गुफामा फसेका बालकको उद्धार जोखिम बन्दै

गुफामा फसेका बालकको उद्धार जोखिम बन्दै


थाइल्यान्डको चियाङ राइस्थित लिवङ गुफामा फसेका १२ जना बालक र उनका फुटबल प्रशिक्षकको उद्धारको काम अत्यन्तै जोखिमपूर्ण बन्दै गएको छ ।

उनीहरूको उद्धारका लागि स्वदेशी र विदेशी गोताखोरसमेत चार दिनदेखि खटिए पनि उनीरूलाई बाहिर निकाल्न सकिएको छैन ।

गुफामा घुम्न गएका उनीहरु फसेको नौ दिनपछि पनि सकुशल रहेको पाइएको थियो । उनीहरू आजका मितिसम्म नै स्वस्थ रहेको समाचार आइरहँदा उद्धारको काम भने झनै जोखिमपूर्ण रहेको पाइएको छ ।

करिब दुई साताअघिदेखि यो उद्धारको काम थालिएको हो । त्यसमा स्वदेशी र विदेशी गोताखोर सक्रिय रूपमा लागेका सरकारले जनाएको छ ।

बालकहरू र उनीहरूका प्रशिक्षक उक्त गुफाभित्र च्यापिएर रहेका छन् । उनीहरूलाई खानेकुरा भने बाहिरबाटै दिइएको छ ।

उक्त प्रयासमा थाइल्यान्डको नौसेनाका गोताखोर, सैनिक र अरू उद्धारकर्मीहरूसहित करिब एक हजार जना जति खटिइरहेका थाई सरकारले जानकारी दिएको छ ।

उद्धारमा खटिएका गोताखोरको मृत्यु
यसैबीच शुक्रबार बिहान प्राप्त एक समाचारमा उक्त उद्धारको काममा खटिएका नौसेनाका एकजना गोताखोरको भने ज्यान गएको बताइएको छ ।

शुक्रबार बिहान सो गुफाभित्र छिरेका उनी त्यहाँबाट बाहिर निस्कने क्रममा मृत्यु भएको अधिकारीहरूले बताएका छन् । गुफामा फसेका व्यक्तिहरूलाई खानेकुरा पु¥याएर फर्किनेक्रममा उनको मृत्यु भएको हो ।

अधिकारीहरूले अक्सिजनको अभावका कारण बेहोस भएका ३८ वर्षीय उनको गुफाबाट बाहिर फर्किनेबेला आफैँलाई अक्सिजनको अभाव भएकोले मृत्यु भएको बताइएको छ ।