फन टाइम

फन टाइम


funtimeसेक्सबारे नन्दिता नबोल्ने
सुन्दरी अभिनेत्री नन्दिता केसी यतिबेला चर्चामा छिन् । चलचित्र इन्दे्रणीमार्फत नेपाली चलचित्र क्षेत्रमा प्रवेश गरेकी नन्दिताले यतिबेला भने सङ्ख्याभन्दा पनि गुणात्मक चलचित्रतिर ध्यान दिन थालेकी छिन् । उनले भनिन्, ‘व्यस्त हुन पनि पहिले धेरै फिल्म खेलियो, व्यस्तताले क्यालिटीमा असर पारेका कारण अबचाहिँ फिल्महरू छानेर मात्र खेल्नेछु ।’ यिनै अभिनेत्री नन्दितासँग गरिएको रमाइलो कुराकानी :
० पहिलेभन्दा दुब्लाइएछ नि ?
– दुब्लाएको होइन, मेन्टन गरेकी हुँ ।
० ‘मेन्टन’ गर्नुपर्ने गरी मोटाइएको थियो र भन्या ?
– केही समय युरोपको कार्यक्रममा जाँदा धेरै मोटाइएछ, त्यसैले अहिले तौल घटाइरहेकी छु ।
० विदेश जाँदा दाम रामै्र कमाइन्छ हो ?
– दामभन्दा पनि देश–विदेश घुमिन्छ अनि आफ्ना प्रशंसकलाई पनि भेट्न पाइन्छ नि । यो पनि त रामै्र कमाइ हो नि, होइन र ?
० नन्दिताको विचारमा पे्रम के हो ?
– यो सुन्दर तत्व हो । यसले बाँच्न र जीवन चलाउन सिकाउँछ । तर, पे्रममा जाल हुनु हुँदैन ।
० नन्दिता अहिलेसम्म कसैको पे्रममा… ?
– तपाईंले भनेजस्तो पे्रमजालमा परेकी छैन ।
० इच्छा नलागेर कि नभेटाएर ?
– पे्रम गर्ने इच्छा त किन नहुनु ? भन्नैपर्दा राम्रो, गतिलो, भरपर्दो र विश्वासिलो भेट्टाएकी छैन ।
० भनेपछि पे्रमीको खोजीमा हो ?
– खोजीमा नै त होइन । त्यसमाथि पे्रम भनेको खोजेर पाइने चिज पनि त होइन नि । यो त कोसँग कुनबेला कसरी बस्छ, थाहै हुँदैन ।
० अनि सेक्स नि ?
– यसबारे धेरै नबोलौँ, बोल्दाबोल्दा दिक्क लागिसक्यो । अब कति बोल्नु सेक्सबारे ?
० मिडियामा त तपार्इं भर्जिन भन्ने कुरा आयो नि ?
– हो त नि, किन ढाँट्नु ?
० विवाह कहिले नि ?
– योजना बनाएकी छैन ।
० अनि विवाहअघिको सेक्स ?
– त्यो त आ–आफ्नो सोच हो । मचाहिँ विवाहअगाडिको सेक्सलाई जायज मान्दिनँ ।
० अनि रोमान्स ?
– रोमान्स केलाई भन्ने ? आफूलाई रमाइलो लाग्ने, मनलाई शान्त पार्ने अनि आनन्द आउनु नै रोमान्स होला । तर, यो शब्दलाई गलत रूपमा लिने र व्याख्या गर्नेहरू पनि धेरै छन् ।

आर्यनको जन्ती जाने कि ?
विवाह ग¥यो भने नायकको क्रेज घट्छ । विशेष गरेर केटी फ्यानमा कमी आउँछ वा त्यस्ता दर्शकमाझ हिरोको चार्म घट्छ । यो कुरा अन्य नायकको जीवनमा कति लागू भयो या भएन त्यो थाहा भएन, नायक आर्यन सिग्देलको जीवनमा चाहिँ कस्तो फरक प¥यो होला त ? जवाफमा उनले भने, ‘म लामो समयदेखि कलाकारिता क्षेत्रमा लाग्दै आइरहेको छु । मेरा प्रशंसकले माया पनि गरिराख्नुभएको छ । मेरो विवाह र कलाकारिताबीच कुनै सम्बन्ध नै छैन, मलाई माया गर्ने दर्शकको म सम्मान गर्छु ।’
नयाँ साल अर्थात् ०७१ वैशाख ६ गते आर्यन वैवाहिक सम्बन्धमा गाँसिँदै छन् । लामो पे्रमप्रसङ्गलाई आर्यनले विवाहमा परिणत गर्न लागेका हुन् । आर्यन यतिबेला जोसँग विवाह गर्दै छन्, उनीबारे भन्छन्, ‘उनी मलाई असाध्यै माया गर्छिन् र म पनि उनलाई माया गर्छु । माया गर्नेहरूको यो मिलन साँच्चै उत्कृष्ट मिलन हो ।’
दशैँको छेउछाउमा नै आर्यन र उनकी पे्रमिका सपना भण्डारीबीच इन्गेजमेन्ट भएको थियो भने यो इन्गेजमेन्ट वैशाख ६ गते विवाहमा परिणत हुँदै छ । आर्यनले विवाह भने हिन्दू परम्पराअनुसार जन्ती लगेर नै सपनालाई आफ्नो घर थानकोट भित्याउनेछन् । त्यो दिनका लागि आर्यनले चलचित्र क्षेत्रका विशेष व्यक्तिहरूलाई निमन्त्रणा गरिसकेका छन् । यतिबेलाका व्यस्त चकलेटी र महँगा नायक आर्यनको विवाहमा जन्त जान चलचित्रकर्मीहरू पनि तयार भएर बसेका देखिन्छन् । चलचित्र क्षेत्रमा आर्यन र सपनाको यो जोडीलाई पर्फेक्ट जोडीको रूपमा पनि चर्चा गरिएको छ ।

बेलायती ठिटो दङ्ग
कलाकारिता क्षेत्रमा योगदान दिन वा त्यसबाट वाहवाही कमाउन स्वदेशमा नै बसेर यो क्षेत्रमा लागिरहनुपर्छ भन्ने छैन । विदेशमा बसेर भए पनि कलाकारिता क्षेत्रमा लागिपर्ने र योगदान दिने थोरै कलाकारमध्येमा पर्दछन् अभिनेता धु्रव दत्त । उनी लामो समयदेखि बेलायतमा बस्दै आएका छन् र बेलायतमा रहेका नेपालीमाझ लोकप्रिय धु्रवलाई गत साता युरोपको नेदरल्यान्डमा सम्पन्न भएको इनास अन्तर्राष्ट्रिय फिल्म महोत्सवमा सम्मान पनि गरियो ।
पछिल्लोपटक चलचित्र ‘नाइन ओ क्लक’ खेलेर चर्चामा आएका धु्रवले यो चलचित्रलाई विदेशमा रहेका नेपालीमाझ पु¥याउन पनि विशेष योगदान दिएका छन् । हङकङ र बेलायतबाहेकका मुलुकमा पनि उनले चलचित्र ‘नाइन ओ क्लक’लाई पु¥याएर विदेशमा नेपाली चलचित्रको बजार विस्तार गर्न विशेष भूमिका खेलेका थिए । चलचित्रलाई रमेश सम्वेदनाले निर्माण गरेका हुन् । विदेशमा बसेर पनि नेपाली कला, साहित्य, सङ्गीत र चलचित्र क्षेत्रलाई योगदान दिएबापत इनासले अभिनेता धु्रवलाई सम्मान गरेको थियो । उक्त कार्यक्रममा सहभागी हुन नेपालबाट नेदरल्यान्ड पुगेका वरिष्ठ कलाकार नीर शाहसँग तस्बिर खिचाउन पाएकोमा पनि धु्रवले गौरव महसुस गरेका छन् । उनले भने, ‘यस्तो अवसर सबैलाई कहाँ मिल्छ र ? म आफूलाई भाग्यमानी ठान्दछु ।’
धु्रवले आफूले पाएको अवार्डबाट चलचित्र क्षेत्रमा लाग्न आफूलाई झनै उत्साह थपिएको र जिम्मेवारी बढेको बताए ।

‘कन्भर्सेसन्स’मा पागलबस्तीको चर्चा
‘मैले अझै उल्लेखनीय केही हासिल गर्न सकेको छैन, अझै पनि म केही सिकिरहन चाहेको साहित्यको एक विद्यार्थी हुँ,’ गत शुक्रबार भारतीय राजदूतावास र बीपी कोइराला भारत–नेपाल प्रतिष्ठानमा आयोजित ‘कन्भर्सेसन्स’को १६औँ शृङ्खलामा प्रख्यात लेखक सरुभक्तले यस्तै अभिव्यक्ति दिए । चर्चित पुस्तक ‘पागलबस्ती’का लेखक सरुभक्तले आफ्नो नामको अर्थ र विवाह नगर्नुको कारणबारे कसैले आफूलाई जिज्ञासा नराखोस् भन्ने सर्तयुक्त चाहना अघिसार्दै भने, ‘पागलबस्तीलाई कैयनले मेरै आत्मकथा ठान्छन्, तर यो मेरो आत्मकथा नभई हृदयनजिकको कृति हो ।’ कुनै बेला आफू आत्मकथा लेख्न योग्य पात्र बनेमा लेख्ने र त्यसैमा आफ्नो नामको अर्थसहित बिहे नगर्नुको कारण पनि खुलासा गर्ने उनले बताए ।
कन्भर्सेसन्सको उक्त शृङ्खलामा छलफल चलाउन मोडरेटरको भूमिकामा थिए केही समयअघि मात्र मदन पुरस्कार हात पारेर चर्चामा आएका अर्का लेखक अमर न्यौपाने । उनले उपस्थित श्रोतासमक्ष सरुभक्तको परिचय प्रस्तुत गर्दै सरुभक्त उपन्यास, निबन्ध, गद्यलेखन, कविता, नाटक आदि अनेक विधामा साहित्य सिर्जना गर्ने खुवी भएका लेखक रहेको र नेपाली साहित्यमा उनको महत्वपूर्ण योगदान र स्थान रहेको उल्लेख गरे ।
सरुभक्तले चाहिँ आफ्नोे लेखनी सुरुमा नाटकलेखनबाट आरम्भ भई अन्य विधातर्फ विस्तारै हात बढाएको खुलासा गरे । अमर–सरुभक्तबीच ‘पागलबस्ती’मा केन्द्रित छलफल निकैबेर चल्यो । सोही क्रममा स्रष्टा सरुभक्तले सो कृति आफ्नो आत्मकथा नभएको जनाएका थिए ।
सोही कार्यक्रमबीच गीतकार तथा लेखक राजेन्द्र थापाको नयाँ कृति ‘बदलेको कथा’ (कथासङ्ग्रह)को भारतीय राजदूतावासका प्रेस, सूचना र संस्कृति विभागका प्रमुख अभय कुमार, सरुभक्त र सर्जक थापाद्वारा संयुक्त रूपमा विमोचन गरिएको थियो ।
यसैगरी, नयाँसडकस्थित नेपाल वायुसेवा निगमको भवनमा गत साता आयोजित ‘भ्वाइसेस’को ११औँ शृङ्खलामा विख्यात आर्ट क्युरेटर, कवि तथा इन्टरनेसनल ग्यालरी म्यागजिनका सम्पादक–प्रकाशक बिना सरकार एलियाज पाहुना बनेर उपस्थित थिइन् । उनले आफ्नो पत्रिकाको परिचय दिँदै कसरी सो पत्रिकाले विश्वभर सांस्कृतिक विविधता प्रदर्शन गर्न दर्बिलो ढङ्गले काम गरिरहेको छ भन्नेबारे जानकारी दिइन् । आफू नेपाली कला, संस्कृति, परम्परा एवम् जीवनशैलीबारे बुझ्न तेस्रोपटक नेपाल आइपुगेको र आफ्नो पत्रिकामार्फत नेपाली कला–संस्कृतिको प्रवद्र्धन गर्ने बिनाले बताइन् ।