‘दुनियाँका कारण मेरो बदनामी’

‘दुनियाँका कारण मेरो बदनामी’


funtimeकैयन ‘सेक्स ओरिएन्टेड’ सिनेमामा काम गर्दा अभिनेत्री सुमिना घिमिरेमाथि औँला उठ्यो– ‘अब सुमिनाको करियर रसातल पुग्ने भयो । सुमिना चलचित्र क्षेत्रबाटै हटाउने भइन् ।’ यो विश्लेषणलाई धेरैले सही ठह-याएका थिए । तर, अवस्था त्यस्तो रहेन । जबर्जस्ती चर्चाका लागि बनाइएको ठानिएको त्यस्ता चलचित्रले नै यतिबेला चर्चामा ल्याएको छ सुमिनालाई । उनले सिनेमाको पर्दामा निभाएको भूमिका उनको जीवनसँग पनि जोडिएकाले सुमिनाले केही समय ‘लज्जित’ पनि हुनुप-यो । तथापि, हरेस नखाई, विचलित नभईकन निरन्तर आफ्नो कर्ममा लागिरहिन् उनी । त्यसैको प्रतिफलस्वरूप आज सुमिना व्यस्त हुन थालेकी छिन् । ‘भीमदत्त’जस्तो ऐतिहासिक मात्र नभई शम्भु प्रधानजस्ता दिग्गज निर्देशकले १२ वर्षपछि बनाएको चलचित्रमा सुमिना नै छनोटमा परिन् ।
यतिबेला छायाङ्कन भइरहेको चलचित्र ‘रंग वैगनी’मा निर्देशक प्रधानले सुमिनाको यसरी खुलेर प्रशंसा गरेका छन्, ‘मान्छेजस्तै सुन्दर अभिनय गर्दिरहिछन् सुमिना । युवा पुस्ताका कलाकारहरूसँग काम गर्दा आफू पनि युवा भएको महसुस हुँदोरहेछ ।’ चलचित्र रंग वैगनीकै छायाङ्कन स्थलमा अभिनेत्री सुमिना घिमिरेसँग यस्तो कुराकानी भयो–
० शम्भु प्रधानजस्ता दिग्गजको फिल्म कसरी हात प-यो ?
– हात प-यो भन्दा पनि मेरो लागि जीवनकै अमूल्य अवसर हो यो चलचित्र । सबैले कहाँ यस्तो अवसर पाउँछन् र ? कसरी हात प-यो भन्ने सवालमा चाहिँ म यत्ति मात्र भन्न सक्छु कि भाग्यमा लेखेको टर्दैन रहेछ ।
० सुमिनाले सेक्स ओरिएन्टेड चलचित्र खेलेर सभ्य दर्शक नै भाँडिन् भन्ने आरोप पनि थियो नि ?
– चलचित्रका केही दृश्य हेरेको भरमा ममाथि त्यस्तो आरोप लगाइयो, तर चलचित्र पूरै हेर्नेले त्यस्तो बेतुकको आरोप लगाएका छैनन् । ती चलचित्रहरू समाज बिगार्ने खालका थिए भने दर्शकले किन मन पराउँथे त ? यहाँ त आरोपका लागि मात्र आरोप लगाउने प्रचलन छ । गहिराइमा नपुगीकन सतहमा बसेर मूल्याङ्कन गर्नेको के कुरा गर्नु ?
० सिनेमाको भूमिकासँग सुमिनाको जीवनलाई पनि जोडेर हेरियो होइन ?
– मेरो व्यक्तिगत जीवन र चलचित्रको जीवन नितान्त फरक छ, तर यहाँ बेग्लै प्रचार गरियो । मलाई बद्नाम गर्न सुमिना वास्तविक जीवनमा पनि चलचित्रको पर्दामा देखिएकीजस्तै त छैनन् भनेर प्रश्न तेस्र्याइयो । यस्तो प्रश्न गर्नेले सोचेनन् कि यी कुराले मेरो परिवार र व्यक्तिगत जीवनमा कत्तिको असर पर्छ भनेर । तर, मलाई विचलित पार्न खोजिएको त्यस्तो समयमा पनि मैले उहाँहरूलाई केही भनिनँ । मलाई लाग्यो– कुण्ड–कुण्ड पानी मुण्ड–मुण्ड बुद्धि ।
० चलचित्रमा निभाएजस्तै सुमिना बाहिरी जीवनमा पनि कामुक र सेक्सी छिन् भन्ने कुरा पनि आएका छन् नि ?
– गलत हुन् यी कुरा । मैले आफूलाई सुम्पिएको भूमिका निभाएकी हुँ । चलचित्रमा जस्तो बाहिर पनि त्यस्तै हुने र त्यस्तै व्यवहार गर्ने हो भने के फरक भयो र अभिनय र वास्तविक जीवनमा ?
० चलचित्र क्षेत्र प्रवेश गरेको थोरै समयमा धेरै दाम कमाउने नायिकामा सुमिनाको नाम आएको छ, किन होला ?
– दाम त चलचित्र क्षेत्रमा भनेजति कसले कमाएको छ र मैले कमाउनु ? नामचाहिँ कमाएकै हुँ । तर, कहिलेकाहीँ अरूका कारण बद्नामी पनि कमाएकी छु नि ।
० बद्नामी कमाउँदा त यो क्षेत्र छाडुँजस्तो लाग्दैन ?
– त्यस्तो सोच आएन मलाई । मभन्दा बढी सङ्घर्ष गरेर यो क्षेत्रमा निरन्तर रूपमा लाग्नुहुने दिदीहरूलाई सम्झेर र उहाँहरूको प्रोत्साहनले चलचित्र क्षेत्रलाई निरन्तरता दिन सकेकी हुँ ।
० सुमिनालाई फिल्म खेल्न पाए पुग्छ, पारिश्रमिकको मतलब नै छैन भन्ने कुरा के हो नि ?
– यो पनि गलत कुरा हो । म चलचित्र क्षेत्रबाटै कमाएको पैसाले टिकेकी हुँ । मेरो अरू कुनै पेसा र क्षेत्र छैन । अरूजस्तो यति नै चाहिन्छ नत्र नत्र खेल्दिनँ भनेर पनि म भन्दिनँ । तर, आफूले पाउने पारिश्रमिक म भूमिका, ब्यानर र निर्देशक हेरेर तय गर्छु । त्यो पनि त ठूलो कुरा हो नि ।

राजेश र मिथिलाले झ्याइँ पार्ने
कहावत सही नै रहेछ कि विवाहले जातपात र उमेर भन्दो रहेनछ । यो उमेरमा विवाह गर्नुपर्छ या यो उमेरमा गर्नुहुन्न भन्ने कुरा कतै लिखित रूपमा लेखिएको पनि त छैन नि ।
प्रसङ्ग कलाकारद्वय मिथिला शर्मा र राजेश हमालको हो । यी दुईलाई विवाह गर्न न त समयले छेकेको थियो न त धन–दौलतले नै । अन्तत: उमेरले पचास काटेका अभिनेता राजेश हमाल र मिथिला शर्मालाई कुन्नि के कुराले पे्ररित ग-यो, उनीहरू यो उमेरमा आएर आफ्नो विवाहको बारेमा खुलमखुल्ला यथार्थ बताउन थालेका छन् । मिथिला शर्माले पूर्व प्रहरी महानिरीक्षक मोतीलाल बोहरासँग विवाह गर्न लागेको कुरा यतिबेला मिडियामा छाइरहेको छ भने अभिनेता राजेश हमालले असारभित्रै आफ्नी पे्रमिका मधुसँग विवाह गर्ने निश्चित भइसकेको छ । हमालले त जीवनको एउटा मोडमा आइपुग्दा जीवनसाथीको आवश्यकता महसुस हुँदोरहेछ भनेर प्रतिक्रियासमेत दिइसकेका छन् । यता मिथिला शर्माले भने मन र विचार मिलेपछि आफू विवाह गर्न तयार भएको कुरा बताएकी छिन् । पचास वर्षको उमेर काटेपछि यी दुईमा विवाहप्रति देखिएको चाहना वा कुतूहल विवाह गर्दै नगर्ने भनेर अड्डी लिने अरूहरूलाई पनि हौसला या पे्ररणा सावित हुन सक्छ कि ? जय होस् मिथिला दिदी र राजेश दाइको ।

वसन्तलाई हङकङमा वान्समोर !
मौनतामा धेरै कुरा भन्न चाहेको थिएँ
इशाराले
मायाको निम्तो दिन खोजेको थिएँ,
सायद तिमीले कुरै बुझिनौ ।

त्यो पहिलो भेट–
असारको पहिलो झरीमा रुझेजस्तो ।
तिम्रो रूपमा मोहित भएर फर्केको म,
तिम्रो झझल्कोमा सिङ्गो रात
रुझिरहेँ, रुझिरहेँ ।
तिम्रो हिस्सीमा निथु्रक्क रातभर,
भिजिरहेँ, भिजिरहेँ ।

मायाको झरीमा रुझेपछि,
सधैँ रुझिरहूँ रुझिरहूँजस्तो
घरिघरि हुँदोरहेछ
त्यसपछि मायामा
नउत्रने गरी डुब्दोरहेछ मान्छे,
अनि कहिल्यै नफर्कने गरी,
बग्दोरहेछ मान्छे ।

एक दिन अनायासै सोध्यौ तिमीले
के तिमी मलाई माया गर्छौ ?
अनि म मौनतामा
फेरि एकपल्ट
तिमीसँगै भावविभोर भएर,
त्यही मायाको झरी रुभेँm
तिमीसँगै मायाले मायालाई चुमेर
त्यही आनन्द उडेँ ।
(कवि वसन्त चौधरी)

झन्डै–झन्डै साँझ पर्न लाग्दै छ । हङकङस्थित काउलुन हलमा प्रवासी नेपाली बडो उत्साह–उमङ्गका साथ प्रतीक्षारत देखिन्छन् । वातावरणमा १४ किलोमिटरको रफ्तारमा हावा हुइकिँदै गरे पनि, औसतभन्दा ६० प्रतिशत बढी वर्षा भए पनि, सापेक्षित आर्दता ७३ भन्दा बढी भए तापनि हङकङको वातावरणीय तामक्रम २४ डिग्री सेल्सियस मात्रै छ र हलभित्रको तापक्रम ह्वात्तै बढेको छ । नेपाली गीत–सङ्गीत फाँटका एक उदीयमान र चर्चित कवि÷गीतकार वसन्त चौधरीका प्रेमिल तथा स्वप्निल काव्य रचनाहरूको रसास्वादन गर्न साहित्यानुरागीहरूको गहन उपस्थिति देखिन्छ । विशेषत: प्रेमरसयुक्त साहित्यको स्वाद लिन लालायित अधिकांश सङ्ख्या यौवनावस्थाका सयौँ युवक–युवती खचाखच देखिन्छन् ।
हङकङ नेपाली फाउन्डेसनको निमन्त्रणा स्वीकार्दै हङकङ हानिएका चौधरी जब ह्वाइट सुटमा स्टेजमा झुल्किछन्, दर्शकदीर्घाबाट तालीको गडगडाहटले हल पूरै गुञ्जित हुन्छ । जब कवि चौधरी आफ्ना स्वप्निल र प्रेमिल काव्यरचनाहरू पस्कन थाल्छन्– दर्शकदीर्घाबाट ‘वान्समोर’ ध्वनि वर्षन थाल्छ ।
माथि प्रस्तुत गरिएका जस्तै करिब १८–१९ वटा काव्यरचना वसन्तले सुनाउँदा साँझ झमक्कै परिसकेको थियो । मायापिरतीका, मिलन र विछोडका तथा राष्ट्रप्रेमका भावनाले ओतप्रोत उनका रचनाहरू सुन्दै गर्दा दर्शकदीर्घा विदेशीभूमिमा नभई मातृभूमिमै रहेको भान भएको दर्शकहरू बताउँदै थिए ।
कार्यक्रमको सुरुवातमै हङकङ नेपाली फाउन्डेशनका तर्फबाट अतिथि कवि÷गीतकार चौधरीलाई स्वागत गर्दै फेडेरेसनका अध्यक्ष किशन राई कवि÷गीतकार चौधरी र फेडेरेशनको उद्देश्य समान भएकै कारण श्री चौधरीलाई निम्त्याउन आफू लालायित भएको प्रस्ट्याउँदै थिए । नेपाली भाषा, साहित्य, संस्कृति र कलालाई प्रथमत: संसारभरि छरिएर रहेका प्रवासी नेपालीबीच र क्रमश: विश्व साहित्यमाझ समेत पु-याउने पवित्र उद्देश्य चौधरीले लिएझैँ आफ्नो पनि त्यस सत्कर्ममा सहभागी र सहयोगी हुने उत्कट अभिलाषा रहेको राईको कथन थियो ।
उक्त विशिष्ट साहित्यिक समारोहमा कवि÷गीतकार चौधरीद्वारा हालै रचित समसामयिक एवम् प्रेमरसले युक्त नवीनतम रचनाहरूसहितका उनका कविताको सङ्ग्रह ‘मेरा कविताहरू’को तेस्रो संस्करणको हङकङ–लोकार्पणसमेत गरिएको थियो ।

सिनेमाण्डूमा ‘अपवाद’
भारतीय दूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानको आयोजनामा गत साता नेपाल वायुसेवा भवनमा रहेको नेपाल–भारत पुस्तकालयमा ‘सिनेमाण्डू’ कार्यक्रम सम्पन्न भयो । ‘सिनेमाण्डू’को उक्त १३औँ शृङ्खलामा नेपाली चलचित्र ‘अपवाद’ प्रदर्शन गरियो । उक्त चलचित्रका एक सशक्त चरित्र वरिष्ठ कलाकार रवि गिरी, सिनेमाटोग्राफर सुशन प्रजापति र निर्माता सुरज कोइराला कार्यक्रममा अतिथिका रूपमा उपस्थित थिए ।
युवा पुस्तालाई लक्षित गरी निर्माण गरिएको ‘अपवाद’मा युवाहरूले सामना गर्दै आएका समस्या, समाजले उनीहरूबाट गर्ने अपेक्षा र आजका युवा वर्गको सोच–व्यवहारबारेको कथा समेटिएको छ ।
उक्त फिल्म अवलोकन गरेपश्चात् उल्लेखित सिनेमासम्बद्ध व्यक्तिहरूसँग दर्शकले अन्तरक्रिया पनि गरे । अन्तरक्रियाको क्रममा सिनेमाटोग्राफर तथा निर्माता सुशन प्रजापतिले फिल्म इन्स्टिच्युटबाट ग्य्राजुयट हुँदैमा चलचित्र निर्माणमा पोख्त हुन नसकिने उल्लेख गर्दै सिनेमा निर्माणकार्य एक जटिल प्रक्रिया रहेको बताए । आफूले सानो बजेटमा फिल्म बनाएको भए पनि कथावस्तुअनुरूप निर्माणमा सम्झौता नगरिएको उनको दाबी थियो ।
नेपाली सिने क्षेत्रका प्रसिद्ध अभिनेता रवि गिरीले आफूले अहिलेसम्म तीन सयभन्दा बढी चलचित्रमा काम गरिसकेको प्रस्ट्याउँदै यीमध्ये चार–पाँचवटा फिल्मबाट मात्र आफूलाई सन्तुष्टि मिलेको र यसमा ‘अपवाद’ पनि पर्ने अभिव्यक्ति दिए ।
कार्यक्रममा प्रतिष्ठानका सचिव एवम् भारतीय राजदूतावासका प्रेस र सांस्कृतिक विभाग प्रमुख अभय कुमारले ठीक एक वर्षअघि ‘लुट’ चलचित्रको प्रदर्शनसँगै ‘सिनेमाण्डू’को यात्रा सुरु भएको स्मरण गराउँदै चर्चित तथा सार्थक नेपाली चलचित्रको प्रदर्शन र चलचित्रसम्बद्ध व्यक्ति–व्यक्तित्वहरूसँग दर्शकको प्रत्यक्ष अन्तरक्रिया गराउन कार्यक्रम एक उपयोगी मञ्च बनेको उल्लेख गर्नुभयो ।

आयो अनुपम रोशीको ‘कालो छाया’
उपन्यासकार अनुपम रोशीको तेस्रो उपन्यास ‘कालो छाया’को विमोचन पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ साहित्यकार लोकेन्द्रबहादुर चन्दले गर्नुभयो । गत शुक्रबार प्रज्ञा भवनमा आयोजित पुस्तक विमोचन कार्यक्रममा पूर्वगृहमन्त्री भीम रावल, विद्वत् व्यक्तित्व डा. सुरेन्द्र केसी, डा. अरुणा उप्रेतीलगायतका वक्ताले रोशीको ‘कालो छाया’माथि मन्तव्य दिनुभयो । उपन्यासकार अनुपमले पनि कालो छाया सिर्जना गर्दाका अनुभूति बाँड्नुभयो ।