस बुक अफ वर्ल्ड रेकर्डमा लेखिने भएको छ । पाँच वर्षअधि खेलकुदमा तीसवटा मात्र सङ्घ रहे पनि अहिले सयभन्दा माथि पुग्नुले सबैलाई आर्श्चर्यचकित पारेको छ । र, पनि दर्ता गर्ने कार्य भने रोकिएको छैन । आखिर किन र के प्रयोजनका लागि यी सङ्घ दर्ता भएका हुन् यसको जवाफ सम्बन्धित निकाय राखेपसँग छैन । सफल खेलहरूलाई आवश्यक सहयोग र उचित व्यवस्थापन गर्न नसकेको राखेपले बिनासोचविचार किन यति धेरै खेल दर्ता गरेर खेलकुदमा भाँडभैलो मच्चाउन थालेको हो बुझ्न सकिएको छैन । स्मरण रहोस्, राखेपमा दर्ता भएका प्रायजसो सङ्घ दर्ता हुनका लागि मात्रै दर्ता भएका छन् भने कति सीमित स्वार्थपर्ूर्ति गर्न । अहिले राष्ट्रिय मान्यताको आधारमा आफ्ना क्रियाकलापहरूलाई गोप्य रूपमा अगाडि बढाइरहेका ती सङ्घले खेलकुदको विकासभन्दा बद्नाम गरेको थाहा भएको छ । हचुवाको भरमा राजनीतिक स्वार्थवाट प्रेरित भएर दर्ता भएका सङ्घले अहिले खेलकुदलाई विवादको भुमरीमा धकेलिरहेका छन् । कसैले मेनपावर त कसैले मागिखाने भाँडोको रूपमा खेलकुदलाई प्रयोग गर्दा खेलकुदको प्रतिष्ठामा समेत दाग लाग्न पुगेको छ । जसले गर्दा वास्तविक खेलाडीको बिचल्ली भएको छ भने गैरखेलाडीको सत्र पल्टेको छ । ती सङ्घहरूले राखेपको नाकैमुनि गैरकानुनी क्रियाकलाप गरेर खेलकुदको खिल्ली उडाउँदा पनि परिषद् भने मूकदर्शक मात्रै बनेको छ ।
खेलकुदमा खलनायकहरू जन्माउने काम खुद राष्ट्रिय खेलकुद परिषद्ले गरेको हो भन्दा अतिसयोक्ति नहोला । राजनीतिक नियुक्ति लिएर आउनेहरूले खेलकुदको नियम-कानुनलाई बेवास्ता गर्दा यस्तो अवस्थाको सिर्जना भएको हो । नामै नसुनेका खेल र नेपालले कहिल्यै प्रतिस्पर्धा नगर्ने खेलहरूलाई राखेपका पदाधिकारीहरूले राष्ट्रिय सङ्घको रूपमा मान्यता दिएर खेलकुदको उपहास गरेका छन् । आखिर त्यस्ता खेललाई राखेपले किन र कसरी मान्यता दियो, त्यो कुरा अहिलेसम्म कसैले बुझ्न सकेको छैन । रमाइलो प्रसङ्ग के छ भने स्वयम् सङ्घ दर्ता गर्ने पदाधिकारीलाई आफ्नो खेलको नाम र खेलको बारेमा जानकारीसमेत छैन । त्यस्तै राखेपले पनि औचित्यहीन खेल सङ्घहरूलाई दर्ता गर्दा त्यसले दूरगामी रूपमा पार्ने प्रभावलाई कुनै वास्ता गरेको देखिँदैन । सङ्घ दर्ता गर्दा राखेपले सङ्घको बारेमा दूरदर्शी भएर नसोच्नु र कुनै अनुगमन नगरी व्यक्तिगत र राजनीतिक स्वार्थसिद्धका लागि खेलकुदलाई बलिको बोका बनाउनु साँच्चिकै दर्ुभाग्य भएको छ । सुनिनमा आएअनुसार मोटो रकमको कमिसन र विदेश सयर गर्नका लागि राखेपका पदाधिकारीले जथाभावी खेलहरूलाई मान्यता दिएको बुझिएको छ ।
अहिले राखेप बिनाकाम सयौँ खेल सङ्घहरूको भारी बोकेर गन्तव्यहीन बाटोमा हिँडिरहेको छ । समग्र नेपाली खेलकुदको विकासमा कुनै अर्थ नराख्ने र मौकामा चौका हान्न मात्र खुलेका ती सङ्घहरूले अहिले आफ्नो रंग देखाउन थालिसकेका छन् । वर्षभरि एउटा प्रतियोगिताको समेत आयोजना नगर्ने ती सङ्घका पदाधिकारीहरूले वर्षौभरि विदेश भ्रमण गरेको देख्दा दालमा कालो देखिएको छ । अझ तिनै नाम मात्रका सङ्घले बेलाबेलामा खेलकुदका पदाधिकारीलाई विदेश भ्रमण गराएर आफ्नो दुनो सोझ्याउँदै आएका छन् । लाजर्समलाई पोलेर खाएका खेलकुद पदाधिकारीको ती सङ्घहरूसँगको भित्री साँठगाँठले अहिले खेलकुदको आवरु सार्वजनिक रूपमा लिलाम भइरहेको छ । खेलको नाममा राखेपमा गठन भएका ती सङ्घका पदाधिकारीहरूको चुरीफुरी देख्दा अहिले ….लाईभन्दा देख्नेलाई लाज भएको छ । ती सङ्घहरूको खेलकुदप्रति न कुनै आस्था छ न जिम्मेवारी, तर पनि उनीहरू राजनीतिक दलको आशीर्वादले गर्दा खेलकुदलाई खुलेआम रूपमा चुनौती दिइरहेका छन् । जुन खेलकुदका लागि पीडादायक बन्दै गएको छ ।
एक खेलकुदविज्ञले राष्ट्रिय खेलकुद परिषद्मा दर्ता भएका सबै सङ्घहरू गैरकानुनी भएको बताएका छन् । उनले कुनै पनि सङ्घ दर्ता हुँदा सङ्घसंस्था ऐनअनुसार हुनुपर्ने बताए । खेलकुदको विधानमा सङ्घसंस्थाको दर्ताको बारेमा स्पष्ट रूपमा उल्लेख नभए पनि खेलकुदको नियमावलीमा राखेपमा दर्ता हुने उल्लेख गरिएको छ । राखेपको नियमावलीमा दर्ता हुन सक्ने प्रावधान रहे पनि जबसम्म उक्त सङ्घ नियमपूर्वक जिल्ला प्रशासन कार्यालयमा दर्ता हुँदैनन् तबसम्म वैधानिक मान्यता नपाउने ती विज्ञले बताए । तर्सथ अहिले जति पनि सङ्घहरू राखेपमा दर्ता भएका छन् ती सबै गैरकानुनी रूपमा दर्ता भएका र उनीहरूको वैधानिक अस्तित्व नभएको बताए । साथै वैधानिक रूपमा उनीहरूले कुनै पनि क्रियाकलाप अगाडि बढाउन नपाउने पनि बताए । तर, विडम्बना राखेपमा दर्ता नभएका प्रायजसो सङ्घ खेलकुद नियमावलीअनुसार मात्रै दर्ता भएका र वर्षौंदेखि आफ्ना गतिविधि सञ्चालन गरिरहेको खुलासासमेत गरेका थिए । यसरी नियम-कानुन बुझ्दाबुझ्दै पनि राखेपले सङ्घहरूलाई वास्तविकता नबुझाउन नसकेका कारणलेे नै गर्दा आज दिन प्रतिदिन समस्या थपिँदै गएको स्पष्ट पारे ।
कुनै भौतिक पूर्वाधार र संरचना नभएको ठाउँमा जथाभावी खेल सङ्घहरूको दर्ता हुनु अहिले दर्ुभाग्य भएको छ । ती विज्ञले राखेपले खेलकुदको मर्म नबुझेको र खेलकुदलाई राजनीतिक अखडाको रूपमा विकास गर्न राजनीतिक दबाबमा जथाभावी खेल सङ्घहरूको दर्ता गरेको आरोप लगाएका छन् । राजनीतिक रूपमा नियुक्ति भएका खेलकुद पदाधिकारीले खेलकुदमा आफ्नो वर्चश्व कायम गर्न सङ्घको नाममा कार्यकर्तालाई खेलकुदमा भित्र्याएको खुलासा पनि गरेका छन् । पूर्वसदस्यसचिव जीवनराम श्रेष्ठले शुभारम्भ गरेको सङ्घ दर्ता कार्यक्रमले उनको पालमा व्यापक मौलाउने अवसर पाएको ती विज्ञले बताएका छन् । तर, विडम्बना, यही कुरालाई आत्मसात् गर्दै हरिबाबु चौधरीले पनि सङ्घ दर्ता गर्ने कुरालाई निरन्तरता दिएपछि अहिले राखेपमा खेलकुद सङ्घको सङ्ख्याले सयको आँकडालाई पार गरेको छ ।
मार्शल आर्टस्तर्फबाट मात्रै अनअफिसियल सङ्घका रूपमा ३० सङ्घहरू राखेपमा दर्ता भएका छन् । यी सङ्घहरू किन दर्ता भए त्यसको बारेमा राखेपले मौनधारण गरे पनि उनीहरूको उद्देश्य भनेको गैरकानुनी कार्य नै गर्नु हो । खेलकुदको नाम भाँज्दै खेलाडीहरूलाई गैरकानुनी ढङ्गबाट विदेश पठाएर लाखौँ-लाख आर्थिक लाभ लिँदै आएका ती सङ्घहरूले वर्षेनी करोडौँको आम्दानी गरिरहेको सूत्रले बताएको छ । अन्यथा वर्षमा आक्कलझुक्कल एउटा प्रतियोगिताको आयोजना गर्ने तीमध्येका केही सङ्घले बिनाप्रायोजन व्यक्तिगत रूपमा लाखौँलाख कसरी खर्च गर्न सक्छन् त्यो सोचनीय कुरा भएको छ । खेलाडीको नाममा गैरखेलाडीलाई विदेश पठाएर लाखौँ-लाख क्ुम्ल्याउँदै आएका ती पदाधिकारीहरूले बेलबेलामा खेलकुद पत्रकार र राखेपका पदाधिकारीलाई विदेशको सयर गराएको पनि सूत्रले बताएका छ । गुनको बदला गुन लगाएर एक तीरबाट दुई निशाना गर्दै आएका सङ्घका पदाधिकारीले अहिले आफूले जति कुकृत्य गरे पनि तिनै पत्रकार र पदाधिकारीबाट प्रयोग गर्दै आएका छन् । खेलकुदको विकासमा मुसो मार्न नसके पनि तिनै पदाधिकारीहरू डलरको आडमा बाघ मारेको फर्ूर्ति गरिरहेका छन् । जुन खेलकुदका लागि दर्ुभाग्य सावित भएको छ ।

दुई अन्तर्रर्ााट्रय टेनिस कोर्ट बन्ने
सातदोबाटोस्थित टेनिस कोर्टमा थप दुई अन्तर्रर्ााट्रय मापदण्डका टेनिस कोर्ट बन्ने भएका छन् । वर्तमान अवस्थामा चारवटा कोर्ट रहेको कम्प्लेक्समा थप दुईवटा कोर्ट बनाइन लागेको हो । अन्तर्रर्ााट्रय प्रतियोगिताको आयोजना गर्न एकै स्थानमा ६ वटा टेनिस कोर्टको आवश्यकता पर्ने भएकोले त्यसैलाई मध्यनजर गर्दै दुई कोर्ट थपिन लागेको हो । अखिल नेपाल लनटेनिस सङ्घका अध्यक्ष मनोज राणा, उपाध्यक्ष दिनेश तुलाधर र इन्भेष्टमेन्ट बैंकका अध्यक्ष पृथ्वीबहादुर पाण्डेले हालै कोर्टको शिलान्यास गरेका छन् । ६ महिनाभित्र कोर्ट तयार हुने बताउँदै अध्यक्ष राणाले त्यसपछि सङ्घको नेपालमा अन्तर्रर्ााट्रय प्रतियोगिता आयोजना गर्ने सपना साकार हुने बताए । सो अवसरमा राणाले सन् २०१२ मा अन्तर्रर्ााट्रय जुनियर प्रतियोगिताको आयोजना गर्ने बताएका थिए । थपिएका दुई टेनिस कोर्टको निर्माण गर्न १८ लाख लाग्ने बताउँदै राणाले त्यसका लागि उपाध्यक्ष तुलाधर, अध्यक्ष पाण्डे र फिस्टेल एयरका विकास राणाले समान पाँच लाखको सहयोग प्रदान गरेको बताए ।

यू-१९ बास्केटबल प्रतियोगिता हुने
राष्ट्रिय यू-१९ ह्वाइटहाउस कप ब्बाइज र गर्ल्स बास्केटबल प्रतियोगिता जेठ २८ देखि असार ६ गतेसम्म राखेप कभर्ड हलमा हुने भएको छ । विगत तीन वर्षदेखि निरन्तर रूपमा आयोजना गर्दै आएको ह्वाइटहाउसले यसपटक पनि प्रतियोगितालाई प्रायोजन गरेको छ । उक्त प्रतियोगितामा ब्बाइजतर्फ ३२ र गर्ल्सतर्फ २४ टिमको सहभागिता रहनेछ । प्रतियोगितामा उपत्यकाबाहेक सुनसरी, पोखरा, चितवन, म्याग्दी र मोरङका टोलीको पनि सहभागिता रहनेछ । १० लाख खर्च हुने उक्त प्रतियोगिता लिग कम नकआउटका आधारमा खेलाइने बास्केट बल सङ्घका अध्यक्ष टेन्डी लामाले बताए । लामाले यो प्रतियोगिता सङ्घको वारि्षक कार्यक्रमअन्तर्गतको भएको बताएका थिए । त्यस्तै ह्वाइटहाउस एजुकेसन नेर्टवर्कका प्रमुख कार्यकारी अधिकृत युवराज शर्माले वर्तमान अवस्थामा बास्केटबलको लोकप्रियतामा निकै वृद्धि भएको बताउँदै यसको भविष्य उज्ज्वल भएको बताए । सोही अवसरमा हिसानका महासचिव शर्माले यू-१९ प्रतियोगिताको आयोजनाले व्यावसायिक खेलाडी तयार पार्न महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएका थिए ।

पुलिसलाई ट्वान्टी-२० क्रिकेटको उपाधि
नेपाल पुलिस क्लबले ट्वान्टी-२० राष्ट्रिय क्रिकेटको उपाधि जितेको छ । पुलिसले फाइनलमा नेपाल एपिएफ क्लबलाई चार विकेटले पराजित गरेर उपाधि हात पारेको हो । त्रिवि अन्तर्रर्ााट्रय क्रिकेट मैदानमा आयोजना भएको फाइनल खेलमा टस जितेर पुलिसले एपीएफलाई पहिले ब्याटिङ गराएको थियो । ब्याटिङका लागि निकै कठिन मानिएको उक्त मैदानमा एपीएफले निर्धारित ओभरमा सात विकेट गुमाउँदै ८७ रन मात्र बनाउन सकेको थियो । प्रतिउत्तरमा ब्याटिङमा उत्रिएको पुलिसले चार विकेटको क्षतिमा उक्त लक्ष्य भेट्टाउँदै उपाधिमाथि कब्जा जमाएको थियो । विजयपछि प्रतिक्रिया दिँदै पुलिस क्लबका कप्तान विनोद दासले मीठो बदला लिएको बताए । हालै सम्पन्न भएको एकदिवसीय क्रिकेटको फाइनलमा एपीएफसँग पराजित हुँदा निकै निराश भएको बताउँदै यो विजयले खेलाडीहरूमा नयाँ जोस भरिएको बताए । उनले यो विजयसँगै आफू एपीएफभन्दा कमजोर नभएको सावित गरेको पनि स्पष्ट पारेका थिए ।

सगरमाथाको चुचुरोमा क्रिकेट खेलाडी
न्युजिल्यान्डका पूर्वचर्चित क्रिकेट खेलाडी एडम परोरेले विश्वको सर्वोच्च शिखर सगरमाथाको सफल आरोहण गरेका छन् । केटाकेटीको च्यारेटीका लागि रकम जम्मा गर्न सगरमाथा आरोहणमा निस्किएका परोरेले दोस्रो प्रयासमा सगरमाथाको आरोहण गरेका थिए । उनको पहिलो प्रयास खराब मौसमका कारणले रद्द भएको थियो । सगरमाथाको चुचुरोमा पुगेपछि निकै प्रसन्न देखिएका परोरे आफूले देखेको सपना साकार हुन लागेको बताएका थिए । परोरेले सगरमाथामा २०-३० मिनेट बिताएका थिए । विकेटकिपर ब्याट्सम्यानको रूपमा ७८ टेस्ट र १ सय ७९ एकदिवसीय अन्तर्रर्ााट्रय खेल खेलेका परोरेको आरोहण दलमा तीन पथपर््रदर्शक, १० जना शर्ेपा र अन्य सातजना रहेका थिए ।