सन्दर्भ : भानुको द्विशताब्दी प्रारम्भ

सन्दर्भ : भानुको द्विशताब्दी प्रारम्भ


indreniभानुभक्त– ज्यो. रत्ननिधि रेग्मी ‘शुक्राचार्य’
रम्घाका स्थलमा प्रसिद्ध कुलमा आचार्यका वंशमा
कौडिन्न्यायन गोत्रमा जनम भो श्री रामका अंशमा
बिर्तावाल र पण्डितै पनि थिए श्री कृष्ण आचार्य जी
उन्का नाति बनेर जन्मन पुगे श्री भानु हाम्रा कवि ।।१।।

आठै वर्ष हुँदा विवाह हुन गो ती चन्द्रकान्तासित
दोस्रो वर्ष बितिन् बडो ुकसले अल्पायु भै, आखिर–
अर्की चन्द्रकला खनालसित भो दोस्रो बिहा ग्यारमा
हुर्केथे कवि भानुभक्त यसरी श्रद्धा तथा प्यारमा ।।२।।

काशी पढ्न बसेर पण्डित भए भाषाविषे पारखी
गर्दा धार्मिक भावले दिनदिनै श्री रामको आरति
आयो ज्ञान, बनाउने मन भयो आदर्श रामायण
थाले लेख्न कथा लिएर रसिला एकाग्र भै तत्क्षण ।।३।।

भोर्लेटार गई पुराण उनले पैह्लो गरे वाचन
मात्रै वर्ष अठारका जति थिए उम्दा थियो जीवन
अड्तीस् वर्ष हुँदा धनञ्जय पिता स्वर्गे भएका थिए
दोस्रो वर्ष थुना परेर कविले सङ्कष्ट झेल्दा भए ।।४।।

मैन्हा चार बसेर जेल, घरमा फर्केर आए तब
लेखे काव्य अनेक छन्द रसिला हालेर मीठो लय
धेरै चर्चित काव्य भो जगतमा यै ग्रन्थ रामायण
भाषाको गरिमा उठ्यो दशदिशा नेपाल ढाकीकन ।।५।।

भन्छन् दर्जन ग्रन्थ जो अमर छन् श्री रामगीता अनि
गर्नन् भक्ति भनेर लेखिन गयो त्यो भक्तमाला पनि
जानुन् भर्न विचार, जीवनकला हेरेर प्रश्नोत्तर
नारी जीवन धन्य होस् भनि वधू शिक्षा गरे उत्तर ।।६।।

तामाकोट थियो बसाइ पहिलो, दोस्रो महाबौद्धमा
घाँसीको कविता बनाउन पुगे यात्रा परी बीचमा
बालाजी अथवा घुमी शिवपुरी लेखे बयानै गरी
भाषा धन्य भयो विकासपथमा लम्की बढ्यो यो घडी ।।७।।

जस्को जन्म भयो अठार सयको त्यो साल एकत्तर
मैन्हा लाग्छ असार अन्तिम हुँदै जाँदा गते उन्तिस
औलोले थलिए चउन्न नहुँदै, मस्र्याङ्दीका घाटमा
फेरे अन्तिम सास हाय ! कविले पच्चीसको मध्यमा ।।८।।

यस्ता भानु र भानुका विषयमा जानी लिउन् प्रेरणा
भन्ने भाव लिएर आज सबमा मैले गरें वन्दना
लागेको छ दुई शताब्द उनको मेला जयन्ती बनी
श्रद्धा अर्पण गर्छु यो बखतमा सत्कीर्ति पैmलोस् भनी ।।९।।
– महाकवि देवकोटा आश्रम