शेरबहादुर र माधवलाई प्रमको कुर्सी, प्रचण्ड र बाबुरामलाई राज्यदण्ड !

शेरबहादुर र माधवलाई प्रमको कुर्सी, प्रचण्ड र बाबुरामलाई राज्यदण्ड !


bicharज्योतिषी–दृष्टि
मङ्सिर ४ गते हुन गइरहेको चुनावपछि मुलुककको प्रधानमन्त्री को बन्ला ? सबैको मनमा यो प्रश्न उब्जिनु सान्दर्भिक नै छ । कतिपयले पुष्पकमल दाहालको स्थिति मजबुत हुनसक्ने वा बाबुराम भट्टराईको पनि सम्भावना छ भन्न सक्छन् । तर, यसपल्ट प्रचण्ड र बाबुरामको ग्रहगोचरका आधारमा प्रधानमन्त्री हुने सम्भावना अत्यन्त न्यून रहेको देखिन्छ ।
माधव नेपालको राशि सिंह तथा शेरबहादुरको राशि कुम्भ भएकाले मङ्सिर महिना केन्द्रमा सूर्य रहने तथा प्रचण्डको मिथुन राशि भएकाले मङ्सिर महिनामा सूर्य छैटौँमा जाँदा घातक हुनेछ । बरु प्रचण्डको तुलनामा बाबुरामको सिंह राशि भएकाले बढी लाभदायक हुने देखिन्छ । यसपल्ट चुनावमा एमाओवादी पार्टी चौथो नम्बरमा पर्न सक्ने भएकाले पनि उनीहरूको सम्भावना न्यून रहेको हो । कुनै पनि दलको स्पष्ट बहुमत नआउने भएकाले फेरि पनि सहमतीय सरकार बन्न सक्ने प्रबल सम्भावना देखिन्छ ।
निर्वाचनमा सबैभन्दा ठूलो दल नेपाली काङ्ग्रेस बन्नेछ भने दोस्रो ठूलो दल नेकपा एमाले हुनेछ । प्रत्यक्षतर्पmभन्दा समानुपातिकका हिसाबले राप्रपा नेपाल र एमाओवादी दलहरूमा तेस्रो र चौथो हुनेमा प्रतिस्पर्धा चल्नेछ । वैद्य समूहले बहिष्कार गरेनन् भने एमाओवादी दल तेस्रो दलमा आउन सक्ने सम्भावना छ । एमाले र काङ्ग्रेसको गठबन्धन सरकार भएमा १ वर्षभित्रै संविधान जारी हुने देखिन्छ ।
एमालेका वरिष्ठ नेता माधवकुमार नेपालको जन्मकालमा सिंहको शनि चन्द्रमासहित कारकग्रह सूर्यसाथ पूर्णदृष्टि दिइरहेको र हाल शनि उच्च (तुला)मा रहेकाले राज्यलाभको प्रबल सम्भावना बढेको हो । नेता नेपाललाई ०७४ को जेठ ११ तक राहु महादशा तथा हाल राहुमा शुक्र अन्तर चलिरहेकाले अप्रत्यासित ठूलो पद मिल्ने देखिन्छ । शनिको १२औँ मा पूर्णदृष्टि रहेकाले चुनावको अघिल्लो दिनबाट अन्यत्र बस्दा राम्रो हुनेछ । सिंह राशिमा शुक्र अर्धकारक ग्रह मानिन्छ । तर, कर्मेश भई पञ्मेश गुरुसाथ रहेको तथा हाल पञ्चम रहेकाले महिलाहरूको पूर्ण सहयोगले उच्चपद हासिल हुने देखिन्छ । हाल ६३ वर्षमा हिँडिरहनुभएका नेपाललाई योगिनीतर्पm पिङ्गला (सूर्य) दशा चलिरहेकाले र सूर्य लाभस्थानमा भएकाले राज्यलाभको सम्भावना प्रबल छ । तर, मङ्सिरमा सिंहमा मङ्गल जो जन्मकालमा वक्री भएकाले आफ्नै सहयोगीबाट घात हुनेतर्पm सचेत रहन जरुरी छ । ६५–६८ वर्षतक धान्या आउने हुँदा झन् राम्रो होला । नवमांश कुण्डलीमा शनि तुलामा रही चन्द्र शुक्रसित परस्पर दृष्टि भएकाले नेपालको प्रधानमन्त्री हुने सम्भावना बलियो देखिएको हो । तर, चुनावमा भने दुवै ठाउँबाट जित्ने ठोकुवा गर्न सकिँदैन, काठमाडौंबाट भने उहाँको विजय निश्चितै देखिन्छ ।
नेपाली काङ्ग्रेसका वरिष्ठ नेता शेरबहादुर देउवाको पनि चुनाव जित्ने र प्रधानमन्त्री हुने बलियो सम्भावना छ । उहाँको कुम्भ राशि, सिंह लग्न, कर्क नवमांश तथा तुलामा शनि रहेकाले चुनावमा शानदार विजयी हुने र चुनावपछि प्रधानमन्त्री बन्ने योग छ । जन्मकालमा कर्क (उच्च)को गुरु २०७१ को जेठपछि पुन: कर्कमै जाने भएकाले शक्तिशाली बनाउनेछ । उहाँलाई ०७३/१०/२० सम्म शुक्र महादशा, हाल शुक्रमा शुक्र नै अन्तर चलिरहेको, उता योगिनीतर्पm ७२ वर्षसम्म धान्या (गुरु) रहेकाले विशेष बलशाली बनाएको छ । देउवाको पनि यात्रापछि पदलाभको योग बन्दछ र चुनावको १ दिनअघि बाहिर बस्दा राम्रो हुनेछ । ७२ वर्षभित्रै पार्टीको सभापति पनि हुनसक्ने देखिन्छ । छैटौँको शनि शत्रुहन्ता योग हुन्छ । देउवाका शत्रुहरू लामो समयसम्म जीवित रहन गाह्रो पर्छ । शनि र बुधको दृष्टि मुखमा पर्ने भएकाले कम बोल्दा राम्रो हुनेछ । जे भए पनि ०७०, ०७१ र ०७२ साल देउवाका लागि महत्वपूर्ण पदलाभमा सहायक सिद्ध हुनेछन् । उता सूर्यबहादुर थापाको समेत वृहस्पति राम्रो भएकाले राज्यबाट प्रशंसा आउने र जनताबाट यथोचित कदर हुनेछ । झलनाथ खनाल, खड्ग ओली, रामचन्द्र पौडेल र वामदेव गौतमजस्ता हस्तीहरू पनि चुनावमा विजयी हुने सम्भावना बलियो छ । यसप्रकार ०७० मा भावी प्रधानमन्त्रीका रूपमा शेरबहादुर देउवा र माधवकुमार नेपालको स्थिति धेरै अर्थले महत्वपूर्ण भएको देखिन्छ ।
प्रचण्डको भने नपत्याउँदो हिसाबले बुहारी र छोरीको योग बलियो देखिन्छ । यदि चुनाव सरेको खण्डमा प्रचण्ड र बाबुरामलाई राज्यदण्ड हुने सम्भावना प्रबल छ । आगामी जेठपछि यी दुवैलाई अभियोग लाग्न सक्छ । ०५६ र ०५७ मा मैले यिनले नेपालको झण्डा फहराउँछन् भनी लेखेको थिएँ । तर, ०७१ सालमा भने यी दुवै नेतालाई अप्ठ्यारो स्थिति आउन सक्छ । मङ्सिर महिना त प्रचण्डका लागि आत्मघातक नै हुने देखिन्छ । त्यसैले उनले सावधान रहनु राम्रो होला । किमधिकम् । इत्यलम् ।
– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’