ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ को मृत्यु, १० लाख प्रभावित

ग्वाटेमालामा ज्वालामुखी विस्फोट हुँदा ७ को मृत्यु, १० लाख प्रभावित


ग्वाटेमालामा ज्वालामुखी विस्फोट भएको छ । विस्फोमा परी ७ जनाको मृत्यु भएको छ । यसपटक आएको यो ज्वालामुखी सन् १९७४ यताकै ठूलो भएको बताइएको छ ।

अन्तराष्ट्रिय सञ्चार माध्यमहरुका अनुसार ज्वालामुखी विस्फोट हुँदा झण्डै ३ सय जना घाइते भएका छन् । राजधानी ग्वाटेमाला शहरबाट ४० किलोमिटर दक्षिण–पश्चिम क्षेत्रमा रहेको इल रोडिए नजिकैको गाउँमा ज्वालामुखी विस्फोट भएको त्यहाँस्थित सञ्चार माध्यमहरुले जनाएका छन् । ग्वाटेमालाका राष्ट्रपति जिम्मी मोरालिजले आपतकालीन उद्धार तथा खोज कार्य शुरु गरिएको जनाएका छन् ।

ग्वाटेमालाको राष्ट्रिय प्रकोप नियन्त्रण एजेन्सी (एनएपीए) लाई उद्धृत गर्दै बीबीसीले ज्वालामुखी विस्फोट हुँदा घरहरु नष्ट भएको र मानिसहरु जलेको जनाएको छ । धूलो–धुँवा तथा खरानीका कारण ला अरोरा विमानस्थल बन्द गरिएको छ । ग्वाटेमाला सरकारका अनुसार झण्डै १० लाख मानिस प्रभावित भएका छन् ।