भारतमा बस दुर्घटना हुँदा ४४ को मृत्यु

भारतमा बस दुर्घटना हुँदा ४४ को मृत्यु


भारतको उत्तरी क्षेत्रको उत्तरा खण्ड राज्यमा आइतबार बस दुर्घटना हुँदा कम्तीमा ४४ जनाको मृत्यु भएको छ ।

उत्तरा खण्ड राज्यमा पर्ने हिमालयन भन्ने ठाउँमा रहेको साँघुरो बाटोमा बस दुर्घटनामा परेको प्रहरी अधिकारीले बताएका छन् ।

‘दुर्घटनामा परी ४४ जनाको मृत्यु भएको छ, अरू कम्तीमा पनि तीनजना घाइते भएका छन्,’ प्रकोप व्यवस्थापन अधिकृत दीपेशचन्द्र कालाले भने ।

उनले घटनाबारे खबर पाउनेबित्तिकै उद्धार तथा सहयोगी टोली घटनास्थलमा पुगेर उद्धार गरेको जानकारी दिए ।