कान्छी गायिकाको लोभलाग्दो चर्चा

कान्छी गायिकाको लोभलाग्दो चर्चा


-राजन घिमिरे
यतिबेला चर्चामा छिन् गायिका रजिना रिमाल । उनी आफैंलाई पनि यतिबेला लाग्न थालेको छ- ‘उमेरभन्दा धेरै हिट भइयो कि ? ’ रजिना भन्छिन् । भर्खर मात्र १९ वर्षकी उनले उमेरभन्दा चौबर गीत गाइसकेकी छिन् । अरुण तिवारीले लेखेको- ‘म राम्रो र नराम्रोभन्दा माथि हुन सकुँ, सधैंभरि सबैको हृदय पे्रमले छुन सकुँ…’ बोलको गीत गाएपछि चर्चामा आइन् उनी । त्यसपछि रजिनालाई चलचित्र नाइँ नभन्नु लको शीर्ष गीतले सफलतातिर डोर्‍यायो । सोमबारबाट सुरु भएको १२ कक्षाको परीक्षामा व्यस्त रहँदारहँदै पनि रजिनाले आइतबार साँझ घटना र विचारसँग कुरा गरिन् ।
० धेरै हिट भएकी छ्यौ, डर लाग्दैन ?
– डर लागेर आएको छ । मैले यो नाम, सम्मान अनि चर्चालाई कायम राखिरहन सक्छु कि सक्दिनँ ।
० अहिलेसम्म कति गीत गाइयो होला ?
– एल्बम, आधुनिक र चलचित्रलगायत गरेर १५० भन्दा बढी पुगे होलान् ।
० प्राय: गुनगुनाइरहने गीत कुन हो ?
– गायिका सुकमित गुरुङको ‘पल पल… बोलको गीत ।
० गायन क्षेत्रमा गुरु… ?
– मैले गुरुदेव कामतसँग पनि सिकेँ । अहिले गायिका सङ्गीता राना ? प्रधान) सँग विगत पाँच वर्षदेखि गायनको तालिम लिइरहेकी छु ।
० अहिले त अञ्जु पन्तको विरुद्धमा रजिनालाई लिन थालिएको छ नि ?
० त्यसो होइन । उहाँको स्थान पाउन गाह्रो छ । म त भर्खरै पाइला चाल्दै छु । अञ्जु पन्तसम्म पुग्ने सपना अहिले नै कहाँ पूरा हुन्छ र ?
० नयाँ गायिकालाई त पारिश्रमिक दिँदा खुवै ठग्छन् भन्छन् नि ?
– यो कुरा मैले पनि सुनेकी थिएँ । तर अनुभव गर्नुपरेन ।
० कस्तो गीत गाउँदा बढी आनन्द आउँछ नि ?
– मन छोओस् त्यो गीतले । एक महिना हिट भएर अर्को महिना हराउने अनि थोरै चल्नका लागि चाँडै हिट हुनुभन्दा ढिला हिट होस् तर पछिसम्म चल्ने गीत गाउन मन लाग्छ ।
० जस्तै… ? त्यस्तो गीत कुनै … ?
– ‘म राम्रो र नराम्रो भन्दा माथि हुन सकुँ । सधैंभरि सबैको हृदय पे्रमले छुन सकुँ…’ जस्तो गीत दीर्घजीवी गीत हुन् ।
० पैसा पनि त रजिनाले आफूलाई चाहिनेभन्दा बढी नै कमाएको जस्तो छ नि ?
– कमाएको देखिन्छ मात्र । खर्च पनि त त्यत्तिकै भइरहेको छ नि, गीत गाएर आएको रकम मैले आफूलाई झनै परिपक्व बनाउन गीत, सङ्गीतमा नै लगानी गर्ने गरेकी छु नि ।

बुढेसकालले छुने बेला नाङ्गैभुतुङ्गै
सङ्घर्षको कथा त यिनको लामै छ । अझै पनि सङ्घर्षपछिको सफलताको फल भने यिनले अझै चाख्न पाएकी छैनन् । सिनेमाको पर्दामा देखिएर दुई/चारजनाबाट ‘वाहवाही’ पाउने अवसर त यिनले हात पारिसकिन् तर कलाकारिताको एउटा उचाइमा पुग्ने सपना भने यिनको अर्थात् शुभेच्छा थापाको पूरा भएको छैन । त्यसो त, यिनको त्यो सपना अब पूरा हुने पनि देखिँदैन । किनभने सङ्घर्षमा नै उमेर बितेपछि अन्तत: उमेर नै यिनको लागि यतिबेला घातक सावित भएको छ ।
यिनी नायिका झरना थापाकी देउरानी हुन् । एउटै पारिवारभित्रका यी दुई अभिनेत्रीबीचको नाम, चर्चा अनि क्यारियरमा आकाश-पातालको फरक छ । झरनालाई सिनेमाका अफर आउँछन् भने शुभेच्छा सिनेमा खोज्दै जान बाध्य छिन् । सायद यसैलाई भनिएको होला भाग्य आ-आफ्नो । कलाकारितामा जम्नका लागि शुभेच्छाले कुनै कसर बाँकी राखेकी छैनन् । मिहिनेतका साथ काम गर्ने अनि व्यवहार पनि राम्रो गर्ने र आफ्नो काममा मात्र ध्यान दिने । गजवकै शैली अपनाएकी छिन् यिनले । तै पनि नायिकाको रूपमा यिनलाई हेर्ने र लिने निर्माताहरू किन तयार छैनन् ? जवाफ अनुत्तरित नै छ ।
यस्तै कारणले पनि होला र आफ्नो क्षमता, दक्षता अनि कार्यशैलीको बारेमा भरपुर जानकारी गराउने उद्देश्यले दु:खसुख गरेर शुभेच्छाले आफ्नै लगानीमा एउटा सिनेमा निर्माण गरिन् ‘म को हुँ ? ‘ । उनी भन्छिन्, ‘चलचित्र म को हुँ मा मैले वास्तवमा नै आफ्नोबारेमा परिचय दिएकी छु कि म को हुँ भनेर ।’ आफ्नो अभिनय-क्षमताको अवमूल्यन गर्नेहरूलाई शुभेच्छाले राम्रो काम गरेर देखाएको कुरा बताएकी छिन् चलचित्र ‘म को हुँ’मा । यो चलचित्र रिलिज भएपछि आफ्नो कलाकारिताले झनै फराकिलो र विस्तृत रूप पाउने दाबी पनि उनले गरिन् ।
अर्को कुरा, उनको प्रकाशित यो तस्बिरले पनि यतिबेला रामै्र चर्चा पाइरहेको छ बजारमा । अभिनयजस्तै फोटो सेसनको मामिलामा पनि खुलेर नै प्रस्तुत भएकी शुभेच्छा थापाको यो तस्बिरले उनले कलाकारितामा सकारात्मक वा नकारात्मक कस्तो असर पर्ला ? त्यो त अहिले नै भन्न सकिन्न, तैपनि शुभेच्छाका प्रशंसकहरू भन्छन्, ‘खिच्नेलाई त टेन्सन छैन भने उनको तस्बिर हेर्ने हामीले किन टेन्सन लिने ? ‘

‘सबैथोक भएर पनि म अधुरी’
‘हिरोइनमा हुनुपर्ने सबै गुण भएर मात्र पुग्दैन रहेछ । अवसर दिने अनि आश्वासन बाँड्नेहरूको नजिक घुमिरहनुपर्दो पनि रहेछ ।’ यो अनुभव हो नवनायिका जिया केसीको ।
एउटी हिरोइनमा हुनुपर्ने के छैन उनीमा । सुन्दरता, उचाइ, व्यवहार अनि अभिनय-क्षमता सबै भएर पनि यतिबेला छायामा छिन् उनी । उनीभन्दा पछि आएकाहरू मात्र नभएर उनीसँगैका समकालीनहरूलाई भ्याई-नभ्याई छ तर जिया भने केवल दुईवटा फिल्ममा मात्र अड्किरहेकी छिन्- हो यही माया हो र आफ्नै मनलाई सोधी हेरमा ।
नायिकाहरूको अभाव खड्किएको कुरामा त निर्माता, निर्देशकहरू पनि सहमति जनाउँछन् तर आफ्नो इशारामा चल्ने नवहरूको बाहुल्य रहुँञ्जेलसम्म क्षमतावानहरूको उपस्थितिले खासै मान्यता राख्दैन भन्ने कुरा पनि घामजस्तै र्छलङ्ग भइसकेको छ । त्यसो त जिया आफ्नो दिन नआएको कुरा बताउँछिन्, ‘यो कुरामा म कसैलाई गाली गरि्दनँ । मलाई लाग्छ मेरो दिन आएको छैन ।’ आफूले अभिनय गरेको दुई चलचित्र समयमा नै रिलिज नहुँदा उनी आफू अच्कल्टोमा परेँ भन्छिन् । ‘सिनेमा रिलिज नहुँदा अरू फिल्म पनि खेल्न सकिएन अनि आफ्नो काम पनि देखाउन पाइएन । कि हिट कि फ्लप यी दुई फिल्मले निर्णय नगर्दा मेरो भावी योजनाको बाटो पनि कोरिएन ।’
धेरै सिनेमा नभएर थोरै सिनेमा खेल्ने तर गुणस्तरीय मात्र खेल्ने आफ्नो योजनालाई यतिबेला अरूले धिक्कार भनेकोमा उनको चित्त दुखाइ छ । ‘आफूले अभिनय गरेको चलचित्र चाँडो रिलिज होला भनेर अफर आएका सिनेमाहरू छोडियो तर रिलिज भएनन् । आज साथीहरू तेरो योजनामा विफल भयो भनेर मलाई गाली गर्छन्,’ जिया विगत सन्भिmन्छिन् ।
तर उनमा आश भने अझै मरेको छैन । हो यही माया हो र आफ्नै मनलाई सोधी हेर चाँडै बजारमा आएपछि आफ्ना निराशाहरू बिस्तारै निर्मुल हुने कुरामा उनी विश्वस्त छिन् । ‘अझै भन्छु कि यी दुई सिनेमा रिलिज नभई म अरू सिनेमा खेल्दिनँ । अनि सिनेमा खेल्ने रहरमा म कसैको वरिपरि पनि घुम्न सक्दिनँ,’ उनको प्रतिबद्धता छ ।

सुन्दरी बन्ने कि ?
तपाईं महिला हुनुहुन्छ र अनुहारमा चाया, पोतो, डण्डीफोर, तिलकोठी, रिङ्कलजस्ता समस्या सिर्जना भएर दु:खित हुनुहुन्छ भने चिन्ता नगर्नुहोस्- ब्युटिसियनका रूपमा अलग्गै परिचय स्थापना गरी असङ्ख्य युवतीको जीवनमा बहार ल्याउन सघाइसकेकी नीता मैनाली उपरोक्त समस्याहरूबाट छुटकारा दिलाउन तयार छिन् । ‘सफ्ट एन्ड साइन’ नाममा नयाँबानेश्वर ? शंखमूल जानेचोक) मा सेवा दिन सुरु गरिएको स्किन केयर सेन्टरमा हर्बल विधिबाट उपचार गरिने नीताको दाबी छ । महिलाका लागि मात्र सेवा दिइने सेन्टरमा कालोवर्ण भएकोलाई ग्यारेन्टीका साथ गोरो तुल्याइने बताइएको छ भने पुरुषका लागि उपचार सेवा प्रदान नगरिने भए पनि औषधि भने उपलब्ध गरिने नीताले जानकारी दिइन् ।

यस्तो रह्यो शाही विवाहको रौनक
लन्डन । यो शताब्दीकै एक प्रकारकै फैरी-टेलमा आधारित प्रतीत भएको शाही विवाह सम्पन्न भएको छ । विल्स र केटको विवाहको प्रत्यक्षदर्शी बन्नका लागि सेन्टर लन्डनस्थित वैवाहिक रुटमा लाइनबद्ध भएका मानिसहरू दसौँ लाख बढी रहेको स्कटल्यान्ड यार्डले अनुमान गर्‍यो ।
पानी पर्न सक्ने भविष्यवाणी गरिए पनि केट र विल्स खुल्ला खालको टाँगामा सवार भएर सडकको वरपर रहेका शाही फ्यानहरूलाई वैभ गर्दै गरेको सन्दर्भलाई प्रशंसाका साथ हेरिएको छ । औपचारिक रूपमा ‘शाही’ भइसकेपछि केटले प्राप्त गर्ने शाही चुम्बनलाई हेर्न र त्यसलाई मिडियामार्फत देखाउन लाखौँ मानिसलगायत दर्जनौँ विश्वप्रसिद्ध मिडियाहरू तँछाडमछाड गर्दै खटेका थिए, जसलाई पूर्ण सन्तुष्टि दिँदै शाही नवजोडीले दुईपटक चुम्बन साटेका थिए ।
डायनको मृत्युपछि र विधवीसँगको विवाह वा विधुर भएको आदिले गर्दा पनि प्रिन्स चार्ल्स आफ्नो जीवनकालमा राजा बन्न असमर्थ रहने बताइएको छ र यसपालि सर्वसाधारणसँगको प्रेमविवाहपछि संसारभरमा लोकप्रिय राजकुमारको रूपमा रहेका विलियम्स र सौन्दर्यता र फेसन-सेन्सले गर्दा डायनाभन्दा केही कदमअगाडि रहन सफल रहेकी केट भविष्यका राजारानी बन्ने पक्का रहेकोले पनि यो शाही विवाहको महत्व उच्च रहेको हो ।
संसारमा वैवाहिक जीवन र सामाजिक संरचनाहरूउपर नयाँ पुस्ताबाट उदासीनता देखाइँदै आएको सन्दर्भमा यो युवा जोडीको पारम्परिक विवाहको महत्व नैतिक अनि सामाजिक मूल्य र मान्यतामा पनि उच्च रहेको भनिएको छ । उस्तै भएर पनि सबैभन्दा बेग्लै देखिन लालायित हुने बेलायतीहरूलाई यसरी राजकुमारको विवाहमा उन्मुक्त भएर झुम्नु एक प्रकारको राष्ट्रियतालाई फेरि खोजेर एकत्रित हुने साझा धोको हो पनि मानिएको छ । विवाह समारोहको दिन यूकेभरिका विभिन्न सहरहरूमा ५५ सयजति स्थानमा सडक-भोजको आयोजना गरियो जसको सुरुवात ‘१० डाउनिङ स्ट्रिट’बाट भएको थियो ।-प्रकाश के.सी., लन्डन