प्रकाण्डलाई काठमाडौं ल्याउने तयारी

प्रकाण्डलाई काठमाडौं ल्याउने तयारी


दाङमा रहेका नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता खड्गबहादुर विश्वकर्मा प्रकाण्डलाई काठमाडौं ल्याइने भएको छ ।

आइतबार विश्वकर्माका भाइले सर्वोच्चमा उनको पक्राउविरुद्ध दायर गरेको बन्दी प्रत्यक्षीकरणसम्बन्धी रिटमा सुनुवाइ गर्न ४८ घन्टाभित्र बन्दीसहित सर्वोच्चमा उपस्थित गराउन सोमबार अदालतले अन्तरिम आदेश जारी गरेपछि उनलाई काठमाडौं ल्याउन लागिएको हो ।

सोमबार सर्वोच्च अदालतका न्यायाधीश डा. आनन्दमोहन भट्टराईको इजलासले बन्दीसहित ४८ घन्टाभित्र सर्वोच्चमा उपस्थित गराउन अन्तरिम आदेश जारी गरेको थियो ।

२२ करोड चन्दा उठाएको अभियोगमा प्रकाण्डसहित तीनजनालाई गत साउन २२ गते काठमाडौंको चोभारबाट पक्राउ गरिएको थिए । उनलाई नुवाकोट, ओखलढुंगा हुँदै दाङ पुऱ्याइएको थियो ।