मुम्बईमा चार्टर्ड विमान दुर्घटना, पैदल यात्रुसमेत बचेनन्

मुम्बईमा चार्टर्ड विमान दुर्घटना, पैदल यात्रुसमेत बचेनन्


महाराष्ट्र (भारत)को राजधानी मुम्बईको बस्ती क्षेत्रमा आज एक चार्टर्ड विमान दुर्घटनामा परेको छ । उक्त विमानमा चारजना सवार रहे पनि दुर्घटनाका कारण ५ जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जहाजमा सवार चारजना र विमान दुर्घटना भएको स्थानमा पैदल हिँडिरहेका एकजना रहेका छन् ।

भारतको आर्थिक राजधानी मानिने र घना बस्ती रहेको उक्त मुम्बई शहरमा जहाज खसेपछि ठूलो आतंक मच्चिएको थियो ।

उक्त जहाज उत्तर प्रदेशको राज्य सरकारको रहेको बुझिएको छ । जहाज दुर्घटनास्थलमा ठूलो संख्यामा प्रहरी पुगेका छन् ।

प्रहरी र कैयौँ अग्निनियन्त्रकले आगो निभाउने प्रयास गरिरहेका बताइएको छ । मुम्बईको बस्तीकै छेउमा उक्त विमान खसेकोले आगलागीको त्रास फैलिएको पनि स्थानीय सञ्चारमाध्यमले बताएका छन् ।

जहाज दुर्घटनाको कारण खुलेको छैन । प्रहरीले अनुसन्धान थालेको जनाएको छ ।