पत्रकार महासंघ यूके शाखा बैठक सम्पन्न

पत्रकार महासंघ यूके शाखा बैठक सम्पन्न


fnjsanghaलण्डन । नेपाल पत्रकार महासंघ यूके शाखाको बैठक अध्यक्ष्ँ नविन पोखरेलको अध्यक्ष्ँतामा सम्पन्न भएको छ । इलिङस्थित हङ्ग्री यति रेष्टुरेण्टमा गतसाता सम्पन्न बैठकले नयां सदस्यता वितरण, महाधिबेशनको लागि तयारी र निर्वाचन समितिबारे महत्वपुर्ण निर्णयहरु गरेको छ ।
बैठकमा सदस्यताको लागि परेका निवेदनहरुमध्य आधिकारीक तथा प्रमाण पुगेका निवेदनहरुलाई अनुमोदन गरिएको छ । समयसिमाभित्र आइपुगेका करीब ६३ वटा आवेदनमध्य पचासवटा आवेदनहरुलाई अनुमोदन गरिएको थियो । यससंगै नेपाल पत्रकार महासंघ यूके शाखाको सदस्यता संख्या ८३ पुगेको छ ।
यस्तै आगामी मार्च ९ मा हुने महाधिबेशनमा बेलायतवासी नेपाली संघसंस्थाका प्रतिनिधिहरुको सहभागिता, सहयोगीहरुलाई सम्मान एवं आतिथ्यता ग्रहण गराउने सम्बन्धमा पनि बैठकमा छलफल भएको थियो । त्यस्तै बैठकले सोलीसिटर राजु थापाको संयोजकत्वमा पांच सदस्यिय निर्वाचन समिति गठन गर्ने निर्णय गरेको छ । थापा संयोजकत्वको समितिमा विजय थापा, कृष्ण भट्ट, सुरेशजंग शाह र जुना राना रहने छन् । निर्वाचन समितिको सल्लाहकारमा पत्रकार भगिरथ योगीलाई चयन गरीएको छ ।
महाधिबेशन लण्डनस्थित भेन्यु फाइभ रेष्टुरेण्टमा गरिने भएको छ । महाधिबेशनलाई सम्बोधन गर्न नेपालबाट आउने केन्द्रिय प्रतिनिधिको विषयमा पनि बैठकमा छलफल गरिएको थियो । नेपालबाट आउने प्रतिनिधिलाई हवाई टिकट लगायतका अन्य आवश्यक व्यवस्था मिलाउन बैठकले अर्थ समितिलाई आग्रह गरेको छ । त्यस्तै टाढाबाट महाधिबेशनमा भाग लिन आउने युके शाखा सदस्यहरुलाई खाने र बस्ने व्यवस्था गरिने महासंघका वरिष्ठ उपाध्यक्ष्ँ चिरन शर्माले जानकारी दिए ।
यसैबीच सोही दिन शाखाका सदस्य मिलन शर्माको अनुरोधमा ब्लड डोनर्स एशोसियसन गठन गर्न समय उपलब्ध गराउने निर्णय समेत बैठकले गरेको छ ।
शाखा महासचिव नरेश खपाङ्गी मगरले शाखाले गरेका निर्णयहरु पढेर सुनाएका थिए । बैठकमा अध्यक्ष पोखरेल, वरिण्ठ उपाध्यक्ष्ँ शर्मा, महासचिव खपाङ्गी मगर, सचिव धर्मराज अधिकारी, कोषाध्यक्ष लिलामान शेरपुञ्जा, सदस्यहरु देवी गौतम, मिलन शर्मा, महाधिबेशन प्रतिनिधि हरी कुमार गुरुङ (काजी), सल्लाहकार भगिरथ योगी, निर्वाचन समितिका संयोजक सोलीसिटर राजु थापा सहभागी थिए । –पत्रकार एजेन्सी