ज्योतिषीको आँखामा ओली भावी प्रधानमन्त्री

ज्योतिषीको आँखामा ओली भावी प्रधानमन्त्री


bichar– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
नेकपा एमालेका प्रभावशाली नेता खड्गप्रसाद ओली बहुचर्चित नेतामध्ये एक हुनुहुन्छ । कतिपयले भन्ने गर्छन्, ‘ओलीको बोली गोलीजस्तो हुन्छ ।’ हक्की स्वभावका तर प्रस्ट वक्ताका रूपमा ओलीलाई हेर्ने गरिन्छ । चतुर र कूटनीतिक व्यक्तित्व ओली आकर्षक बोल्ने कलाका पनि धनी हुनुहुन्छ । राजनीतिमा पनि लामो समय जेल बस्नुभएका ओली आफ्नो समयका नेताभन्दा इमानदार र कार्यक्षमता प्रदर्शन गर्नसक्ने खुबी भएका अत्यन्त कम नेतामध्ये एक हुनुहुन्छ । उहाँलाई ०५३ असोज ४ गते भएको महाकाली सन्धिसित जोडेर हेर्ने गरिए पनि त्यसबेला एमालेका महासचिव माधवकुमार नेपालले ह्विप जारी गरेकाले त्यस सन्धिमा ओलीको मुख्य भूमिका देखिँदैन । तैपनि मानिस ओलीलाई नै उक्त सन्धिको सूत्राधारका रूपमा हेर्ने गर्छन् । तर, महाकाली सन्धिको डीपीआर नबनेकाले उक्त सन्धि स्वतः निष्क्रिय बनेकोतर्पm कमैलाई हेक्का भएको हुनुपर्छ । उक्त सन्धि निष्क्रिय हुनुको अर्थ खारेज भएसरह हो । उहाँलाई त्यससित अभैm पनि मुछ्ने गरिन्छ । यसो गर्नुमा कुनै तुक देखिँदैन । ओली जेल बसेको हिसाबले पनि एमालेका शीर्ष नेताको अग्रपङ्क्तिमा पर्नुहुन्छ । ०५१ मा नौमहिने गृहमन्त्री हुँदा उहाँले घुस, भ्रष्टाचार नगरेको र प्रहरी–प्रशासन चुस्त बनाएको निकै चर्चा भएथ्यो । केही समययता उहाँ विभिन्न रोगका कारण केही परेसान देखिए पनि आफ्नो मिसनमा निरन्तर लागिरहनुभएको छ । हाल भारतमा उपचारार्थ रहनुभएका ओलीबारे यसपल्ट ज्योतिषीय विवेचना गर्नु मैले सान्दर्भिक ठानेको छु ।
ओलीको २००८ फागुन ११ शनिबार फागुण कृष्ण त्रयोदशीका दिन मकर राशि, श्रवण नक्षत्र, वरियन योग, वन्जिकरणमा जन्म भएको देखिन्छ । ओलीको जन्मकालमा सूर्य १०।१०।४७।४४, चन्द्रमा ९।१६।३०।४, मंगल ६।२०।१७।२१, बुध १०।१२।५।१७, गुरु ११।२१।३७।२६, शुक्र ९।९।५०।३, शनि ५।२१।१।२२ र राहु १०।७।३३।२६ डिग्रीमा रहेका छन् । जन्मकालमा शनि बक्री भई गुरुसाथ परस्पर दृष्टि भएकाले उच्च पदका लागि व्यवधान पैदा भएको हो । जन्मलग्न जे भए पनि राशिका हिसाबले आगामी असार ५ गते बिहीबारबाट कर्कटमा वृहस्पति जाने र जन्मकालमा उहाँको वृहस्पति स्वगृही रहेकाले महत्वपूर्ण पदलाभको योग देखिन्छ । मकर राशिका लागि वैशाख महिना सूर्य उच्चको केन्द्रमा रहने भएकाले वैशाखमा पनि उच्च पदलाभको सम्भावना प्रबल छ । ओली अत्यन्त कम उमेरमा झापा विद्रोहको अभियोगमा सर्वस्वसहित जन्मकैदमा पर्नुभएको थियो । ०२८ देखि ०४५ सम्म १७ वर्ष जेल पर्नुमा केन्द्रको मंगल र शनि–गुरुको परस्पर सम्बन्ध हो भन्न सकिन्छ । केन्द्रको मंगलकै कारण उहाँ गृहमन्त्री पनि बन्नुभएको हो । अब फेरि मंगल मार्गी भई केन्द्रमा रहने हुँदा वैशाखमा हुने एमाले महाधिवेशनमा ओली अध्यक्ष हुने सम्भावना अत्यधिक रहेको छ । मीनमा गुरु रहेकाले मीन राशिका मानिसबाट ओलीलाई उच्चपद प्राप्त हुने देखिन्छ । नेपालको कुण्डलीअनुसार मकर कि तुला वा मेष राशिबाट मात्र देशको भलाइ भएको छ । पृथ्वीनारायणको मकर, बीपीको मेष र किशुनजीको तुला राशि हो । मीनबाट मध्यम सहयोग छ । राजा महेन्द्र र झलनाथको मीन राशि र नेपालको पनि मीनै भएकाले उनीहरूको नेतृत्व पनि राम्रै भएको देखिन्छ । नेपालको कुण्डलीअनुसार सबभन्दा खराब मिथुन र धनुराशि हो । प्रचण्ड, गिरिजा, कीर्तिनिधि विष्टको मिथुन र मरिचमानसिंहको धनु राशि भएकाले उनीहरूका पालामा उपद्रव भएको हो । किनकि पृथ्वीनारायण शाहले काठमाडौं कब्जा गर्दा मिथुनमा शनि बसेको र त्यसको पूर्णदृष्टि धनुमा रहेकाले दुवै राशि अहितकारी सिद्ध भएका हुन् । सिंह र कुम्भ राशि भने मध्यम मानिन्छ । माधवकुमार नेपाल र बाबुरामको सिंह राशि तथा सूर्यबहादुर थापा, शेरबहादुर देउवा र सुशील कोइरालाको कुम्भ राशि भएकाले उनीहरूको प्रधानमन्त्रित्व साधारण रह्यो । मकर राशिचाहिँ अत्यन्त उत्तम सावित भइआएको छ । मलाई लाग्छ, ओलीको नेतृत्व पार्टी वा देशका लागि सुधारको सङ्केत नै हो ।
ओली जेल पर्नुहुँदा ०२० देखि ०३८ सम्म राहु महादशा चलिरहेको र राहु सूर्य (राजाग्रह) साथ द्वितीय (मारक) भावमा बुधसहित रहेको थियो । ०३८ पछि ०५४ चैत २१ सम्म गुरु महादशा आएकाले गृहमन्त्री बनाएको देखिन्छ । उहाँलाई ०७३ चैतसम्म शनि महादशा भएकाले स्वास्थ्यमा गडबडी, आफन्तबाट असहयोग भइरहनेछ । शनि हस्ताको र गुरु रेवतीको भएकाले बूढी वा विधवा आइमाईबाट सहयोग भइरहनेछ । हाल ६२ वर्षमा हिँडिरहनुभएका ओलीलाई ६५ वर्षतक सिद्ध (शुक्र) दशा तथा शुक्र जन्मकालमा राज्यकारक चन्द्रमा साथ रहेकाले ६५ वर्षभित्रै प्रधानमन्त्री बन्ने सम्भावना अत्यन्त बलियो छ । आगामी साउनदेखि प्रधानमन्त्रीको सम्भावना पनि छ । आगामी साउन उच्चको गुरु र उच्चको शनि दुवै केन्द्रवर्ती हुने भएकाले आगामी साउन ओलीका लागि ऐतिहासिक अवसरको महिना सावित हुनेछ । उहाँका ग्रहसित सामना गर्न सुशील कोइरालालाई निकै गाह्रो छ । ओलीको केन्द्रमा मंगल भएकाले बिहान नित्य एक घन्टा व्यायाम, गुलिया, अमिला र पिरा वस्तुको उपयोग नगर्नु श्रेयस्कर हुनेछ । शनि र गुरुको परस्पर सम्बन्ध रहेकाले बिहान–बेलुका पूजा गर्दा शंख बजाउनु राम्रो हुनेछ । यति गरेमा उहाँको आयुसमेत लामो हुनसक्नेछ । विशेषगरी उहाँले राम्रो ज्योतिष पढेको मानिस सल्लाहकार राख्नुभयो भने १ चक्की औषधि पनि खानुपर्ने छैन । उहाँलाई भावी प्रधानमन्त्रीका रूपमा हेर्नु अन्यथा हुन्छजस्तो मलाई लाग्दैन । जीवनको अन्तिम अवस्थामा उहाँ धेरै लोकप्रिय बन्न सक्नुहुनेछ । म उहाँको प्रगतिको कामना गर्दछु । एवमस्तु ।