घिमिरे अख्तियार प्रमुखमा सिफारिस

घिमिरे अख्तियार प्रमुखमा सिफारिस


आज सिंहदरबारमा बसेको संवैधानिक परिषद्को बैठकले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका कार्यबाहक प्रमुख आयुक्त नवीनकुमार घिमिरेलाई प्रमुख आयुक्तमा नियुक्तिका लागि सिफारिस गरेको छ ।

प्रधानमन्त्री कार्यालयमा बसेको परिषद्को बैठकले कार्यवाहक आयुक्त घिमिरेलाई प्रमुख आयुक्तमा सिफारिस गरेको हो । घिमिरे प्रमुख आयुक्त दीप बस्न्यातको अवकाशपछि ०७४ साल फागुन २ गतेदेखि कार्यबाहक प्रमुखका रूपमा कार्यरत थिए ।

घिमिरे ०७१ चैत १९ गते आयोगका आयुक्तका रूपमा नियुक्त भएका थिए ।

बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली, प्रमुख विपक्षी दलका नेता शेरबहादुर देउवा, सभामुख महरा, राष्ट्रिय सभाका अध्यक्ष तिमिल्सिना सहभागी थिए ।