अन्तरविचारहरू

अन्तरविचारहरू


antarbicharगुटमा संलग्न भई ‘दास’ बन्न चाहन्न
– प्रदीप नेपाल (एमाले नेता)
० पछिल्लो चरणमा गृहमन्त्री दिए पनि अब सरकारमा नजाने भन्दै आएको एमाले सरकारमा जाने भएछ, किन होला ?
– खै ! सरकारमा जाने या नजाने भनी मैले नीति तय गरेको होइन । पहिले जाने भनेर पछि किन नजाने भनिएको थियो र अब फेरि जानुपर्ने बाध्यता के प-यो मलाई पनि त्यति जानकारी भएन । मैले पनि पार्टी बैठकले यस्तो निर्णय ग-यो अरे भन्ने सुनेको हुँ ।
० वामदेव गौतमकै नेतृत्वमा सरकारमा जानुपर्ने अवस्थाचाहिँ किन परेको होला एमालेलाई ?
– आजभोलि एमालेको स्थायी कमिटीले निर्णय गर्ने र हामीले सूचना मात्रै पाउने गर्छौं । केन्द्रीय तहका नेताबीच छलफल भई निर्णय नगरिएको हुनाले वामदेवजीकै नेतृत्वमा किन सरकारमा जानुपरेको हो, मलाई थाहा भएन । प्राप्त सूचनाअनुसार काङ्ग्रेससँगको सुरुको वार्तामा वामदेव नेतृत्वसहितको गृह मन्त्रालय र राष्ट्रपति तथा उपराष्ट्रपतिको निर्वाचन भन्नेमा सौदाबाजी भएको अरे । प्रधानमन्त्री बन्न काङ्ग्रेसलाई सघाएबापत एमालेलाई सभामुख बन्न सघाइएको अरे । त्यहीअनुसार वामदेवजीकै नेतृत्वमा एमाले सरकारमा जानुपरेको होला ।
० काङ्ग्रेसले वामदेव त हुँदैन भनी भनेको कुरा पनि आएको थियो, तपाईंलाई जानकारी छ ?
– मैले पनि यस विषयमा काङ्ग्रेसका नेताहरूसँग सोधेको थिएँ, तर उहाँहरूले यसलाई इन्कार गर्नुभयो । अर्काको पार्टीबाट जोसुकैलाई पठाइयोस्, हामीलाई के मतलब भन्ने जवाफ पाएको हुँ मैले त । बरु काङ्ग्रेसले ‘पद्धति’को कुरा गरेको थियो । प्रधानमन्त्रीलाई बलियो बनाउने पद्धतिको विकास गर्न गृह मन्त्रालय आफैँसँग राख्ने तर्क काङ्ग्रेसको थियो । तर, मैले त ‘पद्धति लथालिङ्ग भएको देशमा कुन पद्धतिको कुरा गर्नुहुन्छ तपाईंहरू ? छोडिदिनोस्’ भनिदिएँ ।
० यसको मतलब वामदेवलाई गृहमन्त्री बनाउनुको विकल्प काङ्ग्रेस र एमाले दुवैसँग थिएन, होइन त ?
– यो म जान्दिनँ । तर, हामीकहाँ धेरैजसो काम उल्टोबाट सुरु गर्छन् दलहरू । यस मामलामा पनि यही भयो जस्तो लाग्छ । पहिले दुवै दलबीच सहमति भएको हो भने फेरि किन कचमच गरिरहनु ? के ठीक, के बेठीक या के हुनुपथ्र्यो, को हुनुपथ्र्यो भन्ने सवाल बेग्लै हो ।
० प्रमुख दलहरू जसरी विवादमा फसेर अल्मलिए, यसले जनतामा सन्देश त राम्रो गएन होला नि, के भन्नुहुन्छ ?
– जुन पार्टीले जनताको बहुदलीय जनवादलाई व्यवहारमा अङ्गीकार गर्छ त्यहाँ जनता हुन्छन्, अहिले त्यो व्यवहार हाम्रै पार्टीमा पनि छैन । मदन भण्डारीलाई हामीले खोपामा राखेका छौँ, हरेक वर्षको एकपटक जेठ ३ गते सराद्धे (श्राद्ध) गर्छौं । यसर्थ, मैले भन्न खोजेको के भने जनता पनि कुहिरोको काग तुल्याइएका छन् । यस्तोमा जनताको कुन तप्कामा कस्तो सन्देश गइरहेको छ र जथाभावी गर्ने दल वा नेताहरूलाई ठीक ठाउँमा राख्न जनताले के भूमिका निर्वाह गरिरहेका छन् भन्ने कुरा नै यतिबेला बेतुकको बन्न पुगेको छ ।
० मदन भण्डारीको स्मृति दिवसको अवसर पारेर जेठ ३ मा एमाले पार्टीको नवौँ महाधिवेशन हुँदै छ, के आशा गर्नुभएको छ तपाईंले ?
– आशा त त्यस्तै हो, एमालेले जनताको बहुदलीय जनवादलाई व्यवहारमा उतार्ने परिपाटी अँगालोस् भन्ने कामनाचाहिँ गर्दै छु म ।
० केपी ओलीलाई पार्टी अध्यक्ष बनाएर ‘जबज’लाई व्यवहारमा उतार्नुपर्छ भन्ने तपाईंको भनाइ हो ?
– ओलीजीलाई अध्यक्ष बनाए मात्र जबज व्यवहारमा उत्रिन्छ भन्ने मेरो भनाइ होइन, पाए त मै अध्यक्ष हुने थिएँ नि ! अध्यक्ष हुने अधिकार पूरा राख्छु म पनि । तर, म अध्यक्षमा चुनाव लड्ने मनस्थितिमा छु भन्ने अर्थचाहिँ नलगाइयोस् । किनकि, दुई–तीनवटा काम म गर्न सक्दिनँ । म बेइमानी गर्न सक्दिनँ, धोकाधडी गर्न सक्दिनँ र गुट बनाउन जान्दिनँ । वर्तमान परिवेशमा अध्यक्ष या यस्तै कुनै आफूले चाहेको जिम्मेवारी लिन गुट बनाएर खेल्ने कला अनिवार्यजस्तो बन्न थालेको छ ।
० किन गुट बनाउनुहुन्न त तपाईं ?
– कुनै हालतमा गुट बनाउने या कुनै गुटमा संलग्न हुने काम म गर्दिनँ । गुट भनेको मेरो निष्कर्षमा मालिक र नोकरको सम्बन्ध बनाउनु हो । माथि एउटा मालिक हुन्छ, त्यसका तल दायाँ–बायाँ लप्टन, खरदार र डिठ्ठाहरू हुन्छन् । अनि अरूलाई दुःख दिने काम हुन्छ तिनको । अर्थात्, टुप्पोमा रहनेले ‘म महाराज भएँ, तिमीहरूचाहिँ गोठाला भयौ’ भने जसरी व्यवहार गरिरहेको हुन्छ । यसरी, गुटलाई म दासतासँग जोड्ने गर्छु, अनि आफैँ दास बन्ने काम कसरी म गर्न सक्छु ? म आफू मालिक र मेरै साथीहरूचाहिँ दास बन्ने खेल म कसरी खेल्न सक्छु ?
० तर, तपाईंको पार्टीभित्र त आज किन गुटैगुट ?
– मेरो पार्टीमा मात्र होइन, सबै पार्टीमा गुटैगुट छन् । यसो हुनुको सबैभन्दा प्रमुख र नमिठो कारण के हो भने न युवाहरू आफ्नो शक्तिप्रति विश्वस्त छन् न त बूढाहरू गुट नभए पनि बाँच्न सकिन्छ भन्ने आत्मविश्वासमै छन् । यसले नै बिगारिरहेको छ सिङ्गै मुलुकको राजनीति ।
० राजनीतिक दलमा गुटको उपचार या व्यवस्थापन कसरी गर्न सकिएला ?
– गुट छ भनेर देखाउन पनि नचाहने, बोल्न पनि नचाहने, तर गुटचाहिँ चलाउनैपर्ने प्रवृत्ति यहाँ जो देखिएको छ, यसको उपचार गरेर अहिले नै ठीक भइहाल्ने फर्मुला ठ्याक्कै यही हो भनी तोक्न त कठिन नै पर्छ ।
० एमालेमा मन्त्री बन्न कत्तिको होडबाजी चल्ने सङ्केत पाउनुभएको छ तपाईंले ?
– मैले भनिहालँे, आठौँ महाधिवेशनपछि पार्टीको नीति निर्माण गर्ने ठाउँमा म नराखिएको अवस्था हुनाले मैले पनि सूचना पाउने मात्रै हो । पोलिटब्युरो सदस्य भनिएको छ, तर अहिलेसम्म पोलिटब्युरोको बैठक खास बसेको पनि छैन र नबसिकनै अवधि सकिएलाजस्तो छ । यस परिवेशमा मैले पाएको सूचनाअनुसार हर्ताकर्ता निकायबाट के गरिएको अरे भने, संसद् चलाउनका लागि संसदीय दलको नेतालाई पूर्ण अधिकार दिने, सरकार चलाउनका लागि सरकारको नेतृत्व गरी पठाइएका व्यक्तिलाई नै समग्र अधिकार दिने र पार्टी चलाउने व्यक्तिका रूपमा त पार्टी अध्यक्षको जिम्मेवारी आफ्नो ठाउँमा छँदै छ । स्थायी कमिटीले यस्तो निर्णय ग-यो भन्ने सुनेको आधारमा अब मैले भन्नुपर्दा वामदेव गौतमबाटै मन्त्री छान्ने काम होला नि त ।
० वामदेव गौतमले नै कसलाई मन्त्री बनाउने भन्ने अधिकार पाएका होलान् त ?
– मैले बुझेको त त्यही नै हो । संसदीय दलको नेताले संसद् चलाउनुप-यो, सरकारमा जानेले मन्त्री छनोटसहित पार्टीका तर्फबाट सरकार चलाउने काम गर्नुप-यो अनि अध्यक्षले पार्टीको समग्र काम गर्नैप-यो । यही नीतिमा रही पारस्परिक विश्वास र मिलेमतोमा काम गर्ने भन्ने स्थायी कमिटीको निर्णय हो अरे ।
० सरकार बनाउने सम्बन्धमा अध्यक्ष झलनाथ खनाल र संसदीय दलका नेता केपी ओलीको कुनै भूमिका नै नहोला त ?
– एक्लै वामदेव गौतमले मनपरी गर्ने भन्ने त होइन होला । अध्यक्ष र संसदीय दलका नेताले पनि रणनीति तय गर्लान्, बाटो देखाउलान् नि ! खालि के भने, मूल जिम्मेवारी तीनै निकायलाई तोकियो भन्ने कुरा गरेको मैले ।
० यी सबै प्रक्रियामा ‘वरिष्ठ नेता’ माधवकुमार नेपालको भूमिकाचाहिँ के या कहाँनेर नि ?
– उहाँको भूमिका हाल केही देखिएन । यसपटकको एमाले संसदीय दलको चुनावले एमालेमा कसैलाई घाटा पारेको छ भने सबभन्दा ठूलो घाटा माधवकुमार नेपाललाई नै पारेको छ भन्ने मेरो ठहर छ ।

०००
देशका लागि केही गर्न चाहन्छु ः रश्मी
रश्मी ठाकुर नेपाली काङ्गे्रसका तर्फबाट संविधानसभा सदस्य हुनुहुन्छ । बाँचिन्जेल जिउँदा सहिदका रूपमा परिचित अरविन्दकुमार ठाकुर तथा मञ्जु ठाकुरकी सुपुत्री रश्मी संविधानसभाको सदस्य हुनुअघि निजी क्षेत्रको जागिरे सेवामा हुनुहुन्थ्यो । वाणिज्यशास्त्रमा स्नातकोत्तर गर्दै गर्नुभएकी उहाँले जनकपुरस्थित एक विद्यालयमा कक्षा नौ र दशका विद्यार्थीलाई गणित, विज्ञान र अङ्गे्रजी विषय पढाएर दुई वर्ष बिताउनुभएको थियो । ०४३ साउन ५ गते जन्मनुभएकी रश्मी संविधानसभामा सबभन्दा कान्छी सभासद् हुनुहुन्छ । वृद्धवृद्धा र टुहुरा बालबालिकाको सेवामा विशेष रुचि राख्नुहुने उहाँ बाबुआमाको सेवालाई सर्वाधिक प्राथमिकतामा राख्नुपर्ने बताउनुहुन्छ र आफूले बाबुआमाको सेवा गर्न पाए पनि बुबाको निधनबाट आफूलाई ठूलो चोट परेको ठान्नुहुन्छ । राजनीतिमा रुचि भए पनि पारिवारिक कारणले पहिले समय दिन नपाउँदा दुःख लागेको बताउनुहुने रश्मी अब राजनीतिकै माध्यमबाट देशमा केही गर्न समर्पित रहन प्रतिबद्ध हुनुहुन्छ । रश्मीलाई अचानक उच्च राजनीतिक जिम्मेवारी प्राप्त गर्दा कस्तो महसुस भएको छ भनी प्रश्न राख्दा उहाँको भनाइ छ, ‘मेरो पापाको मुलुक र प्रजातन्त्रप्रतिको निष्ठा र समर्पणबाट म प्रभावित थिएँ र उहाँकै कारण मेरो राजनीतिप्रतिको चासो बढेको हो । म भित्रभित्रै आक्रोशित थिएँ र विद्रोह गर्ने मानसिकता मेरो थियो । तर, पारिवारिक कारणले राजनीतिका लागि समय निकाल्न सकिनँ, अब मलाई राजनीतिका माध्यमबाट केही गर्ने अवसर प्राप्त भएको छ । म मेरा बुबाझैं स्वतन्त्र भएर जनताको स्वतन्त्रता र सेवा सुविधाका लागि सधैँ क्रियाशील रहिरहनेछु ।’
० नेपालको प्रमुख समस्या के हो जस्तो लाग्छ तपाईंलाई ?
– राजनीतिक अवस्था खराब हुनु नै मुलुकको समस्या हो । सत्ताकेन्द्रित सोच, भागबन्डाको राजनीति नेपालका लागि प्रमुख समस्या भएको छ । राजनीति सुध्रियो भने अन्य समस्या समाधानको ढोका स्वतः खुल्न सक्छ भन्ने मेरो विश्वास छ ।
० संविधान निर्माण गर्दा कुन कुराहरू नछुटुन् भन्ने तपाईंको विचार छ ?
– तराई, मधेस, पहाड सबैको हित हेर्नुप-यो । विकेन्द्रीकरण होस्, स्थानीय तहमा सुविधा हुने व्यवस्था संविधानले गर्नुपर्छ । जनतालाई सानातिना कामका लागि पनि टाढाटाढासम्म पुग्नुपर्ने बाध्यताबाट मुक्त गर्नुपर्छ । राजनीति जनताका लागि गर्ने हो भने जनताको सेवा र सुविधालाई व्यवस्थित गर्ने संविधान बन्नुपर्छ ।
० संविधान निर्माणमा आफ्नो मौलिक भूमिका हुनसक्छ भन्नेमा तपाईं कत्तिको विश्वस्त हुनुहुन्छ ?
– म उमेरले सानो भए पनि मेरो भूमिका हुनुपर्छ र हुनसक्छ भन्ने मलाई लाग्छ । काङ्गे्रस संसदीय दलका नेताको चुनाव हुँदा पनि सभापति कोइरालाजीलाई समर्थन गर्न देउवालाई आग्रह गर्ने उद्देश्यले म एक्लै उहाँको निवासस्थान गएकी थिएँ, उहाँले मैले लामो समय जेल बसेर पनि केही नपाएको भन्नुभयो, मैले १८ वर्ष जेल बसेर पनि मेरो पिताजी अरविन्द ठाकुरले के पाउनुभएको थियो भनी उहाँलाई सोधेँ । उहाँले लौ लौ पछि कुरा गरौँला भन्नुभयो । अहिले सुशील कोइरालालाई असफल र कमजोर बनाउन धेरैथरी लागिरहेका छन् । मलाई यसमा पनि भूमिका निर्वाह गर्ने मन छ । सभासद् बन्ने बेलामा पनि मलाई सुशील कोइराला र लक्ष्मण ढकालले विशेष सहयोग गर्नुभएको हो । प्रकाशमान सिंह, दीपकुमार उपाध्याय, अर्जुन खड्का, अर्जुननरसिंह केसीले पनि सहयोग गर्नुभएको हो । सुशील कोइरालाज्यूले निष्ठापूर्वक देशको सेवा गर्ने जुन उद्देश्य लिनुभएको छ, उहाँलाई सहयोग पु-याउनु हामी सबैको कर्तव्य हो ।
० सभासद्को जिम्मेवारी पाउँदा कस्तो महसुस गर्नुभएको छ ?
– जिम्मेवारी बढेको महसुस भइरहेको छ । जुन स्तरको जिम्मेवारी मलाई प्राप्त भएको छ, यसलाई इमानदारीपूर्वक पूरा गर्नु मेरा निम्ति एउटा चुनौती बोध भएको छ ।
० अब जीवनमा राजनीति नै गर्नुहुन्छ कि गन्तव्य बदल्नुहुन्छ ?
– अब मेरा बुबाजस्तै राजनीतिमा समर्पित भएर अघि बढ्छु । विकास र सेवा नै मेरो जीवनको मूल उद्देश्य हो ।
० विवाहको बारेमा केही सोच्नुभएको छैन ?
– विवाहको बारेमा ममीले जे भन्नुहुन्छ त्यही गर्छु । मैले केही सोचेको छैन । राजनीतिमा मेरो स्वतन्त्र विचार भए पनि विवाहको बारेमा ममीको निर्णय नै अन्तिम हुन्छ । त्यसैले मैले विवाहबारे कुनै सोच बनाएकी छैन । म एक्लै जीवन बिताउन पनि सक्ने मान्छेमा पर्छु, तर सामाजिक कारणले मात्र त्यस्तो निर्णयमा पुग्न सकिरहेको छैन ।
० जीवनमा तपाईंको आदर्श को हुन् ?
– पहिलो आदर्श पापा र ममी नै हुन्, उहाँहरूबाट पाएको पे्ररणा र ममताले मलाई सुकार्यका निम्ति पे्ररित गरेको छ । सुशील कोइरालाको आदर्शवादी जीवनशैली र साधारण व्यवहारबाट म प्रभावित भएकी छु ।
० नेपालमा महिलाको अवस्थालाई तपाईंले कसरी बुझ्नुभएको छ ?
– महिलाले अवसर पाइरहेका छैनन् । हिंसा, हत्या बढी छ, तराईमा महिलालाई बढी समसया देख्छु, त्यहाँ बढी डोमिनेसन छ महिलामाथि । दाइजो प्रथा उन्मूलन गर्नुपर्छ, घरेलु हिंसाबाट मुक्त गर्नुपर्छ । महिलालाई शिक्षा र अवसर दिनुपर्छ भन्ने मेरो धारणा छ ।
० जीवनको सबभन्दा सुखद् र दुःखद् क्षणको स्मरण गर्नुप-यो भने के गर्नुहुन्छ ?
– बुबाको देहावसान नै मेरो सबभन्दा दुःखद् क्षण । परिवारमा हामी सबै हुँदा मलाई सुखद् क्षण त्यही लाग्थ्यो । बुबाको अभाव मलाई जीवनभर खट्किरहनेछ । मैले देशका लागि समाजमा केही गरेको हेर्ने इच्छा पापाको थियो, तर उहाँ हामीबीच रहनुभएन ।
२७ वर्ष नेल्सन मण्डेलाले जेलजीवन बिताए र उनी महान् भए । दक्षिण अफ्रिकी जनता र राज्यले मण्डेलालाई उच्च सम्मान दियो तर अठार वर्ष जेलजीवन बिताएका बुबालाई राजाले कुनै सम्मान नदिएकोमा दुःख लाग्छ ।
०००
यसरी पोखिइन् सीता विमानभित्रै
सीता पाण्डे चर्चित यौनवादी साहित्यकार हुनुहुन्छ । आठ वर्ष लामो अमेरिका बसाइपछि हालै नेपाल आउनुभएकी उहाँले विमानभित्रै आफ्ना अनुभूतिहरू कागजमा पोख्नुभयो । नयाँदिल्लीबाट विमान काठमाडौंतर्फ उडेपछि परिचारिकासँग उहाँले कागज माग गर्नुभयो र लेख्न थाल्नुभयो । आठ वर्षअघि यस साप्ताहिकको स्तम्भकारसमेत रहनुभएकी पाण्डेका अनुभूति यहाँ जस्ताको त्यस्तै प्रस्तुत गरिएको छ ।
आज म काठमाडौं फर्किदै छु– करिब आठ वर्षपछि । खुशी, उत्सुकता, उत्तेजना र कुतूहलले म भरिएकी छु । मलाई नेपालबाहिर बिताएको आठ वर्ष एउटा ‘लामो यात्रा’जस्तो लागेको छ । र, यात्रापछि म घर फर्किंदै छु । मलाई अहिले अनौठो अनुभूति भइरहेको छ– एक किसिमको सौम्य, भद्र र कुतूहलले भरिएको मन । चाँडै नेपाली मूलका नेपाली नेपालबाट फर्केपछि भन्ने गर्छन्– नेपालमा ज्यादै महँगी छ, भीड छ, धुलो, धुवाँ र प्रदूषित हावा छ । तर, मलाई लाग्छ म हवाईजहाजबाट उत्रेपछि जहाँ जमिन भेटिन्छ– एक मुठी माटो टिपेर सुँघ्छु/सँुघ्छु मनभरी हेरिरहन्छु– काठमाडौंलाई एउटा लामो यात्रापछि घर फर्किएकी आमाले बच्चालाई हेरेझैँ, अँगालेझैँ । बच्चासित लुटपुटिन/गुटमुटिन चाहन्छु । मनभरि सायद धेरैबेरसम्म । सायद प्रदूषित हावा पनि मलाई ःष्अजभच पयचअभ जसको बास्नामा बास्ना लागोस् । म काठमाडौं पुग्नेबित्तिकै मनभरि अघाउन्जेल श्वासप्रश्वास लिन चाहन्छु सायद । डाक्टरले बिरामी जाँच्ने गर्दा प्रायः भन्ने गर्दछन्– लामो श्वास लिनुस् घरिघरि, त्यसै गर्छु म ।
सायद मेरो आठ वर्षको प्रवास बसाइबाट म बिरामी पो भएकी छु र काठमाडौं मेरै लागि डाक्टर होस् ।
मेरी बहिनी गत वर्ष काठमाडौंबाट फर्केपछि न्युयोर्कमा भेट हुँदा मलाई भनी– काठमाडौं त कालो चुकजस्तो छ– राति । पखेटा चुँडिएको पन्छीजस्तो छ, काठमाडौं हड्ताल र नेपाल बन्दले तपाईं त्यहाँ धेरै दिन बस्न सक्नुहुन्न । आत्तिनुहुन्छ, अत्तालिनुहुन्छ– बच्चाले हाटबजारमा आमा वा अभिभावकलाई हराएझैँ । समाचारहरू पनि त्यस्तै बोल्ने गर्छन् । काठमाडौं लाटोकोसेरोझैं छ । तर, मलाई लाग्छ काठमाडौं लाटोकोसेरो होस् या जुनकिरी, त्यसलाई छुन मात्र पाए पनि मलाई पुग्छ, रुन (खुशीले) पाए पुग्छ अहिले । मलाई अहिले बाहिर बिताएका आठ वर्ष खास पश्चात्ताप त छैन तर बिहेपछिको सुहागरातसमेत बाहिर बिताएर फर्किएकी दुलहीको उष्णता छ ममा अहिले ।
आठ वर्षको लामो यात्रापछि म काठमाडौं फर्किंदै छु– मलाई अँध्यारो र उज्यालो, प्रदूषित र स्वच्छ हावा, भीड र शान्ति केहीसित मतलब छैन उसलाई भेट्नेबित्तिकै अँगालो मार्न चाहन्छु, म्वाइँ खान चाहन्छु र स्खलित हुन चाहन्छु ।
मलाई थाहा छ यो लामो यात्रामा मैले कति चाहेँ उसलाई, कति सम्झेँ, सम्भिँmदा–सम्भिँmदै पनि आफैँलाई बिर्सें । तर, मलाई लाज लाग्यो त्योभन्दा पनि उसको उत्तर अनुत्तरित छ, रहनेछ र त्यो अनुत्तरित जवाफ सबैसित छ वा छैन– तर मेरो लागि एउटा ज्यमि हो, एउटा खाल्डो, शून्य । सायद अनिवार्य खाल्डो शून्य ।
उल्लिखित व्यहोरा लेखिसक्दानसक्दै विमान काठमाडौं अवतरण ग-यो । विमानस्थलबाट आफ्नो निवासस्थान कोटेश्वरतर्फ जाँदै गर्दा तिनकुनेमा ट्याक्सी रोक्नुभयो र ओर्लेर सात पाइला हिँड्नुभयो । अनि भूमिबाट एक अञ्जुली धुलो उठाउनुभयो, सुँघ्नुभयो, निधारमा लगाउनुभयो र आफ्नो ब्रिफकेसमा राख्नुभयो । सीता पाण्डेजी अत्यन्त भावविभोर हुनुभयो मातृभूमिमा पाइला टेक्दा ।