प्रधानमन्त्री, सरकार र यिनको क्षमता

प्रधानमन्त्री, सरकार र यिनको क्षमता


bichar– दामोदर पौडेल
सरकार बन्नु नियमित प्रक्रिया हो । अहिले सुशील कोइरालाको नेतृत्वमा सरकार वनेको छ । उनी इमान्दार र सादगीका प्रतिक मानिन्छन् । उनलाई सुरुमै शेरवाहादुर देउवाले असहयोग गरेकोले एमालेलाई वाहिरै राखेर पनि कांग्रेसमात्र रहेको सरकार बन्न कठिन भयो भनिन्छ ।
भर्खरै प्रधानमन्त्री बनेका ब्यक्तिलाई प्रधानमन्त्रीको पद छोड्ने कुरा गर्दा नराम्रो लाग्ला तर जीवनमा कहिल्यै सरकारी पदमा नवसेका प्रधानमन्त्रीले कुनै दिन प्रधानमन्त्री पद छोड्नै पर्दछ र त्यतिवेला आफ्नो इमान्दारी र नेपाली जनताप्रतिको मायांको चिनु छोड्न सक्नु पर्दछ भन्ने सोच आजैवाट आए राम्रो हुने थियो । १ बर्ष वा ५ बर्ष जति समय प्रधानमन्त्री वने पनि लोकतन्त्र मान्ने नेताहरु अपेक्षाकृत लामो समयसम्म सरकारमा रहंन भन्दा योग्य उत्तराधिकारी वनाउन रुचाउदछन् । तर प्राय त्यो भन्दा पहिला नै उनीहरुलाई पद छोड्नुपर्ने हुन्छ । जे भए पनि सुशील कोइरालाले देशको ३७ सौं प्रधानमन्त्रीमा आफ्नो नाम दर्ज गराई सके, अव उनको कुनै दृढ इच्छा छ भने अरु प्रधानमन्त्री भन्दा फरक बनेर वा बन्न तर्फ लागेर जनतालाई राम्रो गरेर केही भने पनि खुसी दिन सकेमा उनको योगदान स्मरणिय बन्ने छ ।
एमाले र माओवादीले नराम्रो गरेका र कांग्रेसले राम्रो गर्न नसके पनि नराम्रो नगरेको जनतामा छाप छ । यो अन्यसंगको तुलनामा केही हदसम्म राम्रै पनि हो । यो अवस्थामा कांग्रेसले राम्रो गरेर देखाउन सकेमा यसको जस सुशील कोइरालालाई नै जान्छ ।
एमालेले देशको प्रगति भन्दा भं्रष्टाचारलाई गाउं टोलसम्म पु-याएको हो । जनतालाई सक्षम वन्न भन्दा सरकारको भरोसामा बांच्न सिकाएको हो । यो साम्यवादी दलहरुको रणनीति पनि हो । अहिले पनि एमाले विकास तथा विकासको आधारमा जनहित र शिद्धान्त भन्दा पनि ब्यापक संगठन र हुने नहुने नाराको भरमा चलेको छ । माओवादीले सरकारमा हुंदा जनहितबाट भन्दा सत्ता कब्जा गरेर अगाडि वढ्ने नीति लिएको थियो । कुलवहादुरलाई प्रधान सेनापति बनाउने लक्ष्य त्यसैको काष्टिग थियो । सवै प्रधानमन्त्रीहरुसंग देश वनाउने सांचो थियो र प्रचण्डसंग त अरु क्षमता पनि थियो, ती सवै सदुपयोग हुन सकेनन् ।
अहिलेसम्म जनताको भागमा गरिवी, अभाव, हत्या–हिसा, सहिद र सहिदको परिवारको पगरी, टिका, हात मिलाउने र मुड्की बटार्ने, नारा सुन्ने, भाषणमा सवै कुरा पु-याइ दिन्छौ भन्ने र नेताहरुको भागमा संपत्ति ऐस आराम आदि परेका छन् । जनता पनि केही हुनेहरु नेताहरुको तालमा हिंडेर अझ धेरै हुने कमाउने भएका छन्, गरीव अझ गरीव भएका छन् । कमाउनेहरुले पनि दुख गरेर कमाएका छैनन्, भए अपवादमा छन् ।
सुशील कोइराला अहिले एक्लै हिंड्न सफल हुन पर्दछ । उनले दल जनताको लागि हो भ्रष्ट कार्यकर्ताहरुको लागि होइन भन्ने सोच राख्नै पर्दछ । सरकारमा परिवार र नातागोताका मानिसहरु नराखेर उनको प्रसंसा भएको छ । कोइरालाहरुले परिवारवाद पहिला सोच्दछन् भन्ने धारणालाई उनले अन्त्य गरिदिएका छन् । अव विकास र जनताको हितमा काम गरेर जति समय काम गर्न पाइन्छ गर्ने र हट्न पर्दा जनतामा छाप छोड्ने हो र इतिहासलाई आंफुले थालेका राम्रा काम गर्ने जिम्मा अरुलाई लगाउने नेताको रुपमा बनाउने हो ।
दृढ विश्वास लिएर काम गर्ने हो भने सुशील कोइरालाले करिव ५ लाख महिलालाई एक बर्ष भित्रमा आंशिक रोजगारी दिन सक्दछन् । दुई वर्ष भित्रमा उनले अरु ५ लाख मानिसलाई त्यस्तै रोजगारी दिन सक्ने छन् । स्थानिय तहमा त्यस किसिमको रोजगारी दिएमा जनता गाउंमा नै रहने र त्यहांको विकास हुने मात्र होइन, भएको आमदानी कृषि, फलफुल, पशुपालन, साना र घरेलु उद्योगमा लगाएर विकास हुनाका साथै कृषि उत्पादन सस्तो हुने र विदेशवाट आयात गर्ने बस्तुमा पनि कमी आउने छ । काम गर्न नदिए अरु नेता वा दल जनतावाट नागिन्छन् ।
विशेष आर्थिक लगानी नगरेर नै सुशील कोइरालाले काठमाण्डौको पानीको हाहाकारको अन्त्य गर्न र प्रदुषण समेत कम गर्न सफल पनि हुन सक्ने छन् । यसको लागि उनसंग जमिनी धरातल बुझेका सहयोगी हुन आवस्यक छ । विदेशमा पढेकाको मोडेल यहां सवै कुरामा लागु हुंदैन । यो कार्यका साथै उचित ध्यान दिने हो भने ३ बर्ष भित्रमा देशमा २ सय मेघावाट भन्दा बढी विजुली उत्पादन गरेर देश क्रमस विजुलीमा आत्मनिर्भर हुन सक्ने छ । सामान्य प्रयासवाट धेरै कार्यहरु पुरा हुन सक्दछन् ।
समयमा नै उचित कदम लिन सकेमा देशलाई अगाडि वढाउन सकिन्छ । चीनले भारतले भन्दा करिव दश वर्ष पहिला राज्य पुजिंवादवाट जनतामा पुजिवादी आर्थिक प्रणाली लागु गर्न सकेकोले आज विश्वको दोश्रो धनी राष्ट्र बन्न सकेको छ । यसको श्रेय तेगंलाई जान्छ । भारतमा अहिलेका प्रधानमन्त्री मनमोहन शिहले पछि नव उदारवादलाई आत्मसात गरेकोले भारत पनि चीनको पछि पछि अगाडि वढी रहेको छ । देश र जनतालाई नयां दिशा दिन केही साहस गर्न त आवस्यक हुन्छ नै । महाथिर महमद्ले मलेसियालाई गरीव, भिखारी र घुस्याहाहरुको प्रशासनवाट मुक्त गरेर करिव २७ बर्षमा एशियाको धनी देश मध्येको एक वनाए । प्रधानमन्त्रीको इमान्दारी, इच्छा र आंटले या देशलाई वनाउंदछ या अरुले त्यो गर्न नदिए उनलाई अविस्मरणिय वनाउंदछ । सायद वी.पी.लाई काम गर्न दिएको भए नेपाल अहिले विश्वको धनी राष्ट्रमा पर्ने थियो । वी.पी.संग भिजन, साहस र मास मोविलाइजेसन गर्ने तीनवटै क्षमता थियो । अहिले भिजन र साहस भए पुग्छ । राम्रो गर्न चाहेमा अरुवाट वाक्क भएका जनता आंफै समर्थनमा आउंदछन् । सुशील कोइरालाले यसको सदुपयोग गरेर या वर्तमान बनाउनु पर्दछ या भविश्यमा काम गर्न नदिएको मोडलको रुपमा स्मरणिय बनेर विदा हुन पर्दछ । अन्यथा प्रधानमन्त्रीको नाम दर्ज भएकै छ । चांडो राजिनामा दिएर रामचन्द्र, ओली, वामदेव, रामसरण आदिको प्रधानमन्त्रीमा नाम लेखाउने रहर पुरा गरिदिए हुन्छ ।
जे गरे पनि उनी हिरो नै हुने छन् । जनताको लागि त्याग वलिदान र हित गरे पनि उनी हिरो नै हुने छन् र नसक्ने देखेमा उचित समयमा छोडे पनि उनी दलहरुका लागि विवादरहित ब्यक्तित्व हुने छन् । देश र जनताको लागि काम गर्ने क्षमता र ब्याक फोर्स प्रचण्डमा थियो, उनी चुके र अव उनको करिस्मा पनि रहेन, रहेका अरु नेतामा गर्न सक्ने अवसर अहिलेका प्रधानमन्त्रीमा मात्र छ भन्ने देखिएको छ । तर लोकतन्त्रवादीलाई कम्युनिष्ट वढी भएको देशमा सजिलो छैन । कम्युनिष्टहरु चोर र प्रहरी दुवैको भुमिका निभएर जनतालाई मुर्ख वनाउन सक्ने सवैभन्दा सक्षम प्राणी हुन् ।
कम्युनिष्ट र लोकतन्त्रवादीमा एउटा फरक छ । त्यो हो जनतालाई खोरमा नपुगेसम्म त्यहां कल्प बृक्ष छ भनेर कम्युनिष्ट झण्डाको पछि लगाउने र खोरमा पुगे पछि ढोका बन्द गरेर हामीहरुको प्रार्थना गरेमात्र बांच्न पाउंदछौं भन्ने । खोरमा पु-याउने साहस र चाहना लोकतन्त्रवादीमा हुंदैन । अर्थात त्यसो गरेमा त्यो लोकतन्त्रवादी नै हुंदैन । लोकतन्त्रवादीले त जनतालाई विकास दिएर उनीहरुलाई धनी वनाएर सरकारको गल्तीको विरोध गर्न सक्ने बनाउने हो, गरिवीको समानता वांडेर जनतलाई दास वनाउने होइन ।
युवाहरुले अहिले पनि कम्युनिष्टहरुको रोग र चाहना नबुझे कहिले बुझ्ने ? कम्युनिष्ट उत्तर कोरियाई सासकले सासनमा दोश्रो स्थानमा रहेका आफ्ना फुपाजुलाई र अर्का एक जनालाई सिकारी कुकुरहरुको खोरमा जिउंदै हालेर उनीहरुवाट लुछाएर ६ मिनेटमा नै मारिन बाध्य तुल्याए । यो मारिनेलाई मात्र होइन अन्य जनतालाई पनि हाम्रो विरोध गरे के हुन्छ हेर भन्ने सन्देश पनि हो । अर्थात कम्युनिष्ट कोही कोही सुर्य, कोही हंसिया कोही अन्य केही र पद वाहेक अन्य लक्ष्य एउटै अर्थात जनतालाई झुक्याएर खोरमा हाल्ने । सुशीलको कोर्टमा वल छ । जनतालाई जागरुक र धनी वनाउन सकिन्छ ।