रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoदमदार सेक्सले खुवायो जेलको हावा
कुनै पनि काम गर्दा ढङ्ग पु-याएर गर्नु भन्छन् अनुभवीहरू । हो, विचार पु-याएर सही ढङ्गले काम नगर्दा आफूनो लागि नोकसानदायी हुन सक्छ भने अन्यले बेकारको सास्ती पाउन सक्छन् । यस्तै एक मामला एक इटालियन युवकमाथि आइपरेको छ । एजेन्सीहरूका अनुसार आफ्नी गर्लफ्रेण्डसँग पूरै मस्तीमा डुबेर सेक्स गरेका कारण रोमियो अल्ट्रिमियो नामक ४० वर्षीय इलालियनले ६ महिनाको जेल सजाय पाएका छन् । भएछ के भने सेक्सको दौरान रोमियो जोडतोले कामुक चिच्च्याहट निकाल्दा रहेछन् । चाहेर पनि सेक्सको बेला उनी आफ्नो आवाज कन्ट्रोल गर्न सक्दा रहेनछन् । उनको त्यस्तो आवाजले छिमेकीहरू आजित बनेका थिए । पटक–पटक आवज ननिकाल्न चेतावनी दिँदा पनि उनले बेवास्ता गरेका थिए । अन्ततः १२ जना छिमेकीले रोमियोविरुद्ध अदालतमा उजुरी दिए । सुनुवाईका क्रममा रोमियोले आफ्नो सेक्स पावरदेखि जलेर छिमेकीहरूले उजुरी गरेको तर्क दिए । तर, अदालतले उनको तर्कमा दम देखेन । सेक्सको माध्यमबाट छिमेकीलाई खल्बल्याएको अभियोगमा उनलाई ६ महिनाको जेल सजाए तोकियो ।

उनन्चालिस पत्नीसँगै मतदान
सवा अर्ब जनसङ्ख्या भएको मुलुक भारत आकारको हिसाबले पनि ठूलो छ । यस विशाल मुलुकमा अनेक पात्र र प्रवृत्ति देख्न पाइन्छन् । हालै भारतमा सम्पन्न आमनिर्वाचनका अवसरमा दुनियाँलाई त्यहाँ यस्तै एक अद्भुत तमासा देख्ने अवसर मिल्यो । गत साता मिजोरमनिवासी जियान्गाका चाना नामक पुरुष पनि मतदानमा सहभागी हुन पुगे । उनका साथमा ३९ जना महिलाको हुल थियो । मतदान गर्न जाँदा चानाको लावालश्कर देख्ने मानिसहरू त्यतिबेला छक्क परे जतिबेला उनीहरूले ती सबै महिला चानाका पत्नीहरू भएको थाहा पाए । बहुपत्नी प्रथा मिजोरमका लागि नयाँ कुरा त होइन तर एकै व्यक्तिको त्यति धेरै जीवित श्रीमतीहरू एकै परिवारमा रहेको अवस्थाचाहिँ स्वयम् मिजोरमवासीका लागि पनि अनौठै थियो । चानाका ३९ पत्नीबाट अहिलेसम्म १ सय २७ सन्तानको जन्म भइसकेको छ । स्थानीय आदिवासी कविलाको सरदार रहेका चानाको महत्व चुनावका बेला विशेष तवरले बढ्ने गरेको छ । किनकि, एकै परिवारबाट त्यति धेरै भोट प्राप्त हुन्छ । प्रायः चुनावको मौसममा अनेक दलका नेता तथा उम्मेदवारहरू चानाको घरमा फन्को मारेकोमा-यै गर्छन् । यसपटक पनि त्यस्तै भएको चानाको अनुभव छ ।

धनी बन्ने चक्करमा लिङ्गै गायब
आजको दुनियाँमा हरेक व्यक्ति धनी बन्ने सपना देख्छन् । मानिसमा धन कमाउने लालसा यतिसम्म बढेको छ कि धनी बन्न उ जेसुकै खतरा मोल्न पनि तयार हुन्छ । मध्यअफ्रिकाली देश जाम्बियाका एक युवा यसको एउटा दह्रिलो उदाहरण बन्न सक्छन् । चम्गेनी जुलु नामक ती युवाले रातारात धनी बन्ने चक्करमा आफ्नो लिङ्ग नै गुमाएका छन् । एजेन्सीहरूले जनाएअनुसार धनी बन्ने चाहनाले सताइएका जुलुलाई एक झारफुक गर्ने धामीले आफ्नो शरिरको कुनै एक अङ्ग बलि दिएमा रातारात धनी बन्न सकिने सल्लाह दिए । धनी बन्ने सोचले अन्धो बनेका जुलु त्यसका लागि तयार भए । धामीले कुनै झाडीभित्र नाङ्गै पसेर कुनै एक अङ्ग दान गर्न सुझाव दिएकोले एउटा ठूलै झाडी खोजेर उनी त्यसभित्र निर्वस्त्र प्रवेश गरे । त्यतिबेलासम्म कुनचाहिँ अङ्ग बलि चढाउने भन्ने उनले सोचिसकेका थिएनन्, धामीले पनि यसबारे किटेर केही भनेका थिएनन् । तर, दुर्भाग्यवश झाडीमा प्रवेश गर्नेवित्तिकै एक जङ्गली जनावरले सुरुमा उनको खुट्टाको औंला टोकिदियो । के भयो भन्ने बुझ्नै नपाई तत्काल उनको लिंङ्ग नै त्यस जन्तुले चपाइदियो । यसरी सजिलै धनी बन्ने चक्करका कारण जुलु यतिबेला हस्पिटलको बेडमा पुगेका छन् । त्योभन्दा गम्भीर कुरा त उनको शरिरको महत्वपूर्ण अङ्ग नै गुम्न पुगेको छ । तर आश्चर्य त के छ भने यसरी लिंग नै गुमिसक्दा पनि धनी बन्ने आकाङ्क्षा भने उनले त्यागेका छैनन् । अस्पतालबाट डिस्चार्ज भएपछि कुनै न कुनै उपाय लगाएर धनी बन्ने अभिव्यक्ति उनले दिएका छन् ।

महिनामै तीस पुरुषको अँगालो
एक व्यक्तिले जीवनमा कति जनासँग यौनसम्बन्ध राख्न भ्याउँछन् होला ? त्यही कर्ममा मात्र लिप्त रहने हो भने निश्चय पनि त्यो सङ्ख्या हजारौँ पुग्न सक्छ । बेलायतकी एक महिलाले चाहिँ अहिलेसम्म तीन सय पुरुषसँग सेक्स सम्बन्ध राख्न भ्याएको खुलासा गरेकी छिन् । उनले आफू सेक्स भनेपछि भुतुक्कै हुने स्वीकार गर्दै दिनमा चार–पाँच घन्टा त अर्गेजममै खर्च गर्ने पनि बताएकी छिन् ।
बेलायतको समुद्रीकिनारमा रहेको एक सहर क्रोमरवासी २४ वर्षीया नेसाको वास्तविक कहानी हो यो । उनले आफ्नो यस्तो आदतलाई खराब भनेकी छिन् र यसबाट छुटकारा पाउनका लागि विशेष थेरापी पनि लिइरहेकी छिन् । उनी भन्छिन्, ‘यदि दिनमा पाँचपटकजति सेक्समार्फत चरमोत्कर्षमा पुग्न पाइनँ भने मेरो हातमा पसिना छुट्न थाल्छ, त्यत्तिकै रिस उठ्न थाल्छ र आफूलाई शान्त राख्न निकै गाह्रो पर्छ । त्यसैले म कुनै पनि बेला कसैसँग पनि सेक्स गर्न सक्छु ।’ १६ वर्षकै उमेरमा कुमारित्व गुमाएकी नेसाले आफू किनमेलका निम्ति सुपरमार्केट जाँदा पनि यौनपार्टनर खोज्ने गरेको खुलस्त गरेकी छिन् । जब–जब सेक्सको प्यास जाग्छ र कुनै साथी पनि हुँदैन तब आफूले जम्मा गरेका करिब दुई हजार जति यौन खेलौना खेलाएर शान्त हुने प्रयास गर्ने गरेको उनको कथन छ । कुनै बेला महिनामा औसत ३० पुरुषसँग सम्बन्ध बनाउने गरेकी नेसाले यतिबेलाचाहिँ एकजनाबाटै सन्तुष्ट हुने अभ्यास गरिरहेकी छिन् । सेक्स स्वास्थ्यका लागि अपरिहार्य र फाइदाकारी तŒव रहेको पनि नेसाले दाबी गरेकी छिन् ।

बढी बाँच्न वक्षस्थल चियाउने सुझाव
आकर्षक वक्षस्थल भएकी महिला अगाडि पर्दा लुकी–चोरी नियाल्ने पुरुषको आदत विश्वव्यापी रूपमै रहेको पाइन्छ । यसरी घुरेर महिलाको अङ्ग नियाल्ने कार्यलाई सभ्य समाजले राम्रो रूपमा स्वीकार गर्दैन । तर, हालै गरिएको एक अनुसन्धानले चाहिँ यसरी महिलाको स्तन नियाल्नु पुरुषको स्वास्थ्यको निम्ति अत्यन्त राम्रो र यसबाट आयु बढ्नेसमेत देखाएको छ । अनुसन्धानकर्ताहरूका अनुसार युवतीलाई १० मिनेटसम्म घुरेर नियाल्दा ३० मिनेटसम्म जिममा कसरत गरेजत्तिकै लाभ पुग्दछ । यो शोध पाँच वर्ष लगाएर दुई सय पुरुषमाथि गरिएको थियो । दिनहुँ यसरी सुन्दरीलाई नियाल्ने पुरुषमा उच्च रक्तचाप तथा हृदयको बिमारी अत्यन्त कम पाइयो भने शरीरमा रक्तप्रवाह पनि तुलनात्मक रूपमा त्यस्ता पुरुषको सही ढङ्गले भएको देखियो । यसबाट चार–पाँच वर्ष उमेर बढी बाँच्न सकिने अनुसन्धानकर्ताको ठहर छ ।