रेडियो नेपाल मृत्युशय्यामा †

रेडियो नेपाल मृत्युशय्यामा †


कुनै समय सञ्चारको क्षेत्रमा अत्यन्त प्रभावशाली मानिने रेडियो नेपाल यतिबेला मृत्युको सङ्घारमा पुगेको छ र रेडियोको यस्तो अवस्था हुनुमा अरू कोही नभएर रेडियोका केही उच्चपदस्थ कर्मचारीहरू जिम्मेवार देखिएका छन् । नेतृत्वविहीनझैं हुन पुगेको रेडियो नेपालमा यतिबेला धनेन्द्र विमल, सुशील कोइराला, खगेन्द्र खत्री, टीका भण्डारी, बेदबहादुर कुँवर, प्रमोद दाहाल, गोकर्ण रेग्मी र तारा वस्तीलगायतका व्यक्तिहरूको हालिमुहाली छ । तर, रेडियोलाई यसरी धराशयी बनाउनुमा उहाँहरू मात्र जिम्मेवार भने मानिनुहुन्न । यसको निम्ति भैरव अधिकारी, रविन शर्मालगायतका व्यक्तिहरू जिम्मेवार रहेको ठानिन्छ । विमलजस्ता जिम्मेवार अधिकारीले बाहिर एफएम रेडियो सञ्चालन गर्नु र रेडियो नेपालकै गीतहरू आफ्नो एफएम ? सिटी) लाई निःशुल्क उपलब्ध गराउनुलाई अत्यन्त अस्वाभाविक र अशोभनीय मानिएको छ । विमलमाथि अन्य एफएमहरूलाई रेडियो नेपालका पुराना गीतहरू बिक्री गरी रकम आफैंले बुझेर भ्रष्टाचार गर्ने गरेको आरोप पनि लागेको छ । पछिल्लो समयमा विमलले प्रशासनिक कडाइ गर्नुलाई आवश्यक ठानिए पनि उनले अपनाएको तौरतरिकालाई नाटकीय र फोस्रो स्वाङ मात्र भन्ने गरिएको छ । रेडियो नेपालको प्राङ्गणमै खसी काटेर मासु भाग लगाउने गरेको दृश्य देख्नेहरूले यो कुनै सञ्चारमाध्यमको कार्यालय हो कि बगरेको मासु पसल छुट्याउन सक्दैनन् । मासुको भाग आफ्नो घरमा आयो भन्दैमा धनेन्द्र विमल चुपचाप रहनुलाई उचित मानिएको छैन । यसअघिका कार्यकारी निर्देशक रामशरण कार्की सत्जन र भद्र देखिए पनि उनले समेत रेडियोका बहुमूल्य सामान आफ्नो घर लैजाने गर्दथे भने तात्कालिक नायव कार्यकारी निर्देशक रविन शर्मा जो अहिले एन्टेना फाउन्डेसनमा आबद्ध छन्, रेडियो रित्याउन उनले पनि निकै महत्त्वपूर्ण भूमिका निर्वाह गरेका थिए । रामशरण कार्कीले रेडियोको सुधार गर्न नसके पनि आफ्नो निजी निवासमा स्वचालित महाढोका राख्ने कीर्तिमान कायम गरेका छन् । कार्की र शर्माका पालामा रेडियोका महत्त्वपूर्ण सामग्रीहरू बिक्री भएका थिए । त्यसको हिसाब आज कतै भेटिँदैन । तपनाथ शुक्ल कार्यकारी प्रमुख भएर आएपछि रेडियोको स्वामित्वमा रहेको ललितपुर भैंसेपाटीको जग्गा बिक्री गर्ने प्रयास भएको थियो । तर कर्मचारीहरूको विरोध र असहमतिका कारण जमिन बिक्रीको प्रयास असफल हुन पुगेको थियो । तथापि उनले केही मोटर गाडी र केही थान मोटरसाइकल भने लिलाम बिक्री गरी काम चलाएका छन् । समाचार शाखामा केही अघिसम्म कार्यरत कर्मचारी श्याम र्राई जो क्यान्सरका बिरामी छन् उनले पाउनुपर्ने उपदानबापतको रकमसमेत नदिएर शुक्लले अमानवीयताको दृष्टान्त प्रस्तुत गर्नुभएको छ । नक्कली शैक्षिक प्रमाणपत्र भएको केहीलाई कारबाही गर्ने त्रास देखाएर राजीनामा गराइए पनि बबिता खनाललाई भने सेवामा यथावत् राखिएको छ । कार्यालयमा काम गर्ने स्वच्छ वातावरण नभएको रेडियोका स्वाभिमानी केही कर्मचारीहरू बताउँछन् । समग्रमा रेडियो नेपाल यतिबेला कुनै सरकारी सञ्चारमाध्यमको हेडक्वाटर होइन सुकुम्बासी टोलजस्तै भएको छ । सरकारले रेडियोको सुधारमा तत्काल ध्यान नपुर्‍याउने हो भने केही व्यक्तिविशेषको कमाउ केन्द्र बन्ने र अन्ततः रेडियो नेपाल विघटन गर्नुपर्ने अवस्थामा पुग्ने निश्चित ठान्न थालिएको छ ।

निर्णय नमान्दा संयोजक चट
पार्टी निर्णय नमान्दा प्रधानमन्त्री झलनाथ खनालले पार्टीबाट गठित वार्ताटोलीको संयोजक पद गुमाउनुपरेको छ । पार्टीको निर्णय नमानेको, एमालेको अध्यक्ष भए पनि माओवादीको लाइनअनुसार अघि बढेकोलगायतका आरोप लगाउँदै पार्टी अध्यक्षसमेत रहनुभएका प्रधानमन्त्री खनाललाई ३ चैतमा बसेको स्थायी समिति बैठकले वार्ताटोलीको संयोजकबाट हटाएको हो । बैठकले खनाललाई वार्ताटोलीबाट हटाउँदै पूर्वप्रधानमन्त्री एवम् वरिष्ठ नेता माधवकुमार नेपाललाई जिम्मेवारी दिएको छ । माओवादी अध्यक्ष प्रचण्डसँग ३० माघमा सातबुँदे सहमति गर्दा गृह मन्त्रालय माओवादीलाई दिने सहमति भएकोले उसलाई गृह नदिनुको विकल्प छैन भन्दै स्थायी समिति बैठकमा कुन मन्त्रालयको जिम्मेवारी कसलाई दिने भन्ने अधिकार प्रधानमन्त्रीसँग भएको भन्दै खनालले गृह माओवादीलाई दिनुपर्ने अडान राख्नुभएको थियो । उहाँले माओवादीलाई गृह मन्त्रालय नदिने भए आफूले प्रधानमन्त्री पदबाट राजीनामा दिने घर्ुर्कीसमेत लगाउनुभएको थियो । उहाँले माओवादीलाई गृह मन्त्रालय नदिने भए प्रधानमन्त्रीबाट राजीनामा दिन्छु भन्दै घुर्क्याएको यो दोस्रोपटक हो । उहाँले यसअघि पोलिटब्युरो बैठकमा यस्तै राजीनामाको घर्ुर्की लगाउनुभएको थियो ।
स्थायी समिति बैठकमा खनालले यस्तो चेतावनी दिएपछि बैठकमा सहभागी प्रभावशाली नेता केपी ओलीले आक्रोशित हुँदै तपाईं आफ्नै पार्टीका नेतालाई हटाएर प्रधानमन्त्री बन्नुभएको हो, अब तपाईंले पनि राजीनामा दिने हो भने प्रधानमन्त्री भएर अर्को व्यक्ति आउँछ । तसर्थ कसैको राजीनामाले केही हुनेवाला छैन, तर, अहिलेको अवस्थामा माओवादीलाई गृह मन्त्रालय दिनुहुँदैन, यो पार्टीको निर्णय हो, यसलाई परिवर्तन गर्न सकिँदैन भन्दै प्रधानमन्त्री खनालको कडा आलोचना गर्नुभएको थियो । बैठकमा खनाल र नेपालको चर्काचर्की परेपछि वरिष्ठ नेता माधव नेपालले यस विषयमा माओवादीसँग वार्ताटोलीको संयोजक परिवर्तन गरी नयाँ समिति बनाएर जाँदा समस्याको समाधान गर्न सकिने भनेपछि खनाललाई वार्ताटोलीको संयोजकबाट हटाउँदै नेपाललाई संयोजक तोकी नयाँ वार्ताटोली गठन गरेको हो ।
खनालले प्रधानमन्त्री भएको चौथो दिन २३ माघमा बसेको एमाले स्थायी कमिटी बैठकमा माओवादीलाई सुरक्षासम्बन्धी मन्त्रालय दिने भन्ने निर्णय नगरेको स्पष्ट पार्नुभएको थियो । उहाँले माओवादीलाई गृह दिने सहमति नभएको बारम्बार बताइरहे पनि एमालेबाट मन्त्री भएकालाई गृहको जिम्मेवारी दिन नचाहनुको कारण पनि खुलाउनुभएको थिएन । यसअघि एमालेले गृहमा विष्णु पौडेललाई सिफारिस गरेको थियो ।

पीडितहरूमाथि थप पीडा
नेपाली सेनालाई स्वच्छ, निष्पक्ष र पूर्ण व्यावसायिक बनाउनुपर्ने आवाज जोडदार रूपमा उठिरहेको बेला त्यहाँ भ्रष्टाचारको आरोप लागेकै व्यक्तिहरूको हालिमुहाली हुन थालेको समाचार प्राप्त भएको छ । प्राविधिक उपरथी नरेश बस्न्यातमाथि भ्रष्टाचार गरेको आरोप लगाउँदै सम्बद्ध निकायमा पुगेका सैन्य अधिकृतहरूमाथि कोर्ट मार्शलको सजायले नपुगेर उनीहरूलाई अति दुर्गम स्थानमा सरुवा गरिएको छ । नियमित सरुवाका क्रममा बस्न्यातले आफूविरुद्ध रहेको ठानिएका अधिकृतहरूलाई छानीछानी कष्टकर ठाउँहरूमा सरुवा गराएका छन् । प्राप्त जानकारीअनुसार बस्न्यात प्रकरणमा पीडित अधिकृतहरूको पक्षबाट बहस गर्ने कार्यवाहक प्राड प्रमुख सेनानी इभिता राणालाई काठमाडौंबाट हेटौंडा पुर्‍याइएको छ । राणाले प्रा. सहायकरथी किरण बज्राचार्यसहितका अधिकृतहरूविरुद्धको मुद्दा खारेज हुनुपर्ने तर्क गर्दै बहस गर्नुभएको थियो ।
चैत ४ को मितिमा गरिएको निर्णयअनुसार बस्न्यातले आफ्नो विरोधी ठानेका प्राविधिकतर्फका प्रमुख सेनानी प्रेमेन्द्रकिशोर क्षत्रीलाई र्एमईएस शाखामा पुर्‍याइएको छ भने उनलाई डेढ वर्ष प्रमोशन रोक्का गरिएको छ । प्रा.से. गोविन्दकुमार मैनालीलाई डेढ वर्ष प्रमोशन रोक्कासहित मध्यपश्चिम पृतना सर्ुर्खेत सारिएको छ । ध्रुव पण्डित क्षत्रीलाई एक वर्ष बढुवा रोक्का गरी मध्यपृतना स्थपति सेवा हेटौंडा सरुवा गरिएको छ । यसैगरी प्रा.से. पंकज थापालाई एक वर्ष बढुवा रोक्कासहित पूर्वीपृतना स्थपति सेवा इटहरी, प्राविधिक सहसेनानी विदुरचन्द्र श्रेष्ठलाई ६ महिना बढुवा रोक्कासहित पूर्वीपृतना इटहरी, प्राविधिक सहसेनानी राजेशकुमार देवलाई ६ महिना बढुवा रोक्कासहित मध्यपृतना हेटौंडा र अर्का प्राविधिक सहसेनानी रामसागर यादवलाई पश्चिमपृतना पोखरा सरुवा गरिएको छ । मध्यपृतनाबाट सुदूरपृतनाको खेदाइमा पर्नेमा प्राड सेनानी राधाकृष्ण सिलवाल परेका छन् भने अर्का प्राड सेनानी ओमबहादुर भट्टलाई पूर्वीपृतना इटहरी पुर्‍याइएको छ ।
बस्न्यातको खिलाफमा लागेकै भए पनि कसुर हेरेर किरण बज्राचार्यमाथि मात्र कारबाही हुुनुपर्नेमा पूर्वाग्रहवश निर्दोष सैन्य अधिकृतलाई अपायक स्थानमा एकपक्षीय ढङ्गले सरुवा गर्ने काम गरी आतङ्क सिर्जना गरिएको पीडितहरुको कथन छ । सेनामा यस किसिमले हचुवा कारबाही यसअघि कहिल्यै नभएको र यसले नेपाली सेनाको मनोबल गिर्ने सैन्य विश्लेषकहरुको ठहर छ ।

तटबन्ध निर्माणका लागि पचपन्न करोड
बाढी व्यवस्थापनसम्बन्धी भारत-नेपाल संयुक्त समितिको निर्णयबमोजिम लालबकैया, बागमती र कमला नदीहरूमा तटबन्ध निर्माणका लागि भारत सरकारले नेपाललाई ५४ करोड ५३ लाख ५० हजार अनुदान सहयोग गरेको छ । नेपालका लागि भारतका राजदूत राकेश सुदले सहयोग रकमको चेक गत शुक्रबार उपप्रधानमन्त्री तथा अर्थ, वाणिज्य तथा आपूर्ति, ऊर्जा र सिँचाइमन्त्री भरतमोहन अधिकारीलाई हस्तान्तरण गर्नुभयो ।
उपरोक्त नदीहरूमा तटबन्ध मजबुत तथा विस्तार गर्न नेपाललाई सहयोग प्रदान गर्दै आएको छ । तटबन्ध निर्माण, मर्मत तथा विस्तारकै लागि हालसम्म भारतले नेपाललाई दुई अर्ब दुई करोड ३३ लाख पचास हजार सहयोग प्रदान गरिसकेको छ । सन् २००८ मा १६ करोड ५५ लाख, २००९ मा ५३ करोड १५ लाख र २०१० मा ५९ करोड ९७ लाख असी हजारभन्दा बढी रकम भारतले निकासा गरेको थियो ।
यस अतिरिक्त नेपालका गगन, त्रियुगा, लखनदर्ेइ, सुनसरी, कन्काई र कालीगण्डकी नदीहरूमा बाढी नियन्त्रण कार्यका लागि २२ करोड ६० लाख अनुदान सहयोग प्रदान गर्न भारतले प्रतिबद्घता जनाएको छ । त्रियुगा, कन्काई र लखनदर्ेइ नदीहरूमा बाढी नियन्त्रणलगायतका कार्य सम्पन्न भइसकेका छन् ।
दुई निकट तथा मित्रवत् छिमेकी देशकोेे विकास र समृद्धिमा योगदान पुर्‍याउने जलस्रोत क्षेत्रको विकासमा नेपालसँग निकट रही कार्य गर्न भारत प्रतिबद्ध रहेको चेक हस्तान्तरण कार्यक्रमबीच जनाइएको थियो ।

धनुषालाई दुई करोड ६८ लाख
झोजी कटैया-लोहाना-जनकपुर सडकको जामुनीनदीमा पुल निर्माण तथा जलाद खोलामा स्ल्याब कल्भर्ट निर्माणका लागि भारतीय राजदूतावास र सडक विभाग डिभिजन कार्यालय ? धनुषा) बीच अनुदान सहयोगसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ । सहमतिअनुसार नेपाल-भारत आर्थिक सहयोग कार्यक्रमअन्तर्गत भारत सरकारले दुई करोड ६८ लाख अनुदान सहयोग प्रदान गर्ने भएको छ । भारत सरकारको सहयोगमा धनुषा जिल्लामा सञ्चालित यो सातौँ विकास परियोजना हो ।
झोजी-कटैया र लोहाना गाविसहरूका समथर मैदान हुँदै उत्तर-दक्षिण बग्ने जामुनी नदी एक सदावहार नदी हो । वर्षायाममा नदीमा आउने बाढीका कारण झोजी-कटैया, धनौजी, इतेरवा, भडारिया, लखौरी, खरिहानी, तराही र गोरदहा गरी आठ गाविस बाँकी जिल्लासँग सर्म्पर्कविहीन रहन्छन् । भारत सरकारको अनुदान सहयोगमा जामुनीनदीमा निर्माण हुने प्रस्तावित पुलले आठ गाविसका ७० हजारभन्दा बढी जनतालाई वर्षैभरि जिल्लासँग सर्म्पर्क स्थापित गर्राई प्रत्यक्ष फाइदा पुर्‍याउनेछ ।
उक्त परियोजना नेपाल सरकारको नीति-नियमअनुसार नेपाल सरकार भौतिक योजना तथा निर्माण मन्त्रालय, सडक विभागद्वारा परियोजनाको गुणस्तरीय एवम् समयमै समापनको जिम्मेवारी स्वयम् हुनेगरी कार्यान्वयन हुने सम्झौतामा उल्लेख गरिएको छ । परियोजना प्रभावकारी ढङ्गले समयमै समापन भए/नभएको निरीक्षण गरी सामुदायिक सहभागिता सुनिश्चित गर्नका लागि स्थानीय विकास तथा प्रशासनिक निकायहरूका प्रतिनिधिहरू सम्मिलित एक अनुगमन समितिसमेत गठन गरिएको छ ।

तानसेन क्याम्पसको भवन उद्घाटन
पाल्पा तानसेनस्थित तानसेन बहुमुखी क्याम्पसको नवनिर्मित भवनको गत सोमबार एक समारोहबीच नेपालका लागि भारतीय राजदूत राकेश सुदले उद्घाटन गर्नुभयो । भारत सरकारको १ करोड ९५ लाख अनुदान सहयोगमा निर्मित सो भवन निर्माणबाट बढ्दो विद्यार्थीको चाप तथा कक्षाकोठाको अभावका कारण भएको असुविधा अन्त्य हुने विश्वास गरिएको छ ।
सन् १९९१ मा स्थापित तानसेन वहुमुखी क्याम्पस पाल्पामा उच्च शिक्षाको लागि एक महत्त्वपूर्ण केन्द्र हो । उच्च माविदेखि स्नातकोत्तर तहसम्मका कक्षा सञ्चालन गरेको उक्त क्याम्पस त्रिभूवन विश्वविद्यालयबाट सम्वन्धन प्राप्त छ । कक्षा-कोठाको अभावले गर्दा क्याम्पसमा बढ्दो विद्यार्थीको चापलाई व्यवस्थापन गर्न असहज भइरहेको व्यवस्थापन समितिले दुःखेसो गर्दैआएको थियो । भारत सरकारले क्याम्पसको भौतिक पुर्वाधार विकास गर्न फरि्नचर व्यवस्थासहित तीनतले क्याम्पस भवन निर्माणको उल्लेखित रकम अनुदान सहयोग गरेको थियो । नयाँ पुर्वाधारले ८ सयभन्दा बढी विद्यार्थीको आवश्यकताअनुरुपको शैक्षिक कार्यक्रमलाई उपयुक्त सुविधा प्रदान गर्ने स्थानीयको विश्वास छ ।

जङ्गलमा आगो लागेपछि पर्यटक समस्यामा
पर्यटकीय गन्तव्यको उत्कृष्ट मानिएको अन्नपूर्ण पैदलयात्रा मार्गको घर्ेर्मुको जङ्गलमा लागेको आगो नियन्त्रणमा आउन नसकी भएको क्षतिका कारण पर्यटकहरूलाई आवत-जावतमा समस्या देखिएको छ । अन्नपूर्ण पैदलयात्रा मार्गअन्तर्गत घेर्मु गाउँ विकास समितिको वडा नं. १ र २ स्थित उपल्लो चिप्लाको घट्टेखोलादेखि सुरु भएको आगोले सयौँ रोपनी जङ्गल सखाप पारेपछि पर्यटक आवत-जावतमा समस्या उत्पन्न भएको हो ।
आगलागीपछि जङ्गलबाट ढुङ्गामुडा र जलेका रूखका ठुटाहरू पल्टिनुका साथै ठाउँ-ठाउँमा सुख्खा पहिरोसमेत झरेकाले पर्यटक तथा स्थानीयवासीलाई आवतजावतमा निकै समस्या परेको स्थानीय शिक्षक पञ्चबहादुर गुरुङले बताए । यसैगरी जङ्गलमा आगलागीबाट महत्त्वपूर्ण जडीबुटी जलेर नष्ट हुनुको साथै झारल, घोरल, मृग, कालिज, वनकुखुरालगायतका वन्यपशु-पक्षी जलेर नष्ट भएका स्थानीय बासिन्दाले बताएका छन् । ताघ्रिङस्थित चिप्लाको घट्टेखोलादेखि च्याम्चेको छहरेखोलासम्मको जङ्गलक्षेत्रमा आगो फैलिएको र नियन्त्रणमा नआउँदा यात्रुहरूलाई हिँडडुल गर्न, घाँस-दाउरा गर्न अप्ठ्यारो हुनुका साथै वन्यजन्तुको बासस्थान पनि डढेको बताइएको छ ।

सुनौली नाकाका लुटेरामाथि कडा निगरानी
परासी/ सीमाक्षेत्रमा देखापरेका समस्याहरूलाई आपसी सहमतिअनुसार समाधान गर्न दुई देशका स्थानीय जिल्ला प्रमुखहरू र सुरक्षा निकाय सहमत भएका छन् । नेपालको नवलपरासी, रूपन्देही, भारत उत्तर प्रदेशका महाराजगन्जका जिल्ला प्रमुख र जिल्लास्तरीय सुरक्षा निकायहरूको भैरहवामा बसेको जिल्ला समन्वय समितिको बैठकले भारत सरकारबाट सीमाक्षेत्रमा मर्मत निर्माण कार्यमा व्यापक अनियमितता भएको जनगुनासो चुलिएपछि दोषीलाई कारबाही गर्ने निष्कर्ष निकालिएको छ । नवलपरासीको त्रिवेणी सुस्तास्थित गण्डक नदी नियन्त्रण कार्य र बी-ग्याप एवम् स्पर मर्मत कार्यमा भारतीय प्राविधिक र ठेकेदारबाट हुने गरेको घोटाला प्रकरण सार्वजनिक भएपछि प्रमुख जिल्ला अधिकारी हरिराज पन्तले दोषीलाई कारबाही गरी गुणस्तरीय कार्य हुनुपर्ने धारणा राखेपछि उत्तरप्रदेश महाराजगन्जका जिल्ला अधिकारी विनयकुमार सिंहले घोटालाको छानबिन गरी दोषीलाई कारबाही गरिने बताएको स्रोतले जनाएको छ ।
जिल्ला समन्वय समितिको बैठकमा नवलपरासी, रूपन्देही जिल्लाअन्तर्गत सीमाक्षेत्रमा बढ्दो अवैध हातहतियार ओसार-पसार गर्ने क्रियाकलाप बढेकोमा सो कार्य पूर्ण नियन्त्रण गर्न दुवै पक्ष सहमत भएका छन् । भारतको विभिन्न सहरबाट वैदेशिक रोजगारी गरी घर फर्किएका नेपालीलाई सुनौली नाकामा लुटपाट र दर्ुर्व्यवहार गरिने समूहलाई कडाइका साथ नियन्त्रण गर्ने कार्यमा भारतीय पक्ष सहमत भएको बताइएको छ ।
नेपाल-भारत अन्तर्राष्ट्रिय सिमानाको दसगजा क्षेत्रमा रहेको सीमास्तम्भ जीर्ण र भत्किन थालेको अवस्थामा पुगेकोमा सीमास्तम्भ व्यवस्थापन गर्न दुई जिल्लाको संयुक्त समिति बनाई समितिको सुझावलाई सम्बन्धित निकायमा पुर्‍याइने संयुक्त बैठकमा निर्णय भएको छ ।
नेपाल-भारत जिल्लास्तरीय समन्वय समिति बैठक भैरहवामा बसेको बैठकबारे नवलपरासीका प्रमुख जिल्ला अधिकारी पन्तले नेपाली पक्षले दुई जिल्लाअन्तर्गत भारतसँग सम्बन्धित समस्यालाई भारतीय पक्षले लागू गर्ने आश्वासन दिएको बताउनुभयो । यसपटकको बैठकमा नेपालीपक्ष कडा रूपले प्रस्तुत भएको बताउँदै नवलपरासी जिल्लाअन्तर्गत शान्ति सुरक्षा व्यवस्था सुधारोन्मुख भएको जानकारी पन्तले दिनुभयो ।-आरपी उपाध्याय

बीबीसी प्रसारण निरन्तरताका लागि ज्ञापन
बीबीसी नेपाली सेवाको सर्टवेभ प्रसारणलाई निरन्तरता दिन नेपालको सञ्चार र मानवअधिकार समुदायलगायत नागरिक समाजका तर्फबाट बेलायती राजदूत जोन टक्नटसमक्ष ज्ञापनपत्र बुझाइएको छ । ठूलो मात्रामा विद्युत् कटौती भइरहेको अहिलेको अवस्थामा ब्याट्रीबाट सजिलै बजाउन सकिने रेडियो नै एकमात्र भरपर्दो सञ्चारमाध्यम भएकाले रेडियो नेपाली जनताको सूचनाको सबैभन्दा बढी पहुँच भएको माध्यम भएकोसमेत सन्दर्भलाई ध्यानमा राखी बीबीसीको सर्टवेभ प्रसारणको निरन्तरताका लागि ज्ञापनपत्रमा आग्रह गरिएको पत्र प्रस्तुतकर्तामध्येका एक प्रदीप घिमिरेले बताए ।
ज्ञापनपत्र ग्रहण गर्दै राजदूत टक्नटले नेपाली नागरिक समाजले लोकतन्त्र, शान्ति र स्थायित्वका लागि बीबीसी नेपाली सेवाको प्रसारणका प्रति दर्शाएको यो चासो र सरोकारको उच्च सम्मान गर्दै आफूले खासगरी बेलायती सरकार र बीबीसीका उच्च अधिकारीहरूसँग छलफल गर्ने जवाफ दिए । नेपाली लोकतन्त्रको स्थायित्व र शान्ति एवम् विकासका लागि नागरिक समाज र नेपाली प्रेसले खेलेको भूमिकाबाट आफू प्रभावित भएको बताउँदै उनले बीबीसी नेपाली सेवाले हिजोका कठिन घडीमा निर्वाह गरेको भूमिकाका कारण नेपाली समुदायले यसलाई रुचाएको आफूले बुझेको अभिव्यक्ति दिए ।

काङ्ग्रेस जिल्ला-नेताको अल्पायुमै निधन
लमजुङ/ अल्पायुमै निधन भएका नेपाली काङ्ग्रेस लमजुङका सचिव अर्जुन पराजुलीप्रति काङ्ग्रेस संसदीय दलका नेता रामचन्द्र पौडेलले अन्तिम श्रद्धाञ्जली दिनुभएको छ । पेटमा भएको अल्सर बिग्रिएर क्यान्सर रोग लागेपछि ओम अस्पतालमा केमोथेरापी पद्धतिद्वारा उपचार गर्दागर्दै ४२ वर्षको अल्पायुमै पराजुलीको गत सोमबार बिहान निधन भएको थियो ।
अन्तिम संस्कारका लागि गृह जिल्ला लमजुङ ल्याइएको पराजुलीको शवलाई मर्स्याङ्दी नदीछेउ नेता पौडेलले पार्टीको झन्डा ओढाउनुका साथै फूलमालाले अन्तिम श्रद्धाञ्जली व्यक्त गर्नुभएको थियो । यसअघि नेपाली काङ्ग्रेसको आयोजनामा बेसीसहरको फूलबारी मञ्चमा अन्तिम श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्नुका साथै शवयात्रा गरिएको थियो ।
पराजुलीको शवलाई अन्तिम श्रद्धाञ्जली दिूदै नेता पौडेलले उनको निधनले नेपाली काङ्ग्रेस पार्टीलाई अपूरणीय क्षति भएको बताउनुभयो । पराजुलीको निधनले लमजुङमा क्रियाशील अन्य राजनीतिक दलले पनि आफूहरू स्तब्ध भएको जनाएको छन् । एकीकृत नेकपा माओवादीका इन्चार्ज देवेन्द्र पराजुली, नेकपा एमाले अध्यक्ष जमिन्द्रमान घले, राप्रपा अध्यक्ष बालचन्द्र श्रेष्ठले पराजुलीको निधनले सिङ्गो लमजुङ जिल्लालाई अपूरणीय क्षति भएको अभिव्यक्ति दिएका छन् ।
पराजुलीको अन्तिम संस्कारका लागि नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य दिलबहादुर र्घर्ती, पूर्वराज्यमन्त्री रामबहादुर गुरुङलगायत नेता तथा कार्यकर्ताका साथै अन्य राजनीतिक दलका नेता एवम् कार्यकर्ता र बेसीसहर साथै वरपरका शुभचिन्तकको बाक्लो उपस्थिति थियो ।
गत माघ दोस्रो सातादेखि अस्पताल भर्ना भएका पराजुलीलाई उपचारका लागि भारतको नयाूदिल्लीस्थित राजीव गान्धी मेमोरियल अस्पतालसमेत लगिएको थियो । त्यहाू शल्यक्रिया हुन नसकेपछि केमोथेरापीबाट उपचार गराउन फागुन अन्तिम साता पुनः काठमाडौं पुर्‍याइएको थियो । ०२५ साल असार १७ गते बुबा गणेशबहादुर र आमा तिलमाया पराजुलीका जेठा छोराको रूपमा लमजुङको चक्रतर्ीथ- ३ मा जन्मेका पराजुली नेपाल रेडक्रस सोसाइटी लमजुङका सभापति तथा नेपाल पत्रकार महासङ्घ लमजुङका संस्थापक एवम् पूर्वसचिव तथा वर्तमान साधारण सदस्य पनि हुन् । उनको निधनले पत्रकारिता जगत्मा अपूरणीय क्षति पुगेको नेपाल पत्रकार महासङ्घ लमजुङका अध्यक्ष कृष्ण केसी र प्रेस चौतारी नेपाल लमजुङ शाखाका अध्यक्षर् इश्वर पाण्डेले जारी गरेको विज्ञप्तिमा जनाइएको छ ।
०३९ सालमा स्कुलेजीवनमा नेपाल विद्यार्थी सङ्घमा प्रवेश गरी सक्रिय रूपमा लागेका पराजुली सरस्वती बहुमुखी क्याम्पसमा नेविसङ्घ इकाइका सभापति हुूदै ०४६ मा काङ्ग्रेस लमजुङका सदस्य भएका थिए । ०५४ सालमा क्षेत्र नं. १ का क्षेत्रीय सभापति भएका पराजुली ०५७ सालमा कोषाध्यक्ष र ०६१ सालयता सचिव पदमा कार्यरत रहूदै आएका थिए । उनी प्रजातन्त्र स्थापनाका लागि काङ्ग्रेसले गरेका विभिन्न आन्दोलनमा सहभागी भएर जेलसमेत परेका थिए ।

शेष-हीरा प्रतिष्ठानद्वारा प्रतिभाहरू पुरस्कृत
राष्ट्रिय सम्पदाको संरक्षण, प्रतिभाहरूको प्रवर्द्धनका साथ राष्ट्र विकासका कार्यमा र्सार्थक योगदान पुर्‍याउँदै आएको शेष-हीरा प्रतिष्ठानले आफ्नो पन्ध्रौँ वारि्षकोत्सव मनाएको छ । गत सोमबार ललितपुर पुल्चोकस्थित इन्जिनियरिङ क्याम्पसपरिसरमा आयोजित वारि्षकोत्सव समारोहबीच विभिन्न क्षेत्रका प्रतिभाहरूलाई सो प्रतिष्ठानले पदक, पुरस्कार, प्रशंसा तथा कदरपत्र प्रदान गरी सम्मानित तुल्यायो ।
समारोहमा प्रतिष्ठानका संरक्षक शेषराज दली र प्रमुख अतिथि अनुराधा कोइरालाले त्रिविअन्तर्गत रसायनशास्त्रको स्नातकोत्तर परीक्षामा प्रथम स्थान हासिल गरेका प्रकाश श्रेष्ठलाई कीर्ति-सानु स्वर्णपदक, त्रिभुवन आदर्श मावि फर्पिङबाट ०६६ सालको एसएलसी परीक्षामा प्रथम भएकी सलिना सुवाललाई नगद तथा प्रशंसापत्र, शान्ति निकुञ्ज माविका पाँच गरिब तथा जेहेन्दार छात्रालाई ‘हीरादेवी दली छात्रवृत्ति’, कुपण्डोलको फ्रेन्ड्स क्लब र ज्वागल महिला समूहलाई ‘सानु प्रेरणा पुरस्कार’, निबन्ध प्रतियोगितामा विजयी छात्रछात्राहरूलाई स्वर्ण तथा कास्य पदक प्रदान गर्नुभएको थियो । साहित्यकर्मी एवम् प्राज्ञ सुलोचना मानन्धरको सभापतित्वमा सम्पन्न कार्यक्रममा डा. मोहनमान सैंजु, डा. तिमिला श्रेष्ठले शेष-हीरा प्रतिष्ठानले समाजमा पुर्‍याएको योगदानको चर्चा गर्नुभएको थियो भने प्रतिष्ठानका अध्यक्ष डा. सानुमैया दलीले स्वागत मन्तव्य दिँदै प्रतिष्ठानका भावी योजनाबारे जानकारी गराउनुभएको थियो । यसैगरी सदस्यसचिव राजेशराज दलीले प्रतिष्ठानका हालसम्मका गतिविधिमाथि प्रकाश पार्दै उपस्थितजनलाई धन्यवाद प्रदान गर्नुभएको थियो ।

माछापुच्छ्रेका थप तीन एटीएम
माछापुच्छे्र बैंक लिमिटेडले गत ४ गतेदेखि पोखराको रामबजार, ललितपुरको ग्वार्को र काठमाडौंको न्यूरोडमा एकसाथ तीन एटीएम सञ्चालनमा ल्याएको छ । बैंकको ग्वार्को शाखामा सञ्चालनमा आएको नयाँ एटीएमको शुभारम्भ ज्यापु समाज यलःका अध्यक्ष रामकाजी अवालेले गर्नुभयो । अब माछापुच्छ्रे बैंकको एटीएम सङ्ख्या ५७ पुगेको छ । माछापुच्छे्रले नेपाल अधिराज्यभर छरिएर रहेको आफ्ना ३९ वटा फुलफ्लेज्ड शाखामार्फत एक लाख ५५ हजार ग्राहकलाई सेवा उपलब्ध गराउँदै आएको छ ।
बैंकले ग्राहक महानुभावहरूको आवश्यकता तथा सुविधालाई ध्यानमा राखी साधारण बचत खाता, रोयल बचत खाता, पेवा बचत खाता, युवा बचत खाता, सेयरधनी बचत खाता, तलब व्यवस्थापन खाता, उच्च शिक्षा निक्षेप खाता, सम्म्ाान बचत खाता, तथा म्याच सेभेन सेभिङ एकाउन्टजस्ता लोकप्रिय योजनामार्फत बचत परिचालनका सेवा प्रदान गर्दै आइरहेको छ ।

छुवाछुतविरुद्ध ँइन्सेक’
जातीय छुवाछुत उन्मूलन गर्ने प्रतिबद्धताका साथ नेपालले सन् १९७१ म्ाा जातीय छुवाछुत अन्त्य सम्बन्धमा संयुक्त राष्ट्रसङ्घीय महासन्धि सम्मिलन गरिसकेको स्मरण गराउँदै अब बन्ने संविधानमा जातीय छुवाछुत उन्मूलनको घोषणा गर्न मानवाधिकारवादी संस्था ‘इन्सेक’ले माग गरेको छ । जातीय विभेद अन्त्य गर्न शिक्षाको पाठ्यक्रममा, सार्वजनिक सञ्चारहरूमा र राजनीतिक दलका साङ्गठनिक निर्देशनहरूमा जातीय भेदलाई हतोत्साहन गर्ने प्रावधान अनिवार्य रूपले रहनुपर्ने प्रावधानसहितको कानुनी व्यवस्था गर्न संस्थाका अध्यक्ष सुबोधराज प्याकुर्‍यालले माग गरेका छन् ।

फेरि मूल्यवृद्धि गर्न मौका ढुक्दै निगम
मासिक एक अर्ब ५५ करोड रुपैयाँ घाटाका कारण टाट पल्टने अवस्थामा पुगेको नेपाल आयल निगम राज्यले अनुदान नदिएको कारण देखाउँदै पुनः पेट्रोलियम पदार्थको मूल्यवृद्धि गर्न उद्यत् रहेको बुझिएको छ । केही दिनअघि मात्र निगमले पेट्रोल र हवाई इन्धनमा व्यापक मूल्यवृद्धि गरेको थियो ।
पछिल्लो समयमा अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य लगातार वृद्धि भइरहेकोले यस्तो तयारी गर्नुपरेको अभिव्यक्ति निगमका कार्यकारी निर्देशक दिगम्बर झाले दिएका छन् । पछिल्लो मूल्यवृद्धिपछि हवाई इन्धनमा केही नाफा भए पनि पेट्रोलमा अझै चार रुपैयाँ ३० पैसा, डिजलमा प्रतिलिटर २० रुपैयाँ र खाना पकाउने एलपी ग्यासमा दुई सय ५४ रुपैयाँ घाटा रहेको उनको दाबी छ । उनका अनुसार पछिल्लो समयमा लोडसेडिङका कारण पेट्रोलियम पदार्थको खपत दोब्बर बढेकोले पनि घाटा चुलिँदै गएको हो ।
निगमको घाटा कम गर्न र आपूर्तिलाई सहज बनाउन डिजेलमा झन्डै सात रुपैयाँ मूल्यवृद्धि गरेर त्यति नै रकम बराबरी मात्रामा सरकार र निगमले बेहोर्नुपर्ने, उपभोक्ताहरूले उपभोगमा मितव्ययिता अपनाउनुपर्ने, पेट्रोल र हवाई इन्धनमा नाफा हुनेगरी मूल्य समायोजन गर्नुपर्ने आवश्यकता रहेको पनि झाले स्पष्ट पारेका छन् । सरकारले करमा छुुट दिए वा अनुदान दिए मात्रै पेट्रोलियम पदार्थको आपूर्ति सहज बनाउन सकिने, त्यसका लागि अर्थ मन्त्रालयले तत्काल एक अर्ब ५० करोड रुपैयाँ अनुदान उपलब्ध गराउनुपर्ने अन्यथा फेरि पनि २० प्रतिसतसम्म मूल्यवृद्धि गर्नुपर्ने उनको कथन छ ।
स्मरण रहोस्, आयल निगम घाटामा रहे पनि सरकारले पेट्रोलमा झन्डै ३१ रुपैयाँ, डिजेलमा साढे बाह्र, मट्टीतेलमा दुई र ग्यासमा दुई सय १० रुपैयाँ कर लिँदै आएको छ ।

अपराध थरीथरीका
विराटनगरस्थित रघुपति जुटमिलको क्यान्टिनमा काम गर्ने कृष्णप्रसाद तिवारी एयरगन, पेस्तोल र रगोलीसहित पक्राउ परेका छन् । २३ वर्षीय तिवारीलाई गत आइतबार साँझ क्यान्टिनमा लुकाइराखेको अवस्थामा एयरगन एक थान, सोको गोली एक राउन्ड र कटुवा पेस्तोल एक थानसहित प्रहरीले पक्राउ गरेको हो ।
यसैगरी कैलाली लालबझी कुटिगाउँ बस्ने धनीराम चौधरीलाई प्रहरीले पेस्तोल दुई थान र गोलीसहित पक्राउ गरेको छ । सुराकीका आधारमा उनको घर तलासी गर्दा बिस्तारामुनि लुकाइराखेको अवस्थामा इटालियन पेस्तोल एक थान, सोको गोली पाँच राउन्ड, कटुवा पेस्तोल एक थान र सोको गोली तीन राउन्ड बरामद भएको प्रहरीले जनाएको छ । यसैबीच सुनसरी सोनापुरस्थित सडकमा मोटरसाइकल चेकजाँच गर्ने क्रममा प्रहरीले को.३प ९५७० नम्बरका मोटरसाइकलचालक दुहबीका २४ वर्षीय सुनीलकुमार लामिछानेको साथबाट कटुवा पेस्तोल एक थान र एसएलआरको दुई राउन्ड गोली फेलापारेको छ । सोही मोटरसाइकलमा सवार दुहबीका २२ वर्षीय जागेश्वर साहलाई मोटरसाइकलसहित प्रहरीले आजै नियन्त्रणमा लिएर प्रहरीले अनुसन्धान अघिबढाएको छ ।
उता बुटवल नगरपालिका- १० गोकुलपथ सुख्खानगरस्थित नारायणहरि घिमिरेको घरमा बाहिरबाट ताला लगाई घरभित्र चारजना बेहोस अवस्थामा फेला परेका छन् । ५७ वर्षीय नारायणहरि घिमिरे, २४ वर्षीय हरि घिमिरे, २६ वर्षीया राधा घिमिरे र २० वर्षीया मधु घिमिरेसमेत बेहोस अवस्थामा फेलापरेको प्रहरीले जानकारी गराएको छ । उनीहरूलाई तुलसीको पत्ता र सेतो धुलो औषधि खुवाई बेहोस बनाएर नेपालगञ्ज घर बताउने डा. अनीलकुमार शाही फरार भएको बताइएको छ । यसैबीच रूखको एउटै हाँगामा झुन्डिएर सिराहाका जिजौल गाविसनिवासी १६ वर्षीया अनिताकुमारी ठाकुर र १७ वर्षीया प्रमिलाकुमारी यादवले आत्महत्या गरेका छन् ।