रमाइलो–घमाइलो

रमाइलो–घमाइलो


ramailoपार्टनर बदल्दै होटलमा मस्ती
समयमा आएको परिवर्तनसँगै मानिसको जीवन जिउने तरिकामा पनि बदलाव आएको छ । केही ‘नयाँ’ गर्ने चाहनाले मानिसलाई सुन्दा असहज लाग्ने व्यवहार गर्नसमेत प्रेरित गर्न थालेको छ । आजभोलि ‘पार्टनर’ बदलेर आनन्द उठाउने चलन निकै चर्चामा छ, जसअन्तर्गत मानिस केही समयका लागि आफ्नो यौन–पार्टनर कुनै अर्कोसँग बदल्छन् । बढ्दो यस्तो चलनलाई ध्यानमा राख्दै संसारका अनेक होटलले सोअनुरूपको सुविधा उपलब्ध गराउन थालेका छन्, जहाँ व्यक्तिले आफ्नो पार्टनर बदलेर मस्ती मार्न सक्छन् । यही मेसोमा बेलायतको ब्ल्याकपुल सहरस्थित ‘हर्नी होटल’ पनि सामेल भएको छ । उक्त होटलले ‘स्वतन्त्र वयस्क’हरूका लागि एक विशेष अफर सुरु गरेको छ । यस अफरअन्तर्गत तपाईं चाहनुहुन्छ भने सो होटलमा बसेका कुनै अन्य जोडीसँग आफ्नो जोडी बदल्न सक्नुहुन्छ । उक्त होटलका मालिकलाई उद्धृत गर्दै ब्रिटिस मिडियाहरूमा प्रकाशित समाचारअनुसार एकपटकमा १६ वटा जोडी होटलमा बसेर आनन्द उठाउन सक्छन् । एक दिन होटल बसाइको खर्च एक सय २० पाउण्ड तोकिएको उक्त ‘हर्नी होटल’ नामक होटलमा उद्यमी, व्यवसायी, वकिलदेखि पुलिसका उच्चाधिकारीहरूसमेत ‘पाहुना’ बनेर मस्ती मार्न पुग्ने गरेकोसमेत होटल मालिकले खुलासा गरेका छन् ।

प्रेमिकालाई रिस उठेपछि…
चीनमा एउटी प्रेमिकाले आफ्ना प्रेमीको गुप्ताङ्ग काटेर ट्वाइलेटमा बगाइदिएकी छिन् । सुन्दैमा रौँ ठाडो पारिदिने किसिमको यो घटना हङकङमा घटेको हो । पेसाले पियानो टिचर ४१ वर्षीया यङ नामक विवाहिता महिलाको एक झोउ नामक पुरुषसँग प्रेम सम्बन्ध थियो । उनीहरूबीच एकपटक यौन सम्बन्ध पनि भएको रहेछ । यसरी लुकिछिपी राखेको यौन सम्बन्धको झोउले भिडियो बनाएर राखेका रहेछन् । त्यही सेक्स भिडियोलाई इन्टरनेटमा राखिदिने भनी तर्साउँदै झोउले प्रेमिकासँग जतिबेला पनि सेक्सको माग गर्न थालेछन् । भनेको बेला सेक्स गर्न नदिँदा उनी यङकी छोरीहरूमाथि हातपातसमेत गर्दा रहेछन् । एक वर्षदेखि जारी यस सिलसिलाबाट यङ निकै चिढिन पुगिन् । त्यसपछि उनले ब्वाइफ्रेन्डलाई ‘पाठ’ पढाउने सोच बनाइन् । एक दिन जब झोउ यङकहाँ आए, कुनै नाइँनास्ती नगरी उनले ब्वाइफ्रेण्डलाई सेक्सको आनन्द लुटाइन् । यौन समागम सकिएपछि उनले झोउलाई प्रेमका साथ एक कचौरा सुप खुवाइन्, जसमा उनले निद्रा लाग्ने औषधि मिसाएकी थिइन् । एकै क्षणमा झोउ मस्त निदाए, त्यही मौकामा कपडा काट्ने कैँचीले झोउको ‘प्राइभेट पार्ट’ च्वाट्टै छिनाएर ट्वाइलेटमा फ्लस गरिदिइन् । यतिले मात्र यङको रिस मरेन, हथौडाले झोउको टाउकोमा लगातार प्रहार गरेर उनले ज्यानै लिइदिइन् ।

यौनकक्षामा आफ्नै ओछ्यान
अमेरिकाको अरकन्सासमा यौनशिक्षा दिने एक शिक्षिकाले गजब गरिन् । सदाझैँ उनी क्लास लिनका लागि क्लासरुममा प्रवेश गरिन् र ‘सेक्स’बारे विद्यार्थीलाई राम्रोसँग सम्झाउने बहानामा तिनले जुन विधि अपनाइन्, त्यसबाट सबै केटाकेटी जिल्ल परे । ती शिक्षिकाले आफ्ना हुनेवाला श्रीमान्सँग यौन सम्बन्ध राख्दै आएकी रहिछन् जसलाई उनले भिडियो क्यामेरामा कैद पनि गरेकी रहिछिन् । यौनशिक्षाको सो कक्षामा सेक्स के हो, कसरी गरिन्छ भन्ने बुझाउन उनले आफ्नै जोडीको सेक्सुअल क्रियाकलापलाई नै प्रस्तुत गरिदिइछन् । लिटर रकस्थित फरेस्ट हाइट्स सेकेन्डरी स्कुलमा पढाउने ती शिक्षिकाको नाम भने सार्वजनिक गरिएको छैन । उक्त घटनापछि आफ्नो सफाइ दिँदै शिक्षिकाले बच्चाहरूलाई सेक्सबारे कसरी बुझाउने भनेर आफू केही दिनदेखि नै टेन्सनमा रहेको र प्राक्टिकल्ली सेक्सको दृश्य देखाउनु नै उपयुक्त लागेपछि यस्तो उपाय अवलम्बन गरेको बताएकी छिन् । यसरी आफ्नै शिक्षिकाको यौन–तमासा हेरेका केटाकेटीले आफ्ना आमाबाबुलाई सोबारे बताएपछि अभिभावकले स्कुलमा सिकायत गर्दै ती शिक्षकालाई निष्कासन गर्नुपर्ने माग अघिसारे पनि आफूले यस्तो गरेर कुनै गल्ती नगरेको भन्दै शिक्षिकाले अडान लिएकी छिन् ।

६० किलोको अण्डकोषवाला रहेनन्
गत वर्ष आफ्नो ६० किलोको अण्डकोषका कारण व्यापक चर्चामा आएका अमेरिकी वेसल वारेन हृदयाघातका कारण बितेका छन् । अमेरिकाको लसभेगासनिवासी उनी ४९ वर्षका थिए । उनलाई एकै समयमा पटक–पटक हृदयाघात भएपछि मृत्यु भएको हो । गत वर्ष उनी अण्डकोष बढ्ने स्क्रोटल लिम्फेडिमा नामक दुर्लभ र अनौठो रोगका कारण अचानक चर्चामा आएका थिए । अस्वाभाविक रूपमा अण्डकोष बढेर ६० किलोको भएपछि उनको शारीरिक तौल पनि अत्यधिक बढेको थियो, जसका कारण उनलाई बसउठमै ठूलो समस्या आइपरेको थियो । ६ साताअघि डायबिटिज भएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो । त्यही क्रममा मल्टिपल हर्टएट्याक भएर उनको मृत्यु भएको हो । केही समयअघि मात्र उनको ६० किलोको अण्डकोषको सर्जरी गरिएको थियो, त्यसपछि वारेन एक हिसाबले निकै खुसी देखिए भने त्यत्तिकै दु:खी पनि बनेका थिए । खुसी यसकारण कि हल्का भएर उनी दैनिक जीवनयापन गर्न सक्ने भएर नयाँ गाडी लिएर उनी त्यसपछि निकै ठाउँ घुमेका पनि थिए । उनलाई दु:खी तुल्याउने कारणचाहिँ अपरेसनपछि उनको पेनिस जम्मा एक इञ्चमा खुम्चिएको थियो, जसका कारण कुनै पनि महिला पार्टनरसँग यौन सम्बन्ध राख्न नसकिने सोच्दै उनी दु:खी भएका थिए । करिब ६ वर्षअघि सुतेर उठ्दा वारेनको अण्डकोष बेस्सरी दुखेको थियो, सोही दिनदेखि लगातार अण्डकोष बढेर ६० किलो पुगेको बताइन्छ ।

भोड््काले बचायो ज्यान
मदिरासेवन स्वास्थ्यका लागि हानिकारक मानिन्छ, तर कुनै प्राणीको जानै लागेको ज्यान रक्सीकै कारण बच्यो भन्ने सुन्दा आश्चर्य नमानिरहन सकिन्न । घटना अस्ट्रेलियाको हो । मेलवर्ननिवासी जेसिन्था रोसवर्म एक दिन आफ्नो ग्यारेजको सफाइ गर्दै थिइन् । उनीसँगै उनको प्यारो कुकुर चार्ली पनि छुकछुक गर्दै थियो । यस्तैमा ग्यारेजको एउटा कुनामा रहेको इन्जिन आयल चार्लीले पिइदिएछ । तत्काल ऊ मरणासन्न अवस्थामा पुग्यो । बेहोस कुकुरलाई लिएर रोसवर्म अस्पताल पुगिन् । डाक्टरहरूले चार्लीको पेटमा इथाइन ग्लायकोल नामक विष रहेको र चाँडै नै त्यसको किड्नी फेल भई मृत्यु हुने बुझे । तत्काल उनीहरूले भोड्का (रक्सी)को ड्रप चढाउने निष्कर्ष निकाले र लगातार दुई दिनसम्म चार्लीलाई भोड्काको स्लाइन चढाइयो । चमत्कार नै मान्नुपर्छ कि भोड्काको मात्राले कुकुरको शरीरमा रहेको इथाइन ग्लायकोललाई निस्तेज पारिदियो । दुई दिनपछि चार्ली पूर्ववत् फुर्तीका साथ घर फर्कियो ।