एकीकृत सम्पत्ति कर खारेज गर्न भक्तपुर कांग्रेसको ज्ञापनपत्र

एकीकृत सम्पत्ति कर खारेज गर्न भक्तपुर कांग्रेसको ज्ञापनपत्र


नेपाली कांग्रेस भक्तपुरले आज एकीकृत सम्पत्ति कर खारेज गर्न माग गर्दै सूर्यविनायक नगरपालिकालाई ज्ञापनपत्र बुझाएको छ ।

नगरपालिकाले एकीकृत सम्पत्ति कर लगाएको र अन्य विषयगत कर लगाएर जनतालाई असर परेको भन्दै कांग्रेस जिल्ला सभापति दुर्लभ थापाको नेतृत्वमा ¥यालीसहित गएको टोलीले नगर प्रमुख वासुदेव थापालाई ज्ञापनपत्र बुझाएको हो ।

नगरपालिकाले दोहोरो कर लगाएको भन्दै एकीकृत सम्पत्ति कर खारेज गरे सबै समस्या समाधान हुने सभापति थापाले बताए । ज्ञापनपत्र बुझ्दै नगरप्रमुख थापाले नगरपालिका सबैको साझा संस्था भएको बताउँदै जनतालाई मार पर्ने गरी कर वृद्धि भएको भए कांग्रेसको पाँचजनाको प्रतिनिधि र नगरपालिकाबाट पाँचजना प्रतिनिधि बसेर छलफल गरी संशोधन गर्न तयार रहेको बताए ।