तीन दलले मात्र ‘सत्तरी लाख’ युवा परिचालन गर्ने !

तीन दलले मात्र ‘सत्तरी लाख’ युवा परिचालन गर्ने !


strikeरणभूमि बनाइँदै मतदान केन्द्र
कुल एक करोड तेइस लाख मतदाताले संविधानसभा निर्वाचनमा सहभागिता जनाउने तथ्याङ्कले देखाइरहेको बेला प्रमुख तीन राजनीतिक दल एकीकृत माओवादी, नेपाली काङ्ग्रेस र एमालेले आफ्नातर्फबाट मात्र ७० लाख ‘स्वयम्सेवक युवा’ परिचालन गर्ने ‘आश्चर्यजनक’ घोषणासहित आन्तरिक तयारी गरेका छन् । निर्वाचन आयोगको प्रारम्भिक अनुमानअनुसार करिब २० हजार मतदान केन्द्र रहने निर्वाचनको प्रत्येक बुथमा एकीकृत माओवादीले दुई सय, एमालेले एक सय र नेपाली काङ्ग्रेसले जनसङ्ख्याका आधारमा पाँचदेखि सयजनाको समूह परिचालन गर्ने घोषणा गरेका छन् । काङ्ग्रेस तरुण दलले प्रतिबुथमा सरदर ५० जना मात्र परिचालन गर्ने हो भने पनि निर्वाचनमा तीन दलका तर्फबाट मात्र परिचालन हुने युवाको सङ्ख्या ७० लाख हुन जाने देखिएको हो । उनीहरूले निर्वाचनमा प्रयोग गरिने स्वयम्सेवक १६ देखि ६० वर्ष उमेर समूहका हुने पनि बताएका छन् । त्यसबाहेक मधेसकेन्द्रित दल, अन्य साना दल र निर्वाचन बहिष्कारका पक्षमा रहेका दलहरूबाट समेत हजारौँको सङ्ख्यामा युवा परिचालन हुने निश्चित छ ।
निर्वाचनमा सहभागी हुने दलहरूले मतदाताको सङ्ख्याभन्दा बढी युवा परिचालन गर्ने सोच बनाएकोले निर्वाचन ‘रणभूमि’ बन्ने पक्का भएको छ । यद्यपि उनीहरूले भयरहित वातावरणमा निर्वाचन सम्पन गर्न, निर्वाचनमा कतैबाट अवरोध पैदा हुन नदिन, निर्वाचनसम्बन्धी जनचेतना फैलाउन तथा बुथको सुरक्ष्ाँका लागि युवाहरूको परिचालन गर्ने दाबी गरेका छन् । यसका साथै उनीहरूले निर्वाचनका क्रममा कतैबाट बाधा आएमा बुथ सुरक्षाका लागि परिचालित युवा चुप लागेर नबस्ने चेतावनीसमेत सार्वजनिक रूपमै दिएका छन् । निर्वाचनमा युवाको भूमिका महत्वपूर्ण रहने र युवाले नै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सक्ने विश्वासका आधारमा के–कति युवा जम्मा गर्ने भन्ने प्रमुख तीन दलबीच प्रतिस्पर्धा नै चलेको छ । त्यसैको सिको गर्दै साना दलले पनि आफ्नो युवा तथा विद्यार्थी सङ्गठनलाई सक्रिय बनाउँदै लगेका छन् ।
एमालेनिकट युवा सङ्घको ‘एक बुथ सय डाइनामिक इफेक्टिभ युथ’ भन्ने नाराका साथ हाल गुमनामजस्तै रहेको ‘युथ फोर्स’लाई ब्युँत्याएर निर्वाचनमा परिचालन गर्ने तयारी गरेको छ । मर्न र मार्न पछि नपर्ने भन्ने अभियानका लागि निर्वाचन क्ष्ँेत्रमा युवाहरू परिचालन गर्ने उसको नीति छ । ‘अघिल्लो संविधानसभामा निर्वाचन बुथमा आफ्नोतर्फका युवा परिचालन गर्न नसकेकाले पराजय व्यहोर्नुपरेको निष्कर्षसहित युवा सङ्घले हरेक बुथमा युवा परिचालन गर्ने घोषणा गरेको हो,’ सङ्घका एक केन्द्रीत नेताले भने । सङ्घले राष्ट्रिय भेला गरी फोर्स घोषणा गर्ने र फोर्सलाई निर्वाचनको प्रचारप्रसारमा खटाउने तयारी गरेको छ । उसले महिला फोर्स पनि बनाउने तयारी गरेको छ । निर्वाचनका क्रममा एमाओवादीबाट गाउँगाउँमा हुन सक्ने आतङ्कलाई रोक्न युथफोर्स परिचालन अनिवार्य भएको निष्कर्ष एमालेको छ । सङ्घका महासचिव राजीव पहारीले भने, ‘शान्तिपूर्ण र सुरक्षित निर्वाचनका लागि युथफोर्सलाई परिचालन गर्ने तयारी भएको छ ।’ उनका अनुसार यसरी परिचालित हुने युवाहरूले गाउँमा भयरहित वातावरणमा निर्वाचन गर्न मद्दत गर्ने र निर्वाचनबाट वास्तविक जनमत प्रस्तुत हुने विश्वास एमालेको छ ।’ ‘युथफोर्स मर्यादित, संयमित र भद्र भएर प्रस्तु हुनका साथै निर्वाचन सम्पन्न पर्न महत्वपूर्ण भूमिका निर्वाचन गर्नेछन्,’ पहारीले भने, ‘तर, त्यसमा कतैबाट बाधा हुन पुगेमा चुप लागेर बसिने छैन, आफ्नो सुरक्षाका लागि प्रतिकारमा फोर्स उत्रन्छ ।’
युवा सङ्घको ‘एक बुथ सय डाइनामिक इफेक्टिभ युथ’ घोषणा गरेको केही दिनमै एमाओवादीको युवा सङ्गठन वाईसीएलका अध्यक्ष्ँ गणेशमान पुनले पनि पत्रकार सम्मेलन गरेर ‘एक बुथ दुई सय युथ’ पार्टीको नीति भएको र निर्वाचनका क्रममा सोहीअनुसार युवा परिचालन गर्ने तयारी रहेको जानकारी दिए । जनमतको संरक्षण र निर्वाचनमा सबैलाई सहभागी गराउन वाईसीएल परिचालन अनिवार्य रहेको पुनको दाबी छ । निर्वाचनमा परिचालन गर्नैका लागि युवाहरू जम्मा गरी प्रशिक्षित कार्यक्रम अघि बढाइएको छ भने खेलाडी र आपराधिक मानसिकता भएका व्यक्तिहरूलाई समेत पार्टी प्रवेशको लहर नै चलाइएको छ ।
एमाओवादीले वाईसीएलसँगै स्वेच्छिक अवकाश लिएका अठार हजार लडाकुलाई पनि निर्वाचनमा परिचालन गर्ने तयारी गरिरहेको छ । पार्टीले अवकाश लिएका लडाकुलाई एकीकृत गर्ने जिम्मा पार्टीले वाईसीएललाई नै दिएको छ । वाईसीएल अध्यक्ष पुनले भने, ‘निर्वाचनलाई शान्तिपूर्ण रूपमा सम्पन्न गर्न, युवा परिचान गर्ने पार्टी केन्द्रको नीतिअनुसार युवालाई प्रशिक्षित गरिनेछ, यसमा आमयुवा सहभागी हुनेछन् । उनीहरूले चुनावलाई लक्षित गरी आगामी भदौ १५ देखि १८ गतेसम्म सङ्गठनको अधिवेशन गर्न लागेको छ । हामी निर्वाचनमा सहभागी हुने मतदाताको सुरक्षा र सहयोगका लागि परिचालित हुन्छौँ, त्यसक्रममा कतैबाट बाधा उत्पन्न भएमा परिणाम जस्तो पनि हुन सक्ने पुनको चेतावनी थियो ।
जनसङ्ख्याका आधारमा निर्वाचन बुथमा तरुण दस्ता खटाउने तयारी गरेको नेपाली काङ्ग्रेसको युवा सङ्गठन नेपाल तरुण दलले यसलाई कुन रूपमा परिचालन गर्ने भन्ने रणनीति बनाइसकेको छैन । तर, युवालाई परिचालन गर्ने निष्कर्षसहित तरुण दल अघि बढेको तरुण दलका केन्द्रीय संयोजक उदयशमशेर राणाले जानकारी दिए । ‘निर्वाचन बुथ सुरक्षाका लागि सम्पूर्ण उपाय अपनाइन्छ, त्यसका लागि तरुण दस्ता परिचालन गरिन्छ,’ उनले भने, ‘तर, कसरी गर्ने भन्नेबारेमा छलफल हुँदै छ ।’ भयरहित वातावरणमा निर्वाचन सम्पन्न गराउने अभियानमा तरुण दस्ता अग्र भागमा रहन्छ, कतैबाट त्यसमा अवरोध आएमा प्रतिकार गर्नुपर्ने हुन्छ, प्रतिकारका लागि दस्ता तयार रहने राणाको भनाइ थियो ।
मधेसकेन्द्रित दलहरू पनि संयुक्त मधेस युवा मोर्चा बनाउने रणनीतिमा लागेका छन् । यसका लागि उनीहरू पनि आपसी छलफलमा जुटेका छन् । सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले भने, ‘हामी मधेस युवा मोर्चा बनाएर निर्वाचन प्रचारप्रसारमा लाग्ने तयारी भइरहेको छ ।’ उनले पनि आवश्यकताअनुसार निर्वाचन क्ष्ँेत्र र बुथहरूमा आफ्ना युवा परिचालन गर्ने जानकारी दिए । निर्वाचनविरोधी मोर्चामा आबद्ध नेकपा–माओवादीलगायतका पार्टीहरूले पनि निर्वाचनको विरोधका लागि आफ्नो युवा परिचालन गर्ने बताइसकेको छ । नेकपा–माओवादीले त पूर्वलडाकुलाई समेटी ‘राष्ट्रिय युवा जनस्वय्मसेवक’ बनाएको छ । यसलाई पार्टी विस्तार कार्यक्रमलाई अघि बढाउनका लागि निर्वाचनसम्बन्धी सम्पूर्ण कार्यक्रम बहिष्कार गर्ने र त्यसका लागि गर्नुपर्ने सबैखाले रणनीति अपनाउने घोषणा गरेको छ । माओवादी प्रवक्ता पम्फा भुसालले भनिन्, ‘अहिले वार्तामा छौँ, त्यसैले यसै भन्न सकिने अवस्था छैन, तर सरकार र दलहरू जुन रूपमा प्रतुत भएका छन् यसरी अघि बढे ४ मङ्सिरमा हुने भनिएको निर्वाचनको प्रतिकारमा हजारौँ सङ्ख्यामा युवा तथा सिङ्गो पार्टी नै लाग्नेछ ।’
यता, निर्वाचन आयोगले निर्वाचनविरोधी दलले मात्र नभएर निर्वाचनको पक्ष्ँमा रहेको प्रमुख दलले निर्वाचन आचारसंहितालाई बिर्सिएर शक्ति प्रदर्शन गरेको भन्दै दलका नेताहरूलाई सचेत गराउने तयारी गरेको छ । युवाको आडमा आफ्नो शक्ति प्रदर्शन गरी नागरिकलाई तर्साउने काम भएको भन्दै आयोगले पछिल्लोपटक तीन पार्टीको युवा सङ्गठनका नेताहरूले दिएको अभिव्यक्ति तथा उनीहरूको तयारीलाई लिएर दलका नेताहरूसँग छलफल गर्ने तयारीसमेत गरिरहेको छ । आयोगका प्रवक्ता वीरबहादुर राईले भने, ‘वाईसीएल, युथफोर्स तथा तरुण दस्ताका नाममा बाहिर आएको अभिव्यक्ति तथा गतिविधिप्रति आयोग गम्भीर भएको छ, यसबारे छिट्टै आफ्नो धारणा सार्वजनिक गर्ने तयारी गरेको छ ।’
निर्वाचनको पक्ष तथा विपक्षमा रहेका दलले हजारौँको सङ्ख्यामा युवा परिचालन गर्ने घोषणा गरेका छन् । तर, उनीहरूले भनेजतिको सङ्ख्यामा कहाँबाट युवा ल्याई परिचालन गर्ने भन्नेमा केही खुलाएका छैनन् । राष्ट्रिय तथ्याङ्क विभागका अनुसार नेपालको कुल जनसङ्ख्यामध्ये एक करोड ५२ लाख नागरिक मतदानका लागि योग्य देखिएका छन् । त्यसमध्ये ३० लाख वैदेशिक रोजगारीमा गएका छन् । ४० लाखका हाराहारीमा रोजगारीकै लागि भारत गएका छन् । दुईदेखि पाँच लाख नागरिक अध्ययनका नाममा खाडीबाहेकका विकसित मुलुकमा पुगेका छन् । यो तथ्याङ्कलाई एकीकृत गर्ने हो भने झन्डै सत्तरीदेखि पचहत्तर लाख नागरिक (जो मतदानका लागि योग्य छन्) विदेशमा बसोबास गर्दै आएका छन् । तर, निर्वाचनमा प्रत्येक बुथमा पाँचजनादेखि दुई सयसम्म युवा परिचालन गर्ने घोषणा गरेका दलका नेताहरूले विदेशमा रहेका युवालाई समेत जोडेर हिसाब गरेको देखिन्छ । जसरी भए पनि आफ्नो शक्ति देखाएर निर्वाचनको परिणाम आफ्नो पक्ष्ँमा पार्ने त्यसो नभए निर्वाचनस्थललाई रणभूमि बनाउने तयारीमा प्रमुख दलहरू लागेको राजनीतिक विश्लेषकहरूले भनाइ छ ।