भारत-पाकिस्तान भिडन्त -श्रीविक्रम भण्डारी

भारत-पाकिस्तान भिडन्त -श्रीविक्रम भण्डारी


आज खेल होइन युद्ध हुने
चिरपरिचित प्रतिद्वन्द्वी भारत र पाकिस्तानबीच आज बुधबार दोश्रो सेमिफाइनल भिडन्त हुँदै छ । क्रिकेट विज्ञ र विश्लेषकहरूले आजको खेल युद्धभन्दा कम नहुने बताएका छन् । दसौं विश्वकपको सबैभन्दा रोचक र सनसनीपूर्ण हुने अड्कल काटिएको यो खेलमा कसले बाजी मार्ला त्यो निकै उत्सुकताको विषय बनेको छ । मोहालीको क्रिकेट मैदान ब्याटिङ र बलिङका लागि उत्कृष्ट भएकोले त्यो रातो माटोको पिचमा कसले आफूलाई अब्बल सावित गर्ला- प्रतीक्षाको विषय बनेको छ । घरेलु मैदान र घरेलु दर्शकको अपार र्समर्थनमा उत्रिने भारत र यो विश्वकपमा अविश्वसनीय प्रदर्शन गर्दै आएको पाकिस्तानले एक-अर्काविरुद्ध आ-आफ्नै रणनीति बनाएका छन् । दुवै टोलीले आफूले उक्त खेल जित्ने दाबी गर्दा कोही उन्नाइस भने देखिएका छैनन् । तर्सथ यो विश्वकपमा पहिलोपटक एक-आपसमा भिडन्त गर्न लागेका भारत र पाकिस्तानको खेल निकै रोचक, रोमाञ्चक र सनसनीपूर्ण हुने कुरामा दुईमत छैन ।
वास्तविक रूपमा भन्नुपर्दा भारत र पाकिस्ताबीच हुने खेल जहिले पनि युद्धझैं लाग्छ । खेलका क्रममा उनीहरूले देखाउने हाउभाउ र प्रक्रियाले पनि यसलाई प्रस्ट पार्छ । निकै जोसिला र फुर्तिला देखिने दुवै टोलीका खेलाडी त्यसबेला खेलाडी नभई युद्धका सिपाहीजस्ता लाग्छन् । यही मानसिकताले होला दुवै टिमका खेलाडी आफू विजयी हुन अन्तिम समयसम्म मैदानमा लडाकुका रूपमा प्रस्तुत हुन्छन् । दुवै टिमले क्रिकेटलाई खेलभन्दा पनि प्रतिष्ठाको विषय बनाएका कारणले यी दुई मुलुकको भिडन्त हेर्नलायक हुन्छ । जहाँ, जहिले भए पनि यी दुई मुलुकको खेल हेर्न विश्वभरिका क्रिकेटप्रेमीहरूको ओइरो लाग्छ । राजनीतिक तनावका कारणले लामो समयसम्म भारत र पाकिस्तानबीच कुनै पनि किसिमका क्रिकेट प्रतियोगिता हुन सकेका छैनन् । यस्तो अवस्थामा अर्थात् अझ विश्वकप क्रिकेटको सेमिफाइनलमा यी दुईको भिडन्तले क्रिकेटको साखलाई समेत ह्वात्तै बढाएको छ ।
विश्वकप क्रिकेट र भारत-पाकिस्तान भिडन्तको कुरा गर्दा भारतले पाकिस्तानलाई अहिलेसम्म क्लिन स्विप गरेको छ । यसअघि विश्वकपमा भारत र पाकिस्तान चारपटक आमने-सामने भए पनि चारैपटक भारतले पाकिस्तानलाई पराजित गरेको थियो । यो उनीहरूको विश्वकपमा पाँचौँ भिडन्त हो । यसअघि हरेक देशमा भएका विश्वकपमा पाकिस्तानलाई पराजित गरेर आफ्नो दबदबा कायम गरेको भारत यो विश्वकपमा निकै बलियो राष्ट्रको रूपमा प्रस्तुत भएको छ । अझ घरेलु मैदानमा हुने खेलमा भारत जहिले पनि बाघ सावित भइरहेको परिप्रेक्ष्यमा यसपटक पनि भारत पाकिस्तानमाथि हावी भयो भने अन्यथा मान्नुपर्ने छैन । दसौँ विश्वकप जित्ने प्रतिबद्धताका साथ अगाडि बढेको भारतले पाकिस्तानलाई चुनौतीको र कम आँक्न नहुने टिमका रूपमा लिए पनि भारतका विश्वस्तरीय ब्याट्सम्यानका अगाडि पाकिस्तानले कस्तो पर््रदर्शन गर्ला त्यो उत्सुकताको विषय बनेको छ ।
दसौँ विश्वकपमा भारत र पाकिस्तानको सेमिफाइनलमा भिडन्त पक्का भएपछि पूर्वपाकिस्तानी कप्तान रसिद लतिफले तुलनात्मक रूपमा पाकिस्तानभन्दा भारत बलियो भएको प्रतिक्रिया दिएका छन् । लतिफले आक्रामक खेल खेल्ने टोली विजयी हुने बताउँदै त्यो नै दुवै टोलीले अस्त्र बनाउनुपर्ने धारणा व्यक्त गरेका छन् । सन् १९९६ को विश्वकपको क्वाटरफाइनलमा भारतसँग हारेको पाकिस्तान टोलीका सदस्य रहेका लतिफले हार निकै पीडादायक हुने बताउँदै यसपटक प्रशिक्षक वकार युनिसलाई त्यसको बदला लिने सुवर्ण अवसर भएको प्रस्ट पारेका छन् । लतिफले त्यो असिम पीडालाई वकारले राम्रोसँग बुझेको स्मरण गराउँदै उनले भारतविरुद्ध कुशल रणनीति बनाउने बताए । लतिफले भारतविरुद्धको सेमिफाइनलमा रावलपिण्डी उपनामले चर्चित सोयव अख्तरलाई खेलाउनुपर्ने वकारलाई सल्लाह दिएका छन् । स्मरण छ, चोटका कारणले अहिले टिमको हिस्सा बन्न नसकेका सोयवले यो विश्वकपपछि सन्न्यास लिने घोषणा गरिसकेका छन् ।
यस्तै सन् १९८३ मा भारतले विश्वकप जित्दा उत्कृष्ट खेलको पर््रदर्शन गरेका कप्तान कपिलदेवले भारत र पाकिस्तानको सेमिफाइनल खेल निकै उत्कृष्ट हुने बताएका छन् । उनले यो खेललाई दसौँ विश्वकपको फाइनलको संज्ञा दिँदै दुवै टिमले आफ्नो क्षमताअनुसारको प्रदर्शन गर्ने बताए । विश्वकप क्रिकेटमा पाकिस्तानविरुद्ध भारतको पलडा भारी भए पनि क्रिकेट अनिश्चितताको खेल भएकोले अन्तिम बलसम्म केही भन्न नसक्ने बताए । साथै उनले यो विश्वकपमा भारतले उकृष्ट पर््रदर्शन गर्दै आएको र वर्तमान अवस्थामा भारत निकै बलियो टिम भएकोले पाकिस्तानले सावधान रहनुपर्ने बताए । त्यस्तै भारतका पूर्वक्रिकेट खेलाडी विनोद काम्बलीले पाकिस्तानविरुद्धको सेमिफाइनल भारतले सहज रूपमा जित्ने प्रतिक्रिया दिएका छन् । काम्बलीले यो खेलमा आफ्ना बालसखा सचिन तेन्दुलकर र वीरेन्द्र सेहवागले शतक प्रहार गर्नेसमेत बताएका छन् । त्यस्तै अर्का भारतीय क्रिकेटर मनोज प्रभाकरले घरेलु भूमि र घरेलु दर्शकका अगाडि भारत उच्च मनोबलका साथ उत्रिने भएकोले पाकिस्तानको यात्रा समाप्त हुने घोषणा गरेका छन् ।
भारत-पाकिस्तानबीच हुने सेमिफाइनल खेलको चर्चा अहिले भारत र पाकिस्तानमा मात्रै नभई विश्वभरि हुन थालेको छ । यही कारणले भारतको सेयर बजार पनि निकै माथि पुगेको छ । भारतले अस्ट्रेलियालाई पराजित गरेपछि ह्वात्तै बढेको सूचकाङ्कले तल ओर्लिने नामै लिएको छैन । यदि भारतले पाकिस्तानमाथि सेमिफाइनलमा विजय हासिल गरेमा उक्त सूचकाङ्क अरू बढ्ने र फाइनलसम्म स्थिर रहने अड्कल काटिएको छ । विश्व मार्केटमा अहिले भारतीय क्रिकेट टिमको भाउ आकाशिएको छ । दक्षिण अफि्रकासँगको पराजयपछि आंशिक रूपमा भारतको भाउ घटे पनि त्यसपछिको लगातार विजयले माथि पुर्याएको थियो ।
यसरी हरेक दृष्टिकोणबाट विश्वकपको पहिलो सेमिफाइनल खेल सनसनी बन्दै गएको छ । भारत र पाकिस्तान गर कि मरको अवस्थामा पुगेका छन् भने क्रिकेटको रोमान्सले शिखर चुमिरहेको छ । यस्तो अवस्थामा कसले बाजी मार्ला त्यो भविष्यको गर्भमा भए पनि क्रिकेटको उन्मादमा रमाउनेहरूका लागि यो खेल सर्वोत्कृष्ट हुने कुरामा दुईमत छैन । हेरौँ, क्वाटरफाइनलमा चारपटकको विश्व च्याम्पियन अस्ट्रेलियालाई पराजित गरेर आएको भारत र वेष्टइण्डिजलाई दस विकेटले पराजित गरेको पाकिस्तानबीच हुने सनसनीपूर्ण खेलमा कसले विजय हासिल गर्छ ?

सानिया र सोयव छुटि्टए
गत वर्ष धुमधामसँग विवाह गरेका भारतीय टेनिस सुन्दरी सानिया मिर्जा र उनका पाकिस्तानी पति क्रिकेटर सोयव मलिक विश्वकप क्रिकेटको दौरान छुटि्टन पुगेका छन् । समूह चरणदेखि क्वाटरफाइनलसम्म भारत र पाकिस्तानको र्समर्थन गर्दै आएको यो जोडी भारत र पाकिस्तानको सेमिफाइनलमा हुने भिडन्तका कारणले छुटि्टन पुगेको हो । सानियाले आफ्नो देश भारतको र्समर्थन गर्न कम्मर कसेपछि पूर्वकप्तान मलिक पनि आफ्नो देश पाकिस्तानको र्समर्थनमा उत्रिएका हुन् । यो जोडी भारत र पाकिस्तानको र्समर्थन गर्न दुबईबाट भारत पुगिसकेको छ । सँगै दुबईबाट भारत आएको यो जोडीले सँगै रंगशालामा बसेर आ-आफ्नो देशलाई र्समर्थन गर्ने भएका छन् । सानिया भारतका मास्टर ब्लास्टर सचिन तेन्दुलकरकी विशेष फ्यान पनि हुन् । उनी स्वदेश र विदेशमा रहँदा थुप्रैपटक भारतको खेल हेर्न गएकी थिइन् । सानियाले सेमिफाइनल भारतले जित्दै विश्वकपसमेत जित्ने दाबी गरेकी छिन् ।

पाकिस्तानी प्रधानमन्त्री गिलानी आउने
आज बुधबार पञ्जावको मोहालीमा आयोजना हुने भारत-पाकिस्तानबीचको सेमिफाइनल खेल हेर्न पाकिस्तानी प्रधानमन्त्री युसुफ राजा गिलानी भारत आउने भएका छन् । गत साता भारतीय प्रधानमन्त्री मनमोहन सिंहले भारत र पाकिस्तानबीच हुने विश्वकप क्रिकेटको सेमिफाइनल खेल हेर्न प्रधानमन्त्री युसुफ राजा गिलानी र राष्ट्रपति आसिफ अलि जर्दारीलाई निम्ता पठाएका थिए । गिलले सिंहको निम्ता स्वीकार गर्दै भारत जाने निर्णय गरेपछि विश्लेषकहरूले यो कदमलाई दुई देशबीचको सम्बन्ध सुधारको रूपमा लिएका छन् । स्मरणीय छ, सन् २००८ को मुर्म्बई आक्रमणपश्चात् दुई देशबीच हुन लागेको यो पहिलो क्रिकेट भिडन्त हो । मुर्म्बई आक्रमणपछि भारतीय सरकारले पाकिस्तानसँग क्रिकेट नखेल्ने निर्णय गरेको थियो ।
दुई देशको तनावपूर्ण सम्बन्धमा क्रिकेटले मध्यस्थकर्ताको भूमिका निभाउने भए पनि यो पूर्ण समाधान भने पक्कै होइन । प्रधानमन्त्री सिंहले चालेको कदमलाई क्रिकेट कूटनीतिको संज्ञा दिँदै विश्लेषण हसन असकारीले यसले आपसी सम्बन्धमा रहेको अनिश्चितता र वार्तामा बस्नका लागि सहज बनाउने बताएका छन् । त्यस्तै चिसिएको सम्बन्धमा विगतमा पनि भारतले पाकिस्तानका राष्ट्रपतिहरूलाई क्रिकेट हेर्न भारत बोलाएको थियो । आ-आफ्नो कार्यकालमा भारत र पाकिस्तानको क्रिकेट हेर्न राष्ट्रपतिद्वय जनरल जियाउल हक र परवेज मुर्सरफ भारत आएका थिए । सो समयमा आपसी सम्बन्धको सुधारको बारेमा छलफलसमेत भएको थियो । भारतले अहिलेको रणनीतिलाई पनि यही नजरले हेरिएको छ । त्यस्तै भारतीय सरकारले सेमिफाइनल हेर्न आउने पाकिस्तानी क्रिकेटप्रेमीका लागि थप एक हजार पाँच भिसा उपलब्ध गराउने भएको छ । भारतले यसभन्दा अघि पाँच हजार भिसा उपलब्ध गराएको थियो ।

क्वाटरफाइनलमा दस विकेटको रोमान्स
दसौँ विश्वकप क्रिकेट प्रतियोगितामा निकै उलटफेर हुने क्रममा क्वाटरफाइनलमा भएको दस विकेटको रोमान्सले सबैलाई आर्श्चर्यचकित पारेको थियो । क्वाटरफाइनलको पहिलो खेलमा पाकिस्तानले वेष्टइन्डिजलाई दस विकेटले पराजित गरेको थियो भने अन्तिम क्वाटरफाइनलमा श्रीलंकाले इंग्ल्यान्डलाई दस विकेटले नै पराजित गरेर शुभारम्भ र समाप्तिलाई निकै रोचक बनाएको थियो । एक सय १२ रनमा समेटिएको वेष्टइन्डिज र दुई सय २९ रन बनाएको इंग्ल्यान्डलाई दस विकेटले नै पराजित गरेर शुभारम्भ र समाप्तिलाई निकै रोचक बनाएको थियो । एक सय १२ रनमा समेटिएको वेष्टइन्डिज र दुई सय २९ रन बनाएको इंग्ल्यान्ड दुवै दस विकेट पराजित हुनु संयोग थियो कि विडम्बना- अहिले क्रिकेट विज्ञहरूलाई बुझन गाह्रो भइरहेको छ । श्रीलंका दुवै ओपनर ब्याट्सम्यान तिलकरत्ने दिल्सान र उपुल थाराङ्गाले यो खेलमा शतक प्रहार गरेका थिए ।

सेमिफाइनलमा एसियाका तीन राष्ट्र
दसौँ विश्वकपको सेमिफाइनलमा दक्षिण एसियाका तीन राष्ट्र भारत, पाकिस्तान र श्रीलंका पुग्न सफल भएका छन् । न्युजिल्यान्डले ठूलो उलटफेर गर्दै क्वाटरफाइनलमा दक्षिण अफि्रकालाई पराजित गरेको थियो । न्युजिल्यान्ड विश्वकपको सेमिफाइनलमा पुगेको यो छैटौँपटक हो । अब सेमिफाइनलमा न्युजिल्यान्डको भिडन्त श्रीलंकासँग हुनेछ । भारतीय उपमहाद्वीपमा भएको दसौँ विश्वकपमा दक्षिण अफि्रका र अस्टे्रलिया सेमिफाइनलमा पुग्ने अड्कल काटिए पनि भारतका सामु अस्टे्रलिया र न्युजिल्यान्डसामु दक्षिण अफि्रका निरीह सावित भएका थिए । अहिलेको समीकरणलाई मध्यनजर गर्दा दसौँ विश्वकपको फाइनलमा एउटा एसियाली राष्ट्र पुग्ने निश्चित भइसकेको छ भने न्युजिल्यान्डलाई श्रीलंकाले पराजित गरेमा यसपटक फाइनल भिडन्त दुवै एसियाली राष्ट्रबीच हुनेछ ।