झलनाथलाई उडाए दुई नेताले

झलनाथलाई उडाए दुई नेताले


गत आइतबार(२० गते) पार्टी मुख्यालय बल्खुमा बसेको एमाले स्थायी समिति बैठक निकै रोचक घोचपेचमा सीमित भएको बुझिएको छ । करिब ६ घन्टा लामो समयसम्म बसेको बैठकमा शीर्ष नेताबीच आरोप-प्रत्यारोपमा समय बितेको थियो । स्रोतका अनुसार बैठकमा सबैभन्दा बढी आलोचनाका पात्र पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री झलनाथ खनाल बन्नुभएको र उहाँको सबैभन्दा बढी आलोचना पूर्वप्रधानमन्त्री एवम् एमाले वरिष्ठ नेता माधवकुमार नेपालले गर्नुभएको थियो । बैठकमा खनालले दुई महिनाको अवधिमा सरकारले गरेका प्रगतिको बारेमा जानकारी गराउनुभएको थियो । उहाँले एकीकृत माओवादी र फोरमको समेत सहभागितामा केही दिनभित्रै सरकारले पूर्णता पाउने दाबी गर्नुभएको थियो । बैठकमा खनालको ठीक अघिल्तिर बस्नुभएका नेपालले खनाललाई लक्षित गर्दै भन्नुभयो, ‘सरकारको प्रगति त सुनियो । तर, हेर्दा के लाग्छ भने, एमालेको नेतृत्वमा सरकार छ, तर के गर्ने टाउको र हातखुट्टा माओवादीको अनि जिउ मात्र एमालेको परेपछि कसरी राम्रा काम हुन सक्नु र? ‘ टाउको र हातखट्टा नै अरूले चलाउने भएपछि जिउले मात्र केही गर्न सक्दैन, अहिले सरकारको अवस्था यस्तै भएको छ यहाँ जति गुणगान गाए पनि के गर्ने? नेपालको भनाइ थियो । उहाँले अहिलेको सरकार पनि दुई महिना नपुग्दै असफल भएको टिप्पणी गर्दै कतै सरकारको विकल्प खोज्ने बेला त आएको होइन भनी प्रश्न गर्नुभएको थियो । आफ्नो नेतृत्वको सरकारले पार्टीको निर्देशनअनुसार काम गर्दा गर्दै ढलाउन पार्टीले दुई महिनादेखि नै विकल्प खोज्न थालेको स्मरण गर्दै नेपालले अहिलेको सरकारले एमालेको एजेण्डा लागू गराउन सक्दैन भने पार्टीका लागि त्यस्तो सरकारको अर्थ नरहने स्पष्ट गर्नुभएको थियो । नेपालले नेता केपी ओलीलाई लक्षित गर्दै अब सरकारको नेतृत्व गर्ने पालो ओली कमरेडको आएजस्तो छ भन्नुभएको थियो ।
नेता ओलीले पनि नेपालको भनाइलाई समर्थन जनाउँदै सरकार दुई महिनामै असफल हुनुका साथै गति र दिशाहीन बनेकोले सोच्नुपर्ने बेला आएको बताउनुभयो । सरकार बनेको दुई महिनामै मुलुक अस्तव्यस्त बनेको भन्दै सरकारले एमालेलाई कलङ्कित बनाउने काम भएको भन्दै तिखो आलोचना गर्नुभएको थियो । उहाँले प्रधानमन्त्रीकै दबाबका कारण अर्थसचिव रामेश्वर खनालले राजीनामा दिनुपरेको भन्दै त्यसको घानमा अर्थमन्त्री भरतमोहन अधिकारी परेको टिप्पणी गर्नुभएको थियो । एमाले र माओवादी दुई पार्टीको सहमतिमा सरकार बने पनि दुई महिनासम्म मन्त्री छान्न नसक्नु आफैंमा विडम्बना रहेको ओलीको भनाइ थियो ।
ओलीले यति के भन्नुभएको थियो खनालले आफ्नो डायरी पल्टाउँदै आजको बैठकबाट मन्त्री बन्ने थप व्यक्तिको बारेमा टुङ्गो लगाउनुपर्छ भन्दै भानुभक्त जोशी, रघुवीर महासेठ, उर्मिला अर्याल, युवराज कार्की, रामजी शर्मा, मोहमद आलम, लार्केल लामा, सत्यनारायण मण्डललगायत १५ जनाको नाम पढ्नुभएको थियो । खनालले मन्त्री बनाउने व्यक्तिको नाम प्रस्ताव गरेपछि नेता ओलीले तपाईंले प्रस्ताव गर्नुभएको व्यक्ति अलि समावेशी भएनन्, त्यसैले त्यसमा खगराज अधिकारी, जगत विश्वकर्मा, थममाया थापा, विजय सुब्बालाई थप्नुपर्छ भन्नुभएको थियो । त्यसलगत्तै नेपालले पनि सरला यादव, कृष्णप्रसाद सापकोटा र महेन्द्र पाण्डेलाई पनि मन्त्री बनाउन सिफारिस गर्नुभएको थियो । यसरी तीनैजना नेताले विभिन्न नेताहरूको नाम प्रस्ताव गरेपछि बैठकले पार्टीबाट सरकारमा पठाउने व्यक्ति छान्न सकेन । उपाध्यक्ष वामदेव गौतमले भन्नुभयो, ‘केही व्यक्तिका बारेमा कुरा नमिलेकोले बैठकबाट पार्टीले मन्त्री बनाउने व्यक्तिको नाम टुङ्गो लाग्न सकेन ।’ गौतमका अनुसार बैठकले मन्त्री छान्न नसकेपछि नेपाल-ओलीको सहमतिमा प्रधानमन्त्री खनाललाई पार्टीबाट थप मन्त्री बनाउने व्यक्तिको नाम सिफारिस गर्ने जिम्मा दिइएको छ । प्राप्त जानकारीअनुसार वरिष्ठ नेता माधवकुमार नेपाल र केपी ओली खनाल मन्त्रिमण्डलमा पठाउन कसैको पनि नाम सिफारिस गर्ने मानसिकतामा हुनुहुन्न । उहाँहरू झलनाथले मन्त्रिमण्डल बनाइसकेपछि ‘समीक्षा मात्र’ गर्ने सोचमा रहनुभएको बताइन्छ ।
जे होस्, झलनाथ खनालले नेपालको इतिहासमा मन्त्रिमण्डललाई पूर्णता दिन लामो समयसम्म नसक्ने प्रधानमन्त्रीका रूपमा कीर्तिमान कायम गर्नुभएको छ । उहाँले कायम गर्ने कीर्तिमानमा आफ्नो संलग्नता नरहोस् भन्नेमा नेताद्वय नेपाल र ओली सचेत रहनुभएको बताइन्छ ।

माओवादी बैठकमा महाधिवेशनको माग
विवाद र तनावसहित नेताहरू राजधानी फिर्ता
पार्टीभित्रको आन्तरिक विवाद मिलाउने भन्दै सिन्धुपाल्चोकमा स्थायी समिति बैठक बस्न पुगे पनि माओवादीले पार्टीभित्रको विवाद जस्ताको त्यस्तै काठमाडौंमै फिर्ता लिएर आएको छ । पार्टीभित्रको आन्तरिक विवाद मिलाउने तथा सरकारमा पठाउने मन्त्रीहरू छनोट गर्ने भन्दै एकान्त स्थल खोजेर माओवादी गत शनिबार सिन्धुपाल्चोकको सुकुटेस्थित एक रिसोर्टमा पुगेको थियो । तर, आरोप-प्रत्यारोपमा सीमित बैठकले पार्टीभित्रको विवाद मात्र नभई सरकारमा पठाउने मन्त्रीहरू छनोट गर्नसमेत सकेन । गत शनिबार र आइतबार दुई दिन गरी १६ घन्टासम्म बसेको बैठक एक-अर्काबीचको आलोचना र घोचपेच गर्दैमा बितेको बैठकमा सहभागी एक नेताले जानकारी दिनुभयो ।
बैठकमा अध्यक्ष प्रचण्डले केही नेताको कार्यशैलीका कारण पार्टी एमालेकरण हुन लागेको आरोप लगाउनुभएको थियो । पछिल्लोपटक पार्टीका नेताहरूमा अनुशासनको कमी भएकोजस्तो देखिएको भन्दै पार्टीका जिम्मेवार नेताहरूले आफूखुसी गरेर हिँड्दा समस्या देखिएको प्रचण्डको भनाइ थियो । प्रचण्डले बैठकको सुरुमै भन्नुभएको थियो, ‘अहिले माओवादीका तीन नेता चाहेर पनि एक हुन सक्ने अवस्था देखिएको छैन, तर्सथ एक भएर जान के गर्नुपर्छ त्यसमा छलफल गरेर जाऊँ ।’ ‘यदि हामी यसरी नै अघि बढ्ने हो भने पार्टी सही रूपमा अघि बढाउन सकिँदैन, भोलिका दिनमा पार्टी विभाजन पनि हुन बेर लाग्दैन,’ प्रचण्डको भनाइ थियो । पार्टीभित्र देखिएको विवादले पार्टीले कुनै पनि उपलब्धि हासिल गर्न नसकेको प्रचण्डको भनाइ थियो । प्रचण्डको भनाइ उद्धृत गर्दै सहभागी नेताले भन्नुभयो, ‘अहिलेकै सरकारलाई हामीले चरम उपयोग गर्न सक्छौँ तर, त्यसो गर्न सकिरहेका छैनौँ ।’
अध्यक्ष प्रचण्डले पार्टी एमालेकरण भयो भनेपछि उपाध्यक्ष वैद्यले प्रचण्डलाई लक्षित गर्दै एमाले मात्र नभएर कहिले पूरै मण्डले त कहिले काङ्ग्रेसको गन्ध आउनुका साथै नेतृत्व अवसरवादी भएकोजस्तो देखिने गरेको टिप्पणी गर्नुभएको थियो । निकै चर्को रूपमा प्रस्तुत हुनुभएका वैद्यले अध्यक्ष कमरेडको कुरा सुन्दा हो जस्तो लाग्छ, काम देख्दा दिक्क लाग्छ, किन यस्तो भइरहेछ मैले बुझ्न सकिरहेको छैन भन्नुभएको थियो । उहाँले अध्यक्षको कार्यशैलीकै कारण पार्टीभित्र समस्या देखिएको हो, त्यसैले बोलीलाई व्यवहारमा परिणत गरे मात्र समस्याको निकास खोज्न सकिने सुझाव दिनुभएको थियो । वैद्यले पार्टी महाधिवेशनमा जाँदा राम्रो हुने धारणा राख्नुभएको थियो । वैद्यको भनाइ थियो, ‘यसका लागि आवश्यक तयारी गरेर पार्टीको राष्ट्रिय महाधिवेशन गरौँ, त्यहीँबाट सबै कुराको छिनोफानो लाग्ला ।’
बैठकमा अध्यक्ष प्रचण्ड र उपाध्यक्षद्वय वैद्य र भट्टराईबीच निकैपटक आरोप-प्रत्यारोप चलेको थियो । भट्टराईको भनाइ उद्धृत गर्दै ती सहभागीले घटना र विचारसँग भन्नुभयो, ‘मैले नै अघि सारेको कार्यदिशा समातेर अघि बढ्दा पार्टी यहाँसम्म आइपुगेको छ, अहिले मलाई नै सिध्याउने काम भएको छ ।’ भूमिगतकालमा मात्र नभएर शान्तिप्रक्रियापछि पनि धेरैपटक मार्ने षड्यन्त्र भएको भन्दै भट्टराईले पार्टीका नेतालाई पार्टीभित्रैबाट खतरा हुन्छ भने अन्य नागरिकको के हविगत होला भन्नुभएको थियो । आफूलाई बद्नाम गराउन पार्टी नेतृत्वले धेरैखाले आरोप लगाउने गरेको भन्दै भट्टराईले अहिले पनि पार्टीका जिम्मेवार नेता तथा कार्यकर्ताबाट आफूलाई सफाया गर्ने धम्की आइरहेको बताउनुभएको थियो । पार्टी नेतृत्वको आडमा यस्ताखाले अभिव्यक्ति आउने गरेको भन्दै भट्टराईले मेरो विचारमा सहमत गाउँका नेता तथा कार्यकर्ताको अवस्था के होला भन्नुहुँदै यस विषयमा पार्टीले किन नसोच्ने भन्दै प्रश्न गर्नुभएको थियो । ‘यसअघिका बैठकमा आफ्ना कुरा राखेपछि प्राय: शान्त बस्नुहुने भट्टराई यसपटकको बैठकमा निकै चर्को रूपमा प्रस्तुत हुनुभएको थियो,’ वैद्यनिकट एक नेताको भनाइ थियो । बैठकमा भट्टराईले पार्टीभित्र विवाद देखिनुको एक मात्र कारण नेतृत्वमा भएको अदूरदर्शिता र तानाशाहीपन रहेको आरोप लगाउनुभएको थियो । उहाँले पार्टीलाई बचाउन र शुद्धीकरण गरेर लैजान तत्काल महाधिवेशनमा जानुको विकल्प नभएको बताउनुभएको थियो । पार्टी महाधिवेशनमा गए सबैखाले विवाद त्यहीँबाट समाप्त भएर आउने जिकिर गर्दै अध्यक्षज्यू किन महाधिवेशनमा जान मानिरहनुभएको छैन भनी प्रश्न गर्नुभएको थियो । बैठकमा भट्टराई मात्र नभएर अमिक शेरचन, लीलामणि पोखरेल, पोष्टबहादुर बोगटीलगायतले पनि अध्यक्ष्ँको चर्को आलोचना गर्नुभएको थियो । तर, अग्नि सापकोटा, वर्षमान पुनलगायतले भने अध्यक्षको बचाउ गर्नुभएको थियो । उहाँहरूले पार्टीका केही नेताहरू बढी जान्ने हुन खोज्दा कहिलेकाहीँ समस्या हुँदोरहेछ, साथीहरूले बोल्न अलि कम गर्नुपर्‍यो र पार्टीले अघि सारेको कार्यदिशामा हिँड्नुपर्‍यो भन्नुभएको थियो ।
बैठकपछि सञ्चारकर्मीसँग अध्यक्ष प्रचण्डले पार्टीभित्रको आन्तरिक विवादका विषयमा खुलेर छलफल भएको प्रतिक्रिया दिनुभएको थियो । उहाँले भन्नुभएको थियो, ‘हामीले एक-अर्काबीचका सबै तीता-मीठा कुरा राख्यौँ, खुलेर छलफल भयो, अब एक भएर अघि बढ्ने सहमति भएको छ ।’ प्रचण्डले पार्टीभित्र थुप्रै आन्तरिक समस्या रहेका र त्यसमध्ये केहीलाई हल गर्न बाँकी रहेको पनि बताउनुभएको थियो । पत्रकारसमक्ष निकै तनावमा देखिनुभएका प्रचण्ड उपाध्यक्ष भट्टराईले बोल्दा एकोहोरिएर भट्टराईतिर हेरिरहनुभएको थियो । फुटाउन आउनुभएको हो भने हामीले खबरदारी गर्छौं भनेर सूचना मात्र दिएको कुरा हो ।
यसैबीच सरकारमा पठाउने थप मन्त्रीको टुङ्गो लगाउने तथा मजदुर सङ्गठनमा देखिएको विवाद समाधान गर्ने विषयमा मंगलबार पार्टी कार्यालय पेरिसडाँडा कोटेश्वरमा बसेको पदाधिकारी बैठकले उक्त विषयमा कुनै टुङ्गो लगाउन सकेन । बैठकमा अध्यक्ष प्रचण्ड तथा उपाध्यक्षद्वय वैद्य र भट्टराईले आफूनिकटका नेतालाई मन्त्री बनाउनुपर्ने अडान राखेपछि तीन घन्टासम्म बसेको बैठक बिनानिष्कर्ष टुङ्गिएको हो । बैठकपछि उपाध्यक्ष्ँ नारायणकाजी श्रेष्ठले मंगलबारको बैठकबाटै पार्टीबाट सरकारमा सहभागी हुने मन्त्रीहरूको नाम छनोट गर्ने भनिए पनि प्रधानमन्त्री झलनाथ खनालसँग थप छलफल गर्नुपर्ने भएकाले बुधबार? आज) बैठक बसी त्यसबारे विवाद टुङ्ग्याउने निर्णय भएको बताउनुभयो । उहाँले भन्नुभयो- मंगलबार मजदुर सङ्गठनको बारेमा पनि सामान्य छलफल भयो तर निर्णयमा पुग्न सकिएन । स्रोतका अनुसार बैठकमा अध्यक्ष प्रचण्डले विघटित मजदुर सङगठनको राष्ट्रिय महाधिवेशनका लागि मजदुर नेता शालिकराम जम्कटेललाई संयोजक तोकेर महाधिवेशन आयोजक समिति बनाउने प्रस्ताव गर्नुभएको थियो । तर, उपाध्यक्षद्वय वैद्य र भट्टराईले असहमति जनाएपछि सो विषयमा निर्णय हुन सकेन । उहाँहरूले स्थायी समिति वा पोलिटब्युरो सदस्यको नेतृत्वमा महाधिवेशन आयोजक समिति बनाउनुपर्ने माग गर्नुभएको थियो ।

स्रोत खुल्यो करोडौँ कमाइको
नेपालमा भ्रष्टाचार कतिसम्म व्याप्त भइसकेको रहेछ भन्ने कुराको उदाहरण अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आयुक्तका रूपमा काम गरिसकेका दुई भाइले प्रस्तुत गरेका छन् । भ्रष्टाचार नियन्त्रणको मुख्य जिम्मेवारी प्राप्त गरेका वेदप्रसाद सिवाकोटी र ललितबहादुर लिम्बूले अख्तियारको आयुक्तका रूपमा रहेर अख्तियार दुरुपयोग गरी अनुचित लाभ लिने गरेको रहस्योद्घाटन भएपछि देशमा भ्रष्टाचारको जालो कहाँसम्म फैलिएको रहेछ भन्ने स्पष्ट हुन पुगेको हो । हुन त सिवाकोटी र लिम्बू अख्यितारलाई नै कमाइ खाने भाँडो बनाउँदै छन् भन्ने चर्चा उनीहरू पदमा रहँदैमा चलेको हो । तर त्यसबेला ठोस प्रमाण फेला नपरेका कारण उनीहरूविरुद्धको चर्चा चर्चामै मात्र सीमित भएको थियो, कानुनी कारबाहीको दायरासम्म ल्याउने स्थिति बनेको थिएन । अहिले सर्वोच्च अदालतका प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठले त्यहाँ परेको एक मुद्दाको अध्ययन गर्ने क्रममा सिवाकोटी र लिम्बूको ‘करामत’ सप्रमाण भेटेपछि उनीहरूका विरुद्ध कानुनी कारबाही गर्न आदेश दिइएको छ । उनीहरूले अख्तियार दुरुपयोग गरी सरकारी जमिन व्यक्तिको नाममा दर्ता गराउने व्यवस्था मिलाएका थिए ।
काठमाडौं महानगरपालिका वडा नं. १० बुद्धमार्गस्थित यूएन पार्कको नाममा रहेको सवा दुई रोपनी जग्गा पूर्णबहादुर तण्डुकारसमेतको नाममा दर्ता गराउन लिम्बू र सिवाकोटीले आदेश दिएका थिए र अख्तियारको आदेशलाई ‘शिरोधार्य गर्दै’ काठमाडौं जिल्ला मालपोत कार्यालयले सरकारी जग्गा व्यक्तिको नाममा दर्ता गरिदिएको थियो । प्रतिआना कम्तीमा बीस लाख पर्ने उक्त जग्गा व्यक्तिको नाममा दर्ता गर्ने क्रममा तात्कालिक मालपोत कार्यालयप्रमुख प्रेमबहादुर खापुङ र अख्तियारका आयुक्तहरू वेदप्रसाद सिवाकोटी तथा ललितबहादुर लिम्बूको मिलोमतो भएको देखिएको छ । तण्डुकारको पारिवारिक सूत्रले जनाएअनुसार त्यसक्रममा मालपोत अधिकृतलाई नगद रु. तीस लाख तथा सिवाकोटी र लिम्बूलाई पचहत्तर लाखका दरले जम्मा डेढ करोड रुपैयाँ घुस खुवाउनुपरेको थियो । प्रधानन्यायाधीश रामप्रसाद श्रेष्ठको एकल इजलासले गरेको फैसलामा सिवाकोटी र लिम्बूलाई दोषी ठहर गरी उनीहरूलाई आवश्यक कानुनी कारबाही गर्न भनिएको छ । फैसलामा लेखिएको छ, ‘अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १२ ख ले दुष्परिणाम सच्याउन आदेश दिने सम्बन्धमा दिएको अधिकारको प्रयोग गरी यस्तो प्रकारको सरकारी जग्गा व्यक्तिविशेषका नाममा दर्ता गर्न निर्देशन दिएको कामकारबाही संविधान र कानुनसम्मत नदेखिँदा यस अदालतको जानकारीमा आएको सार्वजनिक सम्पत्तिको विषयवस्तुको बारेमा यो छुट्टै न्यायिक टिप्पणी गरी दिएको छ ।
आयोगको मिति २०६६।९।१७ को निर्णयमा संलग्न तत्कालीन पदाधिकारीहरू ललितबहादुर लिम्बू एवम् वेदप्रसाद सिवाकोटी रहेको भन्ने निर्णयको प्रतिलिपिबाट देखिन आएको हुँदा उक्त निर्णयमा संलग्न पदाधिकारीहरूलाई कानुनबमोजिम के-कस्तो कारबाही हुनुपर्ने हो? सो सम्बन्धमा तत्कालै आवश्यक छानबिन गरी उचित कारबाही गर्नु भनी संविधानसभा? व्यवस्थापिका संसद्को कार्य सञ्चालन) नियमावली २०६५ को नियम ११० बमोजिमको राज्य व्यवस्था समिति, व्यवस्थापिका संसद् सचिवालय तथा अख्तियार दुरुपयोग अनुसन्धान आयोगसमेतको नाममा यो न्यायिक टिप्पणी गरी दिएको छ । यस विषयमा अदालतबाट भएका फैसला र आदेशको प्रतिलिपिसहित प्रस्तुत आदेशको जानकारी नेपाल सरकार प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयसमेतका निकायहरूलाई पर्ठाई सो कारबाहीको अनुगमनका लागि सर्वोच्च अदालतको फैसला कार्यान्वयन निर्देशनालयसमेतलाई दिनू ।’
फैसलामा अगाडि भनिएको छ, ‘संवैधानिक निकायको रूपमा रहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आफूलाई प्राप्त अधिकारको प्रयोग गर्दा प्राप्त अधिकारको सीमा बुझी आफैंबाट अख्तियारको दुरुपयोग हुन नजानेतर्फ सचेत र संवेदनशील रहनुपर्छ । आफूलाई प्राप्त संवैधानिक र कानुनी अधिकारको सीमा के हो भन्नेबारेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत राज्यका सबै निकाय सहज हुनैपर्छ । नेपाल सरकारका नाममा दर्ता भएको जग्गाको विषयमा कुनै विवाद उत्पन्न भए विवादको टुङ्गो लगाउने निकाय कानुनले नै तोकिदिएको कुरा अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पदाधिकारीलाई जानकारी नहुने तथा सो विषयमा जानकारी थिएन भनी अनुमान गर्न मिल्दैन । भइरहेको विषयमा अदालतको फैसला नै अन्यथा हुने जाने गरी आफूलाई अधिकार नभएको विषयमा पुनरावेदन सुनेजस्तो गरी निर्णय फैसला जाँच्ने अधिकार कानुनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई सुम्पेको पनि देखिँदैन ।’
सम्बन्धित निकायले यी दुई भ्रष्टाचारीलाई कसरी कानुनी कारबाहीको प्रक्रिया अघि बढाउँछ यो प्रतीक्षाको विषय बनेको छ । सिवाकोटी र लिम्बूले अख्तियारमा रहँदा मानिसलाई छानीछानीकन सताउने र पर्याप्त रकम असुल गरेर मात्र छाडिदिने काम गर्दै आएका थिए । अख्तियारको आयुक्त भइसकेपछि वेदप्रसाद सिवाकोटीले बानेश्वरस्थित कात्यायनी चोकमा निर्णण गरेको करिब पाँच करोड मूल्यबराबरको बंगलाले पनि उनीहरू कसरी भ्रष्टाचारमा संलग्न थिए भनी पुष्टि गर्दछ । कारगारको भन्दा अग्लो पर्खालले घेरेर बनाएको बंगला पाठकहरूको जानकारीका लागि यहाँ प्रस्तुत गरिएको छ । यिनै सिवाकोटीलाई प्रमुख आयुक्त बनाउनका लागि सुजाता कोइरालाले निकै ठूलो जोडबल लगाउनुभएको थियो । उता ललित लिम्बूचाहिँ सभामुख सुवास नेम्वाङले आफूलाई प्रमुख आयुक्त बनाइदिनुहुनेछ भन्नेमा ढुक्क थिए । तर, लिम्बू र सिवाकोटीको क्रियाकलापलाई नजिकबाट नियालिरहेको संवैधानिक परिषद्ले उनीहरूलाई पुन: अख्तियारका लागि उपयुक्त देखेन । अहिले अदालतले अख्तियार दुरुपयोग गरेको किटानी गरेपछि कानुनी कारबाहीबाट जोगिन सिवाकोटी र्सर्ूयबहादुर थापाको शरण र लिम्बू सुवास नेम्वाङ तथा सुजाता कोइरालाको शरणमा पुगेको जानकारी प्राप्त भएको छ । दोलखाको सुनखानीबाट राजधानी आएर कानुन पढेका सामान्य विद्यार्थी वेदप्रसाद सिवाकोटीले स्नातक गरेपछि डिल्लीबजारमा एउटा ‘ल र्फम’ चलाएर बसेका थिए । तर, उनी नाम चलेका वकिल भने बन्न सकेका थिएनन् । र्सर्ूयबहादुर थापा प्रधानमन्त्री हुनुभएका बेला अख्तियारको आयुक्त बनाइएपछि सिवाकोटी एकाएक ठूलै मानिसझैं चर्चामा आएका थिए । अख्तियारमा ६ वर्ष रहँदा सिवाकोटीले के-के गरे त्यसको विस्तृत छानबिन हुन त बाँकी नै छ, तर कात्यायनीमा उनले बनाएको दोस्रो घरले भने उनी अख्तियारमा बसेर के गर्थे भन्ने तथ्यको रहस्य खोलिदिएको छ ।

कसरी जोगिएलान् यी व्यापारी?
वृद्ध नेता भरतमोहन अधिकारीलाई अघि सारेर प्रधानमन्त्री झलनाथ खनालले आफ्नो आकाङ्क्षा पूर्ति गर्ने प्रयास गर्नुभएको रहस्य एकपछि अर्को खुल्दै गएको छ । एमालेमा अघोषित कोषाध्यक्षको रूपमा रहनुभएका भरतमोहन अधिकारीसँग मारवाडी व्यापारीहरूको सम्बन्धलाई प्रधानमन्त्री खनालले आफ्नो हितमा उपयोग गर्न खोज्दा मनमोहन अधिकारीका सहोदर भाइ भरतमोहनको समेत बद्नामी हुन पुगेको छ । प्रचण्ड र आफूबीचको गुप्त सम्झौताअनुसार पूरक बजेट निर्माण गर्न अर्थमन्त्री अधिकारीलाई जिम्मा दिइएको, तर त्यसप्रकार बजेट बनाउनु देशका लागि उपयुक्त नहुने सुझाव अर्थसचिव रामेश्वर खनालले दिनुभएकोले सचिव खनाललाई नै थाहा नदिईकन बजेट बनाउने प्रयास भएको थियो । यसक्रममा प्रधानमन्त्री झलनाथ स्वयम्ले सचिव खनाललाई बोलाएर अर्थमन्त्रीलाई सहयोग पुर्‍याउन आदेश दिनुभएको थियो । प्रधानमन्त्रीसमेत केही मारवाडी व्यापारीहरूसँगको साँठगाँठमा रहेको स्पष्ट भएपछि खनाल तत्कालै पदत्याग गर्ने निष्कर्षमा पुग्नुभएको थियो । एमालेमा मारवाडी व्यापारीहरूसँग अत्यन्त राम्रो सर्म्पर्क भएका भरतमोहन अधिकारीलाई अर्थमन्त्री बनाउन प्रधानमन्त्री खनाललाई प्रधानमन्त्री नबन्दै सहमत गराइसकिएको बुझिएको छ । राजस्व भ्याट छलीबारे अनुसन्धान एवम् छानबिन गरिरहेका सचिव खनाललाई तह लगाउन मारवाडी व्यापारीहरूलाई आफ्नै मानिस अर्थमन्त्रीका रूपमा चाहिएको थियो । त्यसनिम्ति एमालेबाट सभासद् रहेका व्यापारी विनोद चौधरीले भ्याट छलीमा संलग्न ठानिएका व्यापारीहरूबाट जम्मा रु. पन्ध्र? १५) करोड उठाउनुभएको बुझिएको छ । ज्ञातव्य छ, चौधरी स्वयम् पनि नक्कली बिल बनाएर भ्याटबापतको करोडौँ रुपैयाँ असुली गर्नेहरूको सूचीमा परेका छन् र सचिव खनालले चौधरीबाट भएको अपराधको विवरण पनि प्राप्त गरिसक्नुभएको थियो । यसक्रममा चौधरीले व्यापारीहरूबाट उठाएको पन्ध्र करोड रुपैयाँमध्ये अर्थमन्त्री भरतमोहनले पनि केही हिस्सा प्राप्त गरे या सम्पूर्ण रकम प्रधानमन्त्रीकै निजी कोषमा जम्मा हुन पुग्यो- बुझन सकिएको छैन । तर, अर्थमन्त्रीका रूपमा सफल मानिएका आफ्ना साढु सुरेन्द्र पाण्डेलाई अर्थमन्त्री नबनाएर भरतमोहनलाई नै बनाउनुको रहस्यचाहिँ रामेश्वर प्रकरणले खोलिदिएको छ । भनिन्छ, विनोद चौधरीले विशाल गु्रपका अशोक अग्रवालबाट सबभन्दा ठूलो रकम असुलेका थिए, जब कि निज अग्रवाल भरतमोहनका अत्यन्त निकटका ‘मित्र’ मानिन्छन् । अब चौधरीलगायतका व्यापारीहरूले गरेको अपराधबाट तिनलाई बचाउन भरतमोहनले कसरी सक्नुहोला- यो जिज्ञाशाको विषय बनेको छ । संसद्मा काङ्ग्रेसको व्यापक विरोधका कारण पूरक बजेट ल्याएर दुई महिनामै अर्बौं रुपैयाँ उडाउने झलनाथ-प्रचण्डको सपना भने तुहिएको छ । अब पूर्ण बजेट नै आउने भएको छ ।

सुडानबाट जोगिन प्रचण्डसँग सम्झौता
‘सुडान काण्ड’बाट जोगिन झापाका कृष्णप्रसाद सिटौलाले माओवादीका अध्यक्ष प्रचण्डसँग अर्को एउटा सम्झौता गर्नुभएको समाचार प्राप्त भएको छ । कौरवतर्फ तन र पाण्डवतर्फ मन राखेर महाभारतको लडाइँमा भीष्म सरिक भएझैं काङ्ग्रेसमा तन र माओवादीमा मन दिएर राजनीतिमा सक्रिय कृष्ण सिटौलालगायतमाथि शान्ति स्थापनार्थ सुडानमा खटिएको नेपाल प्रहरीको टोलीलाई नक्कली सामग्री खरिद गरी तीस करोडभन्दा बढी रुपैयाँ भ्रष्टाचार गरेको अभियोग छ । यस सम्बन्धमा अख्तियारले छानबिन तथा अनुसन्धान प्रक्रिया तीव्र रूपमा अघि बढाएको र कुनै पनि दिन हथकडी लाग्नसक्ने भएपछि सिटौला त्यसरी प्रचण्डको शरणमा पुग्नुभएको हो । ०६३ को राजनीतिक परिवर्तनपश्चात् आफ्नो ‘व्यापार व्यवसायमा’ अपार प्रगति गर्नुहुने अजय सुमार्गीको उपस्थितिमा गत साता सिटौलाको प्रचण्डसँग वार्तालाप भएको र प्रचण्डले उहाँलाई जसरी पनि जोगाइदिने विश्वास दिलाउनुभएको बुझिएको छ । तर, भ्रष्टाचार काण्डमा पर्नबाट जोगिन सिटौलाले प्रचण्डको एउटा र्सत पूरा गर्नुपर्नेछ । प्राप्त जानकारीअनुसार काङ्ग्रेसलाई प्रजातान्त्रिक मोर्चा निर्माणको पहल गर्नबाट सिटौलाले रोक लगाउनुपर्नेछ । आफ्नाविरुद्ध कुनै प्रकारको सङ्गठित मोर्चा निर्माण नहोस् भन्ने पक्षमा रहनुभएका प्रचण्डले काङ्ग्रेसलाई मोर्चा गठनको विपक्षमा उभ्याउन सके मात्र सिटौलालाई जोगाउन सकिने सङ्केत दिनुभएपछि सिटौला प्रजातान्त्रिक मोर्चा निर्माण हुन नदिन सक्रियतापूर्वक लागिपर्नुभएको छ । बिहानदेखि राति अबेरसम्म पार्टी सभापति सुशील कोइरालाको वरिपरि देखिनुहुने सिटौलाले कोइरालालाई मोर्चा निर्माण गर्दा मुलुकमा भिडन्तको अवस्था सिर्जना हुने त्रास देखाएर आतङ्कित पार्ने गर्नुभएको बताइन्छ । सिटौलाको कुरा सुनेर सभापति सुशील कोइराला पनि भिडन्तको स्थिति उत्पन्न हुन नदिन मोर्चा निर्माण गर्न नहुने सार्वजनिक अभिव्यक्ति दिँदै हिँड्न थाल्नुभएको छ । यसअघि गिरिजाप्रसाद कोइरालालाई पनि ‘माओवादी भड्किन्छन् र द्वन्द्वको अवस्था सिर्जना हुन्छ है’ भन्दै यिनै सिटौलाले माओवादीको अनुकूल निर्णय लिन कोइरालालाई बाध्य पार्ने गर्नुभएको थियो । अहिले सुशील कोइरालालाई पनि पुरानै शैली अपनाएर माओवादीको अनुकूल बनाउने प्रयास सिटौलाबाट हुँदै आएको छ । माओवादीप्रति अत्यन्त स्पष्ट र कठोर मानिएका नेता सुशील कोइरालामा विगतको जस्तो प्रभावकारिता नरहनुको मुख्य कारण सिटौला नै भएको अनुमान गर्न थालिएको छ ।

उद्यमीहरू उत्रिए मैदानमा
आउँदो २८ र २९ गते सम्पन्न हुन लागेको नेपाल उद्योग वाणिज्य महासङ्घको आगामी तीनवर्षो कार्यकालको नेतृत्वका लागि आजाद श्रेष्ठ र सुरज वैद्य आफ्नो चुनावी अभियानमा जोडतोडका साथ लागिपरेका छन् । आ-आफ्नोतर्फबाट उम्मेदवारी दर्ता गराएपछि चुनावी अभियान उत्कर्षमा पुगेको छ भने मुलुकभरका उद्यमी-व्यवसायीहरूलाई आफ्नो पक्षमा आकरि्षत गर्न दुवै समूहले भएभरको कसरत गरिरहेका छन् ।
अध्यक्षका दुवै दाबेदार वैद्य र श्रेष्ठले वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्षसमेतको प्यानल घोषणा गरिसकेका छन् । महासङ्घ कार्यकारिणी सदस्यको ६१ सिटका लागि एक सय १३ जनाको उम्मेदवारी परेको छ । महासङ्घमा जिल्ला तथा नगर क्षेत्रको मत हैसियत ५० प्रतिशत रहेको छ । त्यसमध्ये अघिकांश मत आ-आफ्नै पक्षमा पर्ने दाबी दुवै समूहले गरेका छन् ।
चुनाव हुनु करिब दुई महिनाअघि नै पोखरा उद्योग वाणिज्य सङ्घले श्रेष्ठलाई अध्यक्षको उम्मेदवारको रूपमा तय गरेको थियो भने महासङ्घका निवर्तमान अध्यक्ष चण्डी ढकालको कमाण्डमा निर्वाचनमा उत्रिएको सुरज समूहले मनोनयनकै दिन गत २१ गते केही उम्मेदवारहरू निरि्वरोध निर्वाचित भएपछि आफ्नो समूहको जित सुनिश्चित बनेको दाबी गरेको छ । अधिकांश अञ्चल आफ्नो प्यानलको पक्षमा खुलेकाले महासङ्घको भावी नेतृत्वको तस्बिर मनोनयनकै दिन स्पष्ट भएको सुरज समूहका उपाध्यक्षका प्रत्याशी भाष्करराज राजकरि्णकारको कथन छ । मेचीमा केशव पाण्डे र महाकालीबाट वरिष्ठ उपाध्यक्षका उम्मेदवार भाष्करराज राजकरि्णकार निरि्वरोध भएर वरिष्ठ उपाध्यक्षको आफ्नो सिट सुरक्षित बनाएका छन् । त्यसैगरी नारायणीबाट मदनमोहन जोशी, लुम्बिनीबाट भूषणराज राजलवट, धौलागिरिबाट होमनारायण श्रेष्ठ, गण्डकीमा चोपनारायण श्रेष्ठ महासङ्घको कार्यकारिणी समितिमा निरि्वरोध निर्वाचित भएका छन् । भाष्करराजका अनुसार मेची, महाकाली, कर्णाली र भेरी अञ्चल सुरज वैद्यको पक्षमा स्पष्ट खुलेका छन् भने कोसी, सगरमाथा र नारायणीमा पनि वैद्य प्यानलको पक्षमा अधिकांश मतदाता छन् । लुम्बिनी, गण्डकी, बागमती, सेती र राप्तीमा समेत आफ्नो पक्षमा लहर आएको दाबी वैद्यले गरे । वैद्य प्यानलबाट वरिष्ठ उपाध्यक्षमा सञ्चार उद्यमी भाष्करराज राजकरि्णकार निर्वाचनको पहिलो चरणमै निरि्वरोध निर्वाचित भएपछि उनको वरिष्ठ उपाध्यक्ष पद सुरक्षित भएको दाबी गरिएको छ । वैद्य प्यानल जातीय, क्षेत्रीय र लिङ्गीय हिसाबले समावेशी तथा सन्तुलित रहेकाले पनि अधिकांश मतदाताको च्वाइसमा परेको व्यवसायी कल्याणकृष्ण ताम्राकारको कथन छ । जिल्लातर्फको उपाध्यक्षमा इतिहासमै पहिलो महिला पदाधिकारी भवानी राणा उम्मेदवार बनेर महासङ्घको ५४ वर्षो रेकर्ड तोडेर पहिलो महिला उपाध्यक्ष बन्ने निश्चित भएको सो पक्षले जनायो । त्यस्तै वस्तुगतबाट उम्मेदवारी दिएका किरण शाख: र एसोसिएटबाट मारवाडी समुदायको प्रतिनिधित्व गर्दै पशुपति मुरारका उम्मेदवार बनेका छन् ।
यसैगरी पोखरा उद्योग वाणिज्य सङ्घमा रहेर आफूलाई कुशल नेतृत्वकर्ता सावित गराइसकेका श्रेष्ठलाई जिल्ला तथा नगर क्षेत्रकाले अत्यधिक रुचाएको सो समूहले दाबी गरेको छ । श्रेष्ठको प्यानलबाट वस्तुगततर्फबाट प्रदीपजंग पाण्डेले उम्मेदवारी दिएका छन् । आजाद प्यानललाई सहयोग गर्नलाई वस्तुगततर्फका अधिकांश उद्योगी-व्यवसायी जोडतोडले लागेको उनको भनाइ छ । श्रेष्ठकै प्यानलमा एसोसिएटबाट उपाध्यक्षको उम्मेदवारी दिएका प्रदीपमान वैद्यले पनि आफूलाई लोकप्रिय मानेका छन् भने जिल्ला तथा नगरका उपाध्यक्ष निरक केसी आफ्नो जनसर्म्पर्क अत्यन्तै राम्रो भएको दाबी गरिरहेका छन् । विनोद चौधरी र चण्डी ढकालबाहेक अधिकांश पूर्वअध्यक्षहरूको समर्थन भित्री रूपमा आफूतर्फ रहेकाले आफ्नो जित सुनिश्चित भएको आजाद श्रेष्ठले दाबी गरेका छन् । उदयपुर, इनरुवा, लाहान, मोरङ, ताप्लेजुङलगायतका उद्योग वाणिज्य सङ्घहरू खुलेरै आफ्नो पक्षमा लागेको श्रेष्ठको भनाइ छ ।
यसरी साधारणसभा नजिकिँदै जाँदा चुनावी प्रतिस्पर्धा र उद्यमीहरूको आ-आफ्ना दाबी पनि मुखरित भएको छ । तर, आगामी कार्यभार जुन समूहले हत्याए पनि भावी नेतृत्व चुनौतीपूर्ण रहने र व्यवसायी-व्यवसायीबीच एकता र आपसी सहयोग-सौहार्दता नरहे उद्यमीका दुवै नेतालाई महासङ्घको जिम्मेवारी फलामको च्यूरा सावित हुनेमा कुनै द्विविधा पाल्नै पर्दैन ।

आफ्नै समर्थकहरू प्रचण्डसँग रुष्ट
एकीकृत माओवादीले पार्टीको सबैभन्दा शक्तिशाली मानिँदै आएको मजदुर सङ्गठन विघटन गरेपछि अध्यक्ष प्रचण्डनिकट युवा नेताहरू प्रचण्डसँग नै आक्रोशित बनेका छन् । उनीहरूले प्रचण्डसँग भेट गरी ‘हामीलाई उक्साउने, अनि हामी नै तल पर्ने गरी अन्यायपूर्ण ढङ्गबाट निर्णय गर्ने हो भने कसरी पार्टीभित्र काम गर्न सकिन्छ, किन अन्य नेताको आँखाको तारो बन्ने’ भन्दै अध्यक्ष प्रचण्डसँग आक्रोश पोखेका हुन् । प्रचण्डलाई भेट गर्न पुगेका एक युवा नेताका अनुसार प्रचण्डनिवास नयाँबजारमा भएको भेटमा अखिल नेपाल टे्रड युनियन विघटन गरिएको विषयलाई बढी महत्त्व दिइएको थियो । प्रचण्डसँगको भेटमा वाईसीएल उपत्यका इन्चार्ज चन्द्रबहादुर थापा? सागर) को भनाइ उद्धृत गर्दै ती सहभागीले भन्नुभयो, ‘हामी पार्टी र तपाईंका लागि मर्न तयार छौँ, तर हामीलाई नै अप्ठ्यारो हुने गरी निर्णय हुन्छ भने कसरी अघि बढ्न सकिन्छ ।’ सागरले पार्टीले यसरी नै अन्यायपूर्ण निर्णय गर्दै जाने हो र अध्यक्ष कमरेडले त्यसमा सहमति जनाउने हो भने हामी बलिको बोका बन्ने छैनौँ, यस विषयमा तपाईं गम्भीर हुनुपर्‍यो भन्नुभएको थियो । उहाँले आगामी दिनमा पनि यस्तै निर्णय दोहोरिए आफूहरू पनि सोच्न बाध्य हुने चेतावनीसमेत दिनुभएको थियो । सागरले यसअघि उपाध्यक्ष वैद्य र बाबुराम भट्टराईले पार्टी फुटाउन लागेको भन्दै पार्टी फुटाएर गए भौतिक मात्र होइन जस्तोसुकै कारबाही हुने चेतावनी दिनुभएको थियो । उहाँले यी दुई नेतालाई पार्टीले कारबाही नगरे आफूहरू नै कारबाही गर्न बाध्य हुने चेतावनी दिनुभएको थियो । प्रचण्डसँगको भेटमा सागरले वैद्यनिकट नेता नेत्रविक्रम चन्दका कारण मजदुर सङ्गठन विभाजन भएकोले पहिले चन्दलाई कडा कारबाही गर्नुपर्ने जिकिर गर्नुभएको थियो । यसअघि सङ्गठनको एक भेलामा जम्कटेलले पनि मजदुर सङ्गठन विभाजनको कुरा नेता चन्दका कारणले भएकोले पहिले चन्दलाई कारबाही गर्नुपर्ने माग गर्नुभएको थियो । उहाँले सङ्गठन र पार्टी फुटाउन चाहनेलाई कारबाही गरेपछि मात्र आफूलाई कारबाही गर्न वा आवश्यक परे सङ्गठन नै विघटन गर्न पार्टी नेतृत्वलाई चुनौती दिनुभएको थियो । प्रचण्डसँग जम्कटेल भने धेरै बोल्नुभएको थिएन । उहाँले सङ्गठनको समस्या छिटो समाधान गर्न भन्दै पार्टीभित्र केही खराब व्यक्ति भएकोले सबैभन्दा पहिले तिनीहरूलाई कारबाही गर्न माग गर्नुभएको थियो ।
प्रचण्डलाई भेट गर्न वाईसीएल उपत्यका इन्चार्ज तथा सभासद् सागरको अगुवाइमा जम्कटेल, रामप्रसाद सापकोट? दीपशिखा) लगायतका प्रचण्डनिकट युवा नेताहरू नयाँबजार पुगेका थिए । भेटमा सागरले मजदुर सङ्गठन विघटनले वैद्यको चाहना पूरा भएको भन्दै वैद्य र भट्टराईले पार्टी फुटाउन खोजेको आरोपसमेत लगाउनुभएको थियो । प्रचण्डले युवा नेताहरूलाई सान्त्वना दिँदै सबैखाले समस्यालाई आफूले नजिकबाट लिएको जानकारी गराउँदै उनीहरूकै भावनाअनुसार अघि बढ्ने आश्वासन दिनुभएको थियो । प्रचण्डसँग नयाँबजारमा भएको भेटबारेमा जानकारी दिँदै सागरले पार्टी अध्यक्षसँग आफूहरूले कुनै पनि बेला भेट्न सक्ने र पार्टी भत्रको समस्याको बारेमा कुरा गर्न सक्ने जानकारी गराउँदै अध्यक्षसँगको भेट नौलो नभएको बताउनुभयो । उहाँले यस्ता खुद्रामसिना कुरामा नलाग्न भन्दै फोन काट्नुभयो ।

जर्मनी र अमेरिकाको सहयोगमा ऐतिहासिक धरोहर जीर्णोद्धार
जर्मन राजदूत भेरेना ग्राफिन भन रोडर्न र अमेरिकी राजदूत स्कट एच डेलिसीले ललितपुरस्थित पाटन दरबारमा अवस्थित दुई वास्तुकला परियोजना? तुसाहिटी र भण्डारखाल पोखरी)को संयुक्त रूपमा उद्घाटन गर्नुभयो । १७औँ शताब्दीको वास्तुकलाको अति सुन्दर उदाहरणका रूपमा रहेका तुसाहिटी र भण्डारखाल पोखरी मल्ल राजाहरूको उत्कृष्ट कलात्मक सम्पदामध्ये पर्छन् । यी प्रस्तर मूर्तिकलाको जीर्णोद्धार काठमाडौं उपत्यका संरक्षण कोषको समस्त दरबार क्षेत्र संरक्षण गर्ने प्रयासको एक हिस्साको रूपमा रहेको छ जसअनुरूप सन् २०१२ मा जनसमुदायका लागि दरबार क्षेत्रभित्रका चोक, उद्यान र अन्य स्थलहरू पुन: खुला गरिने बताइएको छ ।
जर्मन सरकारले काठमाडौं उपत्यका संरक्षण कोषद्वारा सन् २००८ देखि २०१० सम्म सञ्चालित संरक्षण र जीर्णोद्धारका कार्यहरूको सहयोगका लागि एक करोड १६ लाखबराबरको आर्थिक सहयोग प्रदान गरेको थियो । सो कोषको कार्य बाहिरी रूपमा देखिने रूप र कलात्मक वस्तुकलाहरूमा मात्र केन्द्रित नरही प्राकृतिक पानीका मुहानहरूलाई जोड्ने ऐतिहासिक पानीका कुलोहरूको जीर्णोद्धार र सुधारमा पनि केन्द्रित रहेको जनाइएको छ । चालीस वर्षभन्दा बढी समयपश्चात् तुसाहिटीका ढुङ्गेधाराबाट पानी आउन थालेपछि जनसमुदायमा खुसी छाएको छ ।
अमेरिकी सरकारले यस वास्तुकला स्थलको पुनर्स्थापना र संरक्षणका लागि ‘एम्बेसेडर्स फन्ड फर कल्चरल प्रिजर्भेसन’मार्फत काठमाडौं उपत्यका संरक्षण कोषलाई ८६ हजार सात सय डलर? करिब ६० लाख रुपैयाँ)भन्दा बढी अनुदान प्रदान गरेको थियो । विगत नौ वर्षमा अमेरिकी सरकारले नेपालका सांस्कृतिक स्थलहरूको जीर्णोद्धार र संरक्षणका लागि १३ लाख ३९ हजार डलर? करिब नौ करोड ५० लाख रुपैयाँ)भन्दा बढी आर्थिक सहयोग प्रदान गरिसकेको छ ।

मोरङ काङ्ग्रेसमा असन्तुष्टि चुलियो
राप्रपा नेपालमा पनि किचलो
विराटनगर । सरकारले पूर्णता पाउन नसकिरहेको अवस्थामा नेपाली काङ्ग्रेस र राष्ट्रिय प्रजातन्त्र पार्टी? नेपाल) आफ्ना कार्यकर्ता जगाउने अभियानमा लागेका छन् ।
राष्ट्रियता, प्रजातन्त्र र समाजवादलाई आफ्नो मूल आदर्श मान्दै आएको नेपाली काङ्ग्रेसले गणतन्त्रमा गएपछि कार्यकर्तामा आएको निराशालाई मोरङ नेतृत्वले निराकरण गर्न सकिरहेको छैन । यस विषयमा नेपाली काङ्ग्रेसनिकट तरुण दलले विराटनगर- १६ मा राखेको एक भेलामा कर्याकर्ताले नेतृत्व वर्गसँग आक्रोश पोखेका थिए ।
सो अवसरमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य एवम् सभासद् डा. शेखर कोइरालाले वर्तमान गठबन्धनको सरकार वाम धु्रवीकरणतर्फ गएको कुरामा जोड दिँदै प्रजातन्त्रको रक्षा गर्न कार्यकर्तालाई निर्देशन दिएपछि कार्यकर्ताले व्यापक असन्तुष्टि प्रकट गरेका छन् । नेपाली काङ्ग्रेसले आफ्ना कार्यकर्तालाई समेट्न नसकेको, सङ्गठित पार्न नसकेको, आफूहरूलाई केही पर्दाखेरि नेकपा एमालेनिकट रहेको युथफोर्ससँग सहयोग माग्नुपर्ने अवस्था आएको कुराको जानकारीसमेत सभासद् कोइरालालाई कार्यकर्ताले गराएका थिए ।
यसैगरी राष्ट्रिय प्रजातन्त्र पार्टी? नेपाल) मोरङभित्र पनि आपसी विवाद तीव्र गतिमा बढेर आएको छ । राप्रपा नेपाल मोरङको निर्वाचन हुँदा अध्यक्षमा जित्नका लागि डम्मरबहादुर कार्कीले गर्नुभएको सहमतिको पालना हुनुपर्ने भन्दै कार्यकर्ताले तीव्र असन्तुष्टि व्यक्त गरेका छन् ।
सभापतिमा उम्मेदवार भएपछि पार्टीका कार्यकर्तालाई अग्रिम नियुक्ति दिएर पछि नियुक्तिअनुसार आफूलाई बहाली नगरेको आरोप मदन घिमिरेले लगाउनुभएको छ ।
उहाँको भनाइ थियो- डम्बरबहादुर कार्कीले आफूलाई चुनावमा नउठ्नु, मैले जितेपछि जिल्ला सदस्यमा मनोनीत गर्छर्ुुनी लिखित रूपमा मनोनीत गर्नुभएको थियो तर अहिले पार्टीको बैठकमा उपस्थित हुन पाउँदिनँ भन्दै आफूलाई अन्याय भएको गुनासोसमेत गरेका छन् ।
राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले राजसंस्थाको बारेमा जनमतसङ्ग्रह गर्नुपर्ने माग राख्दै जनजागरण अभियान सञ्चालन गरिरहेको बेलामा पश्चिममा चार राजनीतिक दलले गणतन्त्रविरोधी भन्दै राप्रपा नेपाललाई बहिष्कार गर्ने निर्णय गरेको अवस्थामा राप्रपा नेपाल मोरङभित्र विवाद देखिनुलाई अशुभ सङ्केत मान्नुपर्ने तर्क एकथरीको रहेको छ । त्यहाँ नेपाली काङ्ग्रेस, एमाले, एनेकपा माओवादी र राप्रपाले संयुक्त रूपमा निर्णय गरेका हुन्, त्यहाँ पनि राप्रपा नेपालभित्र विवाद भएर सो निर्णय गरेको हुन सक्ने आशङ्का राप्रपा नेपाल मोरङका कार्यकर्ताको रहेको छ । राजतन्त्रको पक्षमा उभिने आफूलाई समेत समेट्नुपर्ने अवस्थामा राप्रपा नेपाल मोरङभित्र जुन विवाद देखिएको छ यो विवादलाई समयमा मिलाउन सकिएन भने यसले ठूलो रूप लिनेछ ।-एम. ज्ञवाली

लमजुङका विद्यालयमा मोबाइल प्रतिबन्ध
लमजुङको पूर्वीभेगमा पर्ने १३ वटा गाविसका विद्यालयमा विद्यार्थी, शिक्षक तथा सरोकारवालाहरूलाई विद्यालय हाताभित्र मोबाइल प्रयोग गर्न रोक लगाइएको छ । महिला आपसी सहयोग केन्द्रसँग आबद्ध १३ गाविसका बालबालिकाको संयुक्त बाल एकीकृत सहयोग मञ्चको पहलमा मोबाइल प्रयोगमा रोक लगाइएको हो ।
विद्यालयपरिसर तथा कक्षाकोठामा मोबाइल प्रयोग गर्दा पढाइमा असर पर्ने भएकाले विद्यार्थीले मोबाइल फोनको प्रयोग नगर्ने र शिक्षक-अभिभावकलाई पनि विद्यालय हाताभित्र मोबाइल प्रयोग नगर्न आग्रह गरिएको बाल मञ्चका अध्यक्ष प्रेमबहादुर गुरुङले जानकारी दिनुभयो ।
बाल मञ्चले विद्यालय परिसरमा शिक्षक तथा अभिभावकहरूलाई धुम्रपान तथा मध्यपान नगर्न, आ-आफ्नो गाविसमा बालविवाह न्यूनीकरण गर्न र आ-आफ्नो गाउँठाउँमा बालविवाहसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गर्न अनुरोध गरेका महिला आपसी सहयोग केन्द्रका सुपरभाइजर केशव अधिकारीले जानकारी दिनुभयो ।
-छविलाल बगाले

मिडिया मेलाको तयारी
मिडियालाई आफ्नो पेसा बनाउन चाहने युवायुवतीलाई लक्षित गरी काठमाडौंमा मेला आयोजना भइरहेछ । आउँदो २५ गते शुक्रबारदेखि तीन दिनसम्म आयोजना हुने मेला मिडियासँग सम्बन्धित प्रेस, पत्रकार, रेडियो, टीभी, पत्रिका वितरक, अनलाइन सेवा क्षेत्रमा कार्यरत पेसाकर्मीहरूले राखेका हुन् । तीनदिने सो मेलामा मिडियाका लागि आवश्यक पर्ने दक्ष जनशक्तिको समेत खोजी गरिने आयोजक नेपाल विज्ञापन सङ्घले जनाएको छ । मेलामा करिब पचासवटा स्टल राख्ने तयारी भएको बताइएको छ ।

वैशाखमा घरेलु उद्योग महोत्सव
आगामी वैशाख ७ देखि ११ गतेसम्म काठमाडौंको भृकुटीमण्डपस्थित प्रदर्शनी हलमा घरेलु उद्योग महोत्सव तथा राष्ट्रिय औद्योगिक प्रदर्शनी हुन लागेको छ । विगत ११ वर्षदेखि हरेक वर्ष आयोजना हुँदै आएको प्रदर्शनीको तयारी तीव्र गतिमा भइरहेको बताइएको छ ।
नेपाल घरेलु तथा साना उद्योग महासङ्घको आयोजनामा सञ्चालन हुने यो कार्यक्रमको आयोजक उद्योग मन्त्रालयसमेत रहेको छ भने यसका लागि नेपाल सरकारका तर्फबाट लघु, घरेलु तथा साना उद्योग विकास कोषको पनि लगानी रहेको र उद्योग विभाग, घरेलु तथा साना उद्योग विभाग, घरेलु तथा साना उद्योग विकास समिति, कृषि व्यवसाय प्रवर्द्धन आयोजना, लघु उद्यम विकास कार्यक्रमले सहकार्य गरिरहेका छन् ।
मुलुकभरका उद्योगीहरूको साझा प्रदर्शनी बनाउने प्रयोजनका लागि निजी क्षेत्रका तर्फबाट महोत्सव आयोजनाका लागि नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स, नेपाल हस्तकला महासङ्घ, राष्ट्रिय लघु उद्यमी महासङ्घसमेतको सहकार्य रहेको छ ।
खासगरी लघु, घरेलु तथा साना उद्योग र राष्ट्रियस्तरका उद्योगहरूद्वारा उत्पादित वस्तुहरूको बृहत् औद्योगिक प्रदर्शनीमार्फत बजार प्रवर्द्धन गर्ने मुख्य उद्देश्यका साथ आयोजना गरिन लागेको यो प्रदर्शनीमा एक सय ८० स्टल रहने र साठीभन्दा बढी जिल्लाका उद्यमीहरू सहभागी हुनुका अलावा यसपटक भुटान, बंगलादेश र भारतका समेत केही स्टल रहने आयोजकहरूले दाबी गरेका छन् । समग्र स्टलमध्ये सयभन्दा बढी महिला उद्यमीको सहभागिता रहने पनि बताइएको छ ।
प्रदर्शनीमा परम्परागत हस्तकलाका सामानहरू, काठ/ढुङ्गा/धातु कला, सेरामिक्स तथा भाँडाकुँडाहरू, गलैंचा, राडीपाखी, अल्लो, लोक्ता, जुट र अन्य परम्परागत रूपबाट प्रशोधित प्राकृतिक रेसाद्वारा उत्पादित वस्तुहरू, उच्च गुणस्तरीय पश्मिनाका वस्तुहरू तथा अन्य ऊनी कपडाहरू, नेपाली हातेकागजका वस्तुहरू, जुडीबुटीजन्य तथा अन्य वन र कृषिमा आधारित वस्तुहरू, खाद्य तथा पेय पदार्थहरू, सजावटका सामान प्रदर्शनी गरिनुका साथै विभिन्न सांस्कृतिक कार्यक्रमका साथ महोत्सव सम्पन्न गरिने अध्यक्ष लता प्याकुरेलले बताउनुभयो ।

पर्यटनस्थल पुनरि्नर्माणमा स्थानीयको पहल
लामो समयदेखि राज्यको मुख ताक्दा केही नलागेपछि धादिङ ज्याम्रुङका स्थानीय बासिन्दाले आफ्नै प्रयासमा धादिङ र गोरखाको सीमामा रहेको हनुमानडाँडालाई पर्यटकीय स्थलको रूपमा विकास गर्ने प्रयास थालेका छन् । राज्यको बेवास्तापछि स्थानीयले हनुमानगढी मूल मन्दिर सुधार समिति गठन गरी सोही मातहत एक साताको श्रीमद्भागवत महायज्ञसमेत लगाएका छन्, जसबाट दस लाख सहयोग सङ्कलन भएको बताइएको छ ।

माछापुच्छ्रेको १५० दिने मुद्दती खाता
माछापुच्छे्र बैंक लिमिटेडले ‘१५० दिने मुद्दती खाता योजना’ सञ्चालनमा ल्याएको छ । यस योजनाअन्तर्गत ग्राहकले वारि्षक ११.२५ प्रतिशत ब्याज पाउने गरी बैंकका जुनसुकै शाखामा एक लाखको न्यूनतम मौज्दातमा खाता खोली रकम बचत गर्न सक्ने बैंकले जनाएको छ । यस्तो खातामा रहेको रकम १५०औँ दिनमा एकमुष्ट साँवा तथा ब्याजसमेत ग्राहकको नाममा शून्य मौज्दातमा अर्को सामान्य बचत खाता खोली भुक्तानी गर्न सकिने व्यवस्था बैंकले गरेको छ । यस खातामा जम्मा भएको रकमको ९० प्रतिशतसम्मको रकम कर्जाको रूपमा ग्राहकलाई उपलब्ध गराउन सकिने पनि बताइएको छ । यस्तो नयाँ मुद्दती खाता व्यक्ति वा संस्थाले समेत खोल्न सक्नेछन् ।

विरहीलगायतका सञ्चारकर्मी पुरस्कृत
रिपोर्टर्स क्लब नेपालले आफ्नो तेह्रौँ वारि्षक उत्सव एवम् ‘रिपोर्टर्स डे’को अवसरमा नेपालकै सर्वाधिक ठूलो धनराशिको स्वर्गीय गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारसहितका चार पुरस्कार र नौ सम्मानबाट पत्रकार र प्रसारणमाध्यमका सञ्चालकहरूलाई सम्मानित गरेको छ ।
क्लबको वारि्षकोत्सको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री झलनाथ खनाल, एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल र नेपाली काङ्ग्रेसका सभापति सुशील कोइरालाले संयुक्त रूपमा पत्रकार र मिडिया सञ्चालकहरूलाई पुरस्कार एवम् सम्मानपत्रद्वारा सम्मान गर्नुभएको थियो । क्लबले स्थापना गरेको नेपालमै पत्रकारिता क्षेत्रको सर्वाधिक राशिको स्वर्गीय गिरिजाप्रसाद कोइराला पत्रकारिता पुरस्कारबाट वरिष्ठ पत्रकार हरिहर विरहीलाई सम्मानित गरियो । सो पुरस्कारको राशि एक लाख एक हजार एक रुपैयाँ नगदसहित ताम्रपत्र रहेको छ ।
त्यसैगरी २५ हजार राशिको कृष्णसेन इच्छुक पत्रकारिता पुरस्कार जनदिशा साप्ताहिकका कार्यकारी सम्पादक मनऋषि धिताललाई प्रदान गरियो भने बाबुछिरि फोटो पत्रकारिता पुरस्कार कान्तिपुर दैनिककी फोटो पत्रकार श्रुति श्रेष्ठलाई प्रदान गरियो । कार्यक्रममा १५ हजार राशिको वीरेन्द्र साह स्मृत्ति पत्रकारिता पुरस्कार जनकपुरका बीबीसी नेपाली सेवा र अन्नपूर्ण दैनिकका संवाददाता वृजकुमार यादवलाई दिइयो ।
सम्मानित हुनेहरूमा एभेन्युज टेलिभिजनका अध्यक्ष भाष्करराज राजकरि्णकार, नेपाल टेलिभिजनका नायव महाप्रबन्धक गम्भीरकान्त मैनाली, सगरमाथा टेलिभिजनका अध्यक्ष निर्मल गुरुङ, न्युज २४ टेलिभिजनका अध्यक्ष अनिल जोशी, हिमालयन टेलिभिजनका अध्यक्ष ललित अग्रवाल, माउन्टेन टेलिभिजनका अध्यक्ष जनक पन्त, इमेज टेलिभिजनकी उपाध्यक्ष इन्दिरा मानन्धर, एबीसी टेलिभिजनका शुभशंकर कँडेल, तराई टेलिभिजनका दिनेश श्रेष्ठलाई उहाँहरूले टेलिभिजन पत्रकारितामा गरेको योगदानका लागि ताम्रपत्रसहित सम्मान गरिएको रिपोर्टर्स क्लबले जनाएको छ । कार्यक्रमकैबीच श्रुति श्रेष्ठले आफूले पुरस्कारमा पाएको २५ हजार नगद आमा नेपाल नामक संस्थालाई हस्तान्तरण गरेकी थिइन् ।

कर्मचारी युनियन पनि अर्थमन्त्रीविरुद्ध
अर्थ मन्त्रालयका सचिव रामेश्वर खनाललाई पदबाट राजीनामा दिन राजनीतिक दबाब दिएको नेपाल निजामती कर्मचारी युनियनको आरोप लगाएको छ । रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा ‘सचिव खनालको राजीनामा एक अर्थमन्त्री भरतमोहन अधिकारीसहित प्रधानमन्त्री झलनाथ खनालको सहमतिमा अर्थसचिवलाई राजीनामा दिन बाध्य पारेको’ युनियका अध्यक्ष सुबोधकुमार देवकोटाले बताए । उनले वर्तमान सरकार जनताको हितविपरीत र भ्रष्टाचारको संरक्षणमा रहेको आरोप पनि लगाए । भ्रष्टको संरक्षकहरूका विरुद्ध आमकर्मचारी एक भई अन्यायको विरुद्धमा आवाज उठाउन पनि युनियनले आग्रह गरेको छ ।

सशस्त्रद्वारा उद्धार
गत आइतबार धादिङ जोगिमारामा भएको कार दुर्घटनाको उद्धार कार्यमा सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक कोषराज वन्तसहित सशस्त्र प्रहरी बल सुरक्षा बेस कुरिनटारको एपीएफ टोली खटिएको र सशस्त्र प्रहरी बलको टोलीले घाइतेको उद्धार गरी उपचार्रार्थ काठमाडौंतर्फ पठाएको सशस्त्र प्रहरीले जनाएको छ । दुर्घटनामा परी रूपन्देहीको बुटवल बस्ने सन्तोष ज्ञवाली र इन्दिरा अधिकारीको घटनास्थलमै मृत्यु भएको थियो भने सन्तोषराज पाण्डेको उपचार्रार्थ काठमाडौंतर्फ ल्याउँदै गर्दा नौबिसेमा मृत्यु भएको थियो । चारजना सवार रहेको उक्त कार दुर्घटनामा परी घाइते भएकी बुटवलकी दिप्ती पाण्डेको अवस्था गम्भीर रहेको बताइएको छ । यसैबीच सशस्त्र प्रहरी बल अरुण गुल्म संखुवासभाबाट खटिएको एपीएफ टोलीले स्थानीय चैनपुर- ६ देउराली बस्ने सुन्दर शाहीलाई अवैध हतियारसहित पक्राउ गरेको छ । हतियार बोकेर हिँडिरहेको अवस्थामा गस्तीमा रहेको एपीएफ टोलीले उनलाई पक्राउ गरेको हो ।

उखु-कृषक पनि आन्दोलनमा उत्रने
विगतमा भएको सहमतिअनुसार उखुको मूल्य नपाएपछि देशभरका उखु-कृषक आन्दोलनमा उत्रने भएका छन् । चिनीको मूल्य आकासिएर सय छुन लाग्दा पनि कृषकले भने वर्षौंअघिको मूल्यमा चित्त बुझाउनुपरेको छ । मारमा परेका उखु-कृषक केही महिनाअघि आन्दोलनमा उत्रिँदा तात्कालिक सरकारले उखुको मूल्य प्रतिक्विन्टल चार सय एक दिने तथा ७० प्रतिशत भ्याट मिनाहा गर्ने निर्णय गरेको थियो । तर, तात्कालिक प्रधानमन्त्री माधव नेपाल स्वयम् उपस्थित भई गरिएको वार्तामा भएको सहमति सरकारले हालसम्म व्यवहारमा ल्याउन सकेको छैन । उखुबालीका लागि कहलिएको जिल्ला र्सलाहीबाट संविधानसभामा प्रतिनिधित्व गर्नुहुने सभासद् केशवप्रसाद मैनालीको अगुवाइमा उखु-कृषकको प्रतिनिधिमण्डल र तात्कालिक प्रधानमन्त्री माधव नेपालबीच राजस्वसचिव कृष्णहरि बास्कोटासहितको उपस्थितिमा उक्त सहमति भएको थियो ।
यसरी कृषक र मिल-मालिकबीच सम्झौता भएपछि कृषकले उखु उपलब्ध गराए पनि उखुको मोल चुक्ता गर्नेबेला ‘गजेट? राजपत्र)मा प्रकाशित नभएसम्म हामी चार सय तिर्न सक्दैनौँ’ भन्दै मिलवालाले प्रतिक्विन्टल तीन सयका दरले नगद उपलब्ध गराएपछि कृषक सरकारप्रति आक्रोशित बन्न पुगेका हुन् । उखु दिएको १५ दिनभित्र पेमेन्ट चुक्ता गर्नुपर्ने सम्झौता भए पनि बढेको मूल्यअनुसार हुन आउने प्रतिक्विन्टल एक सय एकका दरले हुन आउने करोडौँ रकम मिलवालाहरूले बीचमा खेलाएर फाइदा उठाइरहेका छन् ।
यसैबीच सहमतिअनुसार भ्याट मिनाहा गरेर चार सय एकका दरले तत्काल नगद उपलब्ध नगराए आगामी वैशाखदेखि सडक बन्द गर्नेलगायतका कार्यक्रमसहित आन्दोलनमा उत्रने निर्णय भएको उखुकृषकको अगुवाइ गर्दै आएका कोकिलानन्द उप्रेतीले बताएका छन् ।

विद्वत्केशरीको निधनमा शोक
काठमाडौं । निर्झ दिलचेत वाङ्मय प्रतिष्ठानको हालै बसेको बैठकले नेपाली भाषा साहित्यका दीर्घसेवी सुप्रसिद्ध विद्वान् विद्वत्केशरी जगन्नाथ शर्मा त्रिपाठीको निधनले भाषा-साहित्यको क्षेत्रमा अपूरणीय क्षति भएको भन्दै यस दु:खद् घडीमा उहाँका शोकसन्तप्त परिवारजनहरूप्रति धैर्यधारण गर्ने शक्ति र दिवंगत आत्माको चिरशान्तिको कामना गरेको छ । साथै प्रतिष्ठानले उहाँद्वारा रचित एवम् प्रकाशित कृतिहरूको संरक्षण र अप्रकाशित कृतिहरूको खोजी गरेर प्रकाशन गर्न नेपाल सरकार तथा सम्बन्धित निकायले ध्यान दिनुपर्ने उल्लेख गरेको छ । बैठक प्रतिष्ठानका अध्यक्ष कवि रामेश्वर राउत मातृदासको अध्यक्षतामा बसेको थियो ।

राजदूत सुदद्वारा विद्यालय भवन उद्घाटन
तीन करोड तेत्तीत लाखको भारतीय सहयोगमा निर्मित कैलालीको वेलादेवीपुरस्थित श्री सरस्वती माध्यामिक विद्यालयको नवनिर्मित विद्यालय भवनको उद्घाटन गतसाता मित्रराष्ट्र भारतका राजदूत राकेश सुदले उद्घाटन गर्नुपयो ।
कैलालीको सदरमुकाम धनगढीदेखि १२ किमि टाढा रहेको वेलादेवीपुर गाविस-२ मा अवस्थित सो विद्यालय सन् १९६९ मा प्राथमिक विद्यालयको रूपमा स्थापना भएको थियो । विद्यालयमा कक्षा कोठाहरूको अभावले गर्दा विद्यार्थीहरूको बढ्दो मागलाई सम्बोधन गर्न कठिनाई परेको थियो । विद्यालयमा भौतिक पूर्वाधार स्तरोन्नतीको लागि तीनतले विद्यालय भवन तथा फरि्नचर प्रवन्धनार्थ भारत सरकारले ३ करोड ३३ लाख अनुदान सहयोग प्रदान गरेको हो । नयाँ संरचनाले ६ सयभन्दा बढी छात्रासहित १२ सयभन्दा बढी विद्यार्थीलाई राम्रो सुविधा उपलब्ध हुने बताइएको छ । साथै उक्त संरचनाले विद्यार्थी समुदायको सुविधा तथा शैक्षिक आवश्यकतालाई मध्यनजर राख्दै विद्यालयको भर्ना तथा अध्ययन कार्यक्रमलाई सहयोग पुर्‍याउने छ ।
विद्यालय भवन उद्घाटन समारोहमा मन्तव्य दिँदै राजदूत सुदले भारत-नेपाल सहयोग कार्यक्रम दुई देशबीचको समग्र सम्वन्धहरूमा कोशेढुंगाजस्तै महत्वपूर्ण रहने कुरामा जोड दिंदै कार्यक्रमअन्तर्गत संचालित विभिन्न विकास परियोजनाहरूले नेपाली जनताको शान्ति र समृद्धिको पाइलामा सहयोग पुग्ने आशा व्यक्त गर्नुभयो ।
यसैगरी काठमाडौंस्थित भारतीय राजदूतावास र सिन्धुपाल्चोक जिविस एवम् चौतारा बहुमुखी क्याम्पसबीच दुई करोड ६७ लाखको अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सो क्याम्पसको क्याम्पस भवन निर्माणका लागि भारत सरकारले नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत उक्त रकम उपलब्ध गराउने भएको हो । साना विकास परियोजनाअन्तर्गत भारत सरकारको सहयोगमा सिन्धुपाल्चोक जिल्लामा सञ्चालित यो पाँचौँ विकास परियोजना भएको बताइएको छ ।
सन् २००१ मा स्थापना भएको चौतारा बहुमुखी क्याम्पस नेपालको मध्यमाञ्चल विकास क्षेत्रअन्तर्गत सिन्धुपाल्चोकको सदरमुकाममा रहेको छ । क्याम्पसमा हाल उपलब्ध पूर्वाधार पुरानो तथा क्याम्पसमा वृद्धि भइरहेको चापलाई सम्बोधन गर्न अपर्याप्त रहेको परिवेशमा भारत सरकारको सहयोगमा निर्माण हुने नयाँ संरचनाबाट १२ सयभन्दा बढी विद्यार्थीलाई सुविधासम्पन्न पूर्वाधार उपलब्ध हुने स्थानीयवासीको कथन छ ।

सुस्त बालबालिकाप्रति अल्का चुस्त
अल्का अस्पताल जाउलाखेलले सुस्त मनस्थितिका बालबालिकाको नि:शुल्क स्वास्थ्य परीक्षण गर्नुका साथै औषधि वितरण गरेको छ । सुस्त मनस्थिति कल्याण सङ्घ र इञ्जिनियर रामचन्द्र अमात्यको व्यवस्थापनमा भएको सो स्वास्थ्य शिविरमा ४० जना सुस्त मनस्थितिका बालबालिकाको हाडजोर्नी र नसासम्बन्धी परीक्षण गरी नि:शुल्क औषधि वितरण गरिएको अस्पतालका अध्यक्ष कुमार थापाले जानकारी दिनुभयो । शिविरमा अस्पतालका वरिष्ठ न्युरोर्सजन डा. गोपाल सेर्ढाईं, अर्थोपेडिक डा. बालकृष्ण आचार्य र डा. शिवचन्द्र अमात्यले बालबालिकाको स्वास्थ्य परीक्षण गर्नुभएको थियो ।

थुकेको थुक चाट्दिनँ : खनाल
राजीनामा दिएर अचानक काठमाडौं उपत्यकाबाहिर पुगेका अर्थसचिव रामेश्वर खनालले पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेको आग्रहमा आफू राजधानी फर्केको खुलासा गरेका छन् । गत आइतबार पोखरा विमानस्थलबाट रिपोर्टर्स क्लब लुम्बिनी शाखाले आयोजना गरेको ‘टेलिफोन साक्षाात्कार’मार्फत खनालले सो जानकारी दिएका हुन् ।
उपप्रधान एवम् अर्थमन्त्री भरतमोहन अधिकारीसँगको असहमतिपछि राजीनामा दिएका अर्थसचिव रामेश्वर खनालले अब आफू कुनै पनि हालतमा फेरि काममा नर्फकने दाबी गर्दै भने, ‘म अब सामाजिक काममा सक्रिय हुनेछु र त्यसैको तयारीका लागि विभिन्न जिल्लाको भ्रमणमा निस्केको हुँ ।’ अर्थमन्त्री अधिकारीले आफूले खनाललाई कुनै दबाब नदिएको अभिव्यक्ति दिइरहेको सर्न्दर्भमा सचिव खनालले चाहिँ अर्थमन्त्रीसहितका व्यक्तिहरूले व्यक्तिगत फाइदाका लागि अनुचित दबाब दिएकै कारण राजीनामा दिएको स्पष्ट पारे । प्रकाश खनालसँगको टेलिफोन कुराकानीमा उनले भने, ‘राज्यको ढुकुटी सञ्चालन गर्नेलाई यसरी अनुचित दबाब दिएकोले असमर्थता मैले जनाएको हुँ ।’
यसैबीच राजधानीमा आइतबार आयोजित साक्षात्कारमा बोल्दै अर्थसचिव खनालले भने, ‘मैले अठोट लिइसकेँ, अब म फेरि काममा फर्केर आउँदिनँ, फर्कें भने त म मान्छे नै रहन्नँ । बगेको खोला फर्किंदैन थुकेको थुक चाटिँदैन ।’ अब कुनै पनि सार्वजनिक पद नलिने दोहोर्‍याउँदै उनले अर्थमन्त्रीसँग सल्लाह गरेर नै आफूले राजीनामा दिएको बताउँदै भने, र्’अर्थमन्त्रीलाई टेलिफोनमा म राजीनामा दिन्छु भन्दा अर्थमन्त्रीले तपाईं मेरो साइनोको मान्छे, तपाईंलाई अझै माथिको पदमा पनि लाने विचार थियो, राजीनामा नदिएको भए राम्रो हुन्थ्यो भन्नुभयो तर मैले त्यसप्रति कुनै ध्यान दिइनँ ।’ शनिबार राति पनि अर्थमन्त्रीसँग आधा घन्टा टेलिफोनमा कुराकानी भएको, उनले काममा र्फकन आग्रह गर्दा अब काममा नर्फकने जवाफ दिएको पनि खनालले जानकारी दिए ।

लिबियाबाट फर्केकाहरू म्यानपावरमाथि खनिए
रोजगारीका लागि लिबिया पुगेका तर हालै त्यहाँबाट ज्यान जोगाएर स्वदेश फर्किएका केही युवाहरूले धापासीस्थित एसओएस मेनपावरमा नाराजुलुस गर्नुका साथै ढुङ्गा प्रहार गरेका छन् । सो म्यानपावरले आफूहरूलाई झुक्याएको भन्दै उनीहरू विरोधमा उत्रिएका हुन् । गत आइतबार त्यसरी म्यानपावरमा ढुङ्गामुढा गर्नेहरूमध्ये एघार युवालाई प्रहरीले पक्राउ गरेको छ । ‘उक्त मेनपावरमार्फत लिबिया गई फिर्ता भएका कामदारहरूले क्षतिपूर्तिको माग राखी नाराजुलुस तथा ढुङ्गा प्रहार गरेकोले प्रहरीले सामान्य बल प्रयोग गरी तितरबितर गर्नुका साथै अगुवाइ गर्नेहरूलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
यसैबीच मर्स्याङ्दी पुलबाट फाल हानेर गत शनिबार तनहुँ आबुखैरेनी-६ का वासु सङ्ग्रौलाले ज्यान गुमाएका छन् । ४५ वर्षीय सङ्ग्रौलाको घटनास्थलमै मृत्यु भएको थियो ।

जलवायुको नाममा पैदलै विश्वभ्रमण !
जलवायु परिवर्तनको असरबाट विश्वलाई बचाउने सन्देशसहित एक नेपाली युवकले पैदल विश्व भ्रमण गर्ने भएका छन् । पर्वतको क्याङ गाविस-१ का २८ वर्षीय प्रेम पुनले आगामी वैशाख १२ गतेबाट विश्व पैदलयात्रा सुरु गर्न लागेका हुन् । १२ वर्षभित्रमा पूरा गरिने लक्ष्य लिइएको सो विश्वयात्रामा र्सार्क मुलुक, चीन, मंगोलिया, रुस, बेलारुस, पोल्याण्ड, जर्मनी, बेल्जियम, फ्रान्स, बेलायत, अमेरिका र जापानसम्मको यात्रालाई समेटिएको पुनले बताए ।

माहोल आफ्नो पक्षमा भएको आजादको दाबी
आउँदो सोमबार र मंगलबार हुने नेपाल उद्योग वाणिज्य महासङ्घको साधारणसभाले चुन्ने महासङ्घको भावी नेतृत्वका लागि उद्यमीद्वय आजाद श्रेष्ठ र सुरज वैद्य आ-आफ्ना चुनावी अभियानमा जोडतोडका साथ लागिपरेका छन् ।
यसपटकको निर्वाचनमा अध्यक्षका दुवै दाबेदार श्रेष्ठ र वैद्यले वरिष्ठ उपाध्यक्षसहित तीन उपाध्यक्षसमेतको प्यानल घोषणा गरिसकेका छन् । महासङ्घको कार्यकारिणी सदस्यको ६१ सिटमा एक सय १३ जनाको उम्मेदवारी परेको छ । आजाद श्रेष्ठले प्यानल घोषणा गरेलगत्तै त्यसैलाई पछ्याउँदै वैद्यले पनि भोलिपल्टै आफ्नो प्यानल घोषणा गरेका थिए ।
यसक्रममा उद्योगी-व्यवसायीहरू यसपटक जिल्ला तथा नगर क्षेत्रको उम्मेदवार भएको नाताले श्रेष्ठलाई नेतृत्व सुम्पने कसरतमा लागेकेा दाबी आजाद पक्षले गरेको छ । चुनाव हुनु करिब दुई महिनाअघि नै पोखरा उद्योग वाणिज्य सङ्घले श्रेष्ठलाई अध्यक्षको उम्मेदवारको रूपमा घोषित गरेको थियो । पोखरा उद्योग वाणिज्य सङ्घमा रहेर आफूलाई कुशल नेतृत्व सावित गराइसकेका श्रेष्ठलाई जिल्ला तथा नगर क्षेत्रकाले बढी रुचाएको देखिन्छ । त्यस्तै वस्तुगतर्फ पनि श्रेष्ठकै पल्ला भारी रहेको दाबी गरिएको छ । श्रेष्ठको प्यानलबाट वस्तुगततर्फबाट उम्मेदवारी दिएका प्रदीपजंग पाण्डे लोकप्रिय मानिन्छन् भने उनी आबद्ध प्यानललाई सहयोग गर्नलाई वस्तुगततर्फका अधिकांश उद्योगी-व्यवसायीहरू जोडतोडले लागेको अध्यक्षका उम्मेदवार आजादको दाबी छ । त्यस्तै श्रेष्ठको प्यानलमा प्रदीपमान वैद्यले एसोसिएटबाट उपाध्यक्षको उम्मेदवारी दिएका छन् भने जिल्ला तथा नगरका उपाध्यक्ष निरक केसी जनसर्म्पर्क अत्यन्तै राम्रो भएका व्यक्तित्व मानिन्छन् । यसैका आधारमा श्रेष्ठ पक्षले माहोल सकारात्मक रहेको दाबी गरेको बुझिएको छ । सानो व्यवसायबाट उच्च घरानामा रूपान्तरण भएका श्रेष्ठ सानादेखि ठूला व्यवसायीहरूलाई समेत उत्तिकै प्रतिनिधित्व गर्न सक्ने व्यक्तित्वका रूपमा उनीपक्षका व्यवसायीहरूले प्रचारमा ल्याएका छन् । जिल्लादेखि उद्योगको राष्ट्रिय अन्तर्राष्ट्रिय समस्या र टे्रनलाई उनले राम्रैसँग बुझेका दाबी गरिएको छ ।
हालै पूर्वाञ्चलको चुनावी भ्रमण सकेर पश्चिमतिर लागेका श्रेष्ठलाई पूर्वाञ्चलका अधिकांश प्रतिनिधिले समर्थन गरेको दाबी गरिएको छ । केही दिनअघि नै उदयपुर उद्योग वाणिज्य सङ्घले महासङ्घको आसन्न निर्वाचनमा अध्यक्षका प्रत्याशी श्रेष्ठको समूहलाई समर्थन गर्ने घोषणा गरेर आफ्नो पोजिसन स्पष्ट गरेको थियो भने लाहान उद्योग वाणिज्य सङ्घले पनि श्रेष्ठको समूहलाई समर्थन गरेको बताइएको छ ।