भारतमा आँधी र चट्याङका कारण पचासको मृत्यु

भारतमा आँधी र चट्याङका कारण पचासको मृत्यु


भारतमा आँधी र चट्याङमा परी लगभग पचास जनाको मृत्यु भएको छ । भारतीय प्रकोप व्यवस्थापन अधिकारीहरुले जानकारी दिएअनुसार विगत २४ घण्टायता चट्याङ्सँगै भारी वर्षा भएपछि ठूलो सङ्ख्यामा मानवीय क्षति भएको छ भने बाढीका कारण कैयौँ खेतीयोग्य जमिन र नदी किनारामा रहेका वस्तीहरू प्रभावित बनेका छन् ।

पूर्वी भारतीय राज्य बिहारमा वर्षा र मेघगर्जनसहित चट्याङ पर्दा कम्तिमा १९ जनाको मृत्यु भएको झारखण्डका विपद् ब्यवस्थापन अधिकारी यागिन्दर सिंहलाई उद्धृत गर्दै एएफपीले जनाएको छ । मृतकमध्ये ११ जनाको चट्याङ लागेर मृत्यु भएको हो ।

त्यसैगरी भारतको घना जनसङ्ख्या रहेको उत्तर प्रदेशमा ७० किलोमिटर प्रतिघण्टाको रफ्तारले आएको हुरी र वर्षाका कारण १५ जनाको मृत्यु भएको उत्तर प्रदेशका विपद् व्यवस्थापन विभागका अधिकारी टिपी गुप्ताले बताएका छन् । उक्त प्राकृतिक विपद्का कारण कम्तिमा १० जना घाइते भएका छन् ।

भारतकै अर्को प्रदेश झारखण्डमा १३ पनि विपद्का कारण केही व्यक्तिको ज्यान गुमेको खबर भारतीय सञ्चारमाध्यमले दिएका छन् । भारतीय ग्रामिण भेकका नागरिकहरू वर्षा ऋतुमा हुने गर्मीबाट राहत पाउनका लागि घरघरको पिंडी र आँगनमासमेत रात बिताउने गर्छन् । माझीहरुलाई यस इलाकाको सामुद्रीक क्षेत्रमा नजानसमेत सरकारी निकायले सूचना जारी गरेका पनि समाचारमा बताइएको