ऋचाले धुरी चढेपछि…-राजन घिमिरे

ऋचाले धुरी चढेपछि…-राजन घिमिरे


‘सुखमा नमात्तिनु रे दु:खमा नआत्तिनु रे’ यो भनाइ अहिले नायिकाबाट निर्मात्री बनेकी ऋचा घिमिरेसँग मेल खान पुगेको छ । आफ्ना केही दुश्मन अनि प्रतिस्पर्धीहरूलाई देखाउन ‘महारानी स्टाइल×’को विवाह गर्दा उनले सोचिनन् कि जीवन लामो छ । अत्यधिक खर्च गरेर केही समयका लागि मिडियामा आफ्नो विवाहलाई लिएर उनी निकै छाइन् । उनको विवाह राष्ट्रिय इस्यु नै भएको थियो तर आज तिनै ऋचाको आर्थिक अभावका कारण आफ्नो डि्रम प्रोजेक्ट रोकिन पुगेको छ ।
भाग्यभन्दा बढी अनि समयभन्दा अगाडि केही पनि हात लाग्दैन भन्ने कुरा त उनीजस्ती बौद्धिक नायिकाले बुझनुपर्ने हो तर अरूलाई देखाउँदा आफैं नाङ्गिन पुगेकी छिन् उनी । एउटी स्थापित भइसकेकी नायिकाले बनाएको चलचित्रको अवस्था गुमनाम हुनु हाम्रा लागि पनि दु:खलाग्दो कुरा हो, तर हामी त यसमा दु:खबाहेक के नै व्यक्त गर्न सक्छौँ र ! ऋचाले बनाएको चलचित्र ‘तुलसी’ यतिबेला कहाँ छ, अनि के हुँदै छ ? सायद उनलाई पनि थाहा छैन होला । पहिले उनको तुलसीलाई नै फत्ते गरेर बजारमा ल्याउनुपर्ने थियो । पहिले चलचित्रलाई बेहाल बनाएर ऋचा अर्को सिनेमाको सुटिङतिर लगिन् ‘बे्रक फेल’ । पहिलो सन्तानलाई नै राम्रो बनाएर हर्ुकाउनुको सट्टा हतार गरेर अर्को सन्तानतिर लाग्दा अहिले दुईवटै सन्तानको अवस्था विजोग छ । ऋचाको अर्थात् तुलसी कहाँ छ थाहा छैन भने अर्को चलचित्र ‘बे्रक फेल’ पनि आर्थिक अभाव झेल्न बाध्य भएको खबर सुनिन थालिएको छ ।
त्यसो त ऋचाकै श्रीमान् शंकरले बनाएको वीरताको चिनो नराम्ररी फ्लप भएपछि यसैका निर्माताले ‘बे्रक फेल’मा पनि लगानी गर्ने प्रतिबद्धता प्रकट गरेका थिए रे । तर अरू फिल्मतिर ‘रिपिट’ लाग्दा आउने जति रकम रिलिज भएको वीरताको चिनोले उठाउन नसकेपछि ‘बे्रक फेल’मा लगानी गर्ने आश्वासन दिएका निर्माताले यो फिल्मबाट हात झिक्ने भएपछि ऋचा यता न उताकी हुन थालेकी छिन् । एक त उनलाई अन्य निर्माताहरूले अफर गर्न छाडेका छन् भने अर्कोतर्फ सिनेमा नचल्नु अनि बन्दै गरेको सिनेमा पनि अड्कन पुगेपछि ऋचा यतिबेला निकै तनावमा छिन् । उनीभन्दा पछाडि आएका नायिकाहरूलाई भ्याई-नभ्याई रहेको अवस्था छ तर ऋचा भने वर्षौंसम्म एउटै फिल्ममा घुमिरहेकी छिन् । रेखा थापाले फिल्म बनाएको देखेर ऊभन्दा माथि पुग्ने सपना बोकेकी ऋचा घिमिरेले अरूले घोडा चढे भन्दैमा आफू धुरी नचढ्नु भन्ने कुरा बुझनुपर्ने हो नि ।
ऋचाजस्ती पढेलेखेकी अनि देश-विदेश घुम्न सफल भएकी नायिकालाई यो सानो सुझाव हो । मान्ने या नमँन्ने त्यो त ऋचाकै हातमा छ । कि कसो –

श्रीमान् रोजेपछि सिनेमा बाइबाइ !
यतिबेला निकै तनावमा छिन् नायिका अरुणिमा लम्साल । अभिनय गरेका चलचित्रहरूको सङ्ख्या धेरै भए तापनि कुनै वजनदार चलचित्र छैनन् उनको हातमा । नेपाली सिनेमाका हिरोइनहरूको भीडमा केवल सङ्ख्या मात्र बढाएकी अरुणिमाको फिल्मी सङ्ख्या पनि अरू घट्ने मात्र होइन उनको अभिनय यात्रामा पूर्णविराम लाग्ने निश्चित देखिएको छ । यसरी अरुणिमाको अभिनय यात्रामा पूर्णविराम लाग्नुपर्ने अवस्था भने उनी आफैंले सिर्जना गरेकी हुन् ।
सफल चलचित्रहरूको कारणभन्दा पनि धेरै विवाद र नकारात्मक हल्लाका कारण चर्चामा आइरहने अरुणिमा विवाहित नायिका पनि हुन् । उनको सानो गलत हल्लाले स्वच्छ छवि बनाएका उनको श्रीमान्को परिवारलाई पनि असर पर्ने भएकोले अब उनका श्रीमान्ले केही सयम अगाडि एउटा निर्णय सुनाए, ‘कि सिनेमा रोज्नु पर्‍यो कि त मलाई -‘
बजारमा अरुणिमाको बारेमा यस्तो चर्चा एक कान दुई कान हुँदै मैदान भयो । अनि यसबारेमा आफूसँग प्रश्न सोध्नेहरूलाई अरुणिमाले भन्न थालिन्, ‘अहिले म घर निर्माणतिर लागेकी छु । त्यसैले सिनेमातिर त्यति रुचि छैन ।’ यी कुराहरू भनेर पन्छिने अरुणिमाको गाँठी कुरा भने पारिवारिक तनाव अनि श्रीमान्को निर्णय नै थियो ।
बताइएअनुसार अहिले अरुणिमा आफ्नो श्रीमान्ले बनाएको नयाँ घरको रेखदेखमा व्यस्त रहेकी छिन् भने उनको एउटा रातो सुविधासम्पन्न कार पनि रहेको छ । उनका श्रीमान्को आयस्रोत पनि राम्रै भएका कारण आफूले श्रीमतीको सबै इच्छा पूरा गरिदिने तर उसले सिनेमा भने छोड्नुपर्ने र्सत अगाडि आएपछि अन्तत: अरुणिमा यो कुरा मान्न तयार देखिएकी छिन् ।
‘श्रीमान्ले आफ्ना लागि हरेक कुरा पूरा गरिदिन्छन् भने उसको लागि आफूले पनि केही कुरामा त सम्झौता गरिदिनुपर्‍यो नि’ यही भनाइ अरुणिमा आजभोलि आफ्ना संगीहरूसमक्ष व्यक्त गर्न थालेकी छिन् ।
जे होस्, जति सिनेमा खेले पनि आफ्नो स्थान र उचाइ अब यसभन्दा माथि नपुग्ने भविष्यबारे ज्ञान हासिल गर्न सफल अरुणिमाले आफ्नो जीवनसाथीको प्रस्तावलाई स्वीकार गरेर एउटी असल श्रीमतीको भूमिका निभाएकोमा अरुणिमाको माइती पक्ष भने यतिबेला खुसी देखिन्छ ।

लफडै-लफडामा गोपीकृष्ण
नेपाली सिनेमा उद्योगमा त्याग, योगदान अनि निरन्तरताको कुरा गर्ने हो भने अगाडि आउँछ नाम उद्धव पौडेलको । नेपाली सिनेमाको निर्माण, पर््रदर्शन अनि वितरण तीनै विधाका सशक्त उपस्थिति पौडेलको हाराहारीमा सायदै कोही होलान् । तर, विडम्बना यस्ता व्यक्तित्व केही समययतादेखि झमेलामा पर्न थालेका छन्, त्यो पनि मुद्दा-मालिमाको झमेलामा । जब उनले टीभी फिल्मी खोले तब यो लफडा सुरु भएको छ । त्यसो त उनी आफैंले यस्तो लफडा सुरु गरेका होइनन् या यस्तो लफडामा उनी पर्नै चाहँदैनन् भन्ने कुरा हामी निर्धक्कका साथ भन्न सक्छौँ । तर, बजारमा नाम पौडेलकै नराम्रो हुन थालेको छ । किनकि टीभी फिल्मका संस्थापक हुन् उनी ।
जताबाट, जसरी भए तापनि नेपाली सिनेमा उद्योगकै भलो चिताउने मामिलामा लागिपरेका र त्यसैअनुरूप आफूलाई पनि प्रस्तुत गर्दै आएका पौडेलको नामलाई बद्नाम गराउने गलत तत्त्वहरू हावी भएका त होइनन् ? भन्ने प्रश्न गर्न थालेका छन् यतिबेला पौडेलका प्रशंसकहरू ।
केही समयअगाडि मात्र निर्माताको स्वीकृतिबिना एउटा चलचित्र ‘जादुगर’ गोपीकृष्ण टेलिभिजनमा आएको कारण सो टेलिभिजनविरुद्ध मुद्दा हालेको चर्चा सेलाउन नपाउँदै गोपीकृष्णविरुद्ध अर्को मुद्दा परेको छ अनधिकृत रूपमा सिनेमा पर््रदर्शन गरेका कारण । चलचित्र ‘जीवन मृत्यु’को भीसीडी निस्किएको मितिले तीन वर्षभित्र सिनेमा टेलिभिजनबाट देखाउन नपाउने लिखित सम्झौताको उल्लङ्घन गरेर गोपीकृष्णले सो फिल्म देखाएपछि यो फिल्मको अधिकार लिएको ‘हाइटेक’ कम्पनीले प्रतिलिपि अधिकार कम्पनीमा मुद्दा हालेको छ गोपीकृष्णलाई । क्षतिपर्ूर्तिको मागसहित मुद्दा हालेपछि बारम्बार गोपीकृष्ण यस्तो लफडामा पर्नु अवश्य पनि राम्रो कुरा नभएको धारणा राख्दछन् सिनेकर्मीहरू ।
दिनमा एउटा सिनेमा देखाउने यस्तो महत्त्वाकाङ्क्षी योजनाकै कारण यतिबेला गोपीकृष्ण टीभी झमेलामा परेको छ । यस्तो गैरजिम्मेवारीपूर्ण क्रियाकलापका कारण सो टीभीको व्यवस्था हेर्ने व्यक्तिका कारण आज उद्धव पौडेलजस्तो नामलाई असर परेको छ । यो कारणले गर्दा यतिबेला नेपालमा सबै भीसीडी उत्पादकहरूले गोपीकृष्णविरुद्ध आवाज उठाउने तयारी गरिरहेका छन् भने स्वच्छ उद्देश्यका साथ यस्तो च्यानलको सुरुवात गरेका पौडेलको नामलाई बद्नाम गराउन खोज्ने त्यो को हो ? आफ्नै संस्थाभित्र चाँडै खोज्नुपर्ने भएको छ उनले ।