ज्योतिषीय दृष्टिमा वर्ष २०७१– ज्यो. पं. आत्माराम उप्रेती

ज्योतिषीय दृष्टिमा वर्ष २०७१– ज्यो. पं. आत्माराम उप्रेती


bichar०७१ ले विश्वलगायत नेपाललाई दिन सक्ने सौगातबारे केही झलक ज्योतिषीय मतमा विस्तार गरिन्छ ।
यस वर्षका वर्षपति किलक ४२ नाम सम्वत्सरको उदय भएको छ ।
कलिकाब्दे त्वीति भीति, प्रजाक्षोभनृपाहवौ ।
तथापि वर्धते लोक, समसस्यर्घवृष्टिभि ।।
किलक नामको सम्वत्सरमा रोग–व्याधिको भय रहन्छ । नेता र शासकहरू परस्परमा भिड्दछन् । रोग–व्याधि, महामारीको प्रकोप रहन्छ । प्रजाहरू अशान्तिले हैरान हुन्छन् । आकाशीय वृष्टि प्रशस्त मात्रामा हुने हुनाले मुख्य बाली राम्रो हुन्छ र जनतामा सुख वृद्धि भइरहन्छ । यो सालमा राजा चन्द्र र मन्त्री पनि चन्द्र नै भएका छन् । यो सालमा सोमबारे औँसी दुईवटा मात्र पर्दछ । तिथि क्षय १४ र तिथि वृद्धि सातवटा छन् । यस वर्ष शनिको हेराइमा गाढा दृष्टि पश्चिमपट्टि परेको छ । ०७१ वैशाख २ गते मध्याह्न १ बजेर २६ मिनेटमा एउटा चन्द्र ग्रहण लाग्नेछ, त्यसको असर पूर्वीय समुद्र तथा देशहरूमा पर्नेछ । त्यस्तै असोज शुक्ल पूर्णिमा खण्डग्रास चन्द्रग्रहण लाग्नेछ । तेस्रो खग्रास चन्द्रग्रहण चैत शुक्ल पूर्णिमा ४ अप्रिल ०१५ शनिबार अन्त्य रात्रि ३।४५ मा स्पर्श ५।३१ मा मध्य र ७ ।१७ मा मोक्ष हुनेछ । यो सालभरि नै मलमास पर्दैन । ०७१, शक सम्वत् १९३६, नेपाल सम्वत् ११३४, ११३५ सृष्टितोगताब्दा १,९५,५८,८५,११५ वि.सं. २०७०को (सूचना) विक्रम सम्वत् २०७१ मा पराभव प्लवङ्ग गत किलक प्रवेशम् । यस वर्ष २०७१ सालमा षष्ठी नाम सम्वत्सर मध्य ४१ प्लवङ्ग सम्वत्सर हुनुपर्दथ्यो, तर त्यो क्षय भएको हुनाले त्यसको पछि आउने ४२सौँ किलक नामको सम्वत्सर लागेको छ । किनकि दुई सूर्य, सङ्क्रान्तिको बीचमा दुईवटा औँसी पर्दा मलमास हुन्छ । एउटा औँसी नपर्दा क्षयमास भएझैँ एउटा मात्र औँसी पर्दा साधारण मास हुन्छ । कुनै सम्वत्सरले सुरुको वा अन्त्यको सङ्क्रान्ति भेटाएन भने त्यो सम्वत्सरलाई क्षय सम्वत्सर मानिन्छ । यस्तो क्षय सम्वत्सरमा दक्षिण भारतमा अनिष्ठ हुन्छ । जुन सम्वत्सरमा मेष सङ्क्रान्ति पर्दछ, त्यही सम्वत्सर वर्षभरिका लागि मानिन्छ । ०७० को मेषसङ्क्रान्ति लाग्दा पराभव (४०) नामको सम्वत्सरको आयु केवल दुई दिन ५८ पला मात्रै बाँकी थियो, त्यसपछि मात्र प्लवङ्ग (४१) नामको सम्वत्सर लाग्यो र ०७१ सालको मेषसङ्क्रान्ति लाग्नुभन्दा दुई दिन १२ घडी २९ पला पहिल्यै सकिएर किलक (४२) नामको सम्वत्सर लागिसकेको हुन्छ ।
यसरी प्लवङ्ग (४१) ले दुवैतिरको मेषसङ्क्रान्ति नभेट्टाएकाले त्यो क्षय सम्वत्सर मानियो । यदि प्लवङ्ग भएको प्लवङ्गे निखिल धात्री वृष्टिभि, प्लवसंनिभा । रोगकाले, त्वितिभीति, सम्पूर्ण वत्सरे फलम् ।। प्लवङ्ग नामको सम्वत्सरमा पृथ्वी वर्षाले जलामय हुन्छ । त्यो सत्तरी सालमा भयो । वर्षभरि नै रोग–व्याधि र अनेक उपद्रवको भए भइरहन्छ । त्यो ०७० सालमा भयो । पशुपक्षीमा रोग र भारतमा अनिष्ठ राज्यमा भिडन्त पनि भयो पल्वङ्घ संवत्सर लेखेर ग्रहणको व्याख्या गर्नु भूल हो । चैत्र शुक्ल चतुर्थी तिथि सोमबार हस्त नक्षत्र, व्याघात योग, वणिज करणको द्वितीय चरण सूर्योदय ५, ४४, २४ सूर्यास्त समय १८, २४, ०९ वैशाख १ गतेको सूर्योदय ५, ४४, २४ मा हुनेछ । वर्ष प्रवेशकालीन ग्रह उदय सूर्य, अश्विनी नक्षत्रमा हुनेछ । चन्द्रमा भयात २८, ५४, ४३ भोग ३३, २८, ४० पूर्ण भोग ६२, २३, २३ चन्द्र ग्रहको भोग बाँकी । ०३ वर्ष ०६ महिना २७ दिन अयनांश २४, ०३, ३१ लहरीअनुसार अक्षांश २७, ४३, ०० रेखांश ८५ पूर्व १९, ०० समय क्षेत्र ५, ४५ स्थानीय समय संस्कार ००, ०३, ४३ सायन सूर्य वृष, लग्न राशि मिथुन चन्द्र राशि कन्या, श्री सूर्य उतरायण अयने वसन्त ऋतु वैशाख मास चैत्र शुक्ल चतुर्दशीका दिन नव वर्ष प्रवेश भएको छ । यसबाट सर्वप्रथम त जस–अपजसको भागी राष्ट्रसङ्घ नै हुनुपर्दछ । दोस्रोमा महादेशहरू र तेस्रोमा राष्ट्रहरूको प्रभाव लेखिन्छ । वेद ग्रन्थ जुन हो, त्यसलाई आदि ग्रन्थ मानिएको छ । जगत्मा सबैखाले धर्मशास्त्र र विज्ञान शास्त्रहरूको उत्पत्ति वेदबाट नै भएको छ । वेद शब्दको उत्पत्ति विद् धातुबाट भएको छ जसको अर्थ हो ज्ञान । ज्योतिष–शास्त्रद्वारा जीवात्माहरूको ज्ञानको साथ–साथै परमात्माको ज्ञान पनि प्राप्त हुन सक्दछ । यसका लागि ज्योतिष–शास्त्रविद् महर्षिहरूले हजारौँ वर्ष पहिला आफ्नो तपोबलबाट मानिसमा पर्ने प्रभाव र रङ–रूप, गुण धर्म र स्वभाव आदिको चराचर जगत्मा शुभ–अशुभ परिणामको वर्णन ज्योतिषीय फलादेश शास्त्रमा विस्तारपूर्वक बताएका छन् ।
प्रत्येक वर्ष, महिना दिन वा क्षणमा रहने आकाशीय ब्रह्माण्डमा ग्रह–स्थितिको चक्रअनुसार त्यस वर्षको वर्ष–कुन्डली हुन्छ । सोही क्रमअनुसार यस वर्षको हस्त नक्षत्रको द्वितीय चरणबाट ष अक्षर हुनाले नाम षड्गराज आएको छ । जस्तो नाम उस्तै काम, ठूलो हुँ भन्ने धुलो र धुलो हुँ भन्ने ढिक्का हुन सक्छन् । यस वर्षको विश्व लग्न मिथुनको स्वामी निच भएको कारण एसियान लग्न पनि मिथुनको उदय भएको छ । मिथुन लग्नका स्वामी अस्त र निच सुषुप्ति अवस्थामा पापी बदमास भएर पाप ग्रह मंगल चन्द्र अति शत्रुका साथ शत्रु गृहमा मंगल उपस्थितिको पूर्ण दृष्टि परेको छ । जसका कारण जनपक्षीय विचारधाराअनुसारको काम–कारबाही हुन सक्दैन । तारा जन्म, योनि महिषी, देव गण, नाडी आद्य, वर्ग न्याउरी, राशि पाउ फलाम, नक्षत्र पाउ चाँदी, सायन सूर्य मेष, जगलग्न कुन्डलीको फल मिथुनलाई ११ लाभ, कर्कटलाई १० सुखम्, सिंहलाई ९ धमार्थ प्राप्ति, कन्यालाई ८ कष्टम्, तुलालाई ७ स्त्री सुखम्, वृश्चिकलाई ६ अरिपराजय, धनलाई ५ पुत्र सुखम्, वृश्चिक र मकर ४ मित्र सुखम्, कुम्भलाई ३ कुटुम्ब वृद्धि, मीनलाई २ धन लाभ, मेषलाई १ देह सुखम्, वृषलाई १२ दु:खदाद्रिम् ।
(१) यसप्रथम भावका कारक तत्वहरू– आत्मा, शरीर, लग्न, होरा, देह, वपु, मूर्ति, कल्प, तन, अङ्ग, उदय, आज्ञा, प्रथम, केन्द्र, कण्टक र चतुष्टय हो । विचार गर्नुपर्ने धाराहरू रूप, चिह्न, जाति, आयु, सुख, दु:ख, विवेक, स्वभाव, मस्तिष्क, बानी–व्यहोरा, आकृति–प्रकृति यसका कारक रवि हुनेछन् । यसमा मिथुन, कन्या, तुला र कुम्भ राशिहरू बलवान मानिएका छन् । लग्नेशको बलाबलअनुसार कार्यकुशलता जाति उन्नति–अवनतिको ज्ञान हुन सक्दछ । मिथुन पश्चिम दिशाको स्वामी वायु तत्व मैनाको जस्तै हरियो वर्ण, पुरुष राशि विष्मोदय उष्ण महाशब्दकारी गाला घाँटी दिनबली मध्यम सन्तति एवम् शिथिल शरीर यसको प्रकृति र स्वभाव विद्या अध्ययन शिल्प–कलामा प्रवीण स्वभाव संज्ञक र पुरुष जाति, हात–पाखुराका र घाँटीको स्वामी लग्नेश दशम स्थानमा बस्यो भने यस वर्षमा मानिसले विश्वमा नै पितृहरूको आशीर्वाद पाउनुका साथै राज–पुज्य सम्मान प्राप्त गर्दै आफ्नो भुजाबलबाट आर्थिक उन्नतिमा प्रसिद्धता पाउनेछन् ।
बुधले निच राशि मीनमा १७ अंश ३६ कला पार गरी यौवन अवस्थामा सुषुप्ति, मुदित, खल, बद्मासी, पाप राशिमा उपवेश गुण समूहको पूर्ण, सधैँ धनी पराक्रमी भई प्रधानन्यायाधीश, प्रधानमन्त्री, आकाशीय जलवर्षा र उडान विभागको अधिपतित्व लिएको छ । लग्न मिथुनले स्वामी बुधको भन्दा कम ०४ अंश ०७ कला मात्र पार गरेको छ । यस्तो पर्न जाँदा नारीहरू पुरुषको वशमा, जनता राज्यको वशमा, पृथ्वी आकाशको अधीनस्त रहनुपर्ने हुन्छ । यस्तो भए तापनि आकाशीय उडान र भूमिका गुडानहरू भएका मध्येबाट १७ प्रतिशतचाहिँ चालकले अधीनमा राख्न नसक्ने योग परेको पाइन्छ । दशम स्थान एकल शुभ ग्रह बुधलाई मंगल र चन्द्र दुई पाप ग्रहको दृष्टि परेको हुँदा भूतपूर्व शासक र वर्तमान शासकबीच मारामारको होडबाजी चल्नेछ । उग्रपन्थी आतङ्ककारीले बम–गोलाबारीसमेत गर्नेछन् । वामपन्थीहरूबाट छुट–फुट भएर गएका स–साना दलहरू पुराना अन्य देशबाट सञ्चालित दलहरूसँग मिल्न पुग्नेछन् र वामपन्थीहरूलाई धोका दिनेछन् ।
(२) दोस्रो स्थानको फल द्रव्य, स्वर्ण, पणफर, वित्त, कोश, अर्थ, धन, कुटुम्ब, विचार गर्नुपर्ने कुराहरू आँखा, कान, नाक, मुख, मित्र, स्वर, सौन्दर्य, गान, सुख भाग, सत्य भाषण, सुनचाँदी पे्रम, सञ्चित धन, मणी–माणिक्य आदि खरिद–बिक्री इत्यादि । दोस्रो स्थान कर्कट, चर, स्त्री जाति शुभ एवम् कफ प्रकृतिको, जलचारी, समोदयी रात्रि बलि उत्तर दिशाको स्वामिनी रक्तधवल मिस्रित वर्ण बहुचरन एवम् सन्तानवाला हो । यसको प्रकृति र स्वभाव संसारी उन्नतिमा पर्यत्नशीलता लज्जा, कार्यशैली एवम् समानुपातिकताको सूचक हो । यसमा पेट र गुदद्वारको विचार गरिन्छ, धनेश सुख भावमा हुँदा अनेक धन सञ्चयको प्रमुख स्थान ओगटेको हुन्छ । चतुर्थ स्थानको चन्द्रमा विश्वविख्यात दानी–मानी, धनी–सुखी रोगरहित राग–द्वेष बर्जित र कृषि उन्नतिद्वारा विश्व परिचालित, व्रतबन्ध–विवाह पनि यस वर्ष गरेकाजति भाग्यका सूचक हुनेछन् । मानिसमा बुद्धिको विकास, धर्मको जागरण, विश्व कुन्डलीमा चन्द्रमा चौथो स्थानमा हुँदा राजा भएका देशमा राजाको सम्मान र नभएका देशमा राजसंस्थाको चर्चा पुन: गद्दी आरोहणका प्रस्तावहरू अगाडि सारिनेछन् । मंगलका साथ बुधको गृह शत्रु स्थानमा शत्रुको पूर्ण दृष्टि परेका कारण जनता कारक बुध र सेनाकारक मंगलको इरा दृष्टिका कारण सेनाले राज्यमा अधिकार लिएको हुँदा सेनाले राज्यमा हस्तक्षेपका चर्चाले प्रभाव पार्नेछन् । ०७१ मा पनि गृह सुधारका लागि सेना परिचालन हुने योग परेको छ ।
(३) तेस्रो स्थानको नाम आपोकिलिम उपचय सहज भातृ स्थान हो । विचार गर्नुपर्ने कुरा र विषयहरू, नोकर–चाकर, दास कर्म, सहोदर भाइ, साहस, पराकर्म, आयु, सौर्य–शक्ति, दम–खाँसी, कफ–क्षयरोग, स्वास–रोग, गायन, वाद्यवादन, योग–अभ्यास हो । सिंह राशि तेस्रो स्थान स्थिरसंज्ञक अग्नितत्व दिनबलि पहँेलो वर्ण पीत–प्रकृति उष्ण स्वभाव पूर्व दिशाको स्वामी, पुष्ट शरीर, क्षत्रीय वर्ण, अल्प सन्तति, भ्रमण प्रिय एवम् निर्लज्ज राशि हो । यसको प्रकृति स्वरूप मेष राशिसरह हुन्छ । यसबाट स्वतन्त्र रूपमा समान न्याय, उदारता विशेष रूपमा वर्तमान अवस्थामा फल प्रदान गर्नु यसका विशेषता हुन् । प्रायगरी हृदयको विचार गर्नु आवश्यक हुन्छ । तृतीयश एकादश स्थानमा हँुदा विश्वका जनता तथा सरकारलाई मिहिनेतबाट धन आर्जन गर्न बल प्रदान गर्दछ । शरीरमा दुर्बलता र क्रोधी मिजास जनसेवामा तत्पर रहन्छ । प्रसस्त लाभ हुनुका साथै राजद्वारमा सम्मानित, बन्धु–बान्धवादीहरूसहित भोग–उपभोग, मित्र सुख प्राप्त गराउँदछ । यस वर्ष विद्युतीय आणविक हात–हतियार सौर्य ऊर्जामा प्रसस्त लगान र उत्पादनहरू तीव्र गतिमा उत्पादन हुनेछन् । अनियमित वामपन्थीहरूद्वारा राजाको प्रशंसा हुनेछ ।
(४) चतुर्थ स्थान केन्द्र सुख पाताल स्वहृदय बाहन–यान अम्बु–बन्धु निरशादि, मातृ–पितृ सुख, गृह चतुष्पद, मित्र शान्ति, अन्तस्करणको स्थिति, घर पाक वस्तु, बाग–बगैँचा, दया–निर्दयी, परोपकार, छल–कपट, भान्सा–भान्से, खेती–गृहको भित्री नतिजा, वकिल, आमा, पृथ्वी, खानी, धातु, ससुराली यात्राको सफलता यस स्थानको कर्कट, मीन र मकर राशिको उत्तरार्ध बलवान् मानिएको छ । चन्द्र, बुध चतुर्थ स्थानका कारक हुन् । चतुर्थ स्थान द्विस्वभाव राशि कन्या स्त्री जाति वायु–सित प्रकृतिको पृथ्वी तत्व दक्षिण दिशाको मालिक यसलाई पेटको ऊर्जामूलक पृष्टोदय सौम्य प्रकृत्ति हरियो, पहँेलो वर्णयुक्त कान्तिविहीन वैस्य जातिसमान अङ्ग भएको अल्प सन्तति, पीत–प्रकृत्तिको स्वभाव साहसी मित्र सहयोगी हुन्छ । सोअनुसार यस वर्ष राष्ट्रसङ्घबाट सम्पूर्ण महादेशहरूमा नयाँ नीति लागू गरिनेछ । मंगलले राहु र शनिलाई दृष्टि नदिएका कारण विश्वमा आतङ्कवादले शिक्षालय वा मन्त्रालयमा वम विस्फोटनसमेत गराउनेछन् । कुनै वर्ष सफल गर्न नसकेका कार्यहरूमा अचानक सफलता प्राप्ति हुनेछ । पूर्वआँकलन नगिएका देशहरूसँग अचानक युद्धमा होमिनु मंगल, बुध र चन्द्रमाका विशेषता हुन् । गुरुको ७५ प्रतिशत दृष्टिबाट शान्तिसम्झौताको वार्ता पनि हुन सक्दछ । मंगल शत्रु स्थानमा हुनाले राष्ट्रिय मामिलामा सैनिक–प्रहरीद्वारा धोकापूर्ण कार्यहरू हुनेछन् ।
(५) पञ्चम पुत्र, मित्र, पणफर, तनुज, बुद्धि, विद्या, आत्मज एवम् वाणी प्रबन्ध सन्तान, विद्या–विनय, नीति–व्यव्स्था, देवभक्ति, मातुल सुख, जागिर छुट्ने र धन मिल्नुको उपाय अनायास धेरै धन मिल्नु जठराग्नि गर्भाशय गर्भ सफल वा असफल मूत्र पिण्ड एवम् बस्ती यस स्थानका कारक वृहस्पति हुनेछन् । पाँचौँ स्थान तुला चर संज्ञक राशि वायुतत्व, पश्चिम दिशाको स्वामी अल्पसन्तानवाला श्याम वर्णवाला शीर्षोदय, शूद्रसंज्ञक, दिनबलि, त्रूmर स्वभाव, उच्च शनि राहुका साथ, सूर्य र केतुको पूर्ण दृष्टि लिएर उच्च भई विधान मस्यौदा विभागमा हुनाले विधान मस्यौदामा गर्ने क्रममा वाद–विवादले उग्र रूप लिनेछ । जातीय सङ्घीयताको पक्षमा मङ्गोलियन हिन्दू तथा विदेशी धर्म खरिददारहरूबीचको किचलो र कचिङ्गलले गर्दा पूर्ण रूपमा वैधानिक कार्यमा उग्र वामपन्थीहरूको दबाबका कारण शीघ्र कार्य सम्पन्नतामा बाधा–अड्चन आउनेछ । काला जातिका व्यक्तिहरू विश्व सङ्गठनका प्रमुख हुनेछन् । पूर्वशासकहरू यस वर्षका सञ्चालकमै रहनेछन् । सञ्चारमाध्यमद्वारा विपक्ष उग्रपन्थीहरूको चर्चा–परिचर्चा प्रसस्त गर्नेछन् ।
(६) षष्टम् भाव=आपोक्लिम्, उपचय, शत्रु, रिपु, बैरी, द्वेष, क्षत, रोग, एवम् नष्ट हो । विचार गर्नुपर्ने विषयहरू मामाको स्थिति, शत्रुको चिन्ता, शङ्का, जमिन्दारिता, रोगबाट पीडा, घाउ–खटिरा, मिर्गौला, मूत्र सञ्चालन यस वर्षको पशुपालन, भैँसी, धातु, बहुविवाह र परराष्ट्रबाट हुने आक्रमण छैटौँ स्थान वृश्चिक स्थिर राशि हो । धुम्र वर्ण जलतत्व स्थिरसंज्ञक उत्तर दिशाको स्वामी रात्रिबली कफ–प्रकृति, प्रसस्त सन्तानवाला, अर्धजलराशि हो । यो दम्भी, घमण्डी, पापी, हठी, दृढ प्रतिज्ञा, स्पष्ट सत्यवादी, मलरहित निर्मल हो । यसको कालपुरुष चक्रअन्तर्गत चाक (वक्षस्थल)को विचार एवम् तिघ्रा तथा स्त्री इन्द्रिय स्वाधीस्थानको विश्लेषण गरिएको हुन्छ । षष्टेश, चतुर्थ स्थानमा शत्रु स्थानमा शत्रु साथ हुँदा जलमार्गद्वारा सैनिक आक्रमण व्यहोर्नुपर्ने सङ्केतका योगहरू परेका छन् । बाहन सुखबाट क्षति, गृहद्वन्द्वले धेरै चर्चा पाउनेछन् । सामुद्रिक भूकम्प उत्तरबाट दक्षिणतर्फको बहावमा असोजको अन्त्यमा दक्षिणी मुलुकमा क्षति पु¥याउनेछ । कृषि उत्पादन सम्बन्धिका कार्यहरू प्रसस्त फलदायी हुनेछन् । पृथ्वीका दक्षिणी भूभागमा नयाँ खालका धातुहरू पत्ता लगाउन भू–विशेषज्ञहरू सफल हुनेछन् । तर, बक्री मंगलका कारण बुद्धिमा पर्दा लाग्न सक्दछ ।
(७) सातौँ स्थानको नाम केन्द्र मदन, सौभाग्य, जमिन एवम् काम, यसमा विचार गर्नुपर्ने विषयहरू स्त्री, मृत्यु, मदन, कामचिन्ता, पीडा, स्वास्थ्य, मैथुन अङ्ग विभाग, जनेन्द्रिय, विवाह, झगडा एवम् झगडिया, व्यापार, रगत बग्नु, रोग, शत्रु र विदेश स्थान हुन् । सप्तम् भावमा वृश्चिक राशि बलवान मानिन्छ । राशि सातौँ भाव धनु, पुरुष जाति, कञ्चन वर्ण, द्वि–स्वभाव, क्रूरसंज्ञक, पीत प्रकृतिको दिनबलि पूर्व दिशाको स्वामी, दृढ शरीर, अग्नितत्व क्षत्री वर्ण अल्प सन्तति एवम् अर्धजलचारी हो । यसको प्रकृति र स्वभाव अधिकारप्रिय, करुणामय एवम् मर्यादाको इच्छुक हो । यसबाट मानिसका तिघ्रा र पैतलाको सन्धिविचार गरिन्छ । सप्तमेश लग्नमा हँुदा विदेशीहरू बिनानिम्ता आउने क्रम बढी नै रहन्छ । स्त्रीहरू पनि पुरुषको इच्छाविपरीत दाबी लिएर आउनेछन् ।
(८) कारकतत्व अष्टम भावको नाम पणफर, चतुरस्र, त्रिक, आयु, मरण, जीवन–मृत्युको कारण, मानसिक चिन्ता, सामुद्रिक यात्रा, ऋणमा डुब्नु, धनमा उत्रनु, योनिको घाउ, लिङ्ग, अण्डकोश वृद्धि तथा निवृद्ध आदि स्थानको रोग, यस स्थानको कारक मान्दिपुत्र शनि हुन् । आठौँ मकर परेको चरसंज्ञक स्त्री जाति, बाथ प्रकृतिको पृथ्वीतत्व, पिंगल वर्ण, रात्रिबलि, वैश्य वर्ण, शिथिल शरीर एवम् दक्षिण दिशाको स्वामी हो । यसको प्रकृति र स्वभाव उच्च अभिलाषी हुन्छ, यसबाट घुँडाको विचार गरिन्छ । समग्रमा चेतनारहित हो । अष्टम भावेश शनि बक्री भई बसेको हुँदा राष्ट्रसङ्घबाट पूर्व गरिएका निर्णयहरू फिर्ता लिनुपर्ने हुन्छ । कर्मेशलाई मृत्यु विभागको स्वामी पाप ग्रहले देखेको हुँदा कार्य सञ्चालकलाई बाहिरबाट अचानक धम्की आउन सक्ने योगहरू परेका छन् ।
(९) नवौँ स्थान धर्म, पुन्य, भाग्य एवम् त्रिकोण हो । विचार गर्नुपर्ने धाराहरू मानसिक वृत्ति, भाग्योदय, शील, तप, धर्म, प्रवास, विद्या, तीर्थ–यात्रा, पिताको सुख, दान आदि हुन् । यसका कारक रवि र गुरु हुन् । यो स्थिरसंज्ञक पुरुष जाति हो । वायु तत्व, विचित्र वर्ण, शीर्षोदय, अर्धजलचारी, त्रिदोष प्रकृतिको, दिनबलि, पश्चिम दिशाको स्वामी हो । उष्ण स्वभाव, शूद्र वर्ण, क्रूर, दयाहीन एवम् मध्यम सन्तानवाला हो । यसको प्राकृतिक स्वभाव शान्तचित्त, विचारशील, धर्मवीर, दानवीर, नयाँ–नयाँ योजना आविष्कार गराउँछ । यसबाट पेटको भित्री भागको विचार गर्नुपर्छ । उक्त योगहरूबाट देव–ब्राह्मणहरूको मान–मर्यादा र धर्म संरक्षणमा टेवा पुग्नुका साथै विश्वमा परमपार गर्न सक्ने प्राचीन धर्मको यथारूपको पहिचान कुन धर्मसँग छ त ? भनेर धर्मविद्हरूको सम्मेलन हुनेछ । गर्भपतनजस्ता कार्य ३५ प्रतिशतको हाराहारीमा हुनेछन् ।
(१०) दशम् भाव विश्व कुन्डलीको कर्मभाव हो । कर्म संज्ञाहरू व्यापार, आस्पद, मान, आज्ञा, व्योम, गमन, मध्य केन्द्र, स्व एवम् नभ हो । यसबाट राज्य, मान, प्रतिष्ठा, पिता, न्यायाधीश आकाशे वर्षा र प्रधानमन्त्रीको हैसियत प्रभुता, व्यापार, अधिकार, ऐश्वर्य (भोग), कृति–लाभ एवम् नेतृत्व आदि हुन् । यस राशिमा मेष, वृष, सिंह, मकरका पूर्वाद्र्ध एवम् धनको उत्तराद्र्ध बलवान् हुन्छन् । यसका कारक रवि, बुध, गुरु एवम् शनि हुन् । मीन द्वि–स्वभाव राशि, स्त्री जाति, कफ–प्रकृति, जलतत्व, रात्रिबलि, विप्र वर्ण, पहँेलो रङ यसको प्रकृतिक स्वभाव, उत्तम दयालु एवम् दानशील पूर्ण रूपमा रसादि कारक हो । यसबाट पैतलाको विचार गरिन्छ । दशमेष लग्नमा र लग्नेश दशौँमा हुँदा दिन दुईगुना, रात चौगुना जल–वर्षा र वनस्पतिबाट हराभरा गराउँदछ ।
(११) विश्वको आयभाव एकादश स्थान पणफर, उपचय, लाभ उत्तम आय हो । गज, अश्व, रत्न, मांगलिक कार्य, मोटरकार, मोटर–पाल्की इत्आदि ऐश्वर्य सम्पत्ति हो । यसका कारक गुरु हुन् । ११ अङ्क परेका कारण यस वर्षको मुख्य उपलब्धि भने पश्चिमी मुलुकमा हुनेछ । मेष पुरुष जाति, चरकारक, अग्नि तत्व, पश्चिम दिशाको मालिक समस्त कार्यको बोध गराउनेवाला पृष्टोद्वय, उग्र प्रकृतिको रातो, पहँेलो वर्णको कान्तिविहीन, क्षत्री वर्ण, सबै समान अङ्ग भएको एवम् अल्पसन्तति पीत–प्रकृति कारक हुन्छ । यसको प्राकृतिक स्वभाव साहसी, अभिमानी एवम् मित्रहरूप्रति दयाभाव प्रकट गर्ने र राज–सङ्घर्ष गर्न सधैँ उत्सुक रहने गर्दछ । वर्ष प्रवेश हुँदा सूर्य र केतु एकादशमा परेको सम्वत् राजाका लागि अनुकूल र मन्त्रीका लागि प्रतिकूल हुन्छ । केतु र सूर्यबाट शनि र राहुलाई शत्रु भावले पूर्ण दृष्टि दिएका कारण कानुन मन्त्रालय विधान र शिक्षामा अन्तर्राष्ट्रिय दबाब हुनुका साथै प्रगतिमा बाधा हुनेछ ।
(१२) बाह्रौँ भाव १२ वटा कर्मजीवी योग परेका छन् : फल– सामाजिक प्रतिष्ठा, खनिज, धातुजन्य पदार्थहरूको उत्पादनमा वृद्धि, व्यापारमा प्रगति हुनेछ । (१) शरीर सुखली कार्य योग–राजनीतिक समूह तथा वनस्पति वैज्ञानिकद्वारा वनस्पति र सम्पदाहरूको विकासबारे नयाँ नीति निर्माणमा जोड दिनेछन् । (१) देह पुष्ट योग, फल– पूर्णविकसित सम्पदाको सुख हुनेछ । भातृ–वृद्धि योग, राष्ट्रिय मिलोमतो भएका देशहरू बेहद सम्पन्न हुने योग परेको छ । उत्तम् गृह योग, विश्वप्रसिद्ध भवन निर्माण हुनेछ । (१) मातृ दीर्घायु योग, फल–पञ्च–प्रकृति तथा वनस्पति उद्बिजहरूको आयु वृद्धि हुनेछ । (१) निष्कपट योग, फल– स्वच्छ हृदय, दुष्कर्मबाट सजग रहने छ । (१) अन्य पुत्रयोग, फल–पुत्र नहुनेहरू धर्म–पुत्रद्वारा पालन–पोषणको व्यवस्था गराउनेछन् । (१) सत्कलत्र योग, फल–नारीहरू सत्य धर्मपालक हुनेछन् । (१) भाग्य योग, अत्यधिक सुख उपभोगका साधनहरू उपलब्ध हुनेछन् । (१) अरिष्ठ भङ्ग योग, फल– जस्तोसूकै समय आइपरे तापनि तत्काल समाधान हुनेछन् । (२) पूर्णायु योग, फल– प्राणीहरूमा सद्भाव कायम । (१) शुक्र मंगल सूर्य योग, फल–अत्यन्त प्रभावकारी दृष्टि, दोषयुक्त तीव्र भाषण, क्रूर शासन हुने योग । (१) आश्रय रज्जु योग, शासकहरू महत्वाकाङ्क्षी, देश–विदेशमा अनावश्यक भ्रमण, बौद्धिक रूपमा गतिशील, खुला दिमाग लगातार सङ्घर्षरत, कार्य निरन्तरतामा बाधा, रिसालु स्वभावका हुनेछन् । (१) अन्फा योग, शनि राहुबाट बनेको, फल– नेताहरूलाई चोरको मतियारको अभियोगमा डण्डित, दुष्ट कर्म गराउँदछ ।
(१) सङ्ख्या दामन योग, फल– ज्ञान, बुद्धि–विवेक र उत्पादनमा वृद्धि, अन्त्यमा कार्य सफल गराउँदछ । (२) गजकेशरी योगले शासकहरूलाई सिंहसमान आक्रामक गराउँछ । (३) सुन्फा योगले ७० प्रतिशत यो वर्ष व्यतीत हुँदा ठूला–ठूला घटना घटाउँछ । (४) वरिष्ठ योग, फल– वरिष्ठ ऊर्जावान् प्रख्यात, शान्त स्वभाव गराउँछ । (५) बोसी योगले जनप्रतिनिधिलाई सम्पन्न, दानशील, धर्मरत, मिष्ठान्न भोगी गराउँदछ । (६) सफल अमल कृति योग, फल– आफन्तहरूलाई धर्म विषयमा लुप्त, राज्यमा सम्मान, जनप्रिय बनाउँछ । (७) पर्वत योग– वजस्वी, तेजस्वी, दानी, वक्ता, शास्त्रवेत्ता, विनोदी, जनतामा सम्मान गराउँछ । (८) लक्ष्मी योग, फल–आर्थिक उन्नतिले विश्वप्रसिद्ध हुनेछ । (९) एघारवटा राजयोग परेका छन् । राष्ट्रसङ्घ तथा महादेश प्रमुखलाई पद सम्मान गराउँछ । (१०) धनयोग– देशविदेशमा पूर्वआँकलनभन्दा २५ प्रतिशत धन वृद्वि गराउँछ । (११) दान योग– निकटवर्ती देश तथा जनताबाट पूर्णरूपमा सहयोग मिल्नेछ । (१२) स्ववीर्य धन योग– स्वयम् व्यक्ति–व्यक्तिको पराक्रमका विषयले यस वर्ष व्यापक हलचल मच्चाउनेछ । (१३) कपट योग– खुला रूपमा प्रकट गर्नुपर्ने विषय गोप्य र गोप्य विषय खुला प्रकट हुनेछन् । (१४) १० वटा कर्मजीव योग परेका कारण विविध विषयमा प्रसस्त वृद्धि हुनेछ । (१५) दीर्घजीवन राजनीति शक्तिमा शुभप्रभाव पर्नेछ । (१६) शरीर सुख योगबाट पृथ्वीमा क्षति कम हुनेछ । (१७) देहस्थूल्य योग– निर्माण र सजावटमा प्रसस्त सदुपयोग हुनेछ । (१८) मातृ दीर्घायु योग– मातृभूमि पृथ्वी तथा आध्यशक्ति जननीको आयु वृद्वि हुनेछ । (१९) निस्कपट योग– पापरहित समाजको सिर्जना गराउनेछ । (२०) मात्रृस्नेह योग– आमाहरूको सम्मानमा वृद्वि हुनेछ । (२१) यस वर्ष छोरीभन्दा छोराको जन्मसङ्ख्यामा वृद्धि हुनेछ । (२२) बुद्धमातुर्य योगबाट जनतामा नवबुद्धिको विकास हुनेछ । (२३) तीव्र बुद्धि योग– एक देशले अर्को देशसँग कम विश्वास गर्नेछन् । (२४) महापरिवर्तन योग– नवसत्ताधारीहरू ढल्ने पूर्वसत्ताधारीहरू सत्तामा आउनेछन् । (२५) अरिष्ठ भङ्ग योगबाट पूर्वनष्ट गरिएको, तर वैधानिकता नपाएकाजस्ता विषय फेरि बौरन सक्दछन् । (२६) अरिष्ठ मतिभ्रम योगबाट हुन लागेको कार्य बुद्धि–व्यग्रताका कारण असफल हुन्छ । (२७) दैनिक परिवर्तन योग विरोधीहरूको खराब नियतका कारण शासकहरूले सङ्कटको सामना गर्नुपर्छ । (२८) मांगलिक योग– जगलग्न र चन्द्र लग्नबाट परेको हुनाले सैनिकको हस्तक्षेप सामना गर्न बाध्य हुनुपर्छ ।
दरिद्र योग– स्वास्थ्य खराबी, दरिद्र, मूख्र्यैपन । अल्पायु योग– श्रावण महिनामा भूकम्प, पश्चिम मुलुकमा क्षति । दासी प्रवाहमा वृद्धि, अन्धाको सङ्ख्यामा वृद्धि, भोजनको स्वादमा कमी, जनतामा परिचयको वृद्धि, समूहबाट निष्कासित हुने योग परेको छ । २०१४, १४ अप्रिलदेखि १५ मेसम्म चन्द्रमाको पालो– हरेक कार्यमा सफलता, १४ मेदेखि ५ जुन २०१४ सम्म मंगलको पालो, फल– गृह मामिलामा अशान्ति, सैनिक सशक्तिकरणमा उग्रता, युद्ध आरम्भको निर्णय, २९ जुलाईसम्म राहुको पालो, फल– स्थान भ्रष्ट, राज्य हानि, तत्काल राजकार्यमा बाधा, मानहानि गराउँछ । १६ सेप्टेम्बर २०१४ सम्म वृहस्पतिको पालो, फल– सुख–शान्ति, प्रशासनिक क्षेत्रमा सुधार, अन्तर्राष्ट्रिय मामिलामा शान्ति–वार्ता हुनेछ । १३ नोभेम्बर २०१४ सम्म शनिको पालो, फल– गृह–मामिलामा द्वन्द्व, अन्तर्राष्ट्रिय मामिलामा युद्धको धम्की दिइनेछ । पापपूर्ण कार्यले स्थान पाउनेछ । ०५ जनवरी २०१५ सम्म बुधको पालो, औद्योगिक क्षेत्रमा ठूलो धनराशि लगानी । जनताद्वारा स्वागत विद्या–बुद्धिको सदुपयोग । २५ जनवरी २०१५ सम्म केतुको पालो, फल– चोरी–डकैती, हतियार, लुटपाट, सहरहरूमा आगजनी हुनेछ । २७ मार्च २०१५ सम्म शुक्रको पालो, फल– राज्यको सम्मान, विद्या–बुद्धिले उच्च स्थान पाउने, व्रतबन्ध, विवाह, मनोरञ्जनका कार्यहरू तीव्र हुने, गृह सुधारतर्फ ध्यान जाने, कार्यपालिकालाई सैनिकको दबाब हुनेछ । १४ अप्रिलसम्म सूर्यको दशामा, मानसिक चिन्ता रोग–व्याधि, धन–धान्य वृद्धि हुनेछ । यस वर्ष जलाढम सङ्ख्या सय प्रतिशत वर्षा हुनेछ । समुद्रमा ४८ प्रतिशत, पर्वतमा ३० प्रतिशत, भूमिमा २० प्रतिशत वर्षा नौ मौजात रहनेछ । धान्य नौ, तृष्ण ७, शीत ७, तेज १७, वायु १३, वृद्धि १५, क्षय १५, विग्रह ११, क्षुधा ०७, तृषा ०३, निद्रा ०५, आलस्य ०७, उद्यम १३, शान्ति १५, क्रोध १३, दम्भ ५, लोभ ३, मैथुन १५, रसनिष्पत्ति ९, फलनिष्पत्ति १३, उत्साह ११, उग्र १७, पाप १७, पुण्य ५, व्याधि ३, तन्नाश १, आचार १७, अनाचार ५, मृत्यु १, जन्म ९, देशोपद्रव १५, चौरभी ९, अग्निभी १, उद्दिजा १५, जरायुजा ३, अन्डजा ५, स्वदेजा ७, शलभा १७, मुषका १३, शुका ३, हेम १७, ताम्र १९, स्वचक्र ३, परचक्र ५, यो सङ्क्षिप्तमा वर्ष फल लेखिएको छ ।
२०७१ मा नेपालको राजनीतिमा पर्न सक्ने प्रभावबारे छोटकरीमा फलादेश :
नेपाल वृश्चिक राशिबाट कहिल्यै फरक हुन सक्दैन । नेपालको कुन्डलीअनुसार यस वर्ष वृश्चिक राशिको स्वामी बक्री भई एकादश स्थानमा चन्द्रमा शत्रुको साथमा, आफ्नो राशिमा युरोप, अस्ट्रेलिया, एसिया महादेशमा र विश्वमा मिथुन लग्नको उदय भएको छ । सोही लग्नको स्वामी वर्षका वर्षेश मालिक पूर्व सातवटा महादेशका राजा भई पूर्वी देशको कर्म भावमा न्याय समूहका नेता कारक भई बसेका छन् । यस्तो हुँदा पूर्व–पश्चिमका देशहरूमा मारामारको होडबाजी हुने योगहरू नपरेको पाइन्छ । वृश्चिक राशि नेपालको आठौँमा विश्व लग्न परेको हुनाले र आठौँको स्वामी नेपालको विधान विभागमा, विधान विभागको स्वामी आठौँमा हुनाले पूर्वसंविधानमा नष्ट गरिएका ८० प्रतिशत बुँदा ब्युँझिने छन् । नेपालको स्वामी मंगल दक्षिण दिशाको अङ्क एकादशमा र एकादशेस नेपालको विधान विभागमा हँुदा मरेको बौरिने र बचाउन खोजेकोचाहिँ मर्न सक्नेछ । दक्षिण छिमेकी मुलुकको इसारामा मात्र संविधानको खाका तयारी हुन सक्दछ । चीनलाई शनि आठौँमा पुगेर अढैयामा प्रवेश भएको हुँदा अरू कुनै देशको सहायता गर्न खोज्दा अचानक युद्धमा होमिनुपर्ने बाध्यता सिर्जना हुन सक्दछ ।
नेपालको भूमिको स्वामी शनि नेपालको बाह्रौँमा गोचर क्रममा पुगेको हँुदा विदेशी लडाकुले नेपालको भूमि प्रयोग गर्न माग गर्नेछन् । नेपालीले नदिनु नै हितकर हुनेछ । नेपालको भाग्य भावको स्वामी चन्द्रमा एकादश आयस्थानमा हुँदा अन्त्यमा गएर दक्षिणी मुलुकको इसारामा मात्र संविधानसभाको निर्माणमा केही बल पुग्नेछ । नत्रभने समस्या ज्युँकात्युँ रहने सम्भावना धेरै छ । नेपालको संविधान निर्माण गर्ने क्रममा ठूलो मात्रामा वैदेशिक धनराशि हात पर्ने योगहरू प्रसस्त जुटेको पाइन्छ । सूर्य र केतु छैटौँ स्थानमा बसेको हुनाले ६० प्रतिशत जनता भूतपूर्व राजा र सैनिकको चर्चा गर्नेछन् । विगतमा भएका सबै बुँदे समझदारीहरू अर्थविहीन भई गोलमालमा पर्नेछन् । पूर्वी महादेशमा ८ वटा राजयोग परेका छन् । नेपालको स्वामी मंगलले आफ्ना शत्रुहरू आपैँmले तहमा ल्याउनेछ । नेपालको धर्म विभागको अधिकारी दक्षिणी छिमेकी मुलुकतर्फ लागेको र धर्मसभाका सचिव चन्द्रमाको साथमा मंगल हुनाले हिन्दू राज्य पुनर्बहाली हुने पक्षमा पश्चिमी मुलुकको दबाबमा केही समय सबै पक्षले छलफल र बहसमा जोड गर्नेछन् । अन्त्यमा गएर दक्षिणी मुलुकको इसारामा बन्न सक्दछ । विदेशी धर्म लोप हुँदै जानेछ ।
(१) यस वर्ष आकाशीय वृत्तमा मध्यम हवाईजहाज १५ प्रतिशत दुर्घटनामा शङ्का । चट्याङ–चुटुङ र बज्रपातले मध्य रूप लिने ।
(२) पूर्व–पश्चिमका मुलुकमा भीषण युद्ध गर्ने धम्की । बन्द र हडताल तीव्र । जनता त्रासको भुमरीमा पर्ने ।
(३) राष्ट्रसङ्घले थप सम्मान पाउने, विश्वख्याति प्राप्त गर्ने । अन्य देशसँग थप सेनाको माग गर्ने ।
(४) पूर्व सत्तासीन मन्त्रीहरू भ्रष्टचारको अभियोगमा जेल जाने योग ।
(५) यस वर्ष ८० प्रतिशत विदेशी योग सबैजसो देशका नेता औपचारिक भ्रमणमा नेपाल आउने ।
(६) यस वर्ष सूर्य, केतु नेपालको छैटौँ परेको हुनाले नेपालले आफ्नो शत्रु आफैँले तह लगाउनु, नष्ट गर्नु, जे गर्नु छ, आपैँm गर्छ । नेताहरूलाई थाहा हुँदैन । पछि मात्र यसो पो भएछ भन्नेछन् ।
(७) नेपालका वकिल विभागको स्वामी बाह्रौँ स्थानमा गई गोपनीयता भङ्ग हुने योग परेको हुनाले नेपालका कानुनविद्हरूले निर्णय र बहसमा ध्यान दिन आवश्यक ।
(८) यस वर्ष पनि कानुनविद् र प्रशासकहरूले वर्षभरि नै राज्य छोडी विदेश भ्रमण गर्नेछन् ।
(९) लोकतन्त्र नेपाललाई शत्रु परेको छ भने लोकतन्त्रलाई नेपाल मृत्यु परेको छ । देशलाई व्यवस्था फापेन भने समस्या समाधान हुँदैन ।
(१०) भूतपूर्व सरकारका पदासीन नेताहरू अचानक जेल–कष्टडीका भागेदार हुनेछन् ।
(११) विद्यार्थीले नेताविरुद्धको अचानक नीति–नियममा परिवर्तन, शिक्षामा गिरावट, विद्यार्थी सङ्घमा विदेशी हमला ।
(१२) पत्रकार जगत्ले यस वर्ष क्षति व्यहोर्नुपर्दछ । अन्तर्राष्ट्रिय सजाय पाउनेछन् ।
(१३) चोर–डाकाहरू ८० प्रतिशत सेना–पुलिसको कब्जामा पर्ने, उम्कने उपाय किञ्चित्त मात्र ।
(१४) यस वर्ष पूर्ण बजेट निकासा गर्ने क्रममा बाधा–अड्चन नआउने, विकास र जनजीविकामा समस्या आउने । विदेशी इसारा लागू हुनेछ ।
(१५) एक देशले अर्को देशमा जासुसी गर्ने कार्य तीव्र रूपमा हुने । तर, गोप्य रहनेछ ।
(१६) चन्दाआतङ्क गिरफ्तारी र पक्राउजस्ता क्रियाकलापले शान्ति र स्वतन्त्रतामा बाधा आउनेछ ।
(१७) गाउँ–सभा, जिल्ला–सभाको चुनाव हुन सक्ने सम्भावना बढी मात्रामा देखिएको छ । तर, पश्चिमी देशहरूको दबाबमा बिथोलिन सक्ने सम्भावना धेरै छ ।
(१८) ०६३ वैशाख ११ गते सोमबार बेलुका राति १०:५५ बजे तत्कालीन श्री ५ महाराजाधिराज सरकारबाट घोषणा भएको संसद् पुनर्बहाली, अमृत योग, द्वादशी तिथि, ब्रह्म वर्ण, कुम्भ राशि र धन लग्नमा भएको हो ।
(१९) २०४६ को जनआन्दोलन–१ ले दिएको संविधान ६० प्रतिशत बौरिन सक्ने ।
(२०) प्रत्येक दश वर्षमा नेपालमा परिवर्तन भएअनुसार र घोषणा मितिले ७३ साल कात्तिकमा अर्को नयाँ व्यवस्थाको स्थापना हुने । लोकतन्त्रको आयु १० वर्ष आठ महिनासम्म रहनेछ ।
(२१) ०७० फागुन २८ गते बेलुका ४:२२ बजेको शपथग्रहण छट्टु भन्ने नाम मिथुन राशि, ककर्ट लग्नमा राशि पाउ फलाम, नक्षेत्र पाउ चाँदी, मनुस्य गण घाँटीको अधिपति भई छिन्न अवस्थामा प्रधानमन्त्रीको ग्रहण कार्य भएको हो । यस्तो योगमा कुनै पनि नकारात्मक कार्यको समाप्ति हुन्छ । अरू कुनै पनि सकारात्मक कार्यको थालनी हुन्छ । शत्रु साधनातर्फ जोखिम कार्य अपनाउनुपर्नेछ ।
(२२) प्रधानमन्त्रीको शपथग्रहण चर लग्नमा भएको र लग्नेश बाह्रौँमा बाहिरिएको हुँदा अवधि नपुगीकन सत्ता छोड्न बाध्य हुनुपर्छ ।
(२३) नेपालले आफ्नो हिन्दूराष्ट्र परम्परागतको गहना मागिराखेको छ । नदिए कार्यकुशलतमा बाधा र अशान्ति भइरहनेछ ।
(२४) विचार र व्यवहारमा दोहोरोपन घमण्ड र आडम्बर सबैखाले महानुभावमा देखापर्नेछ ।
(२५) यस वर्षका शुभ दिन शनि र शुक्रबार शुभ अङ्क ५, ३, शुभ रत्न पन्ना हीरा र गोमेद, शुभ उपरत्न ओनेक्स एक्वामेराएन शुभ हुनेछन् ।
(२६) यस वर्ष शुक्ल चतुर्थी नवमी र दशमी कृष्ण पक्ष तृतीया तिथि अशुभ छन् भने प्रत्येक मासका ८, ११, २३, ३० तारिख र शनिबार अशुभका सङ्केतमा पर्दछन् ।
(२७) यस वर्षको लेखमा त्रुटि हुन गएमा पाठकमा क्षमा याचना गर्दै स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली महानुभावमा ०७१ को सुखद् उपलक्षमा हार्दिक मंगलमय शुभकामना अर्पण गर्दछु ।
स्वस्ति अस्तु ।।
ज्यो.पं. आत्माराम उप्रेती, त्रिपुरेश्वर काठमाडौं ।
सम्पर्क : ९८४१४८८९९७