पार्टी परम्पराविपरीत भ्रमण

पार्टी परम्पराविपरीत भ्रमण


नेकपाका सहअध्यक्ष प्रचण्डको भारत भ्रमण पार्टी परम्पराविपरीत भएको नेकपा नेता तथा कार्यकर्ताले ठानेका छन् । पार्टीका कुनै पनि नेता विदेश भ्रमणमा जानुपर्दा पार्टीको सहमति लिनुपर्ने परम्परा नेकपामा भएको बताइन्छ । सोही परम्परा कायम गर्दै नेकपाका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ यसै साताको शुक्रबार (भदौ २९ गते) चीनको साताव्यापाी भ्रमणमा जाने भएका छन् ।

श्रेष्ठ चीन भ्रमणमा जाने विषयमा करिब दुई साताअघि नै नेकपाको सचिवालयमा छलफल भई निर्णय भएको बुझिएको छ । चीनमा के–कस्ता विषयमा कुन स्तरमा छलफल गर्ने भन्नेसम्म पनि सचिवालयलाई जानकारी भएको बताइन्छ । तर, प्रचण्डले आफू भारत भ्रमणमा जान लागेको विषय सचिवालयलाई कुनै जानकारी गराएनन् र, अर्का नेता नारायणकाजी श्रेष्ठ चीन प्रस्थान गरेकै भोलिपल्ट प्रचण्ड चीन जान लागेको विषयमा पनि सचिवालयमा छलफल भएको छैन ।

एकप्रकारले भन्ने हो भने प्रचण्डको भारत र चीन भ्रमणबारे पार्टीको सचिवालय बेखबर छ । भारतबाट फर्किएको तीन दिनपछि प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नो भ्रमणबारे सामान्य जानकारी गराएको बुझिएको छ । संस्थागत ढङ्गले चल्ने अभ्यास नभएका प्रचण्डले पार्टीको एकल नेतृत्व पाएमा यिनले पार्टीलाई कुन अवस्थामा पुऱ्याउने हो भन्ने विषयलाई लिएर नेकपाका नेता तथा कार्यकर्ताहरू यतिबेला चिन्तित बनेको पाइएको छ ।