फागु खेल्नेहरूको आ-आफ्नै दाउ-राजन घिमिरे

फागु खेल्नेहरूको आ-आफ्नै दाउ-राजन घिमिरे


‘कसलाई केको धन्दा घरज्वाइँलाई खानकै धन्दा’ भनेजस्तै यो भनाइ तरिचार्थ गराए गत शनिबार नेपाली चलचित्रका कलाकारहरूले । प्रसङ्ग हो फागुपूरि्णमाको दिनको र स्थान हो ललितपुर जिल्लाको गोदावरीमा रहेको नायिका करिश्मा मानन्धरको निवास ।
सबै चलचित्रकर्मीसँगको आफ्नो सम्बन्धलाई ‘रिन्यू’ गर्ने पवित्र उद्देश्यले फागु खेल्न करिश्माले आमन्त्रण गरेकी थिइन् आफ्नो निवासमा । तर त्यहाँ पुग्ने प्रायहरूको मन भने कालो नै थियो र सबैको आ-आफ्नो दाउ थियो । कोही टन्न रक्सी खाएर पुरानो झगडालाई ब्युँताउने दाउमा थिए भने कोही नारी पात्रहरूसँग लठारिएर आनन्द लिने योजनामा देखिन्थे । फागुपूरि्णमाको त्यो दिनको त्यहाँको दृश्य देख्दा लाग्दथ्यो कि त्यहाँ कोही पनि आफ्नो वशमा थिएनन् भने पारदर्शी कपडा लगाएर आउने नायिकाहरूको संवेदनशील अङ्गको कुरा गर्दै मस्त देखिन्थे पुरुष कलाकारहरू । कार्यक्रमको आयोजना नायिका करिश्मा मानन्धरले स्वच्छ भावनाले गरेकी थिइन् तर आउनेहरू नै अपवित्र मन लिएर आएपछि उनको पनि के लाग्यो र ?
फागु खेल्न नभएर रक्सी खान बोलाएकोजस्तो ठानेर पुरुष कलाकारहरू जानासाथ पिउन सुरु गरिहाल्थे भने महिला कलाकारहरूचाहिँ पानी छ्यापाछ्याप गर्नतिर लाग्दथे । पुरुष कलाकारहरू भने केही हलुका पिएर लागेका महिला कलाकारहरूलाई पनि खुवाउने र अबिर दल्ने बहानामा उनीहरूको संवेदनशील अङ्गमा र्स्पर्श गर्न पाइने लोभमा र्‍याल काढिरहेका देखिन्थे । ‘अरू बेलामा छुन गयो भने गाला चड्काइहाल्छन् यही बेला त हो नि छुन पाइने,’ उनीहरूको यस्तो सुनिन्थ्यो गाइँगुइँ ।
करिश्माको त्यो आमन्त्रण स्वीकार गरेर जानेहरू फिल्म निर्देशकहरूमध्ये भने श्याम भट्टर्राई अलि बढी नै झयाप देखिन्थे । उनी भन्दै थिए, ‘यी अरू नायिकाहरूका बारेमा के कुरा गर्नु खै । नायिका भनेको त मेरी श्रीमती रञ्जना शर्माजस्तो हुनुपर्छ ।’ आफ्नी श्रीमतीको यस्तो बखान गर्नमा नै व्यस्त थिए श्याम भने उता श्यामको कुरा सुनेपछि अरू कलाकारहरू भने मज्जाले हाँस्थे अनि फेरि श्याम थप्दथे एक प्याक र फेरि भन्थे, ‘मेरो कुरा सबैलाई चित्त बुझे छ । राम्रो कुरा सबैलाई चित्त बुझिहाल्छ नि ।’ श्याम अझै दङ्ग पर्दै आफ्नी श्रीमतीको बखान गर्दै थिए ।
हुन त चलचित्र बजारमा करिश्मा र सुष्मिता केसीलाई निकै मिल्ने साथीको रूपमा लिइने गरिन्छ तर त्यस दिन सुष्मिता भने दस मिनेट मात्र बसेर फर्किइन् । यो देखेपछि सबैले अड्कल काटिहाले, ‘सुष्मितालाई डेटिङमा जानै समय पुगेको छैन, कहाँ फागु खेलेर समय बर्बाद गरि्छन् भन्या । हाम्रोजस्तो काम नभएको मान्छे हुन् र सुष्मिता,’ सुष्मिता केही बोल्न सकिनन् । ‘रक्सी खाएर मात्तिएकाहरूसँग के जवाफ फर्काउनु ? ‘ उनको प्रतिक्रिया थियो ।
प्रायः कलाकारहरू उज्यालोमा नै आएर उज्यालोमा नै फर्किएका थिए भने चाँडै आएर पनि ढिला फर्केको मात्र होइन रातिको खानासमेत खान छोडेनन् केही कलाकारले । ‘अब घरमा गएर किन खाना पकाउनु ? यतै खानुपर्छ’ भन्दै रेजिना उप्रेती, शोभित बस्नेत र नन्दिता केसीलगायतका कलाकारहरूले रातको खान पनि करिश्माकैमा खाएर फर्किएका थिए । सबै कलाकारलाई एउटै थलोमा उभ्याउने करिश्माको यो कामको भने सबैले खुलेर तारिफ गरे ।

विराजमाथि धोका
यतिखेर भोजपुरी चलचित्रहरूमा नायक विराज भट्टको माग निकै बढ्दो छ । नौ महिना उनी भोजपुरी चलचित्र खेल्न भारततिर जान्छन् भने तीन महिना नेपालमा नै हुन्छन् नेपाली फिल्म खेल्न । नाम र दाम दुवै पक्षबाट मालामाल छन् विराज । उनको यही मागलाई नजिकबाट बुझने एकजना निर्देशक मनोजकुमारले भने विराजको दुरुपयोग गर्न लागेका छन् । भोजपुरी चलचित्रका राम्रा ज्ञाता हुन् मनोजकुमार । उनले भारतकी प्रेरणा र नेपालका निखिललाई राखेर त्रिनेत्र नामक नेपाली र भोजपुरी दुई भाषामा चलचित्र पनि बनाए ।
कुन नायक राख्दा भोजपुरी चलचित्र चल्छ भन्ने कुरा बुझेका मनोजकुमार अहिले गैरकानुनी रूपमा कलाकारहरूको स्वीकृति नै नलिईकन नेपालमा चलिसकेको नेपाली चलचित्रमा केही दृश्य थपेर भोजपुरी भाषामा डबिङ गर्दै भारतमा चलाउने उद्देश्य लिएपछि अब यो मारमा पर्ने भएका छन् नायक विराज भट्ट । त्यसो त, भारतमा विराज भट्टको मात्र फिल्म चल्ने कुरा थाहा पाएमा मनोजले सोचेको यो सजिलो जुक्तिले उनले पैसा त कमाउलान् तर एउटा भोजपुरी फिल्ममा काम गरेबापत दस लाखभन्दा बढी भारतीय रकम लिने विराजमाथि हुन लागेको यस्तो घोटालाविरुद्ध भने विराज चुप लागेर नबस्ने भएका छन् । ‘विराजले त नेपाली चलचित्र भनेर पो अभिनय गरेका हुन् । उनले खेलेको नेपाली चलचित्र भोजपुरी भाषामा डबिङ गरेर चलाउँदा विराजको पेटमा लात्ती हानेको जस्तो भएन र,’ विराजका सहकर्मीहरू यसै भन्छन् ।
हाम्रा निर्माताहरू पनि कस्ता । दुई लाख पाउनासाथ फिल्म नै बेचेर भोजपुरी भाषामा डबिङ गर्न दिइहाल्ने । निर्देशक मनोजकुमार हालै नेपाली चलचित्र ‘गंगाजल’लाई दानवीर भन्ने नाम राखेर केही दृश्य थपेर भोजपुरी भाषामा डबिङ गर्दै छन् । तर यो कुरा विराजलाई थाहा छैन । जब कि यो चलचित्रमा विराज नै प्रमुख पात्रमा छन् । विराज यतिबेला भारतमा भोजपुरी भाषामा फिल्म खेल्दै छन् भने यता उनले नै अभिनय गरेको नेपाली चलचित्र फटाफट उनलाई नै जानकारी नदिईकन भोजपुरी भाषामा डबिङ हुँदै छ । यो मामिलामा अब विराज चुप लागेर बस्न नहुने तर्क चलचित्रकर्मीहरूको छ ।

सिङ्गापुरमा घन्कियो नेपाली गीत
यतिबेला गायक आनन्द कार्की अब नेपाली गीत-सङ्गीतलाई विदेशमा रहेका नेपालीमाझ पुर्‍याउन कम्मर कसेर लागेका छन् । ‘सिडी वा अन्य प्रविधिबाट त उहाँहरूले हामीलाई सुन्नुभएकै छ । अब उहाँहरूकै अगाडि गएर प्रत्यक्ष रूपमा आवाज प्रदान गर्न सक्नुपर्छ,’ उनले भने ।
अहिलेसम्म ३० वटा एल्बम र चार सयभन्दा बढी नेपाली चलचित्रमा आवाज दिइसकेका कार्की बितेको दुई वर्षदेखि सिङ्गापुरमा रहेको आफ्नै रेस्टुरेन्टमा गीत गाउन थालेका छन् । ६ महिना सिङ्गापुर अनि ६ महिना नेपालमा रहने उनी आज फेरि सिङ्गापुर जाने तयारीमा छन् । सिङ्गापुरको मुस्ताफानजिकै रहेको कान्तिपुर रेस्टुरेन्ट उनले नै खोलेका हुन् भने हरेक साँझ नेपाली गीत-सङ्गीत घन्किन्छ त्यहाँ ।
अब कार्की आफ्ना सहकर्मीहरूसँग मिलेर जापान, अमेरिका र अस्टे्रलियामा पनि नेपाली गीत-सङ्गीतसम्बन्धी रेस्टुरेन्ट खोल्ने तयारीमा रहेका छन् । ‘हामीले अब विदेशमा पनि आफ्नो गीत-सङ्गीतलाई पुर्‍याउनुपर्छ । निकै ठूलो बजार छ त्यता,’ उनको भनाइ छ । नेपाललाई छाडेर भन्ने हो भने विदेशमा नेपालीले खोलेको रेस्टुरेन्टमध्ये सिङ्गापुरमा खोलिएको कान्तिपुर रेस्टुरेन्ट नै सर्वाधिक ठूलो रेस्टुरेन्ट मानिन्छ ।
सिङ्गापुरमा रहेको नेपालीमाझ आत्मिय भावना र सहयोग आदानप्रदान गर्ने उद्देश्यले हालै सिङ्गापुरमा नेपाल-सिङ्गापुर फ्रेन्ड सिप एसोसिएसन नामक संस्था पनि खोलिएको छ । यसको सदस्य गायक कार्की हुन् भने प्रमुखमा सनानन्द सिंह रहेका छन् । नेपाल आउँदा पनि गायक कार्की बढी व्यस्त नै हुने गरेका हुन् । नेपाली सिनेमाहरूमा सर्वाधिक गीत गाउने आनन्द कार्कीले एक महिना नेपाल बसाइको समयमा थुपै्र चलचित्रमा गीत गाउन पनि भ्याएका छन् ।
हालै मात्र एकता नामक एल्बम निकालेका आनन्द कार्की सिङ्गापुर जान खोज्ने नेपालीका लागि भिसामा कडाइ हुने गरेकोमा चित्त दुखाइ गर्छन् । आज बुधबार सिङ्गापुर जान लागेका कार्की अब डेढ महिनापछि नेपाल र्फकने छन् भने त्यसबीचमा आफूलाई चिनाउने केही गीत रेकर्ड गरेको कुरा उनले बताए । ‘म जहाँ गए पनि नेपाली गीत-सङ्गीतकै लागि जाने गर्छु, सिङ्गापुरमा पहिले हिन्दी गीत बज्ने गथ्र्यो धेरै तर अब नेपाली गीतको बजार पनि फराकिलो हुँदै छ,’ उनी गर्व गर्छन् ।