डुङ्गा डुब्दा ४८ आप्रवासीकोे मृत्यु

डुङ्गा डुब्दा ४८ आप्रवासीकोे मृत्यु


ट्युनिसियाको दक्षिणी सामुद्रिक क्षेत्रमा आप्रवासी शरणार्थी चढेको डुङ्गा डुबेर भएको दुर्घटनामा परी कम्तीमा पनि ४८ जनाको ज्यान गएको छ । ती आप्रवासी चढेको डुङ्गा आइतबार मध्याह्न डुबेको समाचारमा बताइएको छ । आइतबार ३५ जनाको शव भेटिएकोमा त्यो सङ्ख्या बढेर सोमबार ४८ पुगेको ट्युनिसियाली रक्षा मन्त्रालयले जानकारी गराएको हो ।

यसअघि गृह मन्त्रालयले दिएको तथ्याङ्कमा मृतकको सङ्ख्या आइतबार ३५ मात्र थियो । उक्त मन्त्रालयले डुङ्गामा सवार ६७ जनालाई भने समुद्रबाट सकुशल उद्धार गरेको बताएको छ । आइतबार मध्याह्न १२ बजे डुबेको सो डुङ्गामा रहेकामध्ये किनारबाट ३५ जनाको शव आइतबारै राति निकालिएको र ६७ जनालाई सकुशल उद्धार गरिएको रक्षा मन्त्रालयका प्रवक्ताले समाचार एजेन्सीहरूलाई बताएको समाचारमा उल्लेख छ ।

गृह मन्त्रालयका अनुसार ट्युनिसियाली स्फाक्स प्रान्तको सामुद्रिक किनारनजिकै आप्रवासी शरणार्थी चढेको डुङ्गा डुब्न थालेपछि सहयोगका लागि चिच्चाइरहेका यात्रुलाई तत्कालै ट्युनिसियाको नौसेना तथा राष्ट्रिय सुरक्षागार्डले उद्धार थालेको थियो । घटनाबारे समयमै थहाह पाएकाले ६८ जनालाई जीवितै उद्धार गर्न सफल भएको थियो । यहाँ उद्धारको काम जारी नै रहेको र डुङ्गामा कतिजना यात्रु थिए भन्ने यकिन तथ्याङ्क नपाइएकोले सम्पूर्ण विवरण आउन अझै केही समय लाग्ने त्यहाँको गृह मन्त्रालयले जनाएको छ ।